Category Archives: नेपाली काव्य

Poetry

कविता : हामी गधाहरु भारी बोकिरहेछौं

~जगत नवोदित~ समयको प्रत्येक पलसंग विश्वासको हाम्रो वलियो धरहरा मक्किदैछ निर्धो वस्तिमा सन्त्रासको आगो सल्किदैछ कसरी शान्त भएर बस्न सक्नु हामी जव एकताको सगरमाथा नै भत्किदैछ गएका वर्षरु हामीले

Posted in कविता | Tagged | Leave a comment

कविता : रिस

~मोहन कोइराला~ रिस आफैं एक आगो हो जसले मानिसलाई भित्रभित्रै खाइरहेको छ रिस एकमात्रै यस्तो आगो हो तर शान्त गर्न सकिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : सुस्ताउँछ सल्लाघारी

~उमेश आचार्य~ अभावको सास फेर्दै,सुस्ताउँछ सल्लाघारी भोज गर्छ छिमेकी चैँ,दिनौँ जङ्गे पिलर सारी राष्ट्रीयता धितो राखी,सयौँ बने राहदानी युवा खोज्दै गुहार माग्दै,रुन्छन् बाँझा खेतबारी

Posted in गजल | Tagged | Leave a comment

गजल : पढ्न पाइएन

~सदानन्द अभागी~ मन भित्रको वेदनालाई पढ्न पाइएन जवानीको सुन्दर डाली चढ्न पाइएन सफल तिम्रो हितको लागि दिलभयो खाली प्रेमी दिलको मधु–गंगामा गढ्न पाइएन

Posted in गजल | Tagged | Leave a comment

गजल : माया बस्यो थाहै भएन

~आशांक उपाध्याय~ हिड्दा हिड्दै माया बस्यो थाहै भएन सुटुक्क नै यो मन उड्यो थाहै भएन तिम्लाई कहिले भेटें अनि मेरो मन भुल्यो कहिले हाम्रो आँखा जुध्यो थाहै भएन

Posted in गजल | Tagged | Leave a comment

कविता : परिवर्तन हुन्छ समय

~सविना सिन्धु~ लेख्यौ कि ….! कुन कागजमा लेख्यौ मेरा गीतहरु ती त भिजे पानीमा निथ्रुक्क तप्प—तप्प जमिनमा झरेका थोपासंगै । कि…. कुन पातमा लेख्यौ प्रेमपत्र

Posted in कविता | Tagged | Leave a comment

गजल : तेजाव बेच्छन

~अनन्त लम्साल~ यो जमाना उल्टो रै’छ अत्तर भन्दै तेजाव बेच्छन । अचम्म छ मान्छेहरु काँडा चुमी गुलाव टेक्छन ॥ अब तिमी यत्ति धेरै दु:खी हुनु राम्रो हैन , यस्तै हुन्छन ब्यस्त मान्छे बोल्दैनन् न जवाफ लेख्छन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : रातको गङ्गा

~रश्मिशेखर~ जुनकीरीहरू बत्ती निभाएर जङ्गल पसे रात झनै अँध्यारो भयो आँखाहरू धेरैबेर छटपटाए र कानेखुसी गर्दै रातको गङ्गामा फाल हाने

Posted in कविता | Tagged | Leave a comment

कविता : भीम दत्त चाहिएका छन्…..

~केपी अनमोल~ “कि त जोत हलो, कि त छोड थलो” भन्नु भाथ्यो नि, हो….त्यो, अहँ,….अझै मानेका छैनन् । बरु हाम्रै छातीमा, दनदनी हलो जोतिरहेछन् , यिनले ।। यी त, सुन्दै नसुन्ने, निर्जीब मूर्ती हुन । थाहा छ ? जनताले, नुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन – मिठो धुन…

~बसन्त चौधरी~ स्वप्नहरू – बादल बनेर बर्सिँदै छन् रातका अँध्याराहरू सूर्योदय आभा बनेर टल्किँदै छन् जीवन, मिठो धुन गुनगुनाउँदै छ केही नयाँपन, भित्र भित्रै पलाउँदै छ यस्तोमा यो मन किन नरमाओस् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सहर

~जीवनाथ धमला~ अलिकति दुखेको निष्कलङ्क सत्य टल्किरहेछ सहरको एक छेउबाट देखिएको अग्लो हिमालमा अलिकति नियास्रो बाध्यता घुमिरहेछ घण्टाघरका सुईहरूसँगै सडकहरूमा एउटा एकान्त झुल्कन्छ साँझका बत्तीहरूसँगै पशुपतिनाथको यस प्राचीन सहरहरूमा बादलहरूको कुनाबाट एउटा दिव्य सन्दर्भ चियाइरहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : सबथोक गर्छ मान्छे

~बिभोर बराल~ आफ्नो स्वार्थ पूरागर्न सबथोक गर्छ मान्छे मुहारमा झुठको अनेक बुट्टा भर्छ मान्छे कसैको मनमा के बित्छ उसलाई के मतलब काम फत्ते गरेपछि अन्तै डेरा सर्छ मान्छे

Posted in गजल | Tagged | Leave a comment

कविता : आउ प्रिय दियो बालौं

~बिपिन शर्मा~ रात ढल्दैछ प्रिय! आउ दियौ बालौं एउटा दियो तिमी बाल अर्को म बालौंला र यहि सृजित उज्यालोमा दुबै मिली बालौं सबै मिली बालौं, सयौं दियो बालौं आउ, हजारौं दियो बालौं

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्योलग्रस्त भयो नेपाल

~प्रविण घिमिरे~ शान्ति क्षेत्र थियो नेपाल भएछ आज ज्यादै अशान्त हत्या हिंसा वढ्दो छ दिनहु भएकै छ भिडन्त । नारीको सिउँदो पुछिने क्रममा नावालक टुहुरा भएका छन्

Posted in कविता | Tagged | Leave a comment

सदानन्द अभागीका सात मुक्तकहरु

~सदानन्द अभागी~ तिमी आफ्नै बाटो हिँड तिमी आफ्नै बाटो हिँड तिमीले मलाई मोल्नु छैन खडेरीले खाए खाओस् सिँचाइ कुलो खोल्नु छैन जाऊ जाऊ जति सक्छौ सफल बाटो खन्दै जाऊ सत्कर्मको बाटो हिँड्ने कसैलाई बिथोल्नु छैन देशमा बेरोजगार छ देशमा बेरोजगार … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सत्र साल भाग दुई

~अर्जुन पराजुली~ पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै खयाल उही जिब्रो बेग्लै र्‍याल उही छाला बेग्लै स्याल उही सत्र साल भाग दुई घण्टाघरले घण्टी लाए हुन्थ्यो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : स्वभीमान झुक्न सक्दैन हाम्रो…………

~ध्रुव गजुरेल~ कसैको जाल साझी , धम्की र विज्ञाप्तीले हामी, हाम्रो शीर झुक्दैन स्वभीमान हाम्रो शकुनी रुपी दया, माया अनी प्रेमले, राष्ट्र ,राष्ट्रियता र झुक्दैन स्वाभिमान हाम्रो . नेपालको अस्तित्व, राष्ट्रियता र सकल्पदेखी

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रय-बिक्रय जीवन होइन

~श्रीपुरुष ढकाल~ सबै मान्छे बिक्री हुँदैनन् व्यर्थै तिमी किन्न नखोज भेटेजति, देखेजति सबको मूल्य जान्न नखोज । होलान् कोही आमा बेच्ने भाउजू, दिदी, बहिनी बेच्ने भन्दिनँ म हुँदै हुँदैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढ्याँइहरु

~प्रवीण राई जुमेली~ दिनहरु व्यर्थै बितिसकेपछि यता हिंड्नलागेको छु साँझहरु। अवकाशको एउटा यात्रा केही साथीहरु भेट्छु टेकेर उभेका गोंधुलीपखहरु रिट्रिटका धूनहरु सिह्रानी हुन्छ विश्रान्तिलाई अब केहीक्षण अनुहार नभएर कल्पनाहरु मेरा मखुन्डाहरु फ्याँकेर सम्झनाहरु मेरा मन सबै पुरिदिन केही भावुकता रक्सीका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अनुमति लिन्छन् र जान्छन्

~चोमु शेर्पा “खुशी”~ कोहि दिलभित्र बस्ने अनुमति लिन्छन् र जान्छन् जब बस्छन् अनि अथाह चोट दिन्छन् र जान्छन आत्मीयता बढाएर हिड्छन यात्रामा सहयात्री जब दोबाटोमा पुग्छ अनि छुटिन्छन् र जान्छन्

Posted in गजल | Tagged | Leave a comment

कविता : निष्ठुरी तिमी

~श्याम थापा ‘अविरल’~ अञ्जान छु, टाढिन खोज्छु, खै आउ म नेर भन्छौ नजिकिन्छौ, आफ्नै सोच्छु, अनि मुखफेर भन्छौ। भेटिनु छुटिनु दुबै प्रेम हो भन्छौ, लेख भन्छौ कहानि, म लेख्छु, अनि केर भन्छौ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मौनता

~ममता पन्त मिश्र~ आमाका आँखामा टलपलिएर अडी झर्न नसकेका आँसुका दानाहरूले बाबाका मुटुमा अल्झिएर रोकिएका अनकही शब्दहरूले जब मौनतामा मलाई बिदाई गर्छ, छाती मेरो चर्केर दुख्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : धरहरा

~साधना शर्मा~ त्यहाँ तहस-नहस् हुँदा, यहाँ मनमा ग्लानि भो तिमी गयौ, शान मेरो मेटिएर खरानी भो !! तिमीलाई साथ दिंदै गए कैयन् घरहरु हजारौं मरे-र भाँचिए लाखका ती भरहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा म जेलमा छु

~देबेन्द्र बस्याल~ आमा म जेलमा छु मेरो मुखमा चुक्कुल ठोकिएको छ हामतमा हतकडी लगाइएको छ म अन्धकारमय कोठामा ढलेकोछु म बोल्न खोज्छु तर सक्दिन हात चलाउन खोज्छु, सक्दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालपुर

~भुपाल सापकोटा~ ए सुन त, थाहा पाईस तैंले ? टर्कीबाट अमेरिका तिर हुर्रिएको हुरीले ती नेपालपुरे मुखिया थिए नि, तिनको बर्षौ देखिको अध्ययन, अनुसन्धान, परिमार्जन त्यो एकमुखे रुद्राक्ष्यको

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : आमा

~आशांक उपाध्याय~ भुलेको छैन तिम्रो त्यों माया सांचेर बस्दैछु ! फालेको छैन तिम्रो त्यों आशा पूरा म गर्ने छु !! म दिने छैन जानलाई खेर तिम्रो त्यों प्रतिज्ञा ! राख्ने छू तिम्रो आंशुको मान गर्दिन अवज्ञा !!

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : मेरो औकात यहि हो

~अमृत सिङ थिङ~ तिमीले ठिक भन्यौं मेरो औकात यहि हो बजारमा जे हल्ला सुन्यौं सहि बात यहि हो भनेको जस्तो परिवर्तन के गर्न सक्छौं ? काम गर्ने दिन अनि सुत्ने रात यहि हो

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : वसन्त काव्यको आमुख

~राजेश्वर देवकोटा ~ म धाएँ धेरै नै तर शरण सत् पाइन कतै अबेला जागेछौ नभन ममता पाउँ कविते। तपस्या गर्दैमा कवि कति बिते लागिन पछि उही कन्था बोकी म पनि अहिले कुप्रिन पुगेँ।। न पढ्ने मान्छे छन् न त पसलमा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आजकाल सपनीमा

~महेश्वर चापागाई~ धुवाँ उडिरहेको देख्छु दाउरा थपिरहेको देख्छु धुवाँमा मान्छेहरु निस्सासिएको देख्छु आगोमा मान्छेहरु जलिरहेको देख्छु आजकाल सपनीमा देश जलिरहेको देख्छु आजकाल सपनीमा देश बलिरहेको देख्छु टुक्रा टुक्रा छरिएको देख्छु मालाहरु चुडिएको देख्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो लागि

~कृष्ण राजभण्डारी ~ तिम्रो लागि सजाको छु छाती भित्र कोमल दिल, बस्न सक्छौ चाहे जति, लिनुपर्दैन कुनै पिर ।

Posted in कविता | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका पाँच हाइकु

~विष्णुबहादुर सिंह~ १- जून खोज्दै छु पूर्णिमाको रातमा छटपटिँदै। २- मायाको चिनो झुण्डिएको भित्तामा निर्दयी मन। ३- हिमालसँग

Posted in हाइकु | Tagged | Leave a comment

छोक : पीलो

~विक्रम सुब्बा~ निधारमै पीलो रहेसम्म पीपैपीपले अनुहार लत्पतिने रहेछ देख्दैछु म – काठमाण्डौ, मुलुकको अनुहारमा बसेकोछ

Posted in कविता | Tagged | Leave a comment