Category Archives: कविता

Nepali Poems

कविता : श्वेत छबि

~रुमन न्यौपाने ‘अमन्त’~ एउटा छबि सुकोमल चरित्र मनमा । मनको साँधमा पुगेर बह बनेर पोखि दिन्छ । कहिले काँहि चिआउने गर । मनको ढोकामा छेल्लिएर । बतास बहन छोड्छ तब, शितलता आफै भित्र खोज्ने गर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्व सोच

~गोविन्द वर्तमान~ मेरा क्रोधहरू सकिएपछि अन्यायमाथिका मेरा प्रतिक्रियाहरू सकिनेछन् अपराधहरूमाथि मेरो आक्रोश पुग्ने छैन त्यसबेला म स्वयं सकिनेछु म सकिएपछि घामका किरणहरूले बनाउने अर्बौँ छायाँहरूमध्ये घट्नेछ एउटा छायाँ उज्यालो संसारको एउटा चेत सकिनेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : म मृत्यु स्वीकार्न सक्दिन

~छविलाल कोपिला~ म, मेरो खुशीको लागि ईष्र्याको कम्बल ओढेर कसैको सुख चोर्न सक्दिन, वेदनाको शूल बाँडेर कसैका सहानुभूतिहरु जोड्न पनि सक्दिन । म त आँसु पिएर बाँचेको मान्छे यो जिन्दगीसंग म हार स्वीकारेर मृत्यु स्वीकार्न सक्दिन । थाहा छ मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वप्न सुन्दरी ॥

~सुबेश घिमिरे~ सृष्टिको भब्यता फूलको पत्रमा स्वप्नको सप्तरंगी अहो! लोकमा नित्य देखिन्छ उछ्वासमा, सासमा वागमा, रागमा, व्योमको साजमा॥१॥ कल्पना रासको फक्रदाँ यत्नले चाहना यौनका मौन भै वर्षिए दिब्य आभाष यो! मात्तिएँ आह! म

Posted in कविता | Tagged | Leave a comment

कविता : बाध्यता

~सुरेस खनाल~ मैले हत्केलाले छोप्न खोज्दा खोज्दै फुत्त निस्केर भागेको, कुनै उड्दै गरेको सिमलको भुवा जस्तो तिम्रो माया; उड्दै उड्दै हावाको तालमा, पटक पटक कालावाजी खाँदै, तातो स्पर्शको क्षणिक मादमा, घाम घाम चुलिँदै र ढल्किँदै, चिसो भुइँमा बजारिँदा,

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन रित्तो रित्तो

~आचार्य प्रभा~ रोइरहेको आकाश झै भयो यो मन न त —खुशिमा फूल्न चाहेको छ न त हाँसोमा भूल्न सकेको छ केवल तड्पन छ,जलन छ ह्रीदयभरी अट्टहास अनी चित्कार छ , खै!किन बैरागिएकोछ यो दिल ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आँधीको आख्यान

~स्वप्निल स्मृति~ सर्वप्रथम त कालो निलो क्षितिजबाट विजुलीको चम्किलो हस्ताक्षर आइपुग्यो र प्रत्येकको निधारमा लेखिदियो क्रान्ति त्यसपछि चट्याङग्रस्त पहाडबाट गर्ल्याम्म ! रुखहरु ढलेको आवाज आइपुग्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~भिमा राई ‘तोलाछा’~ तिम्रो विषाक्त शंकालाई विश्वासमा परिणत गर्न सकेनौं पूखौँदेखि चट्टान जस्तै हिमालयको फेदमा अवस्थित तिमीलाई हाम्रो उपस्थिति मिथक किन लाग्छ? आवाजलाई दमन गर्न पठाऊ पठाऊ तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : रुपान्तरण

~उमेश लुइटेल~ नयाँ स्वर्ग फक्राउने फाइलहरु निलेर आकाशिएका छन् पेटहरु । निर्लज्जताको खराउ पूजेर ख्याउटे जिउहरु पुष्ट भैरहे र रमाउँदै अर्काको आँसुमा होली खेलीरहे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमि मात्र सत्य होइनौं

~शशी लुमुम्बु~ यस पृथ्वीमा — तिमीजस्ता धेरै मानिसहरू बस्दछन् तिमी जे सोच्दछौ त्यो तिनीहरू पनि सोच्न सक्दछन् तिमी जे बोल्दछौ त्यो तिनीहरू पनि बोल्न सक्दछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आनन्द जोशीको स्वतन्त्रता

~डा. आनन्द जोशी~ परिवर्तनको छालसँगै सम्पूर्ण रुपमा स्वतन्त्र भएर बाँच्न खोजें मैले बाँध भत्काएर पर्खाल ढालेर सिमाना मेटेर मानौं म त्यो घोडा हुँ जो आफूखशी बाँच्छ आफूखुशी दौडिरहन्छ / उफ्री-उफ्री हिँड्छ जसले अस्वीकार गर्छ लगाम लगाएर बाँँचिदिन / बाँच्न

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको किनबेच

~प्रकाश सुनुवार ‘निराकार’~ हिजोको वास्तविक मुल्यमा इच्छा अनुसार मुल्य बृद्धि गरेर त्यसैलाई आज थोरै घटाएर छुटको व्यापार चलाएको छ सहुलियतमा युवाहरुले किनमेल गरिरहेका छन् युवाहरुले पनि सहुलियतलाई प्रयोग गरिरहेका छन् युवाहरु फाइदा लुटिरहेको ठान्छन् तर छुटको व्यापार गर्नेहरुले उल्टो लुटिरहेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फेसबुकमा गाँउको तस्बिर

~बिस्नु प्रवा सापकोटा~ म भित्र सम्भावानाका ढोकाहरु बन्द छन भन्ठानेर शहर बसेका मुग्लान पसेका मेरै कोखका उत्पादनहरु आक्कल झुक्कल पर्यटक झै म कहाँ आइपुग्छन एक सागर पसिनासँग साटेको एउटा क्यामरा बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : पानी

~बिमल गुरुङ~ निरंकुश हावाहरु ! म तिमीहरुलाई चुनौती दिन्छु कि तिमीहरु धारिलो झोंकाहरु बोकेर बज्र ! तर, शिरिषका रुखहरु शिर नझुकाई उभिरहन्छन् पुलिसका जुत्ताहरु पानीलाई हिर्काइरहेछन् पानीहरु बगिरहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बोक्ने काधहरु

~निश्चल काउचा~ देश बोक्ने काधहरु देखिन मैले यहा कतै धुवै धुवा देखे मैले जव म उठे सवेरै राज चलाउने सबै रैछन लुच्चा र लम्पट देशलाई बनाएछन भालुको कम्पट

Posted in कविता | Tagged | Leave a comment

कविता : अविस्मरणीय……

~कुन्दन काफ्ले~ प्रेम रस वहाउँदै हिडेकी हे सुन्दरी । मलाई हेरी छड्के नजर नलगाउन घरी–घरी । छन् धेरै आफ्ना तिम्रा शुभचिन्तक वरिपरी । भीड यो शहरमा हेर छन् मान्छे थरी–थरी । क्षमाशील, त्यागी तिमी दया की मिसाल हौ । स्वन्दर्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : प्रिय अँध्यारो

~अनिल नेम्बाङ~ मलाई अध्याँरो मन पर्छ अध्याँरोमा- सुटुक्क तोङ्बा तान्न पाइन्छ सोल्टिनीको मिठो सम्झना हुन्छ आकाशमा जून-तारा फुल्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : म जस्तै मरुभुमी

~रामचन्द्र कार्की~ बास्ना पो दिउँ कसरी, ओईलाई सक्या फूल म त, यात्रुहरु किन आउथे, भाँचिई सक्या पुल म त । स्वार्थी यो दुँनियाँमा, आफ्नै भाग खोज्छन् सव, ओड्ने आशा कस्ले गर्ने, च्यातिई सक्या झुल म त । सवले लात्ती हानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गोठालो

~अकेला यात्री~ मेरा साथी कहाँ छौ ? म त यहीँ छु जहाँ तिमीले छाडिगयौ। कबड्डी, डन्डीबियो पाखुरबोटेको दुवाली, बल्छी राबुखोलाको मन्दने दुवा र पौडी धोबीखोलाको

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्तो छ कर्णाली आज पुरुष बिहिन

~के आर शर्मा~ विश्वको नक्सा नेपाल खोज्दा भेटन गाह्रो छ तेसैमा पनि कर्णाली पिडा देख्नको सारो छ स्वदेश बसी जल्दैन चुलो जागिर हुँदैन कर्णाली रुदा नेताको मन सम्झेर रुदैन न यहाँ कुनै बिकास भयो न कुनै सुबिधा गर्छन् कुरा बिदेशी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु

~गोपालप्रसाद रिमाल~ पानीको छलबलमा छरिइरहेको घामझैँ हरियोमाथि फुलहरु तार्किएझैं खेलिरहेका थिए हावामा । तिनीहरुको चञ्चल छाया मृत्युको कालो हाँसोजस्तो थियो— त्यो दृश्य नै यही भन्दथ्यो । दुई दिनपछि घाममा हाँसिरहेका ती फूलहरु छायामा निदाउरिँदै सुक्दै गए ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिरस्कारलाई गीतको शब्द दिने छु

~अनन्त निरौला~ मर्मले चोटले तिरस्कारले मान्छे जिउँदै चाना चानामा परिणत भएको देखेको छु। निकै मै हुँ भन्नेहरु पनि अन्तत: फत्रक्क भुइँमा गिरेको देखेको छु।

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाश खस्यो भने के हुन्छ ?

~भीष्म उप्रेती~ मलाई सानो छोराले सोध्यो – ‘बाबा, आकाश खस्यो भने के हुन्छ ?’ मैले पहिला उसलाई हेरेँ र पछि हेरेँ आकाशलाई । आकाश जसलाई म आस्था मान्छु पवित्र आस्था, आकाश जसलाई म विश्वास मान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : थाल

~विमल निभा~ सुरक्षित राख्नोस् यो थाललाई यही आशय हो मेरो दिदी र बहिनीहरु यसको विषयमा सोच्न थाल्नोस् अहिलेदेखि नै (जतिसक्दो छिटो) हामीसँग त्यति समय छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्छ को सहिद?

~भिम बहादुर थापा~ उन्मत्त सुर हराएको विवेकशुन्य मानव परिसर, दण्डहीनता फुल्दैको बद्नामी निरीह नाम-राज्य, अघिल्तिर आँखै अगाडी समूह-समूहमा गुट-उपगुटमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आजका मान्छेहरू

~अरुणबहादुर खत्री “नदी”~ सृष्टि सिर्जनाको यस संसारमा मान्छे भएर जन्मेपछि केही आशा अनि उमङ्ग लिएर उभिएका ती मनहरू जन्मेर आफ्नो भविष्यका लागि केही कुरा सोचेको हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आफै भुले

~दिलिप योन्जन~ आफै भुले आफ्नो खुसी निस्ठुरीको माया जालमा परी। ढुखि रहने मुटु पाए बाचुन्जेली सधै-सधै भरी।। कसरी बुझ्नु मनको कुरा सधै हुन्थि हासी-खुसी।

Posted in कविता | Tagged | Leave a comment

कविता : भानुको सम्झनामा

~प्रेम प्रसाद पौडेल~ जन्मीए तनहूँ पवीत्र नगरी नेपाल भूमी महाँ पँडीत्को कुल भानु आदि कबि नै बन्दै रहेछन् जहाँ । जुन् हो छन्द त आज लोक प्रिय भो शार्दूलबीक्रीडित त्यसैका गुरु भानुभक्त कहिए श्रेयै भयो सञ्जित ।। १ यिन्कै हात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साबधान ! साबधान !

~लोप्चन लामा~ म नेपाली मेरो देश नेपाल यो मुटुमा अझै चन्द्र-सुर्य धडकिरहेको छ मेरो प्रतेक पाइला-पाइलामा मेरो उच्चा शिखरहरु लम्किरहेको छ मेरो आगनहरुमा सयौ थरी बाजा घन्किरहेको छ तराइ-पहाड-हिमाल पूर्व मेची-पक्षिम महाकाली अटाउने

Posted in कविता | Tagged | Leave a comment

कविता : बत्ती निभेको साँझ

~गोविन्द गिरी प्रेरणा~ बत्ती निभेको साँझ ! आफ्नो बचेरालाई सर्पले आहारा बनाएर रित्तो पारेको गुँडमा टामाटुमी परेका ढुक्कुरका जोडीको उदास आँखाजस्तो बत्ती निभेको साँझ । गाउँदा गाउँदैको गीत

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्वत्र चर्चा छ यो

~वामदेव पण्डित~ सारा यो वर्तमानको विषय ती लेखेर के साध्य छ ।। नेताबाट बनेर वाक्क दुनियाँ अर्कै दिशा ढल्दछ ।।१।। पाखण्डी गतिले अगाडि बढने नेता भएको हुँदा । पक्कै आउँछ दुर्दशा अब भनी थाहा सबै पाउँदा ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : गाँउको कुरा

~प्रवीण खालिङ~ अचेल गाँउ भुसुक्कै निदाइ पठाउँछ झिसमिसेमा उठ्ने बानी हरायो गाँउमा भालेको डाकमा उठ्ने क्रम टुट्दैछ अचेल गाँउ नारा र झण्डा बोकेर शहरतिर कुद्दै छ। *** अबेरसम्म सुत्छ गाँउ शीताम्मे गोरेटो भएर एका बिहानै शहर पस्छ गाँउ

Posted in कविता | Tagged | Leave a comment