Category Archives: नेपाली काव्य

Poetry

गजल : दिल सिलाई दिईन्

~धन बिष्ट~ एउटी आएर मेरो फाटेको दिल सिलाई दिईन् धेरै धन्यवाद छ जसले यो अवसर मिलाई दिईन् माया त गर्थे पाउँथेर कहाँ यति धेरै मैले नि छोडेर गइन दिल तर धेरै माया दिलाई दिईन्

Posted in गजल | Tagged | Leave a comment

कविता : यही हो कमल..

~लक्ष्मी बिष्ट~ आज सम्म के–के लेख्यो, कलम यो सकेन लेख्न, मात्र एउटा शब्द त्यो नाम अनेक, कोर्ने नै काम एक

Posted in कविता | Tagged | Leave a comment

कविता : म त एक शिक्षक हुँ

~चम्फा गौतम~ नेता हैन अभिनेता हैन न त भ्रष्टाचारिनै हुँ ! खुसी लाग्छ आफैमा म त एक शिक्षक पो हुँ !! न त म चाकरी र चुक्ली लगाउने खालको हुँ ! म त ज्ञान बाँड्ने एक निस् कपट शिक्षक पो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

केस्रा : दर्द

~व्योम जी अवतार~ मुटूमा भएको पिलो पाकेर झन भो हिलो निको बनाउन खोज्दा

Posted in केस्रा | Tagged | Leave a comment

गजल : रहर भयो मेरो

~सदानन्द अभागी~ जिन्दगी छोटो ठाने जिउने रहर भयो मेरो घटना जति घटे घटुन् बाँच्ने ठहर भयो मेरो खडेरीले जति चुसेचुसोस् ओइल्याउने भा’छु आखिर पर्दा खडेरी नै सिञ्चित नहर भयो मेरो

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य छोक : मन्त्रिमण्डल

~अर्जुन पराजुली~ कुनै घरको भित्तो फोरिएन कुनै मन्दिरको मूर्ति चोरिएन कुनै बैंक लुटिएन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : न्याय

~जीवन थिङ~ कहिले काँहि मेरो देश सम्झँदा त्यो देउराली र छर्योतेनको देश सम्झँदा टाडा-टाडामा शान्तिका प्रतीक ध्वजाहरूको ताँती सम्झँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : तिर्खा

~सङ्गीत नेम्वाङ~ साहब! तिम्रो शासनको चूङ्गुलमा फँसेर रासनको आश गरिरहने मान्छे हुँ म। सोच्थे…. म त्यो एक्लो मान्छे होला जस्ले भाग्य कोर्ने भाभीलाई गाली दिन्छ, सरापछ तर यहाँ छन् म जस्ता हजारहजार अरूपनि जसले रासनलाई शासन सम्झन्छन् शासनलाई रासन। मानौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो उचाइ छुनै सकिनँ

~निलिमा पुन~ म तिम्रो कोखमा हुर्कँदै गर्दा घलेकीले छोपी छोपी लुकायौ आमा दश महिना आफ्नै शरीरभित्र माया गरी गरी बचायौ आमा म त बयान गर्नै सक्दिनँ तिम्रो मायाको उचाइ छुनै सकिनँ

Posted in कविता | Tagged | Leave a comment

गजल : के हेरेको छस्

~हिराछवि श्रीशा~ गरिब मर्‍या मरै छ के हेरेको छस् । सीमा सर्‍या सरै छ के हेरेको छस ।। ए सरकार कति बस्छस मूर्ति बनेर । बाचा टर्‍या टरै छ के हेरेको छस् ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : देशको हाल

~शिशिर शर्मा~ यहाँ देश बनाउने नेताहरूबीच नै मेल छैन फोहोरी राजनैतिक खेल छ यहाँ अपराधी र भ्रष्टाचारीलाई जेल छैन सत्ता र कुर्सीका लागि पेलापेल छ यहाँ गरिबको घर दुई छाक भात छैन

Posted in कविता | Tagged | Leave a comment

गजल : पाउनु पर्छ

~दिपेन्द्र “अश्रुमाली”~ खोटाङेले हाम्रो लमजुङ भन्न पाउनु पर्छ जाजरकोटले इलामेली बन्न पाउनु पर्छ हाम्रो देश धनि भ’को हेर्ने भए सरकार मुस्ताङको स्याउले बजार टन्न पाउनु पर्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : क्रान्तिका आवाज

~कृष्णराज पौडेल “सञ्जाल”~ सकारको फेरबदल, जनताका इच्छा मरे गए सत्ता पाए भक्त आफ्नै लागि पेट भरे निमुखाका चिसा चुला कुन दिन बल्नेछन् सामन्तको सरकारलाई जनता आफै ढाल्नेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ताप्लेजुङ डाँडैमा

~लता शर्मा~ भुरुरु उडेर गयौं सातैजना, ताप्लेजुङ डाँडाँमा । धुरुरु रुवाउँदै फर्कियांै पोको परेर झोलामा । दुई हजार पचहत्तर साल, फागुनको पन्दै्रमा । बुधवारको दिन थियोे, मौसम पनि डम्ममा ।

Posted in कविता | Tagged | Leave a comment

छोक : पेट

~महेश पौड्याल~ उसका कविता र हृदयसरोवरमा भेटिने प्रेम लहरी र मानवताका गीत तथा उसले दिनहुँ खोल्ने र बन्द गर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : म दलित हैन नि !

~अमृत सिङ थिङ~ मेरो स्वरहरू तिम्रो जस्तै छ मैले देख्ने ,तिमीले देख्ने दृश्यहरू सबै उस्तै छ आऊँ हेर , पानीलाई छोऊँ तिमीले छुँदा साङ्लोको साङ्लै मैले छुँदा धमिलो भाको छ र ? अनि ! म कसरी दलित ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्चना

~सन्तोष आले~ तिम्रो चोखो प्रेम – जलले मनको तृष्णा मेटाएको छु तिम्रो दिव्य सौन्दर्यले मेरो संसार सजाएको छु। प्रेमको झरी बर्सिरहनू तिमी आनन्द मानेर भिजिरहन्छु म

Posted in कविता | Tagged | Leave a comment

कविता : “………” प्रति

~गोपालप्रसाद रिमाल~ कुन्नि (कुन अल्लारेपनमा) कुन जून लिपेको सरमा, कुन सूर्य फुलेको नभमा, कुन चरीको बोली फुटेको,

Posted in कविता | Tagged | Leave a comment

कविता : थाहै भएन

~चम्फा गौतम~ समय चलिरहेछ, चलिरहेछ, तर कसरी चलिरहेछ, थाहै भएन । जिन्दगीको होडबाजीमा अघि बढ्दाबढ्दै, कहिले उमेर बितिसकेछ, थाहै भएन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : के म गलत थिएँ र ?

~सिर्जना सिंखडा~ बामे सर्दै थिएँ बिस्तारमा अनि कोही आएर तल झारी दिए माथि जाने कयौ कोशिस गरेँ सकिन कसै गरेनि सकिन के म गलत थिएँ र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : समानताको अँध्यारो संसार

~चन्द्र मेघि गुरुङ्ग~ मलाई उज्यालो देखि डर लाग्छ आजकल जब झलमल्ल उज्यालो हुन्छ देखिन्छ स्पष्ट सबै लुक्दैन उज्यालो भित्र वरिपरिका नमिठो थिचिमिचो गन्हाएका भ्रष्टाचार पतित राजनीति लुटतन्त्र खान नपाएका ख्याउटे अनुहारहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : ए आँधि वेरी तँ त बैरो रहेछस् !

~लता शर्मा~ ए आँधि वेरी तँ बैरो, अनि अन्धो रहेछस् ।। प्रकृतिको बिनास गरी आफु बन्दो रहेछस् । धुलो उड्यो आकाशमा भयो कुईरी मण्डल । हाहाकार मच्चियो जताततै भयो खलबल ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेम सेलाएछ

~समिर सोदेम्बा~ प्रेम सेलाएछ दुनियाँमा, यहाँ युद्ध चल्दैछ मुटुहरू काम्दै डरले, यहाँ वर्तमान चल्दैछ स्वार्थी दुनियाँमा, आफ्नैलाई मात्र हेर्छन् प्रेमहीन दुनियाँमा, मृत्युको खेल चल्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : ….गल्ली

~गेहेन्द्र अधिकारी~ हर गल्लीहरूमा मन्दिर देख्ने गरेको छु, तर विडम्बना बिना पुजारीका, रात्रिकालीन र झिसमिसेमा धाउने भक्तहरूका साथमा नत संध्याकलिन आरती हुन्छ नत बिहानीमा धण्टी नै बज्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अघि बढ

~कुबेर काका~ हुक्के, द्वारे र बैठके, चम्चेका संगमा बसी बिक्नेकाे शीर गनेरै, काटिन्थाे गाउँमा खसी सित्तैमा टर्दथ्याे छाक, खान बस्थे घुँडा धसी सकिन्न लेखेर कैह्ले, सकिन्छ लेखने मसी चुनाबी लहर मुस्लाेमा, भाेज भतेर चल्दथ्थाे खाएकाे एक छाकैमा,भविष्य बुझ बल्दथ्याे खर्चिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : माइतीको देश

~महेश पौड्याल~ चेलीले पल्लो डाँडोमा उक्लेर गाइन् गीत— “त्यै र पापी तमालैले छेक्यो बरै माइतीको देश !” घरबाट बूढा बाले भने-

Posted in कविता | Tagged | Leave a comment

कविता : विवस

~डा. सबिता सुबेदी~ प्रिय ऐना, तिमी मित्र बनिदेउ | जब राता गाला, गाजलु आँखा, कालो घना केस लिएर तिमीलाई दैनिक हजार पटक भेटिरहेकी म तिमीलाई सच्चा मित्र ठानेर मुस्कुराउँदै भलाकुसारी पनि गरेकी म आज मुजा परेका पिडादाइ अनुहार, कलेठी परेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो शुभकामना

~रमेश भट्टराई ‘सहृदयी’~ चैतेदशैँ रामकृपासँगै रामराज्यको कल्पना, आदर्श भावना नयाँवर्ष २०७६ मा मेरो शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना यहाँको सद्विचार फलोस्, सद्कर्ममा सफलताको चाहना हरेक पल हरेक स्वासमा शान्ति मिलोस्- मेरो शुभकामना । हिजो बित्यो आज हाम्रो आजकै युग विकास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रजस्वला नहुने हाम्रो घर

~अमृत सिङ थिङ~ मेरी आमाले चुलो बारेको दिन भाउजूले पानी नसारेको दिन दिदी बहिनीहरूले बाहिरै खाएको दिन हाम्रो घरमा कहिल्यै आएको छैन त्यसैले हाम्रो घरमा रजस्वला हुँदैन पसिना तप तप बगाएर खन्न हुने घाँस ,दाउरा गोठालो जान हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : रिमोट कन्ट्रोलर

~स्नेह सायमी~ उसलाई रिमोट चलाउने बानी परिसकेको छ इशारामा नचाउने इच्छामा कुदाउने रहर बसिसकेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म एउटा च्यातिएको पोस्टर

~डा. वानीरा गिरी~ ए मान्छे! च्यातिएका वाक्यका टुक्राहरूका पटक-पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ मैले आफ्नै कहानी बिर्सिसकेकी छु । अगेनाको छेउबाट मीनपचासको ढिकीमा

Posted in कविता | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका चार मुक्तकहरू

~विष्णुबहादुर सिंह~ सरकारको ढुकुटीलाई हामी रित्तो पार्छौं महँगी बढाई आफ्नो भुँडी हामी मुसार्छौं कुशासन र भ्रष्टाचारको नमूना प्रदर्शन गरी हामी जे–जे गर्छौं सबै जनताका लागि गर्छौ । ***** कुरी बसेँ तिमीलाई तिमी आउँछौ भनी

Posted in मुक्तक | Tagged | Leave a comment