Category Archives: नेपाली काव्य

Poetry

छन्द कविता : नेपाल यो स्वर्ग हो

~अर्जुन दुलाल~ छन्द : शार्दुलविक्रीडित नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँ जन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमा के बोल्छौ अब हे महान जन हो होच्याउँदै देश यो पल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो !!१!! आमाकै मनमा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : ड्रग्स् अनि आमा-बाउ

~बिशोर राई “आश्रय”~ छोरोलाई… हिज फेरि रिह्याबमा पठायो रे… अलि-अलि थुपारेको बाकसको पैसा तिरेर पठायो रे.. धनमती र सूर्यमानको एउटै छोरा, ईश्वरलाई माग्दा माग्दा पाएको छोरा, सुन्दर सपना र बुढेसकालको लाठी, जीवन र मृत्युको बिचमा लम्पसार छ आज त्यो छोरा…!

Posted in कविता | Tagged | Leave a comment

कविता : गल्यो मेरो शरिर

~दीपक कुमार ज्ञवाली~ थाम न मलाई गल्यो मेरो शरिर । पृथ्वी कापे झैं भयो थर्थर पिपलको पात झैं भयो फर्फर । झूटो कि साँचो तिमी बोलीरहेको टट्यायो कान मेरो कति ट्वार ट्वार गरेको । जहाँ को तही छु नेटो काट्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : प्रगतिपथ

~रिजाल किरण~ छन्द : द्रुतविलम्वित प्रगतिका पथमा रथ चल्नु छ सुख र शान्ति यहीँ अब रम्नु छ । मयल यो मनको जब माझ्दछौ श्रम र सीप गरी तब हाँस्दछौ ।। लगन चित्त बनी जब लाग्दछौ

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म बिनाको नागरिकता !

~केशव गजुरेल~ रगताम्मे गुराँसका ओठहरू रगताम्मे नदीका छालहरू विवेक हराएका मान्छेहरूका भिंडमा घाइते सिमानामा उभिएर मौन सगरमाथा हेरेर चन्द्र -सूर्य झण्डालाई हान्ने बतासले ल्याएको मृत्युको समाचार सुनेर म, सोंच्दै छु।

Posted in कविता | Tagged | Leave a comment

कविता : गुरूपूर्णिमा

~दिलिप पौड्याल~ सर्वप्रथम मेरी आमा मेरो सर्वश्रेष्ठ गुरुको चरण चुम्न मन थियो उहाँले सिकाएको पहिलो शब्द ‘बा’बा’ भन्दै बाबालाई ढोग्न मन थियो बाबाले मसाएको पाटीमा कखरा सिकाउने सरलाई खादा ओढाउन मन थियो

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीलाई देखेपछि

~रन्जन पौडेल~ आकाशको जुनमा तिमीलाई देखेपछि धरतिको धुनमा तिम्रो स्वर सुनेपछि ।। सभ्यताको संसारमा डुल्ने मन थियो संसारको हाल बुझे तिमीलाई देखेपछि ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : दिदी

~देवराज पौडेल~ तिमी दिदी हौ, म भाइ हुँ, पहिलेको भयो? दिदी कि भाइ, भाइले दिदीलाई दिदी भनेको दिन दिदी दिदी भयौ कि दिदीले भाइलाई भाइ भनेको दिन भाइ भाइ भयो, दिदी हुम् भनेउ कि? तिमि भाइ हौ भनेउ तिम्ले, भाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज पहिले र अहिले

~लीला उदासी~ पहिले – पहिले दर खाने दिन सम्ममा चेली – वेटी माइत आउथे दिदी, बहिनी, फुपू भदै भेला हुन्थे दुख सुखका कुरा गर्थे रुन्थे बर्ष भरीका पीडालाई आँसुले पखाल्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : भक्तमाला

~भानुभक्त आचार्य~ प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता। सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता।। प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो। सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो।।१।। सिताराम् भज्न्या छू भनिकन प्रतिज्ञा अघि गरी। गयाको होस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी एक्लै छैनौ

~भिमदर्शन रोका~ हाम्रो उठबस र कैयौँ सहवासहरुले बनाएका क्षितिज र कैयौँ आकाशहरुले धेरै दिनका धेरै धेरै कुरा कथा, कविता र इतिहासहरुले साथ तिमीलाई दिइरहेछन् साथ तिम्रो लिइरहेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जब घर फर्किएँ

~विवश वस्ती~ जब घर फर्किएँ उज्यालियो सेता र सपाट आँगन छेउमै फुलिरहेको एकदशक पुरानो अज्ञात फूलले गर्‍यो हार्दिक स्वागत चम्किन नसकेका घरका नाङ्गो भित्ताहरूलेर् गर्न थाले अङ्कमाल अभिवादन गर्न उभियो

Posted in कविता | Tagged | Leave a comment

कविता : देश दुखेको बेला, रोइरहेछु म पनि

~बसन्त चौधरी~ आज देश दुखेको बेला कुन शब्दले सान्त्वना दिऊँ म, रोइरहेछु म पनि देखेर विक्षिप्त आफ्नाहरू हिमाल रोइरहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : कहानी बेच्नु

~नविन ध्यार~ यस्तै धेर्–थोर कहानी बेच्नु पाउँदिनौ केही जवानी बेच्नु समय बित्दै जाँदा ओईलाउला क्यारे अवमूल्यन् भएपनि लीलामी बेच्नु

Posted in गजल | Tagged | Leave a comment

कविता : लुतो फाल्ने तयारी

~भेषराज रिजाल~ आस्थाको असारभरि मेहनतका बीउ छरेर खुसी फल्ने विश्वासमा हर्षित पुलकित मीठो थकाइसँग रमाइरहेको साउनको पहिलोदिन यसपालि फेरि हाम्रो घर लुतो फाल्ने तयारी छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म आतङ्ककारी

~यकिना अगाध~ जीउमा होइन्जेल तागत गरियो श्रम गर्न पाइएन जीवनमा कहिल्यै विश्राम र मालिकको लागि बनाइयो महल आलिसन । बन्न सकिन कहिल्यै

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~कुबेर काका~ १ सालभरीलार्ई तिहुनको गुन्द्रुक त्यसलाई धूप हाल्न पुर्याउनु पर्ने भुटुन तुल्याउन साहुका हल गोरु मागेर दमको रोगी बिस्तारै बिस्तारै ह्याप्याक ह्याप्याक गरेर सकी नसकी बारीमा आँतर काटदैछ । २ दश बर्से छोरो छिमेकीको घरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्सात

~भिमदर्शन रोका~ मेरो ऋतु बर्सात आयो इन्द्रेनीमा रङ्ग सात आयो किन नदगुरुँ पोल्टो थापी दूर देशको सौगात आयो । मेरो ऋतु बर्सात आयो इन्द्रेनीमा रङ्ग सात आयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वीकृति

~मीना सुब्बा~ अब म पी.टी. उषा सपनाको रंगीन छाता ओढ़ी लजाउने दुल्ही कल्पनाको कति साँझ बार-बार फर्किआएँ कति बिहान बार-बार घुमिआएँ तर मावला खान गएको मेरो यौवन फर्किआएन

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~छत्रप्रसाद काफ्ले~ दुःखमा पनि सहन जान्नुपर्छ यो जीवन आकाश जस्तो पार्नुपर्छ ! सुख दुःखका बादलहरु आउने जाने क्रम जारी छ घाम छाँया र दिन रात भई नै रहन्छ ! !

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~रबिन्द्र अर्याल ‘नादान’~ बर्सातले लेराएको बात्छिटा हुर्काउनु छ भीमकाय ओडार भित्र दिनु छ रवि किरण बिना चाँदनी सान टुसाउनु छ छेडेर धर्ती बजार्दै लात्ती परेड खेलाउनु छ टुँडिखेल जत्रो छातीमा किन्चीत आइया आत्था हुन्न

Posted in कविता | Tagged | Leave a comment

कविता : चिनारी

~दिलिप पौड्याल~ एकाबिहानै घाँसको भारि पल्टाएर भानु जयन्ति मनाउन स्कुल जाँदा भानुभक्त को हुन् थाहा थिएन मलाई दाँया हातले दुबो टिप्दै गुरुको मुखारबिन्दु बाट कविता सुन्दा कविता के हो थाहा थिएन मलाई सबैको अगाडी थियो उनको फोटो फूलमाला र अबिरले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशबाट हेर्दा

~ममता पन्त मिश्र~ म तिमीबाट धेरै टाढा, सात समुद्र पारी रहँदा पनि तिमी सधैँ मेरो सम्झना माझ, मुस्कुराई रहेको हुन्छौ बर्षौ वर्ष बितेछ तिमीलाई छोडेको पनि त्यै पनि तिमी सधैँ मेरो मुटु माझ, बास बसेको हुन्छौ मेरा हर खालि घडीहरूमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुमनाम मान्छे म

~अमृता बुढाथोकी~ मिलनमा निराकार तिमीलाई पूर्णआकार दिने पूर्ण वृत्त म, अनकन् उपमाले सजिने तिम्रो हृदयेश्वरी म तिम्रो आँखाको पूर्ण चन्द्रसूर्य म । तिम्रो आदेश मानुन्जेल आदर्श छोरी, दिदी, बहिनी र पत्नी म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उ त धपक्क भएर बलेको छ

~लीला उदासी~ ऊ त धपक्क भएर बलेको छ एउटा तारा झर्यो ! दिनदहाडै सूर्यास्त भयो अन्धकार छायो झापाको आकाशबाट एउटा नक्षत्र खस्यो मेरो. मन मान्न त तयार छैन तर हो ! मेरो प्यारो मित्र गयो ऊ शून्यमा बिलायो ! ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्य विनाकी शशि

~किरण सिटौला~ मृत्यु पछिको स्वर्ग कस्ले देखेको छ र यहाँ ? जिउँदै भगवान कस्ले पाएको छ र यहाँ ? मैले पाप गरेहोला मृत्यु पछिको सजाय भोग्ने साक्षी को छ र यहाँ ? म कसरी विश्वास गरुँ ? यमराजको त्यो लेखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : कतिले गाेठाला सम्झन्छन्

~महेश्वर तिमील्सिना ‘निदर्शी’~ कतिले भरिया सम्झन्छन् कतिले गाेठाला सम्झन्छन् , बेकसुर हत्कडी लगाई दिन्छन् फुलकाे माला सम्झन्छन् क-कसकाे नाम लिउँ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : आजकल म रक्सी पिउँछु

~देबेन्द्र बस्याल~ न मलाई बुद्धिमानी नेता बन्नु छ नत मलाई भ्रष्टचारीको पगरी गुथ्नु छ केवल मलाई जीवन कटाउनु छ साथी, आजकल म रक्सी पिउँछु झुटको खेती गरेर जीवन धान्नु छैन मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामी

~केशव गजुरेल~ आज फेरि, एउटा आत्मकथा जलिरहेछ त्यो बिरानो घाटमा। त्यही भाग्यमानी घाटका केहि जोर समाजशास्त्र हेर्ने आँखाहरु साक्षी थिए। तर,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो पनि देश छ र ?

~मिनेन्द्र भण्डारी ‘निश्चल’~ नदीहरु आफै बगेझैं फूलहरु आफै फुलेझैं , र, चराहरु आफै उडेझैं म पनि जीवित छु धर्तिमा – आफ्नै मौलिक युद्दले । मेरो प्रिय देश !

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम

~सुमन राई~ कसै गुमनाम छ कसै भने लोकप्रिय कसै अछुत छ कसै पुज्नीय कसै निरुदेश्य छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सिद्धियो

~विशाल सर्घाईँ~ इच्छा त थियो अनेकौँ सम्झेर बिर्सिदिँदै छु अचेल खुट्टाले कुल्चेको माटो हेर्दै भरे – भोलिको भूकम्पले तहस नहस पार्ने हो कि ? बर्खा यामको पैह्रोले थिचिदिने पो हो कि? बस्, यस्तै यस्तै विचारहरू

Posted in कविता | Tagged | Leave a comment