Category Archives: कविता

Nepali Poems

कविता : गणतान्त्रिक धुन

~टंक सम्वाहाम्फे~ आजभोलि गणतान्त्रिक धुन निरन्तर वजिरहेछ हामी त्यहि धुन सुनेर खुशीयाली मनाईरहेछौ यी धुनहरुसंगै अरु धुनहरु पनि वज्न थालेकाछन् र तालहरु पनि फेरिन थालेकाछन् त्यसैले धुनहरुमा अनेकता पाईन थालेकाछन् धुनहरुमा विभिन्नता देखिन थालेकाछन् यसरी हामीहरु आआफ्नै धुनमा खुशीयाली मनाईरहेछौ

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सेतु हो

~अनन्त निरौला~ यसपाली लक्ष्मी पूजामा घरमा रङ्ग लाउनु पर्ने। छोरी पनि ठुली भइ कुटुम्ब खोज्नु पर्ने। छोराको ईन्जिनियरङ्ग सकेको कुरा बैदारनी बजै खसेको कुरा घरमा पूजा लाउने भए पछि आफन्त र छरछिमेकीहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~अरुणबहादुर खत्री “नदी”~ आमा तिमीले मलाई जन्म मरण दोसाँध बोकी जन्म दियौ यस धर्तीमा यो भारलाई कसो गरी सक्छु मैले तिर्न । नौ महिना गर्भमा राखी आँखा खोली दियौ ताते ताते भन्दा भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : गाडधन

~केदार शर्मा~ … र तिम्रो पनि गाडधन यसरी नै फेलापर्ने छ कुनै दिन शङ्कै नगरिएका ठाउँमा वा दावी नगरिएका बैंक खातामा वा खिया जमेका लकरहरूमा वा स्वीस बैंकका चोर खाताहरूमा वा आफ्ना मान्छेहरूका नामका लालपुर्जामा तर तिम्रो गाडधन फेला परुन्जेलसम्ममा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवेश

~विमल निभा~ नारायणहिटीमा प्रवेश गर्न मलाई लाग्नेछ पाँच रुपियाँ पाँच सय वर्ष पाँच हजार छटपटी पाँच लाख भोक र पाँच करोड अँध्यारो नाघेर म प्रवेश गर्नेछु नारायणहिटीको द्वार

Posted in कविता | Tagged | Leave a comment

कविता : म चेस खेलिरहेको छु

~बिमल गुरुङ~ औंलाम बिंडि च्यापेर एकजोडा मान्छेहरु सडकको छातीबाट हिंडिरहेछन् खडेरी परेका उदास-उदास खेतहरुमाथि आकाश पानीको गीत गाइरहेछ मातेर एक ट्वाक अमृत जलले नौजवानहरु होटलबाट निस्किरहेछन् भेलियम खाएर केटाहरु चोकको फलैंचामाथि हल्ला मारिहरेछन् म बबुरो दाईसंग अगुल्टो मागिरहेछु म मुखमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्षा

~लक्ष्मी प्रसाद देवकोटा~ आइन् वर्षा हररर चढी वायुपङ्खी विमान, पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान । झिल्के झिल्का, अचल मुख भो त्रासले नील गाढा, चूली नाघिन् प्रकृति कलिलिन्, देखिंदै दूर टाढा । बाफैको हो रथ त हलुका, शानले त्यो विशाल

Posted in कविता | Tagged | Leave a comment

कविता : आँगनमा आज मेरा प्रियतम आए…

~निर्मोही व्यास~ कस्तो हुन्थ्यो यो दिनलाई साँची राख्न पाए ! आजै जस्तो मेरो हजूर फेरि पनि आए ! छातीभरि छचल्किने आज खुसी कति मन मेरो चुल्बुलिने आज अति अति । कस्तो हुन्थ्यो यस्तै मन सधैँ सधैँ पाए ! आजै जस्तो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्‍यता

~राम श्रेष्ठ~ बिछोडलाइ जिताउनुमा तिम्रो पनि हात होला, पराइ भनी लत्‍याइदिने यो समाजमा चलन चल्‍यो, हासुन जेल साथ दिइ सुन्‍यतामा छोडी जादा, मदिराको साथसँगै सारा जिवन त्‍यसै ढल्‍यो, आज भन्दा भोली अझै, जिन्दगी यो मोडिदैछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म, अक्षर र मेरो कविता

~अशेष मल्ल~ अक्षरहरूको युद्धमा मैले शब्द बुन्न नसक्दा कविता अधुरो भएको छ ठीक अहिलेको भयग्रस्त वर्तमान जस्तो । चौबाटोमा उभिएको अन्योल बटुवा उभिएको उभियै छ मेरो कविता जस्तो न यता न उता आफ्नै युद्धले थकित

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँ र तिमी

~दिनेश अधिकारी~ न्यानो लाग्नेगरी चिसो हिउँ परिरहेको छ र, म तिमीलाई हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झिरहेँछु त्यसबेला तिमी असाध्यै नरम र न्यानी थियौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लिएर अल्मलिंदै म मरें त्यो दिन

~प्रणिका कोयु~ गते, बार, बजे याद छैन याद छ त यही कि त्यो दिन मेरो सास अड्किएको थियो अविश्वासमा कि घमाइलो बिहानी अँधेरो बन्यो एक्कासी त्यो विरानो देशमा अनि मेरो आतंक सर्यो पिलिक पिलिक मेरा दुइ साथीको इनबक्समा चाल मार्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई बनाउँदा बनाउँदै

~रुमन न्यौपाने ‘अमन्त’~ कल्पना गर । तिम्रा आर्द्र आँखाहरु मैले कसरी सजाउने छु । तथापी, म चित्रकार होईन कदापी तिमीलाई बनाउन सक्ने । युगौं युग तिमीलाई फुल संझे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विर्खे, दमाई साईला र काजीमान

~प्रमोद स्नेही~ त्यो विर्खे, दिनहुँ उसको सरिरमा वुट वर्सिन्छ लठ्ठीहरू भाँचिन्छ तर उ, चुपचाप पीडाहरू सहिरहन्छ, दुखाईहरू खेपिरहन्छ र पर्खन्छ योभन्दा अँझ थप पीडाहरू–दुखाईहरू किनकि उसलाई थाहा छ योभन्दा अँझ खतरनाक पीडाहरू वाँकी नै छ कारण – उसले काजीलाई ढाँट्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनौली जाने बसमा

~कमल कुमार~ खै के खै के जिन्दगीबाट विरक्तिएर खै कता खै कता जान हिँडेका दुई युवती टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा सडक जस्तै पुरानो

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दको जीवन्त प्रयोग

~डा. आनन्द जोशी~ यद्यपि शब्द चेसको गोटी होइन तैपनि शब्दलाई कहिले यता, कहिले उता उफारी उफारी कहिले दौडाएर, कहिले रोकेर, कहिले घुमाएर चव्रmव्यूहमा कैद गरिरह्यौ तिमीले – जिन्दगीलाई । अचेल जिन्दगीको इच्छा

Posted in कविता | Tagged | Leave a comment

कविता : खाल्डोभित्रको गुहार

~गोविन्दप्रसाद आचार्य~ मृत्युले चुसेका छोक्राहरू माटोले खाने गर्छ छोक्रा खाएर माटो पोषिलो बन्छ झारबोटहरू माटोको रस चुसेर पोषिला बन्छन् पोषिला बोटहरू फुल्दै रसिला फल्ने गर्छन् खाल्डोभित्र मात्र मुर्दा गाडेको थाहा छ निरिह चिहान देखेर मन डराएको थाहा छ कल्पनाको भूत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अदृश्य

~भिम बहादुर थापा~ थाहा छैन तर, किन नहुनु थाहा छ एकदम थाहा छ, यो मध्यानीमा त्यो मध्यरातमा एक्लो सिर्फ एक्लो म घोत्लिइरहँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : जँड्याहा द्वन्द

~गोपालप्रसाद पौडेल~ डाँडा रोहिरहेछ वेँसी रोहिरहेछ हरेक नेपालीको आँखा रगत रोहिरहेछ पसिनाको अवमुल्यन गरिँदैछ टोपि ठाउँठाऊंमा प्वाल परेको छ अस्तित्व संकटमा छ दौरासुरुवालको

Posted in कविता | Tagged | Leave a comment

कविता : धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा

~अशोक ‘खलानको मान्छे’~ देशलाई वोक्सी लागेको छ भनी बन्झाक्री बनी हिंडेका हरु नयाँ घोषणा पत्रको आव्हानमा सयौ धामीका सभा राख्ने हरु निर्दोश्लाई बोक्सीको आरोप लगाइ उठिबास त गराए गराए झाक्री बसेको हेर्न आत्तुर हामीहरु जात्रे बनेका छौ , बिजोग सहेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ङा चेपाङ

~केशव सिलवाल~ ङा नाङकाइ झाकङल अर्थात म तिमीलाई मन पराउँदिन कारण – म चेपाङ हुँ च्यापिँदा च्यापिँदा चेप्टिएको ओडारमा लुकि राखेको चे ग्वेभारा बन्न नसकेको चे तर पनि म सँग छ मेरो आत्मीय पाङ

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा

~लक्ष्मी प्रसाद देवकोटा~ निशिको बेला, चल्छु अकेला, मिरमिर सडककिनार । अरण्य सदृश यो जगतीतलको फोटो खिच्छ गगनले जलको, जनमन–आँशु हजाराँ ! पवन, रुदित शिशु, शिथिल निदाउँछ, घोप्टी द्रुमको सहारा ! थोपा चुहाउँछ कहिलेकाहीँ, मूर्छित स्मृतिको किनारा ! बुद्ध चलेथे यी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु

~रामप्रसाद ज्ञवाली~ महान् बन्ने भए इच्छा सुनौला सिर्जना गर श्रम-त्याग-तपस्याले बन्दछन् सृष्टि सुन्दर । त्यसका निम्ति मान्छेले साधना गर्नुपर्दछ बर्सिन्नन् अन्नका दाना, बिउ नै छर्नुपर्दछ ।। स्वादे जिब्रो सधैँ गर्छ स्वादकै निम्ति ‘उद्यम’ ! स्वादकै निम्ति मान्छेले गर्छ ‘यत्न-पराक्रम’ ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनसरा

~निभा शाह~ मनसरा पसिना बगेर दुनियाँ बदलिने भए भरियाको दुनिया उहिल्यै बदलिसक्थ्यो मनसरा । रगत बगेर दुनियाँ बदलिने भए जनताको दुनियाँ उहिल्यौ बदलिसक्थ्यो मनसरा । जब कि मनसरा !

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध थिएँ

~सुरज सोडारी~ देवकोटा बनेँ -पागल भने गोर्की बनें -गरिब भने कालिदास बनें- मूर्ख भने चर्चिल बनें-बुद्दु भने परिक्षणमा कुनै दिन मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिकहरूको मृत्यु

~मदन राई ‘लामाखुले’~ सालिकहरू को मृत्यु मृत्यु भएर सालिकहरू नै सालिक बनेकाछन् सालिकहरूको मृत्यु भएर घलौट का मूर्तिहरू उभिएकाछन् चोकहरूमा, धलौटका मूर्तिहरू, अनेक प्रतिकहरू,

Posted in कविता | Tagged | Leave a comment

कविता : भोलि भनिने कथा

~विमल भौकाजी~ धेरै वर्षअघि सपना हरायो एउटा देशको र, सपना खोज्दै जाँदा देश हरायो विश्व–मानचित्रबाट । उत्तरबाट दक्षिण बग्ने एउटा सम्भावना थियो देशको, कतै पश्चिमबाट पूर्व सर्छ कि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~हेम हमाल~ १ म सधैँ बसाइँ सरेको सपना देख्छु नयाँ गाउँमा पुग्छु इँटा जोडेर नयाँ घर बनाइरहेको हुन्छु कता हो कता पहाडको टुप्पामा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरू र मान्छेहरू

~सुवास खनाल~ स्वर्गबाट झरेका कोमलकोमल सपनाहरू तिनकै बारीमा उम्रिनेछन् त्यसैले नपढाऊ मान्छेलाई बारुदका अक्षरहरू बरू बनाऊ स्वप्नहरूको ताजमहल झिलमिलझिलमिल र सजाऊ ध्वजापताका रहरहरूको नौलानौला इच्छा र उच्छवासहरूको

Posted in कविता | Tagged | Leave a comment

कविता : माकुरो र माकुराहरु………..

~गणेश खड्का~ उहिले……………..नै धे………….रै पहिला जुगौं……………अघी यहाँ, भव्य जाल फिंजाएर बसेको ठू ……..लो माकुरो थिएछ बडेमानको – भिमकाय पित्तलभूँडे माकुरो , मैले देखिन, मैले भोगिन भेटें त ईतिहासका पानाहरुमा देखें त टुँडिखेलकुनाका शालिकहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : खौल परेको देश दाम्ला परेका नेता

~पुरुषोत्तम सुवेदी~ थिए तिनका कुनै घडी सिखा टुपिका – जुल्पी लर्काउने भए । थियो सोझो जमाना शान्त पटलमा – नेता भनाउदा भए ।। थान्कोट देखी सुरुहुने भुमि जनतालाई – बुझाई नेपालको थियो । शोझा जनता देउतासरी थिए त्यसबखतमा – सास्ती … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टुँडिखेल

~मणिराज सिंह~ नचाहँदा नचाहँदै फुलेका तितेपानीको फूलझैँ सून्य हृदय र रित्तो आकाश छामेर गरीब बाबुको तरुनी छोरीले यौवनको उन्माद थाम्न नसकेर आकर्षण, तिरस्कार र चाहनाको शूल रोपेझैँ चुपचाप निस्सासिरहेछ

Posted in कविता | Tagged | Leave a comment