Category Archives: कविता

Nepali Poems

कविता : कहिले के, कहिले के

~बिनिता कपाली~ दुःखले ‘सुख’ सम्झाउँछ र कहिले कहिले सुख दुःखको याद गराउँछ अन्धकार र उज्यालोको खेल समयले हामीमा देखाउँछ । दिनको उज्यालोले कहिले ‘रात’ निम्त्याएको पनि देख्छौं ‘रात’ काटेपछि सूर्यकिरण धरतीमा विस्तारित पनि पाउँछौं ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सलहको सभा

~गोविन्दप्रसाद आचार्य~ सलहका हुलले माटो पनि राख्दैनन्। सिर्जनाका बोट बिऊ पनि जाग्दैनन्।। सलहको सम्मेलनमा राम्रा कुरा हुँदैनन्। माटो खाने सलहले काम गर्र्दैनन्।। सलहका हुलले फुलका पात खाइसके। फूल फुल्ने बसन्तमा आगो लाइसके।। सलहका हुलले हरियो त हरियो। भोकाएका सलहका फेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम याचना

~ज्यो. कुबेरनाथ भट्टराई~ खोज्दा खोज्दै रोज्दा रोज्दै ढलेछ वसन्त त्यो ध्वाँसी, थेप्ची, पुड्की, काली प्नि पाउन कठिन भो । सधैं सधैं जवानीमा म इन्द्रधनु पनि बसमा पार्छु भन्थें

Posted in कविता | Tagged | Leave a comment

कविता : घामको प्रतिविम्ब

~श्याम रेग्मी~ झुपडीको छिद्रबाट पसेको घामले मेरो घरको भित्तामा जब एउटा आँखा बनायो, त्यही दिन देखेको हुँ- दुनियाँ रंगीन छ । त्यही दिन बुझेको हुँ, उकाली ओराली गर्दा बाले नाम्लो लगाएर पिठ्यूँमा भारी होइन, मलाई बोकेका रहेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्बहारा

~रामचन्द्र ज्ञवाली~ आङ ढाक्न लाई कोरा छैन बिछ्याउन बोरा छैन मल्मल को के कुरा । सिङो संसार मा केही छैन सुकुम्बासी हामि हामी महल केकुरा ।। सुतेर नाङो ध्रर्ती यो माटो माथि हेर्दाइ छौ तस्बिर ति बिरहरुको । केयस्तै थियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी घाम उदायो

~रुपेश श्रेष्ठ~ फेरी घाम उदायो अनाहकमा मेरो वस्तीको नग्नता उदाङो हुने भो । रात ओढेर बल्ल बल्ल निदाएको वस्ती जाग्ने भो फेरी अब कता लुक्ला यो ? अब के मात्र छोप्ला यो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : भोका प्यासा लाशहरु

~सुशिल गौतम~ सुन्दर बिहानीको कल्पना गर्दा गर्दै फिस्स उडेको मांसपिण्डका आशहरु कल्पना कै भग्नावशेषले थिचेर गतिहिन ढलिरहेका यि हुन भोका प्यासा लाशहरु । बाचुन्जेल चिच्याएका भोका क्रन्दनमाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : शुन्यता भित्रको जीवन

~रोशन राउत~ एउटा शुन्य,अन्धकार भित्र कोर्दै छु जीवनको रङ्गिन चित्र मिथ्या यो संसार,मिथ्यै हो जानी तैपनि बुन्दै छु स्वपनको खानी भोलिको सुखको झिनो छ आस बित्दैछ आजको सुमधुर मधुमास

Posted in कविता | Tagged | Leave a comment

कविता : लाटो छोरो

~जनक दाहाल~ थोरै धुवा धेरै आगो जस्तो जीवन उस्तै फोटो एकैछिन पहेलो, त्यसपछी मोटो खुब गरेउ भगवान! पुग्यो होला नि धोको? तल शितल माथि आगो जस्तो स्वरूप उस्तै चालो शरण पाउन भनेर ॐ शान्ती जप्यो खुब गरेउ भगवान! बिथैमा तिमीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्ताउनै लागेको सुर्य

~दिपक अधिकारी~ अस्ताउनै लागेको सुर्य झैं, घरले जा-जा र बनले आ-आ भनिरहेपनी, मेरो त अझै पनि बाँच्ने रहर सेलाएको छैन, फुस्रिएका ईँट्टा झैँ अनुहारै फुस्रो भयपनी, मेरो मन चाँहीँ फुस्रिएको छैन !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो इतिहास

~बुद्धीलाल तमाङ~ मेरो इतिहास, बीरहरुको बिरताको इतिहास थियो बलिदानका कथाहरुको इतिहास थियो त्याग र समर्पणका गाथाहरुको इतिहास थियो जिउदा र जाग्दाहरुको इतिहास थियो अखंड जितहरुको इतहास थियो जितै जितको इतिहास थियो अहा! मेरो इतिहास!

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~संजीव चापागाईं~ आमा रहेछ शक्ति ,आमा रहेछ माया , जिबन्तता त्यो भर्ने ,आमा रहेछ छाँया , आमा रहेछ धर्ती, बांच्ने त्यो मौनता मा , आमा रहेछ पुष्प ,फक्रन्छ श्रीजनामा। …………………. खोजेर वा नखोजी ,माया अनेक भेट्छु , आमा त्यो तिम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सातो

~कला अनुरागी~ तिमी चढेको विमानजस्तै फुत्त उड्यो मेरो मुटु र, गयो सातो तिमीसँगै । त्यही दिनदेखि एउटै दृश्य आइरहन्छ आँखामा- तिमी बिस्तारै छुटाउँछौ अँगालो समाउँछौ चपक्क हात अनि, छाड्छौ बिस्तारै र, बढ्छौ मैले जुनीभर नदेखेको अनकन्टारतिर । आत्तिरहन्छ मन

Posted in कविता | Tagged | Leave a comment

कविता : मोदनाथ प्रश्रतिको ठेगाना खोज्दै हिँडेका पृथ्वीनारायण शाहका प्रेतहरु

~संगीतश्रोता~ महाराज पृथ्वीनारायण शाहसँग जम्काभेट भयो एक गणतान्त्रिक साँझमा अचानक कीर्तिपुर पाँगा दोबाटोमा ! मैले सोधेँ- बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ? उहिल्यै काटिगएका थियौ किपू-ज्यापूका नाक-कान के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ? मेरो ठाड्ठाडो प्रश्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइ

~अनमोल मणी~ बितेका बाटाहरू हेर्दै नहेरी भेटेर जाऊ फेरि भेट हुन्छ हुन्न! फेरि यस्तै दिन नहुन सक्छ नवहन सक्छ यस्तै हावा पहिरो जान सक्छ लेउ लागेको प्राचीन बाटो कुनै शासक

Posted in कविता | Tagged | Leave a comment

कविता : मौनता

~शिरिष पराजुली~ जब हामी दुई भयौ; मौनता र आँसुमा आधा भाँचिएको मन वर्षौं देखि मर्मतको खोजिमा । बिहानीको शीत; मेरा ओसिला परेलामा म सम्झन्छु चेतावनी जो म सोचिरहेको हुन्थे । सबै टुक्रिएझै; कतै तिम्रो नाम गुन्जाएमान हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको गती

~दुर्गा राइ~ मेरो देशको गती अनी यो साइकिल एउटै एउटै पारीबेश मा छ, साइकिल लाई चाढ्ने को भार दुबै लाई फेरी अर्काकै सार, देशलाई दिशा दिनेहारु धेरै आए

Posted in कविता | Tagged | Leave a comment

कविता : युगल जोडी

~कञ्चन पौडेल~ रसिक छ्न यि युगल जोडी, शान्ति का प्रतिक प्रेमले मगन भएर कस्तो बसेका नजिक । सृस्‍टिका फुल क्या राम्रो सँग रमेर फुलेका सास्वत सत्य उजागर गर्दै प्रेम ले झुलेका ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हौसला

~ध्रुव पन्थी~ मलाई थाहा छ, हिसाब खोज्न थालेँ भने मेरो ‘वासलात विवरण’ कहिल्यै मिल्ने छैन सरले त पढाउनुभएको थियो – ‘सम्पत्ति’ बराबर ‘दायित्व’ र ‘सेयर’ तर जतिपल्ट गणना दोहोर्‍याए पनि त्यो बराबरी भेटिने छैन ‘नाफानोक्सान विवरण’ जतिसुकै राम्रो देखिए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रिवेणी दोभान

~अमर नेम्बाङ लिम्बू~ वर्षौँ पहिले श्रावण महिनाको एक दिन स्थानीय त्रिवेणी दोभानमा जलाएको थियौँ हामीले मेरी स्वर्गीय मुमाको लाश । मुमालाई दोभानमा झार्दा कुखुरीको एउटा सानो चल्लोलाई पनि झारेर ढुङ्गाघारीमा छाडेका थिए मलामीहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइको बेला

~रमेश गौतम~ उभिएको छु गतिहीन एउटा उष्ण बगरमा र नियालिरहेछु माछाहरुको क्रीडा उष्णता र पीडा! स्थिर पानी र पानीको स्थिरता! सामुन्नेको झाडीका चराहरुको चिरी-बिरी! गोमन चालहरु! न्याउल पीडाहरु! एक साथ हेरिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्ल्याकहोल र मेरो देश

~पीताम्बर भट्टराई~ मेरो देश परिवेश तिरै बहुला दौडे जस्तै र्‍याल बगाउँदै पुच्छर लुकाउँदै अनाहारी शिशु माथि सिंहराजले झम्टे जस्तै झम्टिने योजना बोकेर दिन दोब्बर रात चौब्बर ब्लेक होल दौडिरहेछ मेरै देशतिर मेरै परिवेश तिर खै प्रतिवादको फर्मुला त्वम शरंणं प्रार्थना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यू के थियो त्यो?

~मुक्ति गौतम~ मृत्यू के थियो त्यो? तिमीले जित्नसक्ने हाँसेर बरण गर्यौ तिमीले, कायर थिए उनिहरु जो हारे रेटेर गए तिम्रो घाँटी। डरपोकहरु, निशस्त्र तिमीसंग भय र त्राशले

Posted in कविता | Tagged | Leave a comment

कविता : विजय

~पारिजात~ जीवनको पूर्व–पश्चिम कुनै यात्रा यस्तो भएन जहाँ पाइतालामा काँडा नबिझेको होस्, जहाँ औलामा ठेस नलागेको होस् दश बिसौनी एक पुल्टुङबाजी नडराई हिंडिरहेका सहयात्रीहरु देखेपछि जीवनप्रतिको कलिलो अनुभूतिलाई एउटा माइल ढुंगामा यसरी लेखेर आएको छु, एकथरीको जीवन विजयबाट शुरु भएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छ नेपाल राम्रो

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~ छ नेपाल राम्रो अरू देश भन्दा गरौं आज सारा यहाँ काम धन्दा उकाली चढौं है अगाडि बढौं है छ यो देश प्यारो र माया गरौं है बुझौं स्रोत खोजौं करोडौं कुमाऊँ बलौ दीप जस्तै र हामी रमाऊँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : दोष कसको?

~तीर्थराज अधिकारी~ गर्मी छल्न बटुवाले छाता उघार्दा आसपासका कोही तर्सिन्छन् भने दोष कसको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : शालीन प्रेम र परेवाहरू

~भावना पोखरेल~ प्रकृतिका शालीन सिमाहरू नाघेर कुल्चदैनन् परेवाहरूले सभ्यताका मानक कसले भन्नसक्छ परेवाहरूको राष्ट्रियता हुँदैन एक पेट चारो खाज्दै नौडाँडा काटेर गए पनि परेवाहरूले बिसिदैनन् आफ्नो वस्तीको माटो परेवाले कब्जा गर्दैनन् अर्काको आकास र खसाल्दैनन् जमिनमा प्रलयकारी विस्फोटनहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : उमङ्ग

~गोपाल पौड्याल ‘अकिन्चन’~ रातासारी हरिया पोते हातभरी चुरा छन् पोख चेली तीजको दिन जति मनमा पिडा छन् आफ्नै चाड आफ्नै संस्कार दिल खोलेर हासी देऔ आफ्नै भाका आफ्नै ताल छम छम नाचिदेउ जति सक्छौ सजाउ आज पहिरन र श्रिगार नदेखाउनु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अव्यक्त एउटा पीडा र सुषुप्त ज्वाँलामुखी

~भोगेन एक्ले~ तनावमा छु आजको अस्त भोलिको उदय या भनौं बिपना र सपनाको ठीक बिच उभिएर खुब तनावमा छु विगतको समीक्षा आगतको सम्भाबीयताको अध्ययन वर्तमानको हरेक क्षणमनले मगजलाई घोची रहन्छ यथार्थमा आदर्श गल्ने पो हो कि खसेर भीरबाट सुन्दर कल्पनाहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हजार सपना र मनमाया

~विमला तुम्खेवा~ यो बाटोको अन्तिम बिन्दु यो आकाशको क्षितिज र उसले कुल्चिएर गएको पाइतलाको खत कसरी हरायो कतै, समुद्रको तूफान भएर । पीरले पोतिएको उसको कालो अनुहार पृथ्वीको कुन रेखामा पर्छ सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई तूफानजस्तो जङ्गलका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आफै स्याल, कुखुराको काल

~अजम्वरध्वज खाती~ दुष्ट भाषा क्लिष्ट भाषा, अश्लिल भाषा भाषाहरू कपट दिलका भाषाहरू, जहर हुन् यी जहर बोल्छन् व्यभिचारी हुन्छन् बोलीहरू। (१) यी भाषाहरूमा अनुहारहरू लुकाइएका हुन्छन् बोलीहरू चपाइएका हुन्छन् ढाँटेर आफ्नै मुटुलाई कुराहरू देखाइएका हुन्छन् अनौठा बोल्छन् अनौठा विषय छल, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नजिक टाढा

~विश्वेश्वरप्रसाद कोइराला~ पानीले निथुक्क भिजेपछि धरती त्यसै त्यसै चलमलाउन थाल्छ मुहारमा निन्यारोपन लिएर पनि इन्द्रेणी मुस्कुराइरहेको हुन्छ पानीको थोपा बक्षस्थलमा खस्दा धरती त्यसै त्यसै मोहित हुन्छ धरती त्यसै प्रफुलित हुन्छ यौवनको मादकताले धरती

Posted in कविता | Tagged | Leave a comment