Category Archives: कविता

Nepali Poems

कविता : म त बाटो बिराएको मान्छे

~हेम जङ्ग कार्की~ प्राकृतिक प्रकोप नियन्त्रण गर्ने चुस्त शक्ति बनाउ सरकार । बाडी पहिरो आँउन सक्छ, नियन्त्रणको तयारी गर सरकार । भुकम्प आउँन सक्छ, आवश्यक तयारी अग्रिम गर सरकार । आगो लागि हुन सक्छ, दम्कलमा पानी भरेर राख सरकार । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रात केवल

~भिमदर्शन रोका~ रात केवल एक प्रहर बाँकी छ तीन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल यौटा मेरै भर बाँकी छ रात केवल एक प्रहर बाँकी छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लुतो

~श्यामल~ बस्, एउटै कुरामा छ आनन्द कन्याइरहनुमा कविता, कथा र चित्र लेख्ने हातहरुले फगत आङ कन्याइरहनुमा विद्रोहमा उचालिने हातहरुले आफ्नै शरीरका कापहरुमा चलाइरहनुमा । लुतो लागेपछि हराउँछ सोच र दृष्टि

Posted in कविता | Tagged | Leave a comment

कविता : विरहिणीका उपर सखीको प्रश्न

~लेखनाथ पौड्याल~ जुटाइ शिरमा लटा वदन-क्रान्ति फुस्रो गरी बसी वजन ठाउँमा नयन नासिकामा धरी । विचार कुन तत्वको गरदछ्यौ अकेली बनी सखी ! भन वियोगिनी हुनगयौ कि या योगिनी ?।।१।। शरीरभर बाहिरै झलकदा नशाजाल यो विशेष-रुचि-भङ्गको स(श) कल चित्तले देखियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आज राति

~जसराज किराँती~ वैशाखमा ओभरकोट ओढेर आलो घाम, मरुभूमिको यात्राबाट आज राति मेरो कोठाभित्र वास खोज्न आइपुग्दै छ । आ, कत्रो अत्यास लागेको मलाई सम्पूर्ण आकाश मध्यराततिर नाङ्गिएर ऐठन गर्न आउँछ प्यारा प्यारा सम्झनाहरु र मीठा सपनाहरु अङ्गालोबाट उम्किन्छन् भागे तिनीहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्ति, एक कविता

~नरेश शाक्य~ हिलो मै फुलोस् त्यो कमल तर म त्यसलाई टिप्न चाहन्छु, काँडामा नै होस् त्यो फूल तर म त्यसलाई चुँड्न चाहन्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : कालाे या कलि

~डा. विदुर चालिसे~ दुर्नाम बगरकाे एउटा किनारामा जब अाँखाहरू सुतिदिन्छन् बेखर उज्याला प्रहरहरू पनि बाैलाएर तब सडकमा छताछुल्ल पाेखिन्छन् मनसँग हररातका निंद्रामा अालश्यहरू याे समय कस्ता, कस्का हुन् बेहदहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : गुल्मोरको फूल र निर्सत प्रेम

~टंक वनेम~ कोशी भत्किन्दा बिटुलो परेको बस्ति खेतका गहराहरु हरियो नभई समाहामा पानी नभएर उडेको बुङबुङती धुलो रातो माटो पोतिएझैं नदी किनार तुवालो चिरेर हाँस्न खोज्ने सूदुर पर्ूवको गुल्मोरी सडक धर्तीको क्यानभासमा कोलाज हो शायद

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइको रात

~अन्जु अञ्जली~ ढोकालाई सिमाना बनाएर भित्र र बाहिर उभिएका थियौं तिमी र म, आँखाभरी अव्यक्त रारा बोकेर मनभरी शुषुप्त ज्वालामुखी बोकेर वायाँ छातिमा प्रेम दायाँ छातिमा कर्तव्य सिउरिएर विदा माग्यौ तिमीले

Posted in कविता | Tagged | Leave a comment

कविता : अब लेख्दिनँ कविता

~भोगेन एक्ले~ भो एहोई अब लेख्दिनँ कविता कति लेख्नु – बोकेर सम्झना मुहानको बगेर समुन्द्रमा बिलाएको खोला डालीको माया सम्झन्दै न्यानो चुडिएर हुरीसँगै उडेको पात सपनामा देख्ने आफ्नो आगन बिपनामा खेप्ने मुङ्लाने कर्म

Posted in कविता | Tagged | Leave a comment

कविता : शत्रु मुसा

~देबेन्द्र बस्याल~ घना जंगलको मुनी मेरो सानो घर छ हरियो घाँसको बीचमा मेरो उजाड बास छ मेरो घरको पारीपट्टी माटोको थुप्रैथुप्रा छन् थुप्राको वरीपरी दुलैदुला छन्

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बोका हरायो – ४

~रामकुमार पाँडे~ बोका हरायो, बोका हरायो मेरो पार्टीको बोका हरायो । कतै बोकालाई बन्चरो प-यो कि (?) कतै बोका मातृसंस्था झ-यो कि (?)

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : शिशिरको एक साँझ बुबाको मृत्य समझेर

~मनप्रसाद सुब्बा~ धरतीको धमिलो र फुस्रो पानामा शिशिरले आफ्नै उपसंहारको अन्तिम अरफहरु लेखिरहेथ्यो । खचेरासरिका क्षितिजका आँखाहरू बुढ्याइँको तुवाँलोले धमिलिएका थिए । कुप्रिएका बुढा डाँडाहरू नाङ्गा रुखहरूका लौरो टेकेर दिनभरि मधुरो घाम तापिरहन्थे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ पनि त कोही

~अम्बर गुरुङ~ ऊ पनि त कोही पराई त होइन, रातै रगत बग्छ रङ्गको पानी होइन । ऊ पनि त मान्छे बेमुलुकको होइन, अँगालोमा लेऊ हामी भिन्न होइन । झोपडीको जीवन उसको सबकुछ होइन, भोको नाङ्गो बस्नु उसको भूल होइन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~पिपला ढुङ्गाना~ ‌अँधेरो मझेरीको जून हुन् उनी जसले सँधैभरि उदाइरहनु पर्छ झलमल्ल भएर बादलिने अधिकार छैन उनलाई किनकी उनी आकास होइनन् बादल लाग्ने अधिकार त केवल उचाई सँग हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : यो नयाँ वर्ष, खै के नयाँ वर्ष

~जीवन क्षेत्री~ यो नयाँ वर्ष, खै के नयाँ वर्ष तुवाँलोको बादल, आँशुको वर्षा, आकांक्षाहरुको नदी, अतृप्त इच्छाहरुको समुद्र सँगुरझैं मोटाएका कुकुरहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : बामे–बामपन्थी

~झाँक्री खोले~ झुत्रेझाम्रे महल नहुने, जातिका बासभित्रै, धर्ती साझा श्रमिक जनका सिर्जना छन् विचित्रै । नारा “हाम्रो” परिचय दिने विश्वका सर्वहारा, मेची–काली दिनदिन उँभो बढ्छ बामे उभार ।। १ आधाराती निडर मनले बास बस्दै छ बामे, भोकनाड्डा घरघर पसी आँसु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टिस्टाको बगरमा रगत धोएर

~नरदेन रुम्बा~ टिस्टाको बगरमा रगत धोएर खुकुरी पखाल्यौ हामीले साक्षी छ इतिहास यहाँको के पखाल्यौ हामीले हामी जिउँदा मान्छे हौं मरेका छैनौ अझै हामी काँचो मान्छे हौ

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन तिमीलाई

~रीता खत्री~ तिम्रो आँखामा आँसुको अथाह समुद्र बगेको हेरिरहें जब पोलेर आए आफ्नै मुटुलाई पीरको झरिलो अगेनामा शुष्क ओठहरू अझ शुष्क बने निस्तेज बने आवाजहरू तिमी बग्नु थियौ एउटा समय नदी बग्यौ, म अभागी बगर उभिरहें मौन….. जीवनको थकित किनारामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा बा

~सुनील बाबु श्रेष्ठ~ घुप्लुक्क घामका झुल्काहरु धर्तीमा पोखिन नपाउदै मेरा बा कामको लागि झिसमिसेमै घरदेखिको उकालो स्वाँ स्वाँ गर्दै माथि माथि डाँडाको थुम्कोमा पुग्थे । अनि त्यसरी नै हतार हतार उही बाटो ओरालो झर्दै झर्दै निथ्रुक्क पसिनाले भिज्दै घर पुग्थे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म श्रमजीवि मान्छे

~जनार्दन रिजाल~ म जन्मे पहाडको कन्दरामा तराईका हरिया फाँटहरुमा यायाबर झै घुम्दै उफ्रिदै विताएका मेरा थाकथलो छोडेर घरपरिवारलाई चटक्क छोडेर पापी पेटको लागि पर देश भासिएको कर्म गरी एक गाँसको जोहो गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ गए काठमाण्डौंवासी

~सहदेव खड्का~ दिनमा सुनसान हुँदो हो मेरो शहर रातको चकमन्न शुन्यतामा कुकुरहरु धरती थर्कनेगरी घुक्दा हुन, छर्लङ्ग आकाशमा उदाईरहेको जुन अनि चम्किरहेका तारा हेरेर दङ्ग पर्दै सोच्दाहुन के भएछ काठमाण्डौंवासीलाई किन कोइ निस्कदैनन?

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीद

~टि माया राइ~ शहीदको रगतले सिंचीत भूमि गर्वले चुम्नु भन्छ बलिदानको पाठ इतिहास साक्षी हिम्मत भर्नु भन्छ उद्देश्य उच्च चन्द्र र सूर्य जनहितको मन्त्र फुक्छ, क्रान्तिकारी पाइला रोकिन्न अगाडी बढी नै रहन्छ । विकल्प खोज्ने मस्तिष्क पनि शहीदकै बोल बोल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारो जीवन

~दीपकराज जोशी~ कहिलेकाहीँ नेपथ्यबाट आवाज सुन्छु निर्दयतापूर्वक मेरा भावनालाई कुल्चिएको एउटा सुरुङ जहाँबाट म बाहिर निक्लन सक्दिनँ एउटा यस्तो खाली ठाउँ जसलाई म भर्न सक्दिनँ मेरो त्यो रात जसको बिहानी छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम लडाइँ

~पिपला ढुङ्गाना~ जवानी भरीको माया भरेर बाटेको बिश्वास को डोरीमा धमिरा लागेपछि सपनाहरू बिर्सिएर भोगेको अमिलो जिन्दगीमा मिठास पस्दैगर्दा किरा लाग्न थाल्छ भन्ने जाने देखि प्यारी आमा

Posted in कविता | Tagged | Leave a comment

कविता : औंसीको रात

~प्रवेश वस्ती~ औंसीको रातमा चन्द्रमा देखेँ कसरी भनुँ तिमीलाई बिर्सीयर सारा पिडा भुलेँ कसरी घाटमा लगि तिम्रा सारा यादहरु जलाउँदै गर्दा जल्दै गरेको चिताबाट लाश उठ्यो कसरी भनुँ

Posted in कविता | Tagged | Leave a comment

कविता : नपठाउ सखी शुभकामना सन्देशहरु स्वदेसबाट मेरी हितैषी यसरी

~कला कोयु मित्रले पत्र लेखिन भो नपठाउ सखी शुभकामना सन्देशहरु अर्थहिन बन्न सक्छन नेपाल आमाको अस्तित्व धरासयमा परेको यो दर्दनाक क्षणमा यो सोकाकुल घडीमा आफ्नै जन्मभुमिको कोखमा रहेको हामी नेपाली अहिले निस्सासी रहेका छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : कथित गणतन्त्र

~झनक श्रेष्ठ ‘प्रज्वल’~ आयो भन्छन् गणतन्त्र खोइ कहाँ आयो गणतन्त्र ? आयो भन्छन् लोकतन्त्र खोइ कहाँ आयो लोकतन्त्र ? ए कठपुतलि हो कता लादैछौं देशला

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्बरिकको बयान

~प्रदीप ज्ञवाली~ म शिरोच्छेदित बर्बरिक इतिहासको कठघराबाट सुनाउँदैछु आज आधुनिक महाभारतको एउटा ज्यूँदो कथा पन्छाएर आफ्नो सोझो भाइलाई गद्दीनसीन थियो सत्तामोह र चक्रवर्ती उन्मादमा अन्धो एउटा राजा धृतराष्ट्र साथमा थियो उपद्र्याहा राजकुमार दुर्योधन दिउँसै जो खेल्थ्यो मान्छेको शिकार

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्तता:एक क्याच्ची जुलुस

~जय क्याक्टस~ हिडिरहेको जुलुस क्राइस्टका कॉंटीहरू हुन्। पराश्रव्य- अश्रव्य तरङ्गहरू हुन् जुलुस आ-आफ्नै फ्रिक्वेन्सीवाहक। मार्क्स-एङ्गेल्स हुन् जुलुस

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो लिम्बिवान फिर्ता देऊ

~रोशन यक्सो “मूलसुब्बा”~ तिमीलाई तिम्रो घरखेत माग्दिन तिम्रो धनसम्पती पनि मसग्दिन काठमाण्डौ, सिंहदरवार र नारायनहिटी पनि माग्दिन सिंहदरवारभित्रको कुर्सी जसको निम्ती तिमी र तिमीहरूजस्तैहरू लड्ने गर्छौ, बाझ्ने गर्छौ त्यो कुर्सी तिमिलाई माग्दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्छौं

~प्रकाश सापकोटा~ जितेर जित नकार्छ को ? हारेर हार स्वीकार्छ को ? सम्झौतामा मन मार्छ को ? चाहेर अन्तरआत्माले हार्छ को ? सीमा काटेर जित्छन् कोही पल-पल ढाँटेर जित्छन् कोही

Posted in कविता | Tagged | Leave a comment