Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : जीवनशाला

~सुबेश घिमिरे~ जड – चेतनको सम्मिश्रण वा माया – मोहको हो मधुशाला क्षणभंगुर यो जलको फोको ! परम्‌ अस्थायी जीवनशाला ॥ उद्गम – उद्गत‌ अमूर्त बिन्दु ! जस्‌मा बहन्छ भवको सिन्धु हरेक मोडमा बज्र कालको, सहनै पर्ने जीवनशाला ॥

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : प्रकृति नियम

~सुबेश घिमिरे~ अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत पदार्थका कणा – कणा अनन्य शक्ति द्योतक पदार्थ – शक्ति, सृष्‍टिका अगण्य द्वैत संगम अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्‌फन ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

Story : Girl’s Night Out

~Karuna Chettri ‘Sitara’~ “Forkin’ Ice-O!” muttered Mareea, my Bolivian friend at the disappearing back of a guy who had just joined our table. Mareea (Bolivian), Katerina (Swedish), Karen (Carribean) and I had finally decided to go out for dinner and … Continue reading →

Posted in Story | Tagged | Leave a comment

कविता : घरको आंधी

~मनु मन्जिल~ उनी रिसाउंदा घरभित्र एउटा आंधी पस्छ झ्याल-ढोका, थाल र रिकापीहरू मस्तिष्क चर्कने गरी बज्छन् । सारीको सप्को उनको पटुकीभित्र खांदिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : उनी कविता जीवनको रङ्गले लेख्छिन्

~मनु मन्जिल~ उनी अक्षर जान्दिनन् तर सुन्दर कविताहरू लेख्छिन् । सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन् घामले मझेरी र आँगन पोतिसक्छिन्

Posted in कविता | Tagged | 1 Comment

गीत : मै नरहे मेरो लागि

~जनकराज पौडेल~ मै नरहे मेरो लागि यो धर्तीमा के नै छ र बाँचुन्जेल संसार छ भने अरू केको डर मैले हिँडे बाटो हिँड्छ, म रोकिए पर्खाल हुन्छ मैले हाँसे फूल हाँस्छ, मैले रोए जून रुन्छ म बगे यो नदी बग्छ, … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यस पुस्ताका नवयुवक प्रति

~श्यामकृष्ण श्रेष्ठ ~ राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा हाम्रो भेष राख्छौँ हामी सदा सुरक्षित हाम्रो माटो, हाम्रो देश । खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँ र गाऊँका स्म्रितीहरु

~मनोज कार्की~ तल्लो टाहारमा अनौ समाउदा, मेरो दाई सम्झनुहुँदो हो, मैले हालेका बिऊहरु! अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा, मेरी बहिनी सम्झँदि हुन्, मैले पोलेका सुठुनीहरु!

Posted in कविता | Tagged | Leave a comment

हास्य-कथा : एक हात तेस्तै भो

~दीप हाँडिगाउँले~ दिन भर बाङ्गे आएन। शनिबारको दिन ब्यानै आउँथ्यो। के भएछ जस्तो लाग्यो र साँझ तिर उस्को घर पुगें। कुबेरले ढोका खोल्यो। फु गर्दा ढ्ल्छ कि झैं लाग्ने बल बहादुर भने झै त्यो हरी तन्नमको नाम के जुरार हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : भाउजु

~दीप हाँडिगाउँले~ दशैंको बेला मामाघरको सम्झना त आउने नै भो। हाँडीगाँउ कुहीरो दोलईं झैँ ओढेर भर्खरै हुँदो हो बिउझिदै थ्यो क्यारे आमाको अवाज कानमा ठोक्कियो ‘ए उठ –” निन्द्रैको सुरमा सिरक भित्रै बाट सोधेँ “किन?” “काम् पर्यो के एउटा – … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : आमन्त्रण

~दीप हाँडिगाउँले~ कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ। दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो। “दीप्, ल हिन” भन्यो आउना साथ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिब्या

~दीप हाँडिगाउँले~ “सुरेस, यार आज आउन नमिल्ने भो — यहाँ कामका मान्छेहरुले हिजो पनि बेपत्ता भईस आज त यहीँ होटेलमा हुने ग्रुप डिनरमा बस्नै पर्छ भनेर हैरान —” म फोनमा उसलाई भन्दै थिएँ उस्ले “त्यस्तो कुरा नगर न — बोर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मार्मिक-कथा : बिदा

~दीप हाँडिगाउँले~ आज तिन दिन भो क्यारे अस्पताल बाट घर आको — पन्डितले पुजा पाठ सके जस्तो छ — अभिषेकका छिटाहरु गाला र निधारमा अनुभव गरेँ तर आँखाहरु भने मेरा बन्दै रहे — परेलीहरुले घोप्टे अग्ल्याएक थिए तै पनि आँशु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : रेखामा नभएकी रेखा

~दीप हाँडिगाउँले~ “के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?” देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें। बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : निर्दोष र मरेका दोषि

~दीप हाँडिगाउँले~ आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के?

Posted in कविता | Tagged | Leave a comment

हास्य-कथा : भिनाजु

~दीप हाँडिगाउँले~ रुघा र खोकीले ङ्याकेर भनेको धुरुक्कै पार्यो हिंजो देखि। राति खोकी फेरी के औधी चम्केको नी? ठडिए तै बिषेक, तेर्सियोकि त्यो पुरानो ट्याम्पु स्टार्ट गर्नला जसरी खोकी सुरु हुने। एक शो पनि निदाउन पाईएन राती। आँखाँ बालुवा पर्या … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जिन्दगी डबकाको जाड भयो साथी

~दिल पौडेल~ जिन्दगी डबकाको जाड भयो साथी अभावको भारी बोक्ने ढाड भयो साथी कतै बेसार, कतै आलु भई प्रयोग भइयो खुकुरी कर्द अनि वाण भयो साथी

Posted in गजल | Tagged | Leave a comment

कथा : खाडल

~मातृका पोखरेल~ ‘परिचित अभिनय’ कथा लेखेको एक दशकपछि मेरा उही पात्रहरु रामप्रसाद आचार्य र शान्तासँग फेरि पनि भेट भयो । हाम्रा गाउँहरुबाट काठमाडौं सहरतिर पसेर जागिर खाएका साथीहरुमध्ये केही साथीहरुले रामप्रसाद आचार्यको बाटो पछ््याए । अर्थात् उनीहरु पनि रामप्रसाद आचार्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भत्किएको घरनेर

~मातृका पोखरेल~ आफ्नो भन्नलाई अब यही पार्टी मात्र बाँकी थियो । अरु केही थिएन । आफन्तहरु पनि टाढिएका छन् । उनीहरु टाढिनु पनि अस्वाभाविक थिएन । उनीहरुलाई दिन सक्ने हैसियत पनि मेरो केही थिएन । पहिलेपहिले पार्टीको ठूलो नेता हुन्छ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दसैं

~नारायण तिवारी~ “आमा–आमा ! पल्ला घरको रेडियोले भनेको दसैं आयो रे !” सुन्तलीले नसुनेझैं गरी । आफ्नै घरभित्रको युद्धमा सम्लग्न भएको आफ्नो लोग्नेलाई सम्भिंmदै अनुहार मलिन पारी । उसको सानोे छोरो फेरि बोल्यो– “आमा– आमा ! रेडियोले भनेको दसैं आयो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बा

~नारायण तिवारी~ बा, एक दिन होइन दुई दिन होइन तीन दिन होइन सधैंभरि घरी– घरी

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अराष्ट्रिय

~नारायण तिवारी~ ‘‘बुभ्mनुभयो जो अमेरिका जान्छन् नि, आफ्नो देशलाई बिर्सिएर सबै अराष्ट्रिय हुन् बुभ्mनुभयो…..!’’         ‘‘तर मलाई त त्यस्तो लाग्दैन….!’’         ‘‘लौ किन नलाग्नु नि ! पढ्नुभा’छैन– जिउँदै म¥यो त्यो जसले बिर्सियो देशको माटो…।’’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भिखारी

~नारायण तिवारी~ मलाई इच्छा नहुँदा – नहुँदै पनि श्रीमतीले तानेर लगी । साँच्चै मलाई मन्दिर र भगवान कुनैप्रति पनि लगाव थिएन । मेरी श्रीमती भने धर्मप्रति सारै अनुरक्त थिई । घर परिवारको अभाव, दुःख, शोक, सन्ताप, रोगव्याध सबै भगवानले हरण … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हालखबर

~नारायण तिवारी~ कालीबाबू गाउँमा आउनुभयो । — कालीबाबू आउनुभयो ! …— कालीबाबू आउनुभयो !

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मैले डिभी भरिन

~नारायण तिवारी~ जसले जति उचाले पनि मैले मन गरिन यसपल्ट पनि मैले डि.भि. भरिन ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सुखद मृत्‍यु

~नारायण तिवारी~ – मृत्यु सुखद पनि हुन सक्छ ! – कस्तो     विचित्र कुरा…!        मदनको घरकलहलाई मैले नजिकबाट महसुस गरेको हँु । उसकी स्वास्नीका फाटेका वस्त्र…! केटाकेटीको रुग्ण

Posted in लघुकथा | Tagged | Leave a comment

बाल-कबिता : हाम्री छोरी

~नारायण तिवारी~ छोरी हाम्री सा¥है राम्री मानूँ एउटा फूल हो तिमी रोए सृष्टि रुन्छ भन्दै यो त भूल भो आकाशको परी हौ कि घरकी हाम्री छोरी

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : विपरीत

~नारायण तिवारी~ मैले उसको पसलमा प्रवेश गर्दा उसले मुन्टो उठाएर हेर्दा पनि हेरेन । उसका आँखाले मलाई देखिसकेको थियो । किनभने मेरा आँखा निमेषभर उसका आँखासित जुधेका थिए । मैले साबिकझैँ मुस्कान फालेँ । उसले नचाहेर ओठ खुकुलो पा¥यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कहिले आउला ?

~लीला रिजाल~ ‘ दिपु अब तिमि ठुलो भइसक्यौ  अब काम गर्न पनि सिक्नु पर्छ |कमाएनौं भने खान कहाँ बाट आउछ ‘ दिनहुँ जसो बाबुको मुखबाट यो वाक्य सुनिरहन्थ्यो तर यो कुरा उसले बुझ्नै   सकिरहेको थिएन | उ सोच्ने गर्थ्यो   म कसरि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्धन

~हरिहर खनाल~ घर अगाडिको जमीनको सानु एक टुक्रा र त्यसमा फुलेका रङ्गी–विरङ्गी फूलहरू, भँमरा एकदेखि अर्कोमा बस्तै र उड्दै, भुइँøयाँ स्वर निकाल्दै छन् । मन्द चलेको हावाले त्यो फूलबारीका प्रत्येक फूल, पात र बिरुवा सुस्त–सुस्त हल्लाइरहेको छ । छेवैमा एउटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बाच्छो हराएको कथा !

~पुरुषोत्तम भण्डारी~ नाथे गाईको बाच्छो हराउँदा पनि कसैले माईकिंग गर्छ ! घर मा पालेको बस्तुभाऊ को माया लाग्दैन ? घर मा पालुन्जेल पो माया , हराईसके पछि के को माया ? यस्तै यस्तै तर्क बितर्क बीच होहल्ला हुँदै थियो , … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उर्मिला अर्थात् उमेश

~राम अधिकारी~ हिउँदको चिसोमा अबेर बाहिरबाट हतार हतार कोठामा आएर सुबोधले ल्यापटप अन गर्यो र आफूलाई अनलाइन देखायो ।ढिला भएकाले उसले हात हल्लाईसकेकी थिई।क्षमा प्रिया! र प्रतिउत्तर आयो “केहि छैन मलाई,तिमीलाई पर्खंदा तिम्रो बारे सुन्दर सपना कोर्ने मौका मिल्दछ ।”सुबोधले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment