Category Archives: नेपाली काव्य

Poetry

कविता : डा.केसीको पक्षमा

~विजयदेव भट्टराई~ माफियाको द्रव्य पचाउन दलाली पाचक खाई सुतेको छ सरकार अब डा.केसी चिन्दैन तर पेटभित्रै औजार हालेर सिलाएर मरेकी श्रीमतीका श्रीमानहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको नक्सा

~जितेन्द्र तुलाधर~ दिन प्रतिदिन साघुरिँदै गएको छ मेरो भूगोल अतिक्रमणको घेरा भित्र घेरिएर आज खुम्चिदैँछ मेरो राष्ट्र गिद्धका गिद्धे नजरहरू बीच

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्ति

~कला अनुरागी~ आफ्नै हृदयको मसीले आफ्नो हक लेख्न संविधानसभामा पुगेपछि गर्वले कोटको खल्तीमाथि खिलेको सभासद्को फुली झर्ने गरी जब सोठ्यायो सत्ताको लौरोले छिनमै रिसले फुल्दै छिनमै निराशाले खुम्चदै डेरा फर्केको सभासद् नातिलाई हजुरबा लालविर विश्वकर्माले काँधमा थपथपाए र, भने–

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमि

~जे पि दाहाल~ तिमीले गर्दा नै मैले बाँच्न सिके अनि हिड्न सिकायौ,बोल्न सिकायौं अप्ठारोमा पर्दा गुहार माग्न सिकायौं संसार गोलो छ भनेर बुझन सिकायौं । तोतेबोलीमा गाउन सिकयौं, गाउँदा गाउदै लेख्न सिके, पढन सिके सिक्दा सिक्दै आफ्नो बारेमा कविता लेख्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सुन्दर प्रकृति : भव्य संस्कृति

~देवी नेपाल~ टोपी उच्च हिमालको छ शिरमा छाती पहाडी शिखा मोती फल्छ तराइमा दिनदिनै म्ुस्कान छर्छन् गरा योगीझैँ छ उपत्यका हृदयमा बोकेर सद्भावना यो नेपाल विचित्र चित्रसरिको शोभा छ संसारमा । चौँरी हाँस्छ हिमालमा चरणको हेर्दै खुला केचना गैँडा छर्छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मान्छे

~डा. गोबिन्दसिंह रावत~ अरुको सहयोग पाउन्जेल निहुरिने सक्षम भएपछि पन्छिने अनि आफ्नो विचारको बाणले सहयोगीलाई नै प्रहार गर्ने स्वार्थको पर्यायवाची हो मान्छे आफ्नो विचारको आरती गर्दै अरुको बद्ख्वाइँ गरी हिँड्ने

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी

~पशुपति कार्की~ कहिले जित्ने कहिले हार्ने तास रहेछ जिन्दगी हल्लिरहने पेन्डुलम झै खास रहेछ जिन्दगी अायौँ हामी के लियर,जान्छौ के लगेर पो व्यर्थै किन रिस राग,बक्वास रहेछ जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

फुच्ची जमुनाका २ छेस्का

~फुच्ची जमुना~ १ प्रिय, उता हेर त धुवा उडिरहेको कतै तिम्रो दिल त जलेन ?

Posted in छेस्का | Tagged | Leave a comment

कविता : लेखक यात्रा

~बासु श्रेष्ठ~ सेतो खाली पानामा शब्दहरुको मरुभूमिमा वैचारिक शक्ति लिएर कलमको सहारा लिएर लेखक यात्रा थाल्दछ । सुःख दुःख आँसु हाँसो मिलन विछोड 

Posted in कविता | Tagged | Leave a comment

गजल : संघर्ष नै जीवन हो

~सरस्वती शर्मा ‘जिज्ञासु’~ संघर्ष नै जीवन हो गर्नुपर्छ सधैंभरि सकरात्मक भाव मात्र छर्नुपर्छ सधैंभरि समाजको बिकासमा संगठित भएर नै ठुला ठुला महासागर तर्नुपर्छ सधैंभरि

Posted in गजल | Tagged | Leave a comment

गजल : देश एक्लो परेको छ

~प्रेम विनोद नन्दन यहाँ देश एक्लो परेको छ आज इमानी शिरै यो झरेको छ आज बल्यो अग्नि ज्वाला छ रातो हिमाल डढेलो कतैको सरेको छ आज

Posted in गजल | Tagged | Leave a comment

गजल : दैवले जाती दियो अरे

~दित्सक्षा शर्मा ‘दिक्षु रश्मी’~ दैवले जाती दियो अरे चढने पाती दियो अरे । छैन आस्था अरु मा र, नबोल्ने साथी दियो अरे,/

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : अनुत्तरित प्रश्नहरू

~देवी नेपाल~ छन्द : अनुष्टुप् छन्द हे समाज ! म अज्ञानी जान्ने इच्छा मभित्र छ मलाई सबले भन्छन् तँ अबुझ र लट्ठक म अबुझ भएँ मेरो अँध्यारो दृष्टि खोलिदे म केही प्रश्न राख्दै छु मलाई तँ जवाफ दे । बोक्सी हुन् … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : अझै रुदैछु म

~कबिराज मगर~ आँशुहरु सुके पनि अझै रुदैछु म प्रिय तिमीबाट धेरै टाढा हुदैछु म । पबित्र यो बन्धन टुट्ने भयो अब तिम्लाई छाडी सागर छुदैछु म ।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रसव पीडा श्रृजनाको

~आचार्य प्रभा~ धेरै समयपछि आज म भिन्दै प्रसव पीडाले छटपटिएँ म चकित भएँ आश्चर्यमा डुबेँ हँ म गर्भवति त थिईनँ किन अनि कसरी मलाई प्रसव पीडाको आभास भयो?

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दा भित्रको नायक

~जगत नवोदित~ जिन्दगीको बिहान कहिले खर्कमा गोठालो गर्दै बित्यो कहिले नूनतेलको भारी बोक्दै सकियो समय पूmलको जवानीमा सयपत्री भएर फुल्यो बाबरी भएर मग्मगायो तर कठै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~निता केसी~ मेरो एकांकीपनको आभास थियो उनीलाई मेरो रिक्ततामा म संगै रुन्थिन् उनी सहलाउथिन् कोमल भावले मेरो कलेजी फेरी संगै टोलाउथ्यौ हामी मेरो सिंगार बिहिन अनुहारको ‘पीडा’ म भन्दा पनि बढी देख्थे उनमा

Posted in कविता | Tagged | Leave a comment

सुरेन्द्र पौडेल ‘अस्तफल’का ३ छेस्का

~सुरेन्द्र पौडेल ‘अस्तफल’~ १. रुप छरेर सुन्दरता तिमि जति सडकमा वासना दिन्छौ

Posted in छेस्का | Tagged | Leave a comment

गजल : आमाको याद

~मिरा प्रसाई शर्मा~ यो साल गयो अर्को साल म त आउछु आमा तिम्रो च्यादर चोली टाल्न चाडै आउछु आमा | दोकाने बज्यै नयाँ साल फरिया चोली फेर्दिहुन तिमीलाई नि त्यसै गर्न लाग्ला नि रहर आमा

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो खुसी तिम्रै

~रामकुमार परियार~ तिम्रो खुसी , मेरो खुसी , मेरो खुसी तिम्रै निश्चल,अमर,अजर प्रिती,चोखो-चोखो हाम्रै दिल भित्र तिमी छ्यौ , मुटु पनि तिम्रै डाह गर्छन दुनियाँ ले ,देखि प्रिती हाम्रै

Posted in कविता | Tagged | Leave a comment

कविता : बुबा

~नवराज पराजुली~ बुबा नदीले बालुवा बुनेर बनाएको गुन्द्रीमा बसेर मैले पानी बनेर बगेको समय नियालिरहँदा जब नदीले अनौठो गरी स्वाँऽऽऽ गरेको सुन्छु तब त्यो नदीको बगिरहेको पानीमाथि म तपाईंको मधुरो छायाँ देख्छु । र, देख्छु भेटेजति सबैथोक बगाउँदै आएको नदीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदारी अक्षरहरु

~रबिन्द्र अर्याल~ रछ्यानामा मिल्काएका कानुनी काला अक्षर हुबहु नक्कल बाजीमा निक्लीएका शब्दहरु मेरा हितकर छैनन् तिम्रो हितमा छैन हाम्रो पक्षमा छैन हली मजदुर श्रमजीवीको साथमा छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय लाग्यो खुला आकास

~रमा भट्टराई~ उसका शब्दहरुले अश्लीलताको पराकाष्ठा नाघ्दै थिए ऊ लगातार बोलिरहेको थियो म चुपचाप सुन्दै थिए खप्दै थिए शब्दबाणहरु मैले सहनुको बाँध, कसो कसो भत्किन लाग्दै थियो थाम्दै थिए, रोक्दै थिए आफूलाई,

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द गर

~मीरा आचार्य~ अो सरकार ! हाम्रा मरिरहेका लास भन्दा तिम्रो लाचार ज्यूदो शरीर सिनो बनेको छ तिम्रो कुहेको शरीरसँग तिम्रो मृत मनसँग जीवन माग्नु हाम्रो गल्ति हो ! तिमी ज्यूदो ठान्नु हाम्रो भ्रम हो भो छोड…!!

Posted in कविता | Tagged | Leave a comment

गजल : अर्का पट्टी दुलो हुन्थ्यो

~प्रेम कटवाल “जिजीवीषा”~ एका पट्टि टाल्यो भोटो, अर्का पट्टी दुलो हुन्थ्यो त्यसैमानि रमाइन्थ्यो, आंग ढाक्नुनै ठुलो हुन्थ्यो। सानो झुप्रो खरको छानो, डाँडा-भाटा बाहिरै हुन्थे घाम छल्थ्यो हुरी चल्दा, आँखा भरि धुलो हुन्थ्यो।

Posted in गजल | Tagged | Leave a comment

कविता : हामी मनभित्र बाँच्छौं

~भीम उदास~ (विदेशमा बस्ने नेपालीहरुका लागि) मान्छे आफ्नो मनभित्र बाँच्छ मान्छे आफ्नो विश्वासमा बाँच्छ मान्छे आफ्नो मुटुभित्र बाँच्छ र बाँच्दैन मान्छे इतिहासले बाँधेको सीमाहरुभित्र । सीमाहरु स्लेटमा कोरिएका रेखाहरुजस्तै ती रेखाहरु जो बदलिन सक्छन् ती रेखाहरु जो मेटिन सक्छन् तल, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे आमा

~दीपेन्द्र शाह~ देखाई देउ हे आमा काम काम हामी गर्दछौं घरका रित्ता भकारी-डाला पौरखले भर्दछौं । जाने हो कता, देखाउ बाटो ह्र्दय खोलेर उघार्र्छौं हामी ज्योतिको दैलो यो जुगै फेरेर । घुम्दछौं प्रत्येक गाउंका कुना

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन आफैंमा एउटा सिंगो काव्य रहेछ.

~मधु माधुर्य~ गृष्मको धपधपी गर्मीलो दिन होस् वा हिंउंंंदको कठयांग्रिने चीसो रात अनुभूतिको सागर श्रृंखलाहरु तर्दै जांंदा लागिरहेछ हमेशा कविताको मात पाखा कन्दरामा प्रतिध्वनित सुसेली वा झरनाको मनमोहक झंंकार

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्व थाङ्नाको

~सर्गमञ्जरी~ ए दिदी, भन त खै तिम्रो थाङ्ना भित्रको आत्माको अस्तित्व खै तिम्रो प्रसव पीडा घुलेको मातृत्व खै तिमीले जन्माएका सन्तान-सन्तान बीचको भातृत्व तिमी उसिनेको भातसरी छरपष्ट छरिएको वर्तमान च्यापेर जोख्दैछ्यौ भविष्य तुलो र तराजुमा पावामा ग्राम घटाउँदै

Posted in कविता | Tagged | Leave a comment

गजल : सँगै हो नि!

~आवाज शर्मा~ माया भन्नु बत्ती न हो लोभिने त सँगै हो नि ! पर्ख पर्ख हे पुतली होमिने त सँगै हो नि !! यिनै दुई नजरभित्र हजार आशा बाँचेका छन् ! कतै हाँसो कतै आँशु पोखिने त सँगै हो नि … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : जवाफ

~कृष्ण प्र. पाण्डे~ भो नहेर हस्तरेखा अनुमान हो जवाफ म त बुझ्छु भाग्य कुर्नु अवसान हो जवाफ यो त निधो धेर थोर मिहिनेत गर्नै पर्छ प्रतियोगी दुनियाँमा पहिचान हो जवाफ

Posted in गजल | Tagged | Leave a comment

कविता : आजका मान्छेहरु

~नन्दलाल आचार्य~ रमाउने इच्छाले प्रेरित मस्तिष्कहरु सृ्क्ष्म निरीक्षण गर्न त्रिनेत्र जड्नेहरु अर्काको मन बुझ्न खोज्ने मनहरु थाहै नपाई नाङ्गिएझै ंशिशीरका वृक्षहरुजस्तो नाङ्गिदैछन् आजका संस्कारवीहिन मानवहरु । कस्तो विडम्बना के नाङ्गिनैपर्छ वसन्त ल्याउन वृक्षहरुले ? के नाङ्गिनैपर्छ सभ्य कहलाउन मान्छेहरुले ?

Posted in कविता | Tagged | Leave a comment