Category Archives: नेपाली काव्य

Poetry

कविता : कविलाई प्रश्न

~जीवनस्पर्शी~ ओ कवि ! भिग मागिरहेछन अवला नारिहरु लुटिइएका अस्मिताको तिमी किन मस्त छौ बयान गर्न ओठमा लगाइएको लालीको बुढी आमा अझै एक मुठी सास रोकेर बाचिरहेछ पर्खाइमा बेपत्ता छोराको

Posted in कविता | Tagged | Leave a comment

कविता : हलाहल मदिरा महल

~कालूसिंह रनपहेंली~ मदिराका प्यालाहरू छचल्किरहेका मेनुकाहरूले आँखा बन्द गरिदिन्छन् सज्जनहरूको! तै पनि त्यो डोरीमा सेरिएर मर्न तयार छन् ती लतका गुलामहरू। कति कति गिलासहरू झरेर फुट्छन् हातबाट टेबलमा कति कति मदिराहरू नग्न पोखिन्छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश वन्दना

~शरद् छेत्री~ निरन्तर छ फन्क्याइमाझ विचित्रको अजिरा लट्टू एउटा प्रत्येक हत्केलोमा। कुनै स्वार्थको डोरीले सङ्कीर्णता कसेपछि वेगसित हुत्याएर

Posted in कविता | Tagged | Leave a comment

कविता : यो के?

~गोपालप्रसाद रिमाल~ मेरी रानी, साँचो बोल, यो लागूजस्तो न्यानोपन जे म तिम्रो काखमा पाउँछु, यो सपना जो तिम्रो आँखामा म देख्दछु, यो के? तिमीनिर आइपुग्दा यो सन्चो लागेजस्तो अथवा रगतमा बाढी आएजस्तो मलाई जे हुन्छ, यो के?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : खडेरी महात्म्य

~राजकुमार बराल~ भुकम्प महात्म्य सुनाइसकेपछि कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनी ! आज म हजूरलाई खडेरी महात्म्य सुनाउन चाहान्छु ध्यानपूर्वक श्रवण गर्नुहोला —

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : जीवन र देश

~विवश पोखरेल~ समयको एउटा अप्ठ्यारो मोडमा उभिएका बेला उसले मसँग सोधी– ‘तिमी जीवनलाई कति माया गर्छौ ?’ मैले भनें– तिमीले जति ! उसले फेरि सोधी– ‘अनि देशलाई ?’ मैले फेरि भनें– तिमीले जति !

Posted in कविता | Tagged | Leave a comment

गजल : फूल राखेर गएको छ

~राम थापा ‘अविरल’~ दुश्मनले दैलोमा फूल राखेर गएको छ आफन्तले बिहानै छुरा धसेर गएको छ। आजका मानिसहरू यसरी फेरिएका छन कमाउन चिताबाट मुर्दा उठेर गएको छ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आफूलाई खोज्दा हराएकाहरू

~भिम बिराग~ जोगिनु जीवन हो मासिनु मृत्यु जन्म–मृत्युका दुई किनाराबीच जीवन बगिरहेको छ हरेक पलसँग सम्झौता गर्दै परिस्थितिलाई पछार्दै आफू पछारिँदै उठ्दै, खस्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : कुरिरहेछु

~भिमदर्शन रोका~ म पनि सँगसँगै उभेको थिएँ यौटै उत्साह, यौटै उमङ्ग तिएर ।

Posted in कविता | Tagged | Leave a comment

गजल : किन गाएको हो

~सुनिता ताम्राकार~ धुन बिर्सेर पनि फेरि किन गाएको हो आफै भत्किएर फेरि कसलाई थाम्एको हो आँशु पिएरै आफनो प्यास मेटिसक्यौ तिर्खाउन हो कि ? अर्कै कुवा धाएको हो

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो मन दुख्थ्यो सानु

~माधव श्रेष्ठ “विष्णु”~ एकान्तमा तिमी रुदा मेरो मन दुख्थ्यो सानु मन दुःखी रुँदा खेरी आँसु पनि सुक्थ्यो सानु । आधारातमा तिम्लाई देखि सपनीमा उठ्दा चारैतिर अध्यारो कुकुर मात्र भुक्थ्यो सानु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हृदयको बालक

~तुलसी दिवस~ समयको गोरो अनुहारमा रातले जब अँध्यारो हाँडीको मोसो पोत्छ, आकाशको नीलो ढक्कीमा जब फूल उठेका ताराहरु सजिन्छन् मेरा थाकेका इन्द्रियहरु आफूलाई हराउँछन् – हराएको तेज खोजेर; तर मेरो हृदयमा सुँकसुँकाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : असहमति

~तिर्थराज अधिकारी~ तिम्राझैँ भ्रमको खेती गर्दै म हिँड्न सक्दिनँ । दम्भले मुठ्ठी उठाउँदै हड्डीका हबेलीमाथि मुस्काउन सक्दिनँ । रगत लत्पतिएका हातहरूले परेवा समाउँदै शान्तिको गीत गाउन सक्दिनँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो मान्छे

~कृष्ण जोशी~ जताततै मान्छेको बाक्लो हूल औँलाझैँ फिँजिएका बाटाहरू, सडकहरू कताबाट पसेथ्यो काठमाडौँको चोक र गल्लीहरूमा अलमलिन्छ कहाँबाट निस्कने हो नाक भरिन्छ अचम्मको मान्छे गन्धले मात्तिन्छ त्यो मान्छे प्रथमपटक रक्सी पिएको मान्छेजस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : कसम मायाको

~दीपा राई पुन~ समयको अन्तरालमा म कतै थामिएको क्षण आफ्नैलाई ग्रहण लागेको बेला नितान्त एक्लो महसुस हुँदा तिमी झल्कियौ मेरो जीवनमा मलाई नि उदाउनु पर्छ भन्दै जीवनलाई रोक्नु हुन्न भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यतिक्रम

~प्रवीण राई जुमेली~ १ ऋतुहरुको बाइपासबाट घुमेर सधैं वसन्त आइदिँदा यौवनको तेज हावासितै एकक्षण बहकिदिने गौंथली आकांक्षाहरु पानी हालिदिने स्नेही हातहरु बिमारी भएपछि यता मुर्झाउन लागेका छन् बगैंचाभरि/गमलाभरि तलतिर रुखो र अनकण्टार देखिने मान्छेको बस्तीतिर बर्षाका केही थोपा बनी पोखिदिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पुरानै ‘हार’ हुनुन्छ

~बिभोर बराल~ मेरा मित्र उही पुरानै ‘हार’ हुनुन्छ उहाँ नै मेरो बाँच्ने आधार हुनुन्छ तपाईकालागि कुरुप पतझड नै सही उहाँ त मेरा निम्ति बहार हुनुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : नबोलाऊ कसैलाई यहाँ राति राति

~भिम बिराग~ नबोलाऊ कसैलाई यहाँ राति राति होशमा हुँदैनन् कोही राति राति गन्दैन एक्लो जूनलाई कसैले तारा गन्ने चलन यहाँ राति राति

Posted in गजल | Tagged | Leave a comment

गजल : सफर सुरु भएको छ

~नृपेश उप्रेती~ भर्खर भर्खर सफर सुरु भएको छ उनीसंग जुध्न नजर सुरु भएको छ मुस्कुराउँछे डुलाउँदै नजर यताउता लाग्छ मेरो चाहतको असर सुरु भएको छ

Posted in गजल | Tagged | Leave a comment

कविता : र

~जोतारे धाईबा~ म… तिमी, यो बीचमा पहाडी इलाकाको लचिलो झोलुङ्गे पुलझैं अथवा राजमार्गको भेलग्रस्त फेदीमा एउटा तुइनसमान अ ल्झिएको छ र ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~केदार श्रेष्ठ~ न घमण्डले मात्तिएर फूलेको हो फूल न रिसले लात्तिएर फुलेको हो फूल न कसैको खिस्सी उडाउन फुल्छ न सुवास छरी लोभ्याउन फक्रिन्छ न सुन्दरता हानी फसाउन फुल्छ होइन अहमताले फक्रेको होइन फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो परिधीमा तिमी

~जंगब चौहान~ घाम लाग्दा तिमीलाई नै सम्झिरहेँ बादल लाग्दा तिमीलाई नै सम्झिरहेँ उजेली र अँधेरी रातहरुमा सन्नाटा ओढेरै भएपनि केवल तिमीलाई नै सम्झिरहेँ

Posted in कविता | Tagged | Leave a comment

गजल : नारीलाई सलाम अनि सम्मान

~रमेश भट्टराई ‘सहृदयी’~ ढाक्छ्यौ आधा आकाश नारीलाई सलाम अनि सम्मान आमा, दिदी, बहिनी नारी नै हुन्– कति गर्छौ अपमान ? युग चल्ने आधार, सृष्टि सार सर्वश्व सशक्तिकृत घर, सदन, सहर त्यो सरकारमा खै कति सान ?

Posted in गजल | Tagged | Leave a comment

गजल : बस्नु हुदैन

~आशांक उपाध्याय~ एकान्तमा टोह्लाएर बस्नु हुदैन एक्लै हुदैमा खरानी घस्नु हुदैन कहिले कसैले झुक्याउन खोज्लान अपरिचितको जालमा फस्नु हुदैन

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दगी त्येही माटो रैछ!

~राजन कोइराला~ मरेपछि विलीन हुने जिन्दगी त्येही माटो रैछ आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ ! जति चोट पाएपनि उसकै याद प्यारो लाग्ने कलेजिमा त्यै चोटको नमेटिने टाटो रैछ!

Posted in गजल | Tagged | Leave a comment

गजल : बिर्सने छैनौ

~सौभाग्य बजगाईं~ उसको निरन्तर प्रयासलाइ बिर्सने छैनौ केहि बन्छु भन्ने आशलाई बिर्सने छैनौ सहेर चोट मनभित्र लुकाइएका प्रित हरु दरले सिर्जित अत्यास्लाई बिर्सने छैनौ

Posted in गजल | Tagged | Leave a comment

कविता : जागिरले निलेको मान्छे…..

~नितेश श्रेष्ठ ‘अमात्य’~ अभावको पर्खालले थिचिएर साघुरो जिन्दगीको गल्लीबाट निस्कें- म एउटा सुमधुर यात्राको सफरमा लम्किएँ म आर्जेको ज्ञान, सिप दिनभरिको समय सब साटें- मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~आनन्द पौड्याल~ म सूर्य हुँ रवि, घाम, बेला अनि सुर्जे भन्छन् मलाई मेरा सन्ततिले साष्टाङ्ग डण्डवत् गर्दै नियमित परिक्रमा गरिरहन्छन् मेरो प्रकाशद्वारा अन्धकार चिर्छु मैले सधैँ सधैँ ताप अनि राप दिन्छु मैले निसर्त वात्सल्य प्यार दिन्छु मैले

Posted in कविता | Tagged | Leave a comment

गजल : आउ भन्छे कान्छी

~अरुण ढकाल~ जुनेली रातमा आउ भन्छे कान्छी घरी घरी सताउ भन्छे कान्छी तगारो बन्यो रे छिमेकीको आँखा सात डाँडा कटाउ भन्छे कान्छी

Posted in गजल | Tagged | Leave a comment

कविता : बसन्त

~अशोक थापा~ १ आयो दृश्‍य खुली बसन्त सुकिलो गम्के लता-कुञ्जिका तन्के पात मुना बनेर तरुनो छैनन् सुकेका फिका कल्की फूल बुकी गुराँस कलिलो धर्ती नयाँ देखियो चिर्‌विर् चन्चल गीत मस्त लयमा भाका रमेको थियो २ को हो!भन्छ बसेर मुक्त मधुरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना

~श्रीपुरुष ढकाल~ सम्झना छ अझै ताजा वालापनको खेलवाड हाँस्दै खेल्दै मनाएको रमाइलो चाडबाड । काफल टिप्न रूख चढ्थ्यौँ गाई चराउन जाँदा हामी ऐँसेलु टिप्दै खान्थ्यौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा भै चम्कि रहलिन मीरा

~इश्वर देवकोटा~ तारा भै चम्कि रहलिन मीरा सम्झेर हे हरि, उर्लियो आज आशुको नदि सहन्छौ कसरि !! चेतना को दियो सल्काउदै तिमि धर्तीमा ओर्लिदा आशु नि हासो बन्दथ्यो हाम्रो तिमीले बोल्दिदा अनन्त सम्म हिजोको नाता नभुल्नु हे हरि !

Posted in कविता | Tagged | Leave a comment