Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

धर्मिक कथा : तिम्रो विचार नै तिम्रो कर्म हो

~ओशो~ शाक्यमुनी बुद्ध आफ्नो शिष्यहरुको साथमा बस्नुभएकोथियो । एक शिष्यले सोध्यो- भगवान “कर्म के हो ?” बुद्धले भन्नुभयो- “मैले तिमीलाई एक कथा सुनाउँछु ।” एक राजा हात्तीमा बसेर आफ्नो राज्यको भ्रमण गरिरहेकाथिए ।अचानक उ एक पसलकव अगाडी रोकीयो र आफ्नो … Continue reading →

Posted in धर्मिक कथा | Tagged , | Leave a comment

लघुकथा : स्वतन्त्रता

~धर्म सापकोटा राजु~ राती १० बजेसम्म पनि छोरा घर नफर्केपछि कमलालाई मनमा भित्र डर लाग्न थाल्यो । डराउदै लोग्नेलाई भनि -“हेर्नुस न दश बजिसक्यो छोरा अझै आएन । कहॉं गएहोला आज यतिबेलासम्म ?” “ह्या तिमी पनि के नचाहिने कुरा गर्या … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जुक्ति

~प्रभादेवी पौडेल~ समिर पढ्न भनी गाउँ छाडेर सहर गएको थियो। उसले बाबा आमाको काख नछाडेकोले एक्लो अनुभूत गरेको थियो। उ हेर्दा सुन्दर देखिन्थ्यो र चलाख पनि थियो। तर केटीहरू गाउँबाट झरेको भनेपछि उसलाई त्यती वास्ता गर्दैनथे। प्राय जसो साथीहरू जोडी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नजन्मेको छोरो

~उपेन्द्र सुब्बा~ ‘काँठे हो ! मेरो छोरा त ठूलो भइसक्या रै‘छ रे ! बाह्र-तेह्र वर्षको । नाक मुख त ढ्याक्कै मेरै फोटोकपी ।‘ म सानो छदाँ यस्तै देखिन्थे हुँला । मुल खम्वानेर उभेको छोराले बोलायो- ‘बुवा आउनू । हातखुट्टा नकमाइ- … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : खे: सुङ

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ सर्वप्रथम मानव जातिको सृष्टिका क्रममा स्त्री जातिको सृष्टि भयो भनी लिम्बू बूढापाकाहरूले भन्छन् । यस जातिलाई मुजिङ्ना खियोङ्ना भनिन्थ्यो र यस जातिका आइमाईहरू फट्याङ्ग्रा जत्रा थिए । तरूनी भएपछि कामदेवले उनीहरूलाई सताएका हुनाले उनीहरू लोग्ने खोज्न स्वर्गलोक … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : गहनाको सृष्टि

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ गहनाको सृष्टि,मानव जातिको सृष्टि भएपछि सबैभन्दा पहिला राजा सावायुक्फुङकेम्बा भएका थिए भनी लिम्बू बूढापाकाहरू भन्छन् । उनी धनुर्विद्यामा निपुण थिए । उनी वाण हानेर आँधी, हुरी, बतास ल्याउन सक्थे र आकाशबाट पानी पनि पार्न सक्थे । उनी … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : चैत हूरी

~मधुवन पौडेल~ हिजो रातभर र आज झन्डै बिहानसम्म हाहु गर्दै बसेकोले दिनभरि सुतेर घरबाट निस्कन पाएको थिइनँ― चैते हुरीको चपेटामा पो परें। फाटफुट एक–दुई थोपा पानी पनि झर्दै थियो तर धूलोको मुस्लो मडारिएको देखिने आकाशबाट त्यही एक–दुई थोपा पनि कताकता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तन्द्रै तन्द्रा र एउटा उराठ लाग्दो दिन

~मधुवन पौडेल~ एक दिन दुई दिन भन्दाभन्दै फर्कने दिन पनि आइसक्यो । फर्कने अर्थात् उही आफ्नो संसार उही कोलाहलपूर्ण वातावरण र उही परिवेश र छरछिमेकमा फेरि आफुलाई निर्धक्क हराउने डुबाउने दिनका निमित्त फर्कने ! यसमा पनि त आनन्द छ अझ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाघमारेको लालसलाम

~प्रदीप नेपाल~ यो कथा हो राजारानी गाउँको। राजारानी गाउँ धनकुटामा पर्छ। यो कथा हो क्षेत्रजङ्ग आङबोहाङको। क्षेत्रजङ्ग एउटा ठूलो ज्यान र फराकिलो छाति भएको मान्छे हो। यो कथा हो क्षेत्रजङ्गको सौर्यको, उसको पौरखको। यो कथा हो कसैले कल्पना समेत नगरेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घामको राप

~प्रदीप नेपाल~ “नमस्कार, चिन्नु भो?” कंचनराज गिरीले आफ्नो अघिल्तिर उभिएका डेढ दर्जन केटाकेटीलाई पालैपालो नियालेर हेरे। अहं, उनले कुनै अनुहारलाई पनि चिनेका थिएनन्। कंचनराज गिरी भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए। २०४१ सालमा भृकुटी स्कूल भनेर गाउँले पारामा बोलाइने भृकुटी प्राथमिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम पत्र

~टङ्क भट्टराई~ प्रिय, प्रेम भन्ने वस्तु, कति अनौठो र अनन्त रहेछ । नचाहँदा(नचाहँदै पनि प्रेम अचानक भइदिन्छ । चाहँदा(चाहँदै पनि प्रेम अचानक टुटिदिन्छ । यो कस्तो संयोग हो म ठम्याउँदिन । दुई हृदयबीचको यो कस्तो मिलन बिन्दु हो म चाल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~जलेश्वरी श्रेष्ठ~ आज मेरी छोरी अञ्जुलीको विवाहको कुरा छिन्ने दिन, हामी आमा छोरी बिहानदेखि नै उत्साहित भइरहेछौं । विवाह गर्ने विराटनगरतिरका केटा दीपक, उसका आमाबुबा र मामामाइजू आउने कुरा थियो । दीपक र अञ्जुली रुसमा सँगै इन्जिनियर पढ्थे र त्यतिबेलादेखि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~लक्ष्मी पौडेल~ बगैंचा विछट्टको राम्रो छ । हरेक जातका फूलहरू छन् । फूलै फूलले बगैंचा ढकमक्क ढाकेको छ । म फूलबारीमा हराइरहेकी छु । चराहरू कराइरहेका छन् । भर्खर घामका रापिला किरणहरू बगैंचामा पर्दैछन् । म प्रफुल्लित छु । मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देउताको वरदान

~भक्त खपाङ्गी~ केही खस्¥याकखुसुक आवाज आएजस्तो लागेकाले जन्तरीको निद्रा भङ्ग भयो । झिमझिम पानी परिरहेको रहेछ । छानाबाट तपतप चुहेको पानीले खुट्टापट्टि एक छेउमा ओछ्यान भिजाइसकेको रहेछ । बत्ती बाल्न छामछामछुमछुम गरी, सलाई फेला पारी तर सलाई नमज्जाले ओस्सिएछ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्रजातन्त्र

~गोरखबहादुर सिंह~ गोष्ठीको उद्घाटन कार्यक्रमपछि चियापान कार्यक्रम सुरु भयो । चियापानका सहभागीहरू पङ्क्तिबद्ध भएर चियाका लागि अघि-अघि बढ्दै थिए । सहभागीहरू चिया राखिएको टेबुल अगाडि पुगेर आ-आफ्ना रुचि बताउँथे । “चिया, दूध भएको तर चिनी नभएको ।” “कागती राखेको कालो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बीरु

~प्रबोध देवकोटा~ सानै छँदा मैले एकपल्ट ज्योतिषीलाई हात हेराएको थिएँ । ज्योतिषीले भनेका थिए– म एकदिन ठूलो मान्छे बन्ने छु रे । सबैले मान्ने ज्योतिषी भएकाले म पनि आफ्नो भविष्यप्रति साह्रै आशान्वित थिएँ । एवंरीतले म पढ्दै गएँ र बढ्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वाइओके

~इस्माली~ अचानक नेपथ्यबाट रोबिलो स्वरमा कोही करायो । तर बोलेको कुरो केही बुझिएन । चारैतिरबाट मलाई घेरेर मेरा वरिपरि बसेका उभिएका उनीहरू सावधान सतर्क मुद्रामा देखिए । उनीहरूमध्ये अधिकांशका अनुहारमा डरको हलुका छाया सलबलायो । किञ्चित डराएको भावभङ्गीसहित परस्परमा हेराहेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बूढो रूख र जराहरू

~खडकराज गिरी~ बूढो रूख गजक्क–गमक्क परेको छ । अग्लो, मोटो, हाँगा–बिंगा विकासिएकाले डम्म परेको गतिशील छ बूढो रूख । उसका हाँगा–बिंगा त झन् आफूलाई सक्षम अभिव्यक्ति दिन तत्पर भइरहेजस्ता देखिन्छन् । ‘मै हूँ’ को अभिव्यक्ति छ डालाहरूमा र छ अहम्को … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्राप्ति

~बाबुराम लामिछाने~ पैंसठ्ठी हिउँद खाइसकेका बूढा–बूढीले एकदिन सोचे– ‘अब उनीहरूको काल नजिक–नजिक आउँदैछ ।’ यही सोचाइको वशीभूत भएर तिनले आफ्ना नाममा रहेको जाय–जेथा आफ्ना सन्तानहरूबीच बाँड–फाँड गरिदिने निधो गरे । ‘केही दिनका पाहुना न हौं हामी । जसोतसो गुजारा भइहाल्ला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तुहिएका सपनाहरू

~आशासिंह शाह~ प्रत्येक कालिमाले आपतहरू अनि पछि प्रभातले शीतबिन्दुहरू क्रमशः पग्लँदै‘ पग्लँदै जान्छन् । यसरी दिवसहरूले ताराहरूको गर्भपात गरिदिने गर्छन् । यसरी जन्मनु र तुहाइनुमा नै विश्वक्रम चलिरहेछ । त्यसबेला झिसमिसेमा सधैंझैं कुखुराहरू बासिदिन्छन् । ऊ दैलोबाट फुत्त बाहिर निस्कन्छे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनियन्त्रित मन

~शोभा के.सी.~ टेलिफोनको घण्टी एकतमासले बजिरहेको छ, ट्रिङ्ग, ट्रिङ्ग । मन नलागी नलागी रिसिभर उठाउँछु । हेलो‘ “हेलो यो कहाँ प¥यो ? चिरपरिचित आवाज वषौँपछि सुन्दा ढुकढुकी बढिहाल्यो । बल्लतल्ल मनलाई थामेर सोधेँ– “यो विशालनगरमा प¥यो, यहाँले कसलाई खोज्नु भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मानव अधिकार

~दिव्य गिरी~ अदालतको इजलास श्रोताहरूले खचाखच भरिएको थियो । कोहीकोही एक–आपसमा खासखुस गरिरहेका थिए । फाँटवाला मिसिल अघिल्तिर राखेर बसिरहेथ्यो भने पक्ष–विपक्षका दुईजना वकिल आ–आफ्नो वहस प्रस्तुत गर्न तयारी गरिरहेका थिए । उनीहरू न्यायमूर्ति अर्थात् न्यायाधीशको आगमन पर्खिरहेका थिए । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : काका र बूढो सपना

~दीपक लोहनी~ “आज पनि तिमीले घरको खोजी गर्न सकेनौ ?” काकीले काकालाई भात थप्दै पुरानो प्रश्न राखिन् । बिचरा काका ! अवाक भई कुपुकुपु गिलो भात निलिरहे । उनीसँग जवाफ थिएन । आश्वासन र भरोसा दिंदादिंदा काकाको मुख नै गलिसकेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चातापको भुमरी

~कृषा के. सी~ सुरज र अस्मिता एउटै स्कुलको एउटै क्लासमा पढ्ने क्लासमेट हुन। ऊनीहरु प्रत्येक दिन एक घण्टा हिडेर स्कुल पढ्न आउने र फर्किने गर्दथे। उनीहरू स्कुलको क्लासका साथी मात्र नभई आउदा जादा बाटोका पनि साथी थिए। उनीहरुको घर २०/२५ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओइलाएको रहर

~कृषा के. सी~ सामान्य परिवारमा जन्मिएको एक्लो छोरा म। त्यसो त म एक्लो होइन बहिनी पनि छ। हामी दाजु बहिनी हाम्रो बाल्यकाल हास खेल दुख सुखको बिच बित्यो। गाउँको स्कुलबाट +२ सकिएपछि उच्च शिक्षाको लागि काठमाडौ झरेको म पढाई सङगसङगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठपुतलीको मन

~कृषा के. सी~ म तिम्रो हरेक कुराहरुलाई मायालु नजरले एक प्रेमिकाको नजरले हेरे किनकी तिम्रो भनाइ सुन्दा र छोटो समयको व्यबहार हेर्दा तिम्रो हरेक ब्यहहारले मलाई प्रेमिका ठानेको छ। तिम्रो म प्रतिको व्यबहार सकारात्मक छ। अहिलेको जमानामा सहि गलत आफुले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो प्यारी स्टेल्ला

~ध्रुव थापा~ मेरो फोनको मेसेज बक्समा “मेरी प्यारी स्टेल्ला सिकिस्त छे, आज अफिस आउन सक्दिन” लेखेको पड्दा मलाइ अचनाक पिडा भयो र मानवताको नाताले उसलाई भेट्न र यस दुखको घडीमा उसलाई हौसला दिन जान उचित लागेर आफ्नो गाडी स्टार्ट गर्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पानीको कुनै रंग हुदैन

~ध्रुव थापा~ समुन्द्र देखि धेरै टाडाबाट आएकोले होला अमेरिका आएदेखिनै समुद्रको छालले जीवनलाई लोभ्याउने गरेको छ। उसले समुन्द्रको रंग निलो हुन्छ भनेको सुनेक थियो। तर यहाँ आएर हेर्दा कहिले निलो कहिले कालो देखि लालिमा युक्त रातो र पएलो सम्म देख्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युलाई जितेको त्यो पल !

~ध्रुव थापा~ रातको एघार बजी सकेको थियो, र ११.५ मा अन्तिम ट्रेन थियो उसको रुटको, नत्र फेरी दुइवटा ट्रेन फेरेर जानुपर्ने बाध्यता थियो। एकै स्वासमा उ स्टेसन पुगेर ट्रेन चड्ने लाइनमा खडा भयो, हतार हतार मा उ झन्डै एकजना केटिसित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसरि भनौ अमेरिकामा दशैँ रमाइलै हुन्छ भनेर?

~ध्रुव थापा~ कृष्णहरि सर अमेरिकाको सन् फ्रान्सिको सहर आएको पनि अब त छ महिना बित्नैलागेछ । उ एक्लै अतितमा रुमालिदै कफीको चुस्की लिदै आफनै गाउ घरको सम्झनामा हराउछन । दिनभरी एक्लै कोठामा बसेर कफी पिउनु, ल्यापटपमा नेपालको समाचार पड्नु र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डलरले कमाएको स्टाटस्

~ध्रुव थापा~ “साथी म त बरबाद भए”, अचानाक सेल फोन उठाउन भ्याएको थिईन उताबाट आवाज आयो, मैले सोधे, “हैन के भो एति विहानै ? तिमी कसरी वरवाद भयो मित्र, हिज मात्र हामी फोनमा कुरा गरेको हैन तिमी त धेरै खुशी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्चनजङ्गा मुस्कुराई रहेको थियो !

~ध्रुव थापा~ “हाय फ्रेन्ड, हाउ यु डूयिंग ? तिमीलाई मन पर्ने बिषय न्यु योर्क टाइम्समा प्रकाशित भाको रहेछ र तिमीलाई दिन भनेर फोटो कपि गरेर ल्याएको छु, आशा छ तिमि यसलाई पढ़न मन पराउने छौ।” जर्जले आज फेरि न्यु योर्क … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment