Category Archives: नेपाली काव्य

Poetry

कविता : यौवनका फौबन्जारहरू

~शिव प्रकाश~ अभावको भोको भन्दा रहरको भोको छ आधुनिकता, अवस्थाको विवशता भन्दा आधुनिकतासँग विवश छ अवस्था ! मौलिकता विहीन आधुनितकताभित्र मौलाइहरेछ नूतन सभ्यता मान्छेभित्र कुमान्छे जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीद

~सुजता ढुंगेल~ शिरैमा आमाको आशिष आँखैमा प्रिया को झलक कर्तब्य मोहित एक सिपाही फर्की आउने बाचा राखी सर्दै अघि युद्ध भूमीमा खेल्दै, छेल्दै बारुदे धुंवा आत्मास्वाभिमान राख्दा राख्दै ढलिगए रे बङ्लंग त्यतै

Posted in कविता | Tagged | Leave a comment

गजल : के भनेर चिन्छौ मलाइ मेरो कुनै नाउँ छैन

~कल्पना ‘भाबुक’~ के भनेर चिन्छौ मलाइ मेरो कुनै नाउँ छैन घुमन्ते भै बित्यो जीवन बास बस्ने ठाउँ छैन । न त छोड्न सके छाप न त कुनै इस्ट मित्र बेवारिसे भा’छु आज उपमा त्यो गाउँ छैन ।

Posted in गजल | Tagged | 1 Comment

गजल : मान्ने ज्यू

~दलबहादुर बस्नेत~ मान्नेज्यू पालिसदार भाषण् छाँट्नु हुन्छ मञ्च पाए थोत्रा आश्वासन बाँट्नु हुन्छ। महामहिमहरूका घर दैला चाहारेर टोल–टोलमा पुगी जनता भाँड्नु हुन्छ।

Posted in गजल | Tagged | Leave a comment

कविता : रोई राछ हिमाल

~भीमसेन सापकोटा~ डाँफे रोयो , गुराँस रोयो , रोई राछ , हिमाल। पाइला तिमीले, मेटी हिँड्दा दुःखिरा छ नेपाल । । बाटाहरू पैताला लाई, आँगन फर्काइ देउन । देउराली र चौतारीको , दुःख सुनाइ देउन ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : भाइ लडदैछन् अरे

~निर्मला अवस्थी~ आज पनि दुई भाइ लडदैछन् अरे दिन दिनै शत्रुहरू बडदैछन् अरे।। जति सुझाव दिएपनि केही लागेन संविधान लेख्न नेता हड्दैछन् अरे।।

Posted in गजल | Tagged | Leave a comment

कविता : म अझै मरेको छैन

~तेजविक्रम कार्की~ हरेक दिन मेरो छाँया यो घर भित्र पस्छ र बाहिरिन्छ सधै जसो मेरो फोटो हेर्छिन् आमा सुकसुकाउदै रून्छिन् एकछिन् टोलाउँछिन् अनि कसैले नदेख्ने गरी सारीको सप्कोले आँशु पुस्छिन् बा मैले रोपेको क्याकटसमा सधैजसो पानी हाल्छन् थाहा छ जो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति लिएर आऊ

~निर्मला अवस्थी~ यसपाली त तिमी आउंदा प्रेम र मायाका लहरहरु लिएर आऊ सुरीला मीठा धुनहरु सुसेल्दै सबैको अनुहारमा हांसो र खुशि लिएर आऊ पर्दैन भो अरु कोसेली तिमी स्वस्थ्य भएर आऊ नयां वर्ष तिमी शान्ति लिएर आऊ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा बिरामी परेकि छन्

~निर्मला अवस्थी~ तिमी गएदेखि आमा बिरामी परेकि छन् तिमीलाई नै सम्झदै सहस्रधारा आँशु बगाइरहेकी छन् तिमी गएदेखि आमा विरामी परेकी छन्। गाउमा हजुरबुबा बित्नुहुदा लास उठाउने कोही भएनन् रे

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनकिरीको गीत

~गिरिराज बाँस्कोटा~ निर्मम भएपनि प्यारा छन् यादहरु उहि सपना गुमाएर उहि विपना भुलाएर फोका न हुन पानीका फुटे के भो ? झोक्का न हुन हावाका झुके के भो ? सम्झनलाई न पानी चाहिन्छ न हावानै चाहिन्छ फगत मुटु हुनुपर्छ प्यार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ए आमा सुनाई देऊ संसारलाई ।

~कृष्ण दुवाडी~ ए आमा प्रकृतीले नेपाल र नेपालीको कुभलो ? यो के सुन्दैछु म । यो हुनै सक्दैन । आत्मा परमात्मा र प्रकृति सबै निर्दोश छन । परिवर्तन संसारको नियम हो । भईरहन्छ । बगेन भने लेउ लाग्छ । चलेन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : घाइते अचेल जिन्दगानी भएको छ

~विवश पोखरेल~ घाइते अचेल जिन्दगानी भएको छ रगत खोलाको पानी भएको छ। हिंसामा कठोर ढुङ्गा भएपछि मुटु पीडा सहने अनौठो बानी भएको छ।

Posted in गजल | Tagged | Leave a comment

सरु आस्थाका २ मुक्तकहरु

~सरु आस्था~ धोकाको आँसु दियौ पिएर जान्छौ कि त ? च्यातेका थियौ मन सिएर जान्छौ कि त ? विगत तिर फर्काइ नआउने याद गरि लिएका थियौ जे–जे दिएर जान्छौ कि त? याद भन्दा गाढा भयो सम्बन्धको नाल आज

Posted in मुक्तक | Tagged | 2 Comments

गजल : केवल गजलमा

~अनुकुल प्रकाश~ डुवाएँ जिन्दगी केवल गजलमा रुवाएँ जिन्दगी केवल गजलमा छुटे साथी टुटे यात्रा नरोकिएरै मैले गुडाएँ जिन्दगी केवल गजलमा

Posted in गजल | Tagged | Leave a comment

गजल : पञ्चेबाचा बजाउने पालो तिम्रै हो

~खेमराज गाउँले~ मंसिरमा पञ्चेबाचा बजाउने पालो तिम्रै हो डोलीभित्र घुम्टो ओढी लजाउने पालो तिम्रै हो । तिमीलाईं पुग्ने माया मैले पनि दिएकै हुँ, अर्कैको माया पाएर अघाउने पालो तिम्रै हो ।

Posted in गजल | Tagged | Leave a comment

सुजन बैरागीका २ मुक्तक

~सुजन ‘बैरागी’~ म हिडेको बाटो तिमी हिन्न नपरोस आफ्नै देशको माटो नि किन्न नपरोस आफ्नै पौरखले लाउन खान पुगोस सधैं आफू अघाउँन अरूको भाग छिन्न नपरोस म रोएको कुरा नसुनाउ कसैलाई

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बाटोको आत्मकथा ।

~अशोक पार्थिव तामाङ~ उ कुनै विन्दुबाट जन्मिएर फैलिंदै मूलबाटो , दोबाटो , गोरेटो घोडेटो , चौबाटो बन्यो रे यूग छोएर उसका छात्ती चिराचिरा पारिए रे ! पटक – पटक …………………………………। पदयात्रीहरूका जुत्ता-चप्पलका डोब युगौं छातीमा दसी टाँसेको छरे उसले ।

Posted in कविता | Tagged | Leave a comment

चन्द्र मगरका केही हाइकुहरु

~चन्द्र मगर~ संगीतको धुन सुरिलो भजन कलाको दुरुपयोग । क्रान्तिकारी नारा अस्पष्त भिजन अराजक प्रब्रिती । मिठो कबिता चाप्लुसी गुणगान शब्दको अनादर ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : बिहानीको शीत

~किरण टि लिम्बु~ बिहानीको किरण ओडि मोती बन्छे शित। शित उडी बादलुको लुक्छे घुम्टो भित्र।। शित जस्तै उडी जाने सास हाम्रो एक् दिन्। ‘जिवन’ हाम्रो के हो आखिर्? सोची हेरौँ एक छिन्।।

Posted in कविता | Tagged | Leave a comment

गजल : छिल्लिएर वन हजुर

~दीपक समीप~ जब पस्छन् जोडी ढुकुर छिल्लिएर वन हजुर हेर्दाहेर्दै चाला तिनको सक्सकाउँछ मन हजुर कावा खाँदै सँगसँगै दुवै घुम्छन् यताउति देख्दा पनि ईर्ष्या लाग्ने कस्तो आफ्नो-पन हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : कहिले पूरा होला थाहा छैन

~कृष्ण वस्ती~ जहाँ गएँ त्यहाँ उनी, ‘नभेटिएर’ फर्किएँ। म प्यास चित्तभित्रको, ‘नमेटिएर’ फर्किएँ।। म गीत गुन्गुनाउँदै पुगें समीपमा जसै सितार-तार धूनमा ‘नरेटिएर’ फर्किएँ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : सौन्दर्य–चिन्ता

~शशी लुमुम्बू~ यस पृथिवीमा— कहाँबाट आयौ तिमी ? कहाँबाट आएँ हूँला म ? …. पहिला— तिमी आयौ कि म ? कुन नदी पछ्याउँदै कुन बतासको वेग समातेर आयौँ होला हामी ? …. आएपछि पृथिवीमा सबभन्दा पहिले—

Posted in कविता | Tagged | Leave a comment

गजल : लौन लाफा

~तिब्वत दर्लामी~ कस्तो हुन्छ मारुनीमा कम्मर भाँच्न सिकाईदेउन । लौन लाफा मलाई पनि हुर्रा नाँच्न सिकाईदेउन । रातैभरी रोधीघरमा सालैजोको भाका टिपी दोहोरीमा पिरतीको नाता गाँस्न सिकाईदेउन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : भैगो म कविता लेख्तिन

~भिम प्रसाद घिमिरे~ कर नगर्नुस् कविज्यु भाषा खेलाउनु विरह चलाउनु हँसाउनु अनि शब्दजालले रुवाउनु त्यो कला पटक्कै जान्दिन मलाइ क्यामेरा भए पुग्छ अलि बढि फोटा अटाउने मेमोरी कार्ड र, अलि परका विषय टिप्ने लेन्स भए पुग्छ कसरी भ्याउला कवितामा बर्कत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनगुन

~स्वप्निल नीरव~ कति हुँ हुँ गर्छस हँ ? अगेनुमा हात सेक न हैन अझै कति हुँ हुँ गर्छस ? तेरा बा कम्बल लिन गा’का छन् पुसको छानोले यस पालिको शीत लहर छेक्ला नछेक्ला तँ सानै छस तेरा निलिएका ओंठ कठ्याँग्रिएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अती हिम्स्रक बाघ पनि हुनु नराम्रो

~श्याम लामा~ अती हिम्स्रक बाघ पनि हुनु नराम्रो कुहिरो भित्र काग पनि हुनु नराम्रो हिंड्ने बाटो पुग्ने लक्ष्य निस्चित छैन सबलाई पिर्ने नाग पनि हुनु नराम्रो

Posted in गजल | Tagged | Leave a comment

कविता : निरङ्कश आँधीहुरी कथा

~बलिराज खम्बू~ हजारौं बर्षदेखि नै संघीयताको कथा बाकेर त्यो अरुण नदी बग्थ्यो रे छोरा ढाकार चौतारोमाथि बिसाउँदै काहानीको पोका खोलेर केलाउनु थाल्नुहुन्छ- मेरो बा कोपाको कथालाई । यो क्षितिज अनि उ परऽऽऽपर चारैतिर देखिने ठाउँसम्म निलो आकासमा पूर्णिमाको मधुर मुस्कान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्तो बिडम्बना!

~भगवती कंडेल~ दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना! झुकी झुकी बाच्नु पर्ने कस्तो बिडम्बना! भुवा सरि उड्न खोज्ने मनलाई पनि रुकी रुकी बाध्नु पर्ने कस्तो बिडम्बना!!

Posted in गजल | Tagged | Leave a comment

कविता : पृथकता र प्रेमरेमिलता

~गिरिराज बाँस्कोटा~ मेरी आमा तिमि भन्दा राम्रि हुनुहुन्छ तर उहालाई तिम्रो जस्तो सिगारिने फुर्सद छैन उहालाई रमितेमा घाँस काट्न जानु छ चुलो रङगाउनु छ अनि बेला बेला मलाई सम्झिएर बिरत्तिनु छ तिमि जस्तो मेरी आमालाई फुर्सद छैन दिन भर काममा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धतुरेहरु र मेरो स्वकीय अडान

~गणेश खड्का~ मेरो समाजका सबै खाले स्वघोषित वरिष्ठहरु र मेरो दैलो-जस्केलो वरिपरी रोप्तै नरोपी उम्रेको उम्रेयै गरेर हैरान पार्ने धतुराहरु उस्तै-उस्तै लाग्न थालेकोछ मलाई अचेल धतुरे अस्तित्वहरु हुर्के भने तुलसी पवित्रता जिङ्लाउँदोरहेछ करेसामा मनहरु सकरात्मक मौलाएको जाती मान्छु म नकरात्मक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहना

~समा श्री~ र पनि यो कस्तो शून्यता ! कतै कुनै कुनामा चुपचाप आफैमा खुम्चिएर तिम्रा यादहरू बसेका छन् हावाको मन्द वेगसँगै तिम्रा पाइलाका ध्वनी गुञ्जित हुन्छन् तिम्रो शरीरबाट बहने मन्द सुवास छरिएका छन् र पनि यो कस्तो शून्यता !

Posted in कविता | Tagged | Leave a comment

गजल : दुबै मिली

~इन्दिरा प्रयास~ दुबै मिली पिरतीको,डोरी बाटौं न एकअर्कामा भावनाको,चाह साटौं न दुबै जना मिलेपछि,बाटो खुलाएर् शहर मै बस्ने भए,डाँडै काटौं न

Posted in गजल | Tagged | Leave a comment