जब पस्छन् जोडी ढुकुर छिल्लिएर वन हजुर
हेर्दाहेर्दै चाला तिनको सक्सकाउँछ मन हजुर
कावा खाँदै सँगसँगै दुवै घुम्छन् यताउति
देख्दा पनि ईर्ष्या लाग्ने कस्तो आफ्नो-पन हजुर
सोच्थेँ प्राप्ति सहज छ, सुन चाँदीको जमाना यो
माया किन्न नसकिने बेकाम रै’छ धन हजुर
अन्योलमा परेँ म त कस्को मुटु नजिक मानूँ
यता आफ्नै पिरतीले ठोक्छ किला घन हजुर ।
(स्रोत : sahitya sirjana )

