Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कथा : आल्मा

~शिवप्रकाश~ ‘सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !’ ऊ यस्तै सोच्दै गइरहेको छ। मनमा शंका-उपशंकाको घाम उदाउने-अस्ताउने क्रम-उपक्रम चलिरहेको छ। ‘मलाई किन अदालत बोलाइयो?’ मन्द गतिमा गुडेको उसको गाडीसँगै यो प्रश्न पनि गुडिरहेको छ। अनि, यो प्रश्नसँगै मस्तिष्कमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल-कथा : लोभ

~उद्धव उपाध्याय~ कुनै समुद्रको किनारमा माझीहरू ससाना झुपडी बनाएर जीवन बिताइरहेका थिए । उनीहरूको जीविका समुद्रको माछा पक्रेर सहरमा बेचेर चल्थ्यो । उनीहरूको मुख्य खाना पनि समुद्रमा पाइने माछा र अन्य जीवहरू नै हुन् । ती सबै गरिब हुन्छन् । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : साहसी बाजे

~प्रेम तिवारी~ कुनै गाउँमा मुक्तिनाथ शर्मा नाम गरेका पण्डित बस्दथे । उनी पण्डित मात्र नभएर त्यस क्षेत्रका नाम कमाएका ज्योतिष र झारफुक गर्ने मानिस पनि थिए । उनले गर्ने गरेको काम भनेको पण्डित्याइँ, ज्योतिष, झारफुक र खेतीपाती थियो । गाउँलेहरू … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : दशैँको लुगा

~सुधा रिसाल शर्मा~ “भोलि त घटस्थापना, भोलिदेखि हाम्रो स्कूल बन्द छ” राम र नीरा कराउँदै थिए । रामले भन्यो -“आमा ! आमा ! भोलि हामी नयाँ लुगा किन्न जाने है- तपाईंको पनि भोलि अफिस छुट्टी छ हैन -” त्यत्तिकैमा नीरा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : आकाशकी रानी

~देवेन्द्रप्रसाद उप्रेती~ आकाशमा जून लागे कति रमाइलो घाम लागे आकाशमा कति घमाइलो एउटा आँखा राजा बने अर्को आँखा रानी अप्सरा पो हौ कि तिमी देख्छु सानीसानी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : फूलजस्तो जीवन

~देवेन्द्रप्रसाद उप्रेती~ देश हाम्रो फूलबारी फूलका थुङ्गा हामी फूलजस्तै बास्ना छरे हामी बन्छौं नामी माटो, मल, जल भए पूmल हुन्छ सुखी अन्न, पानी नपाएमा हामी हुन्छौं दु:खी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : सानीसानी नानी

~देवेन्द्रप्रसाद उप्रेती~ उनी केटा म केटी सबै बराबर पढीलेखी जान्छौं घर हामी सरासर मन्दिररुपी पाठशालालार्इ सधैं पूजा गर अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कथा : समयको सन्देश

~सुशीला प्रधानाङ्ग~ भीमबहादुरको परिवार विजयपुर गाउँमा बसोबास गथ्र्यो । उसको परिवारको पेशा कपडा सिलाउने हो । तीज, दशैं, तिहारजस्ता चार्डपर्वहरूमा उसको घरमा नयाँ कपडा सिलाउनेको भीड लाग्थ्यो । भीमे र उसको बाले कल चलाउने गर्थे । आमा, दिदी र दुई … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : हाम्रो घरको परेवा

~श्रीहरि फुँयाल~ हाम्रो घरको परेवा उड्छ भुर्र भुर्र गुँडबाट गर्छ कैले माकुर घुर्र घुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment

गजल : के मतलब भयो

~अनन्त केसी~ होस् गुमाउने गरी पिउँ म,तिमीलाई के मतलब भयो वेवारिसे भई जिउँ म, तिमीलाई के मतलब भयो ? जतन गरी राखेको मन,सुम्पें मैले च्यात्यौ प्रिय

Posted in गजल | Tagged | Leave a comment

कविता : नेपाल आमा

~गणेश लामिछाने~ समय किन रोकिन्न आमा म जाने दिन किन छोटिरहेछ । नरोउ आमा म चाडै आउँछु आँशू किन बगिरहेछ ।। प्रगती गर्न जान लागेछ यो छोरो तैपनी किन आँशू झरिरहेछ। असिन्धरा आँशूको भेलले आमा मलाई रोकिरहेछ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : वाग्मतीको नियति ; गति नेपालको

~दीपक जडित~ कठैबरा ! वाग्मती कहिल्यै बग्न सकिनन् स्वतन्त्र भएर सलल खोसे मान्छेहरुले स्वतन्त्रता उनको खुल्न नसकेर कहिल्यै

Posted in कविता | Tagged | Leave a comment

गजल :हाल खबर के छ आज भोली गजलको

~प्रकाश बाजारा~ हाल खबर के छ आज भोली गजलको भन्नुहोस् न हजुर दिल खोली गजलको धेरै भयो चौतारीमा देखिएन रुप रगं भरी छ कि खाली नै छ झोली गजलको

Posted in गजल | Tagged | Leave a comment

कथा : बाँसको पैसा

~बसन्त गौतम~ “नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे। “नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो। “हजुर म—- !“ बूढा अलि अक्मकाए, “मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोबिश्लेषणात्मक कथा : चुकुल

~दीप हाँडिगाउँले~ झ्याल बाहिर हेरें, सधै झैं घरहरुको उजाड बस्ति देखियो। हुन त बस्तिमा दिन रात देखिने मान्छेहरुको घुईँचो अनि सडकमा अटाई नअटाई भएका गाडीहरु देख्दा बस्ती जिबन्त लाग्नु पर्ने हो। तर मलाई उजाड लाग्छ। यन्त्रबत मान्छेहरुको यन्त्रबत जिन्दगी बाँच्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भुक्तान गर सम्भोगका मूल्यहरु

~शिव प्रकाश~ खेल्यौ, धेरै खेल्यौ नाङ्गा शरीरका आदिम खेलहरु यौवनका उर्जाहरु विषाक्त वीर्य बनेर धेरै पॊखिए तिम्रा

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कवि मनु र उनका पहाड चढिरहने कविता

~कृष्ण धरावासी~ अर्थबेगर हामी जीवनमा कत्ति पनि अघि बढ्न सक्दैनौं । अर्थ नभए आफ्नै नाम पनि हामी चिन्दैनौं । अर्थ भनेको सङ्केत हो, जसले वस्तुलाई चिनाउँछ । जीवनको यात्रा नै अर्थको खोजीमा छ । के हो < किन हो < … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बन्दी र सपना

~गोबिन्द विमली~ टाढा म भन्दा धेरै टाढा छ त्यो….सङ्गीत अनन्त फाँटहरुभन्दा पर छोडिएको र,

Posted in कविता | Tagged | Leave a comment

कविता : सजाय

~मनु मन्जिल~ तिमीले मेरो मन चर्कने गरी हकार्‍यौ मेरो घरको झ्याल खस्ने गरी ढुङ्गाले हान्यौ र गयौ, मैले उहीबेला त्रि्रा लागि यौटा सजाय सोचेको थिएँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पतन गर तिम्रा वीर्यहरु !

~शिव प्रकाश~ पतन गर तिम्रा वीर्यहरु भड्खालामा, खोल्सामा, पँधेरामा, नजन्माउ कुनै सन्तान् 

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति क्षेत्र – नेपाल

~दिनेश अधिकारी~ युद्ध त–‍ बुद्ध स्वयंमा युद्ध हो मैले उसलाई हिंसाको विरोधमा डटेको सुनेको छु युद्ध त– 

Posted in कविता | Tagged | Leave a comment

लघु-कविता : पीडाको सौन्दर्य

~शारदा शर्मा~ तीब्र कुण्ठाको अँध्यारो गुफा जस्तो जीवनमा बटुलेर विशुद्ध उल्लासका उज्याला आलम्व प्रेमले घृणा पोत्छु मायाले घात छेक्छु 

Posted in कविता | Tagged | Leave a comment

कविता : खोपीका देवताहरू

~ईश्वरमणि अधिकारी~ खोपी छाड्नु हुन्न खोपीका देवताहरू सडक झर्नु हुन्न चोक-चोकमा ठिङ्ग उभिएर पूजा माग्न हुन्न देवताहरूले 

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार पो किन चाहियो ?

~मोतीराम भट्ट~ दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥ पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥ कति चम्किलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशमा

~दिनेस अधिकारी~ छिमेकी घरबाट तरकारीको मीठो बास्ना आए पनि झल्झली ! आमा-अनुहार संझेको छ, साँझ-बत्ती सँगसँगै निथ्रुक्क ! परेली भिजाएर 

Posted in कविता | Tagged | Leave a comment

कविता : रहस्योद्घाटन

~कालीप्रसाद रिजाल~ आज म अत्यन्त गुहृय कुराको रहस्योद्घाटन गर्दैछु- जति पनि कविता, गीत जति पनि पुस्तक आजसम्म मेरा नाममा प्रकाशित भएका छन् ती एउटै पनि मैले लेखेको होइन ! 

Posted in कविता | Tagged | Leave a comment

कथा : मृत्यु बिक्रीमा छ

~सुरज अर्याल~ रात चकमन्न थियो, आकाशमा बग्रेल्ती ताराहरु निरास निरास पिल्पिलाईरहेका थिए त्यो दिन, निदाउन सकिरहेको थिइन म, निदाउने हरेक प्रयासहरु असफल भइरहेका थिए, किन किन शुन्य लागइरहेको थियो आफ्नै मन? कतै केहि नमिलेजस्तो, कतै केहि नपुगेजस्तो, निरस र निस्सार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म किर्तिपुर नाक माग्दैछु

~कृसु क्षेत्री~ म बूढो नाक काटिएको कुरुप किर्तिपुर दुई सय बयालीस वर्षछि आफ्नो नाक माग्दैछु मलाई मेरो काटिएको नाक चाहिन्छ मेरो नाक…

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्फ्यु

~डा. बेञ्जु शर्मा~ बिहानै सिरानीको शिरमा कर्फ्युको साइरन मृत्युको शंखघोष हुँदा गतिमा गोली लाग्दा आवाजहरू दगुरिरहेका तारहरुको घाँटी निमोठिँदा शब्दहरू शरशय्यामा रोपिएको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द गर सम्भोगहरु

~डा. बेन्जु शर्मा~ सम्पूर्ण हाबामा बारूदको गन्ध फैलि‍एको बेला चिसा खोला र नदीहरु ताता रगत भएर बगेको बेला मानिसको मन भित्र आगोका बिउहरु रोपिएर

Posted in कविता | Tagged | 1 Comment

छन्द कविता : झझल्को

~सुबेश घिमिरे~ छन्द : शार्दूल बिक्रिडीत सीमा भारतको नया मुलुक यो नेपालको काखमा मेरो बाल्य थलो मधेश खजुरा* पश्‍चिम नेपालमा माँ बागेश्‍वरीको* क्रिडास्थल अहो! ग्वालाहरुको बलो चुरे पर्वतको सिरान बढिया यो उष्णताको थलो ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : श्रद्धा-सुमन

~सुबेश घिमिरे~ कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए । सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥ ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment