Category Archives: निबन्ध

निबन्ध / Essay

निबन्ध : ऋग्वेदमा देवीदेवता

~प्रदीप नेपाल~ म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : रेमिटेन्स, महोत्सव र महायज्ञ

~चूडामणि खनाल~ ‘देशको सम्पूर्ण राजस्वले सामान्य घर खर्च पनि धान्दैन’ भनेर टाउको समात्ने हाम्रो देशका अर्थशास्त्रीहरू हिजोआज बेकम्मा बूढाखाडाजस्ता भएका छन् । विचारमा नवीनता आएन भने नवयुवा पनि पुरानैपुराना बूढा हुँदा रहेछन् । हाम्रा पढालेखा अर्थशास्त्रीहरूको हालको सोच म्याद सकिएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : क्या फसाद !

~वासुदेव लुइँटेल~ श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा गरेर बस्नुभएको थियो । ‘साहित्य’का देखादेखि सम्पादक ‘स्वास्नी मान्छे’ को भित्री सम्पादक भएको नाताले कमलबाबु र म हरेक शनिबार जस्तो उहाँको डेरामा जान्थ्यौँ । भाषा र साहित्यबारे छलफल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : किशुनजीको छाता

~शैलेश भट्टराई~ आमाले अति कचकच गरेपछि म एउटा छाता किन्न बजार गएँ। बजारमा धेरै छाताहरू हेरियो, बुझियो, जाँचियो । कुनैको दाम चर्को। कुनै हेर्दै नकिनुँ जस्तो लाग्ने। कुनै भद्दा। कुनै भने एक जनाको टाउको ओताउन पनि गाह्रो मान्ने छाते टोपी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लाइन माने लाइन

~पिँडालु पण्डित~ मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्र्याइएको शब्द हो । अङ्गे्रजी शब्द भण्डारभित्र रहँदा बस्दा यो शब्दले त्यहाँ के के करामत ग¥यो मलाई थाहा छैन । तर, नेपाली शब्द भण्डारमा भित्रिएपछि भने … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

निबन्ध : तपाइँको पहाड कहाँ हो ?

~भीष्म उप्रेती~ ‘तपाइँको पहाड कहाँ हो ?’ मैले धेरैपल्ट जवाफ दिइसकेको प्रश्न हो यो । कतिपल्ट यस प्रश्नलाई मैले अत्यन्त सामान्यरूपमा लिएको छु र जवाफ पनि त्यत्तिकै सामान्यरूपमा नै दिएको छु । यस प्रश्नको जवाफमा मैले सामान्यतया भन्ने गरेको कुरा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : कविता मोह

~रोशन खड्का~ कविता पढ्छु म । किनकी यसप्रति मेरो अत्यन्तै मोह छ । यो मोहलाई लेखुँ–लेखुँ लाग्यो । मैले कहिले देखि कविता पढ्न थालेँ ठ्याक्कै भन्न सक्दिन । यो असमर्थता भित्र केहि सम्झनाहरु मात्र छन् । जसलाई यसरी लेखिरहेछु । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : मान्छे र रूख

~त्रिभुवनचन्द्र वाग्ले~ वर र पीपलका रूख रहेकाले ‘वरीपिपल’ नामाकरण गरिएको छ मेरा पितापूर्खाले चर्चिएको बारीलाई । हुनुपर्ने थियो–वरपीपल । हाल त्यो बारी चौर भएको छ । सुरुमा यसको नाम वरपीपल थियो र क्रमशः जनजिब्रोले यसलाई वरीपीपल बनाएको छ । यसलाई … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : निरन्तरताको क्रमभङ्ग

~पिँडालु पण्डित~ उसलाई देख्नेबित्तिकै पहिला त म झसङ्ग भएँ । नहुनु पनि किन ! दुईचार दिनअघि मात्र नाकका दुवै ओडारमुनि जति खाए पनि नअघाउने हन्तकाली मुखको माथितिरका पाखो चउरमा दुवैतिर टत्रै छ्वाली जुँगा देखेको थिएँ । आज आधा भागको जुँगा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : वनतन्त्र

~पिँडालु पण्डित~ मानवबस्तीमा नियमित भइरहेका खैलाबैला, अनेक रङतरङ र उतारचढावका घटनाले उनीहरुमा पनि पलपल चेतना थपिँदो छ । जागरण पलाउँदो छ । प्रत्यक्ष रुपमा भाषा नबुझे पनि मानवीय हाउभाउ, चिच्याहट, भाषणबाजी, नारा, जुलुस, आपसी वैमनस्यता आदि क्रियाकलापको मनोबिज्ञानमार्पmत् उनीहरु आफ्नै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : गजबकी श्रीमती

~दीपक ‘दर्पण’ रावत~ भए पनि नहुने नभए पनि नहुने यो जात ! नपाउँदासम्म तात्तिने पाएपछि मात्तिने । कैले दंग तिन छक्क पार्ने भने कहिले तालुबाट पसिना निकाल्दिने अचम्मको जात । विभिन्न विज्ञहरुका श्रीमतीप्रति विचार भिन्न–भिन्न होलान् तर मलाइ के लाग्छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : बाबु ! तिमी के बन्ने ?

~प्रमोद अधिकारी~ गुन्जिरहन्छ अहिले पनि तिनै शब्दहरु, म झस्किरहन्छु, मानौं कि तिनै शब्दहरुले पछ्याई रहेछन् अहिलेसम्म पनि । तपाईंलाई पनि याद छ होला, साना छँदा हरेकले सुनेका, भोगेका प्रश्नहरु, जिज्ञासाहरु हुन् यि, “बाबु ! तिमी के बन्ने ?, तिमी ठूलो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : काठमाडौँमा जीवन

~रमेश भट्टराई ‘सहृदयी’~ संस्कृत शब्दको “काष्ठमण्डप” को अपभ्रंशबाट बनेको काठमाडौँ शब्दलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो ? कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ ? यी त्रिकालदर्शी मुनी पनि जान्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : दार्शनिक बन्ने गोरेटोमा

~सङ्गीत आयाम~ एकदिन कुनै परिचित व्यक्तिले मलाई देख्नासाथ एक्कासि भनेका थिए “तपाई त दार्शनिक हुनुपर्ने मान्छे’ । उनले किन मलाई दार्शनिक हुनुपर्ने भनेर भने त्यतिबेला मैले त्यस कुरालाई त्यति धेरै महत्व दिएको थिइन तर आज अनायासै उनले भनेका कुरामाथि गहिरो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : गुरु र विद्यार्थीका कथा

~सङ्गीत आयाम~ हेर्नुहोस् न, आजभोलि आफ्ना कतिपय विद्यार्थीहरू सर्पकै रूप धारण गरेका कारणले गुरुहरू अत्यन्तै चिन्तित हु“दै गएका छन् । निश्चित रूपमा तपाई पनि कतै न कतै कतिपय विद्यार्थीहरूका गुरु हुनुहुन्छ । तपाईको त हक नै छ कि आफ्ना विद्यार्थीहरू … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : बिँडो थाम्ने हतार

~युवराज नयाँघरे~ निधारका मुजामा बितेका वर्षहरूको खित्का। त्यो अनुहारमा धेरै-धेरै कुराको तह। आँखाले अटेसमटेस हेरेका दृश्यहरू। कानले सुनेका अथाह शब्दहरू। छातीले धड्किएका अपार अनुभूतिहरू। यो बूढो मान्छे। निधारमा, गालामा, कञ्चटमा खुम्चेको मासु। नाकमा मोटो चस्मा छ। उसले खेलेको आँगनमा हरेक … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : दुःखले छुँदा

~सुस्मिता नेपाल~ कहिलेकाहीँ दुःख पर्दा म बेस्सरी आत्तिने गर्छु । मनभित्र अनगिन्ती कुराहरूले किचेको अनुभव गर्ने गर्छु । संसार नै अन्धकार हुँदै गएको देख्न थाल्छु । मनभित्र अनगिन्ती तरङ्गहरू फैलिन थाल्छन् । कहिले बाहिर कहिले भित्र गर्न थाल्छु । केही … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सबैभन्दा खत्तम म

~आर आर छुछुनर~ मेरो कक्षामा मात्रै होइन, मेरो विद्यालयमा नै सबैभन्दा खत्तम विद्यार्थी भनेर शिक्षकहरूले मेरो प्रशंसा गर्नुहुन्थ्यो । एउटी शिक्षिकाले मेरो कक्षामा क, ख, ग, घ पढाउँदै गर्दा ‘राम्री म’ भनेर विद्यार्थीलाई घोकाउँदा मैले ‘नराम्रो म’ भनेर जोडले चिच्याउँदा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ज्यादै मिलनसार आलु

~दिनेस काफ्ले~ म फेरी आलुको नालिबेली खोज्न चाहिन । एस क साखा सन्तान सात पुस्ता को बारेमा कि त उनै भैरे गलत भैरब आर्यल नै जान्लान कि त भाशाशास्त्री म त एती मात्र जानेको छु कि खादा मा मिठो हेर्दा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पुच्छर भएको पार्टी

~पिँडालु पण्डित~ उहिले उहिले उस्तै उस्तै छट्टूलाई उत्तिकै तौलेर नाम राख्नुपर्दा घिउबेचुवा र तरबारबेचुवा भनेर बूढापाकाले भत्रे गरेको आफ्नै कानले सुनेको । सुनेको प्रमाण म जुटाउन सक्तिन । बरु मौका परे त्यस्ता बूढाखाडालाई उपस्थित भने गराइदिन सक्छु । यो कुरा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

निबन्ध : के सारो हाउ …..

~शर्मिला खड्का दाहाल~ ‘के सारो हाउ !’ यो पूर्वतिरको जनजीवनमा प्राय बोलिने वाक्य हो । यसलाई कतिपयले थेगोको रूपमा पनि प्रयोग गर्छन् । पूर्वमा पनि अझ घरानका मानिसहरूको जनजिब्रोमा सजिलै झुण्डिने वाक्य हो यो । आफूलाई कुनै कुरा चित्र बुझेको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : खाउँला पिउँला !

~जगदीश शम्शेर राणा~ ‘दशैँ आयो, खाउँला पिउँला !’ यही उमङ्ग लिन्छन् आम नेपालीले आइपुग्दा हाम्रो राष्ट्रिय चाड । ‘भवानीको भयो पूजा, भयो आनन्द वर्षा !’ यो त थरीथरीका, ठाउँठाउँका पूजाआजामा कमी गर्ने÷नगर्नेहरूको भावना हो । खाने के त ? भन्दा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सुटुक्क विभागको गुप्त विज्ञप्ति

~भैरव अर्याल~ राष्ट्र परराष्ट्रमा खाली भएका, हाम्रा दाउपेचले खालि गरिने र निगाहले बढाइनेसमेत निम्नातिनिम्नदेखि लिएर उच्चातिउच्च ओहोदाका पद, प्रमोशन, सरूवा, बढुवा इत्यादिका निम्ति जो जे गर्नुपर्छ एकदम सुटुक्का– सुटुक्की गर्नुपर्ने हाम्रो समान उदारवादी सिद्धान्त छँदाछँदै हाम्रा केही उत्ताउला खालका साथीहरूले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : डिभी पुराण !

~सन्तोष चिमरिया~ श्री गणेशाय नम: शास्त्रमा देबहरुका पनि देब श्री महादेवका अनेकौं रुप , लिला र महिमाको बर्णन छ । शास्त्री नै नभए पनि यस्ता परमदेबको महिमागान गाउन मलाई सोमबार नै आउनु पर्छ भन्ने छैन । आज शनिबार गाए नि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : गालीः एक विवेचना

~मोदनाथ प्रश्रित~ कसैमाथि रीसले, ईख(इष्र्या)ले वा कसैलाई हेपेर, घृणा गरेर, उसका दुर्गुण र कमजोरीहरूको भन्डाफोर गर्दै या उसको कुभलो चिताउँदै भावावेशमा व्यक्त गरिने बोली बचनहरूलाई गाली वा सराप भनिन्छ । अरूका कमजोरी र दुर्गुणहरूलाई सभ्य भाषामा औल्याउनुलाई आलोचना या टिकाटिप्पणी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : तमोरको आह्वान

~उत्तम न्यौपान~ प्रकृति आपैmमा विशाल चीज हो । मान्छे प्रकृतिमा जन्मन्छ अनि प्रकृतिमा नै जीवनको अन्तिम सास फेर्छ । प्रकृतिमा पाइँने हावा, पानी, पातपतिङ्गर, झरना, पहाड, सेता हिमाल, चराचुरुङ्गीको आवाज अनि मृग, खरायोजस्ता जनावर उफ्रेको नाचेको मन नपराउँने को होला … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अंकल प्रचण्ड, माईन्ड नगर्नु ल !

~सन्तोष चिमरिया~ अंकल प्रचण्ड ! म पहिला खाडी तिर बस्थे । छुट्टीमा आउँदा घरजम गरियो । सत्ता र स्वास्नी कस्लाई छोड्न मन लाग्छ र अंकल । तर नछोडी हुन्न । तपाईंका भागमा ९ महिना परेको भन्ने सुन्छु । बिहे पछी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : जीवन , मोड र प्रवाहहरु

~कुमारी लामा~ बिहानीले झिसमिसे उज्यालोको घुम्टोबाट आफ्नो सुन्दर मुहार चिह्याउदै गर्दा एउटा भर्खरै जुङ्गाको रेखी बस्दै गरेको सुकुमार ठिटो आफूभित्र सङ्गालेको विशाल  सपना जत्रै भारी साइकलमा हाली एउटा किराना पसल अगाडि टक्क अडियो । उसको साइकल पाउरोटी, पप केक र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : लुङ्गी डान्स

~महेश थापा~ न पेट्रोलको गन्ध सुँघ्नु पर्‍या छ न त बेमौसमी पटाकाले कान पिरोलेको छ। ढुक्क भई माइक्रो, टेम्पोमा सवार हुन पाइया छ। यस्तो हाइसन्चोका बीच संविधानसभामा नयाँ घमासान शुरू भएको छ। लामो उहापोह पछि संविधानसभा निर्वाचन सम्पन्न भयो। डेढ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लाइनमय शहर

~रामजी बलामी~ यो लाइन भन्ने कुरा कस्तो भने बस्दा पनि नहुने नबस्दा त झनै नहुने । लाइन नबस्दा ढिलो हुने आफ्नो अनुशासनले पनि नदिने, बसँु भने पेटमा मुसा डोडे पनि सहेरै बस्नु पर्ने, एउटा सानो साइन गराउन पनि वाइन खाएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : फलानो

~एकु घिमिरे~ सर्वाधिक विक्री हुने अन्तराष्ट्रिय दैनिक ‘फलानो ‘ मा आज ब्यनर न्यूजको शीर्षक छ ‘फलानो कविताका फलानो कवि फलानो अन्तराष्ट्रिय कविता प्रतियोगितामा प्रथम , देसको नाम राख्न सफल।’ शीर्षक लगत्तै कविता पनि राखिएको छ- फलानो फलानो बाद -जिन्दाबाद फलानो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : आमा तिमी धादिङ

~नवराज लम्साल~ बूढीगण्डकी र आँखुको दोभान । कञ्चन पानी तर छुट्टँिदैन नीलो हो कि कालो । पानी आफैँसँग आफैँ अँगालिँदै र फैलिँदै, सुनिन्छ स्वाँस्वाँको सुसाइ र मीठो संवाद । प्रेम बाँड्नु त त्यस्तो पो जसरी आँखुले बूढीगण्डकी र बूढीगण्डकीले आँखुलाई … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment