Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कथा : टी ब्रेक

~विनोदविक्रम केसी~ पाँच दिनकी सुत्केरी फूटपाथमा भीख माग्न बसेकी छे। एकदमै ‘अन्डरवेट’ लाग्ने नवजात शिशु घरी आमाको स्तन चुस्छ, घरी अत्तालिएर रुन्छ। उसको रुवाइ शहरका अनगिन्ती होहल्लामा पुरिन्छ यत्तिकै। शहरको व्यक्तित्वको अनिवार्य पक्ष के हो? निष्करुणता शायद।नेपाल टेलिकमको भित्तामा अडेस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक साँझ चोरबाटोमा

~यम बाँस्तोला~ भाग्न सकिन कोशीको रफ्तारमा सकिन लुक्न हाम फालेर असला झै कुरभित्र साँझ: धमिल्याउँदै थियो बाटो अस्ताउँदै थियो आँखाको ज्योति घामको बाटो हुँदै―

Posted in कविता | Tagged | Leave a comment

बूँद रानाका ३ हाइकु

~बूँद राना~ चिनियाँ च्याङ्ग्रा वर्षौं कुरेर बस्छन् नेपाली दशैं तिमी आए छौ

Posted in हाइकु | Tagged | Leave a comment

गजल : दुई भाइ लडदैछन् अरे

~निर्मला अवस्थी~ आज पनि दुई भाइ लडदैछन् अरे दिन दिनै शत्रुहरू बडदैछन् अरे।। जति सुझाव दिएपनि केही लागेन संविधान लेख्न नेता हड्दैछन् अरे।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मरुभूमिमा झरनाको तलास थियो

~शारदा घिमिरे भैल~ मरुभूमिमा झरनाको तलास थियो वर्षौंदेखि नमेटिएको प्यास थियो। पत्थरै पत्थरको वस्तीमा पनि एकमात्र ऊ मुटु छुने खास थियो।

Posted in गजल | Tagged | Leave a comment

कविता : माटोमाथि उभिएर

~नरेन्द्रकुमार नगरकोटी~ जून नउदाएको रात कसरी हेर्नु माटोको परिचयपत्र ! वर्षौं भयो बिर्सिएर आफूलाई समेत खोजिरहेछौं हिउँमा कुँदिएका पाइतालाका डोबहरू हामीले नै टेकेका हौं पहिलो पाइला लेख्नेहरूले लेखिदिएछन् – ‘दोस्रो पाइला टेकेका हौ तिमीहरूले’

Posted in कविता | Tagged | Leave a comment

Poem : Echoing Civilizations from Sands’ Valley

~Ram Prasad Prasain~ Having adhered Into the gist of existential continuum Peace is getting bloomed Slowly and steadily Lampooning the germinated seeds in human desires Pompous outlined of headaches and heartaches With Amity and Enmity

Posted in Poem | Tagged | Leave a comment

गजल : मेट्न कसैले यहाँ कसैको नाम भएन

~ज्ञानुवाकर पौडेल~ मेट्न कसैले यहाँ कसैको नाम भएन गतिलो तिम्ले’नि गरेको कुनै काम भएन जता हेर्यो उतै देख्छु अचेल रावण मात्रै सीतालाई बचाउन यहाँ एउटा राम भएन

Posted in गजल | Tagged | Leave a comment

कविता : काठमान्डू प्रति

~सीमा आभास~ काठमान्डू छिरेपछि स्वयम् काठमान्डू बन्न खोज्छ मान्छे । चोभार थुनेर पौडिन खोज्छ, सक्तैन महाराज बन्न खोज्छ, बन्दैन आफूले थेगेको आकाश हेर्छ, जमिन हेर्दैन विक्षिप्त हुन्छ र काठमान्डूको नाकैमा उभिएर गर्छ सत्तोसराप । आफ्नो उचाइ नाप्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : चुनाव २०७०

~नारायण सुवेदी~ ‘चुनाव ता फेरि पनि आइयो नि रामकली बहिनी!’ ‘अँ क्या दिदी! पाँच वर्ष गइसकेछन् नि भोट हालेको पनि!’ ‘गए त बहिनी। जान त गए। तर कति धौ–धौसित गए भने त यै मनलाई थाहा होला। सुखीका दिन छिटो जान्छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तोरी लाहुरे

~प्रवीण भट्टराई ‘विप्लव’~ तिमी तोरी लाहुरे म डोरी लाहुरे अनि बले साच्चिकै लाहुरे मसिने सिंगापुर पुलिस द्रोणे बु्रनाईमा शुल्तानी गार्ड रामे भारतीय लाहुरे श्यामे कर्नाट प्यालेसमा क्याप्टेन फरक एति हो तिमी टाउकोमा लेवल सम्म नखोलेको चश्मा अड्काउदै चप्पल पड्कादै ओल्लो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : गीतको के कुरा…., जिन्दगी जिन्दावाद !

~आभास~ अति सरलताले भनुँ कि सस्तो पनले भनुँ ? खै केले भनुँ ? साधनाका विधाहरुमा समेत हिजो आज गम्भीर साधकको त्यति महत्व रहेन । सन्दर्भ सब्गीतको, बेला बखत नेपालको वर्तमान साब्गीतिक चेतनाका बारेमा मित्रहरु बीच चर्काचर्की पर्छ । यस्तो बेला … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अस्तिव

~बिक्रम श्रेष्ठ “सागर”~ **अस्तिव** जीवन अस्तिव अमर बनाऔ। घडीको पला संगै आत्मसात गरौ ।। शैशवावास्था देखि झेल्दै परिवर्तन। अङ्कुरित बिज गर्दछ स्वरुप धारण। । नियम हो यो परिवर्तन प्रकृतिको।

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्थर जस्तो म

~दशु राई~ प्रभु! प्रणाम हे ब्रहमाण्डका पिता हजुरको हुकुम बक्स भए म आफ्नो अस्तित्व पत्थर मा खोज्न चाहन्छु । चौरासि हजार जुनि छैन किन पत्थर?प्रश्न उठ्छ भने प्रभु हजुरको अपार् सृस्टि यो जन्म मृत्यु,मिलन बिछोड सानो ठुलो ,धनि गरिब एकको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निराजन ‘प्रभात’का केही गेडीहरु

~निराजन ‘प्रभात’ लुईटेल~ १) फूलै फूल्यो चमेली,वास्ना चल्यो हरर लान्छु कान्छी छिट्टैनै,मोटरमा सरर नानीले लट्ठै पार्यो तिम्रो बानीले । २) इन्द्र झुक्छ रुपमा,रुपै तिम्रो नामिछ सबै गुण तिमिमा,मात्रै मेरो कमिछ

Posted in गेडी | Tagged | Leave a comment

कविता : मृत्यु, जीवन र विम्वहरु

~राम प्रसाद प्रसाईं~ विम्वहरु कति बाँच्छन् र? विम्वहरु किन बाँच्छन्? विम्वहरुको मृत्यु घोषणा गरे के हुन्छ? हाम्रो बचाइ नै विम्वात्मक छैन र? विम्वहरुको मृत्यु घोषणाले बचाइ राख्छ त हाम्रो अस्तित्व? यौनकुण्ठाले होस् वा चिन्तनकुण्ठाले मगजमा हाइड्रोसिल र अण्डकोष ट्युमरग्रस्त मकर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : चारैतिर तिमीलाई खोजे

~योगेन्द्र गिरी ‘संघर्ष’~ चारैतिर तिमीलाई खोजे तिम्रो माया पाउन सकिन कतै मलाई एक्लै छोड़ी पराइसग भुल्दै छौकि कतै सोचेको थिइन तिमीले मलाई धोका दिन्छौ भनेर भुल भएछ तिमिसग माया गास्न नि कतै

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरी बहिनी देवी

~विक्रम सुब्बा ~ उसले बतासलाई धक्का दिँदै नाच्दा रोटे पिङ रमाएर घुमे जस्तो लाग्थ्यो ऊ फूलझैँ मुस्कुराउँदा नजिकैबाट सयपत्रीको वास्ना चलेजस्तो लाग्थ्यो उसलाई कतै गइरहेको कतैबाट आइरहेको देख्दा लिङ्गे पिङमा मच्चिएको जस्तो लाग्थ्यो उसको प्रफुल्ल अनुहार देख्दा झिलिमिली बत्तीहरु बले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : थकित एउटा चेतनाको फूल

~कृष्ण वस्ती~ कानमा रात हालेपछि सिरक ठानेर निदाउँछ , बिहानै एक कप सूर्य पिएर मनलाई काममा फिजाउँछ, बाटोमा मुक्तक-कविता र गीतका अनाथ नानी बटुल्दै ,

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : चम्किलो प्रतिबिम्ब

~नवीन लामा `सुरेश`~ पहराको आँशु छहरा बनी झर्ने मेरो देशको बयान म के गरुँ ? आशु सबै समेटेर आफ्नै काखमा राख्ने तालको बयान म के गरुँ ? नाताबाद र कृपाबादको खास्टो ओढाएर ढकमक्क फूल फूलाउने मालीको बयान म के गरुँ … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लेख : कतारी श्रमिक डायास्पोरा र अबको हाम्रो साहित्यिक यात्रा

~हेमन्त परदेशी~ कतारी श्रमिक डायास्पोराको साहित्यिक इतिहाँसलाई नियाल्दा बिषेशत साठीको दशक यता थुप्रै स्रष्टाहरुले विविध बिधाका अनेक कृतिहरु पस्किसक्नु भएको छ । नाम नसुनिएका कृति र कृतिकारहरुलाई अलग्गै राखेर हेर्दा पनि त्यस यता झन्डै डेढ दर्जन बेसी विभिन्न बिधाका पुस्तकहरु … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

संस्मरण : जेरुसलेमको अबिस्मरणिय सम्झना।

~दिप्स शाह~ १८ अक्टोबर २०११ पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट देखिन्थ्यो बिशुद्द नेपाली आकाश। अक्टोबर महिनाको आकाश, धर्ती, फूलपात, हावाको बयली, भुल्काभुल्की बादल सबै सबै मलाई असाध्यै मन पर्छ। यही चुल्बुले … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

रामु चञ्चलका केही हाइकुहरु

~रामु चञ्चल~ १) दशैंको बेला आर्शिवादको वर्षा चाडै नै मर ।। २ )अध्याँरो रात अल्लारेको उन्माद वेश्याको कुटी ।।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : तिमीसंग टाढा भई बसेकी छु

~निर्मला अवस्थी~ धेरै पटक तिमीसंग टाढा भई बसेकी छु तिमीलाई कुर्दा कुर्दै झकाएर खसेकी छु।। यस्तै त हो जीवन सधै साथ कहाँ हुन्छ भन्दै खुशिहरू समेटेर मुटु भित्र कसेकी छु।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कान्छु गाँउमा, घासको भारी

~कुमार के.सी.~ कान्छु गाँउमा, घासको भारी कस्तो लाग्यो? पानी नलाग्ने खेत, त्यो टारी कस्तो लाग्यो? जुङगाले घोच्यो काले भन्थेयौ त मलाई सधै तिम्रा बुढाका,लामालामा दार्ही कस्तो लाग्यो?

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : निष्ठाको भगवान

~आयुष चौधरी ‘सम्मोहन’~ एका विहानै निष्ठा काठमाण्डौ जानकोलागी ठाँटिएर बसेकी छ । उसको जन्मको प्रसव–पिडाबाट उसको आमाको मृत्यु भएकोले समाजको दृष्टिमा उसले आमा खाई । आमाको न्यानो काखमा खेल्ने उमेरमा सौतेनी आमाको गाली ,हप्किदप्कि खाएकी निष्ठाले आफ्नो बाल्यकालमा कहिल्यै हाँसो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : ख़ाली मेरो हात थियो

~इन्दिरा क्षेत्री~ नाम तिम्रै काम तिम्रै,ख़ाली मेरो हात थियो। लाग्थ्यो अब यही हाम्रो,नयाँ सुरूवात थियो।। तिम्ले साथ नदे’को भा,हुन्न थ्यो लक्ष्य नजिक। तिम्रो मिठो बोली भित्र,हौसलाकै बात थियो।।

Posted in गजल | Tagged | Leave a comment

ऋषि शर्मा ‘सुदामा’का २ मुक्तक

~ऋषि शर्मा ‘सुदामा’~ १ कसैलाई हिक्क हिक्क भएछ कसैलाई हाँस्न ठिक्क भएछ देखेर आफ्नो परिबेशको चित्र सुदामा साह्रै दिक्क भएछ ।

Posted in मुक्तक | Tagged | Leave a comment

गज़ल : घाईते मनलाई के दिन्छ्यौ

~किरण टि लिम्बू ~ घाईते मनलाई के दिन्छ्यौ पीडा दुख्दैन उन्दा झीरमा पनि , रुझेको मनलाई के दिन्छ्यौ आँसु रुँदिन अब पीरमा पनि || खुसीमा मात्रै के दिन्छ्यौ हाँसो हाँसेर रमाउ आँसुमा पनि , बागमा मात्रै नरमाउ तिमी फूलहरु फुल्छन … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : मरुभूमिको सडकमा एक रात

~रमेश कंडेल~ रातको नौ बजिसकेको थियो। सडकहरु सुनसान झै थिए। मेरो फोन जुमानले उठाइरहेको थिएन। म भित्र शंका उपशंकाले डेरा जमाउन थाल्दै थियो। हतार हतार मेरा पाईलाहरु नाइफ स्क्वायर देखी होर्लान्जसम्मको सडक नाप्न आतुर भइरहेथे। बेला बेला सडक खाली भएको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आमा

~रवीन्द्र मिश्र~ आमा तिमीले पत्कर बालेरे जगाइदिएको मेरो ज्योतिमा म आज सुर्य खोजिरहेछु ता कि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस् आमा तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा म आज उर्जा खोजिरहेछु ता कि भोलि कुनै आमालाई ढुँग्रो फुक्न नपरोस् … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

आयुष ‘सम्मोहन’का ३ सिजो

~आयुष चौधरी ‘सम्मोहन’~ १ माया लाग्छ मलाई आफ्नै नेपालको । संसारको उच्च गौरब हाम्रै सगरमाथा । पहिचान परिचय छवि हाम्रा ढलेका छन् ।

Posted in सिजो | Tagged | Leave a comment