Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : रातो दरबार

~सुरेश प्रसाद अर्याल “कान्छो”~ ऊ घडि हेर्छे,पाँच बजिसकेको छ । फटाफट एउटा नम्बरमा डायल गर्छे र छोटो बार्तालापपछि कुटिल मुस्कानसँगै फोन काट्छे । छिटो-छिटो स्नान गर्छे अनि दर्पणको अगाडि उभिन्छे । आफ्नो प्रतिबिम्बलाई एक टक हेर्छे अनि

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भजनेबाको महिमा

~सुरेश प्रसाद अर्याल “कान्छो”~ भजने बा कुनै परिचयको मोहताज छैनन किनकि ऊनि आफैमा एक परिचय हुन, ऊन्लाई कुनै चिजको आवाश्यकता छैन किनकि ऊनि आफैमा एक पूर्णबिराम हुन,ऊन्लाई खाँचो हुन्छ त एक जोडि मजुरा अनि भजन कार्यक्रमको… । भजन कार्यक्रममा भजनेबालाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विकृती

~बिना तामाङ्~ “क” पात्रको साहित्यकार बनेर नाम कमाउने ठूलो अभिलाषा हुन्छ । शहरको सम्पन्नशाली तर प्रतिष्ठित् हुन संघर्षरत पात्र । दुईचार शब्द कोरिहाल्ने तर न त्यसमा रङ्ग हुन्थ्यो न ढ्ङ्ग । रस र बिम्ब कुन चरीको नाउँ हो पत्तै छैन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कठै ! जुल्फे माइला

~राजेश रुम्बा लामा ‘अत्रिप्त’~ जुल्फे माइला बिगत ६ बर्ष देखि कतारको एक सेक्युरिटी कम्पनीमा कार्यरत छ । घरदेश छाडी परदेश लागेको यतिका बर्ष सम्म उ घर फर्केको छैन । घर देश छाडी परदेश लाग्नु सबैको निम्ति एउटा बाध्यता नै हो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पागलखाना

~बिजु सुवेदी ‘विजय’~ ऊ समाजमा सुधार गर्न चाहन्छ । समाजलाई परिवर्तन गर्न चाहन्छ । भिन्न-भिन्न धर्म मान्नेहरुका बीचको साँस्कृतिक , बैचारिक मतभेदबाट उत्पन्न बैमनस्यतालाई एकताबद्ध गर्न उसले सबै धर्मको निचोड एउटै हो सबै धर्म एकै हो भनेर समाजलाई सम्झाउन खोज्छ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घरसाटी यात्रा टुङ्ग्यो

~बिजु सुवेदी ‘विजय’~ रामको पसलभन्दा श्यामको पसल १० कि.मी. टाढा छ । रामको पसल शहरको पश्चिमतिर छ भने श्यामको पसल शहरको पूर्वतिर छ । रामको घरभन्दा श्यामको घर पनि १० कि.मी. टाढा छ । रामको घर शहरको पूर्वतिर छ भने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गनगने दाइ

~शान्तिराम ढकाल~ ‘गनगने कामी’ । सबैले गाउँमा त्यही नामले उनलाई बोलाउथे, मेरा बालाई सधैं बाजे भनेर बोलाउथे तिनले । गाउँभरि उनलाई सबैले तँ भनेर सम्बोधन गर्थे । तर मेरो बाले आफूभन्दा ठूलो, जेठो मान्छेलाई ‘तँ’ भन्नु हुँदैन भनेर सिकाउनु भएकाले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रभु र प्रधानमन्त्री

~कुसुम ज्ञवाली~ सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गिदी को स्वाद

~रीता सिंह~ “यो के हो बुआ ?” “बाख्राको गिदी l बाख्राको गिदी! किन भूटेको त ?”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हाल-खबर

~शैलेन्द्र क. थापा~ दिन, हप्ता, महिना बर्ष हुदै दशकौ बितेछ आफु जन्मेको गाँऊ नपुगेको ! मन नलागेर होईन, प्रकृति संग पौठेजोरि खेल्दै बाँचेको ज्यान, कट-कट मन खाँदै बस्नु परेको छ। आज अचानक चौउर घरे ठाँइला बा आइपुग्नु भयो। पशुपतिनाथको दर्शन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कथा

~कर्ण राजबंशी~ आज कता हो कता फेरी अंग्रेजी साहित्यको पहिलो एपिक कथा बिवुल्फ़ू पढ्न थालेछु । कथाको मुख्य पत्र ह्रोथगार राजा अनि फेरी उही बेवुल्फ़ को सेरोफेरो । मेरो आँखा अगाडी नै ति ह्रोथगारका जनता त्यो बिशाल भीमकाय अचम्ममको प्राणी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा: छोरीको महत्व

~गीता थापा~ अबुझ परिवार वा अबुझ समाजमा जन्मलिनु पनि जीन्दगी एउटा अभिसाब रहेछ। किनकी त्यहाँ बुझिन्छ कम । अनेक थरिका संस्कार कुसंस्कार लादिन्छ बढि । अब नमान्दा पनि नहुने मान्दा पनि आफ्नो मनका हरेक कुरालाई तिलाञ्जली नदिई सुखै नपाइने । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : प्रशंसा

~प्रमोद भट्टराई ~ स्नातक तहमा बजार व्यवस्थापन (मार्केटिङ) पढ्दा मेडमले भनेका कुरा उसले सम्झीराखेको थियो- प्रशंसा विशेषतः आइमाईहरुको कमजोरी हो । अहिले उसले अफिस ज्वाइन गर्‍यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आयोग

~रन्जु ‘मार्ग’ ~ फेरिपनि अस्पतालबाट मिर्गौला हरायो !! अस्पतालमा खैलाबैला मच्चियो । एक पल्ट होइन, दुइ पल्ट होइन । पाँच पाँच पल्ट एकै ठाउँ बाट यसरी बारम्बार मिर्गौला हराउँदा अस्पताल एक रहस्यको केन्द्र बन्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शिकारी

~रन्जु ‘मार्ग’~ ईश्वरी देवी एक सामाजिक कार्यकर्ता थिईन् । उनी गाउँ गाउँमा जनचेतना फिजाउँदै  हिँड्ने  गर्थिन । समाजमा उनको निक्कै नाम र इज्जत थियो । त्यो दिनपनि उनको  जनचेतना  फिँजाउने  एक  महत्वपूर्ण कार्यक्रम थियो । उनी सुदूरपश्चिमाञ्चल क्षेत्रमा  विधमान विभिन्न प्रथाहरु  मध्ये

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनन्तको आत्महत्या

~शिवराज पन्त~ आज घरमा सबै जना खुशी छन् । अनन्त अनलाइन आउने भएकोले लाइभ च्याट गर्न सबै कम्प्युटर अगाडी बसेका छन् । अनन्त ब्रिटिश सेना अन्तर्गत अफगानिस्तान तैनाथ छन् । भर्खरै त्यहाँ एउटा ठुलो आतंक बादी हमला भयो । अहिले शान्ति छ । अनन्त बिदामा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हृदयघात

~गीता थापा~ उनको पुरै उमेर जागिरमै ब्यतित भयो । खाइ लाई उभ्रेको दुई चार पैसा बचाएर जोडेको एउटा घर छ उनिसित । श्रीमतीले चार चार सन्तान जन्मदिए पनि अन्तिममा एउटा छोरा बच्यो ।  त्यहि भा’को छोरा पनि उच्च शिक्षाको लागि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : ढाँटेको बिहे

~गीता थापा~ आक्कलझुक्कल बाउआमाको भनाभनसम्मको द्रिष्य देखेका थिए उसका आँखाले । तर बाउले आमाको शरीरमा निलडाम हुनेगरि मुक्का बर्साएको भने कहिल्यै थाहा पाइन उसले । कहिलेकाहिँ आमालाई सोध्ने गर्थी ऊ ” के

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : छोरो मोह

~गीता थापा~ उसकी हजुरआमाको स्याहार गर्न म छनोट भएकी थिएँ । ऊ एयरपोर्टमा मेरो प्रतिक्षा गरिरहेकी थिइ । म उसलाई देखेर उतिर बढें । उसले दुई हात फिँजाएर मलाई अंकमाल गरि । मेरो सुटकेश गुडाउँदै अगाडि लम्की । म हाते … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आगोको लप्का

~रन्जु ‘मार्ग’~ ‘ए बाबु ! जा जा, पल्लो घरमा मोही पारेका छन् क्यारे, मागेर लिएर आइजो । ‘अगेनोमा ढिँडो ओराल्दै गरेकी ठकुर्नी आफ्नो दश बर्षिय छोरालाई अह्राउँछे । आँगनमा खेल्दै गरेको छोरा आमाको आदेश भुईमा खस्न नपाउँदै फुरुङ्ग हुँदै भाँडो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रेटिएको सत्य

~गीता थापा~ नरेशले बुवाआमा र आफन्तका मुखबाट एउटै कुरा सुन्दै आयो “मिहिनेती, इमान्दार, र असल मान्छे बन्नुपर्छ ।” त्यही कुरा सुनी सुनी उसले स्कूल सकायो । क्याम्पस सकायो । खायो जागिर । गर्‍यो विवाह । र भयो दुई सन्तानको बाउपनि । देशमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : जोईटिङ्रे अमेरिका

~गीता थापा~ लोग्नेको दश पाँचको नोकरीले जिविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाइ । लोग्नेले पनि कुनै नाइनाँस्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : मंशिरको चुनाव

~गिता थापा~ घाम खपिनसक्नु भएर चर्केको छ। उखरमाउलो गर्मीको प्रभा नगरि मकै गोडेर आयो राउत जेठो । स्वास्नी ढोडको आगोमा गुन्द्रुक तताउँदै थिई । ‘मरिने भइयो । यसपाली त झन् पोहोर परारको साल भन्दा पनि गर्मी छ बा ! यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डाँडामाथिको जुन

~रन्जु ‘मार्ग’~ नरनाथ प्राय: मन अशान्त भएको बेला डाँडाको चौतारीमा गएर बस्ने गर्दथे । आज पनि उनी सबेर घरबाट त्यतै तिर जान भनि निस्किए । हिँडदै गर्दा बाटोमा उनको गाँउका एक जना साथीसँगजम्काभेट भयो । तर उनी आफ्नो शुरमा लुरुलुरु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : अमृतमय धारा बहिरह्यो

~गीता थापा~ दुईजना साथी थिए । ति दुईले सानामा स्कूल सँगसँगै पढे । कलेज पढ्ने बेलामा ति दुईको बिषय अलग भयो  । बिचार अलग हुन पुग्यो । एउटाले होटेल म्यानेजमेन्ट पढ्ने सोच बनायो । अर्कोले इन्जिनियर पढ्ने निर्णय गर्‍यो  । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

किरात लोककथा : हेत्छाकुप्पा

~शरण राई~ टुहुरो हेत्छाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । आमा बाबु नभएको उनीहरूलाई देखेर चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले । जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : सासूआमा

~छायादत्त न्यौपाने ‘बगर’~ एक दिन त बाबूढाले- “सबैको रोपो हरियै भयो, हाम्रो त व्याडमै पसाउने भो” भनी आमा र बुहारी यानि मेरी श्रीमती विमलासँग करकर गर्दै हुनुहुन्थ्यो । संयोग खालबाट रित्तिएर अबेला ओठमुख सुकाउँदै मैले आँगनमा टेकेको मात्र के थिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वंश

~राम केसी ‘चौतारे’~ सावित्रीले नवजात शिशुलाई नुहाइधुवाई गरेर तेल मालिस गरी हिउँदको पहारिलो घाममा सुताएर त्रिकुटी राखेर कलिलो अनुहारमा राप छल्न कपडा राखी दिई । एक महिने शिशु चिम्सा आँखा खोल्ने प्रयास गर्दै हात चलाउँदै थियो । ‘कालु…. नाक त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साढे सातको दशा

~रामजी विष्ट~ मैलोले सजिएको झुत्रो रुमाल ओडेर झुन्डीएको रेडियोमा शुभकामना र दशै धुन बजिरहेको छ निरन्तर, रातो माटो लिन जाने र लिएर फर्कनेहरुको चहलपहल बाक्लो देखिन्छ, कोही घरमा रातोमाटो लिप्दैछन, कोही थरीथरीका रङ्गहरु डल्दै छन, दशै आएको जनाउ दिदैछन चराचुरुङ्गीहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बोक्सी

~राजेश रुम्बा लामा ‘अतृप्त’~ आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ति आज जिवनको उत्तरार्द्धमा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरी व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको कथा व्यथा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चम्पी

~महेशविक्रम शाह~ माघे सङ्क्रान्तिको दिनदेखि थारूबस्तीहरूमा माघीको रमझम सुरु भयो । वर्षभरि कामको बोझले ओइलाएका थकित अनुहारहरू मुस्कुराए । ‘माघी’ थारूहरूको वर्षभरिको प्रमुख तिहार हो । आजको दिन सबैले कामबाट फुर्सद पाउने दिन भनेर चिनिन्छ । गाउँगाउँमा सुँगुर–बङ्गुर काटिन्छन् र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभव

~किशोर सापकोटा~ छि तपाई त – शीलाले मेरो हातलाई हुत्याई । उसको अनुहार ढोडे खोलामाथिवाट अस्ताउन लागेको घाम भन्दा रातो भएको थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment