Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : पच्चीस वर्षो सँघारमा

~बुद्धिसागर~ आज त्रि्रो अहम्को छाती कुल्चेर म फिर्ता गरिरहेछु त्रि्रो नागरिकता देश ! तिमी मलाई फिर्ता देऊ- मेरा बितेका चौबीस वर्षरू !

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो दाग

~बुद्धिसागर~ म एउटा गरिब तारा झर“े – धर्तीको कुनै प्राचीन खो“चमा ‘ऊ … तारा खस्यो’ आ“खा चिम्लिएर प्रेमको दर्ीघायुका लागि उभिए होलान् मायालुहरू लेउ जमेको पोखरीको किनारमा

Posted in कविता | Tagged | Leave a comment

कथा : बेकुफ

~नयनराज पाण्डे~ साह्रै असल मान्छे ऊ । नाम बुद्धिराज थर थानी, स्वाभावले साह्रै ज्ञानी । साह्रै फरासिलो र साह्रै स्वाभिमानी । एकपटक कलेज पढ्दा उसले देशभक्तिले ओतप्रोत कविता लेखेको थियोः मेरो देश ज्ञानेन्द्रले रजाइँ गर्ने नारायणहिटी होइन, मेरो देश पारसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : साँझमा वसन्तपुर

~बुद्धिसागर~ दिनभरि घाममा पग्लिएकामन्दिर र मूर्तिहरूफेरि जमिरहेछन्र दिनभरि घाममा जमेकाआइमाई र लोग्ने मान्छेफेरि पग्लिरहेछन् । प्रत्येक साँझ वसन्तपुरचटपटे/ममः/आइसक्रिमभएर बेचिन्छ, र प्रत्येक साँझ वसन्तपुरमा यौटी केटी मनी ब्यागसँगै सपना हो कि यौवन ? लुटाएर घर फर्किन्छे । दिनभरि जुलुस र सभाले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच्छ ढाँटेर एउटा बाउ

~दुतेन्द्र चाम्लिङ~ सानो छँदा हिउँदमा पारि—कोशी पारि बाट आउँथे अक्कासमा माला जस्तो भएर ‘क-याङकुरुङ क-याङकुरुूङ’ गर्दै क-याङकुरुङहरु अनि जान्थे माथि उर्लेनी डाँडा हुँदै उँभो लेक—ट्याम्के तिर हाम्रो आमा भन्नु हुन्थ्यो— “केटाकेटी हो, काँक्रा रोप्ने बेला भएछ” अनि खोज्नु हुन्थ्यो—रोप्नु

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरू माझ तिमीलाई

~बुद्धिसागर चपाईं~ मान्छेहरूमाझ तिमीलाई जाऊँ त कसरी जाऊँ हिँडेर कहिल्यै नसकिने बाटाहरू छन् उक्लेर कहिल्यै नसकिने पहाडहरू छन् यी दुवै हत्केलाभन्दा धेरै चाक्लो आकाश छ कहिले बन्ला त्यो झोलुङ्गे पुल

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी हजुरलाई

~बुद्धिसागर चपाईं~ मैले हजुरलाई हरियो सुगाको प्वाँखसँगै पठाइदिएको थिएँ दैलेखी चिसोचिसो बतास जो मर्ुछा परेको छ ठोक्किएर नरिवलको अग्लो रुखजस्तो बिजुलीको खम्बामा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुस्केरा

~गोपालप्रसाद पौडेल~ खुइय खुइय सुस्केरा बाँचेका मनमा मैला बाँचेका अर्ध अंगमा साँचेका खैलाबैला ।

Posted in कविता | Tagged | Leave a comment

कथा : म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु ।

~राजिव घिमिरे~ “एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटि राम्री छ, एकचोटि हेर” आमाले चिया संग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटि संग हो, तर पनि यो मामला मा किन किन म निर्णय गर्न एकदम कमजोर भएरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बबिताहरु, महरु, सत्यहरु !

~राजिव घिमिरे~ कालो ज्याकेट लगाएकि रहेछ । मैले तल पनि नजर दौडाएं । कटराईजको खैरो पाईन्ट रहेछ । म तिर नहेरि, माईक्रोबाट बाहिर हेरि रहेकि थिई । शायद म चढ्नु अगाडि उसले मलाई देखि सकेको हुनु पर्दछ । उ हाम्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तरुनो पागल

~राजिव घिमिरे~ “तिमी घटनाले पागल बनायो भन्छौ, भाग्यले पेल्यो भन्छौ । तर पागल हुन कहाँ सजिलो हुन्छ र ? यहाँ चार पीरमा तपेर कोही पागल हुँदैन । पागलपन को ढोंग गर्छन । फोस्रो दु:खलाई म पागलपन मान्दिन। मान्न पनि हुदैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो आकाश

~राजिव घिमिरे~ म धरातलमा छु, एक्लो र आफै संग । म हांसि दिन्छु । किन? हुन त रोएको पनि छु । दुबै छन् मसँग । म दुबै संग छु । लोग्ने मान्छेको बिश्वास सांच्चै पातलो हुन्छ । छिसिक्क केहि हुनु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म शान्त नेपालको खोजीमा छु

~कमला प्रसाई~ आशाहरु बेचेर हारेको गगनसित ईच्छाहरु मारेर चुँडिएका आँखाहरुसित कहिले रातभर यात्रामा कुदिरहेकी हुन्छु त कहिले दिनभर यात्रामै कुदिरहेकी हुन्छु, भावनाको लहर न हो कहिले मेरो यात्राले हिमालचुली नाघेको हुन्छ त कहिले गङ्गाको किनारलाई छोएको हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो अमेरिका गयो

~रमेश गौतम “पाल्पाली”~ मेरो छोरो अमेरिका गयो जन्मे, बढे, खेलेको माइती घर छाडेर पराइ घर जान लागेकी नव विवाहिता दुलही जस्तै तरक्क आँसु चुहाउँदै मेरो छोरो अमेरिका गयो आधुनिक दास बन्नका लागि । जाने वेलामा छोरो रोयो- देशको माटो सम्झेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : आऊ नयाँ बर्ष

~मनु लोहोरुङ राई~ पुरानो सबै छोपेर आऊ नयाँ बर्ष आँशु र पीडा रोकेर आऊ नयाँ बर्ष उमंगसंगै यहाँ मानवता भएको मुटु

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : देवताका बाद

~चट्याङ मास्टर~ बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : छुकी

~बिना तामाङ ‘सुनगाभा’~ म उनको कोठामा गैइरहन्थें । हाम्रो कोठाहरु बीच मात्र एउटा लबीको दुरी थियो ।विगत २ वर्ष देखि म त्यस घरमा बस्दै आएको थिएं जहाँ उनि आफ्नो २ सन्तान र एक बहिनीसंग बस्दै आएकी थिइन् ।चिम्सा चिम्सा आँखा,बाटुलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घर गएपछि

~राजव~ अरूलाई विश्वास छैन तर ऊ आफैँलाई विश्वास छ ऊ बाँच्छ अस्पतालको सघन शैयामा बाँच्छु भन्ने विश्वास नछोडेर ऊ अर्धबेहोस छ र कुरिरहेछ अस्पतालबाट घर हिँड्ने समय

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रह टिप्ने सपना

~राजव~ एक्काइसौँ शताब्दीको पहिलो दशकको मेरो युवक आक्रोश, क्रोध, घृणाले रन्थनिएर हल्लिरहेछ सम्पूर्ण उत्तरआधुनिक शिक्षा चाटेर सडकको क्रुद्ध नागरिक बनेको मेरो युवा खाते बालकझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : खतरापूर्ण एक यथार्थ

~राजव~ आजका सब खराब इतिहासमा राम्रो देखिने छन् यो खतराको प्रारम्भ आज भएको छ हामी सब निरुपाय टोलाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध म

~राजव~ फलाम र त्यसका ठाँडाहरूमात्र आतुर छन् युद्धमा कुद्न इस्पात र त्यसका वाहनहरूमात्र आतुर छन् युद्धमा उडान भर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : उ पनि अर्को ब्रायन

~राजव~ बिहान उठेपछि बाहनको दौडादौडी र तीतो कफीको स्वादबाहेक अर्को मीठो कुरो र नवजात सूर्यको गति हेर्न पाइन्न थुप्रै सुन्दरता मारेर बनेको यो चरम–नगरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्लै हल्लाको देश

~भूपि शेरचन~ यो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिरो जाने पहाड मुन्तिर

~भूपि शेरचन~ अनिश्चित भविष्यको आशङ्कामय पीडा खप्न नसकी ‘थेलोडोमाइड’ खाएकी गर्भिणी रात जन्माउँछिन् लँगडा, लुला, कुच्चिएका बिहानहरु जब बिउँझन्छु म छिप्पिन आँटेको जाँडको घैंटोजस्तो उत्तेजित टाउको उचालेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्दैछ हामीमा हामी बाँचेको युग

~भूपि शेरचन~ आफ्नो आनन्दलाई चिन्तामुक्त गर्छन् गर्भाशयको ढोकामा आफ्नै सम्भावित छोरा–छोरीको प्रवेशलाई निषेध गर्ने पालेहरु उभ्याएर यो युग जसमा भाग्यवश

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्यान्ह दिन र चिसो निद्रा

~भूपि शेरचन~ अखबारको ‘वान्टेड कालम’ –मा म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु, प्रत्येक जुलूस, सभा, भाषण र नयाँ योजनाका फाइलहरुमा पाइला टेक्ने आधार खोजिरहेछु—

Posted in कविता | Tagged | Leave a comment

कविता : बेड ल्याम्प

~भूपि शेरचन~ भोरको उज्यालोमा उसलाई निभाएर सधै–सधै म घरबाट निस्कन्छु र दिन–दिनभरि सूर्यसरि

Posted in कविता | Tagged | Leave a comment

कविता : गोपालप्रसाद रिमालले बोलिरहेको खसकुरा

~गोपालप्रसाद रिमाल~ हाम्रो छाती कत्रो? हिमालजत्रो हाम्रो बारीको नाउँ के? नेपाल हाम्रो गाउँको नाउँ के? नयाँ नेपाल त्यसको सेरोफेरो कति? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि हाम्रो देशको नाउँ के? खसमीर, खुशी, खसियाशैल।

Posted in कविता | Tagged | Leave a comment

कविता : भेट

~गोपालप्रसाद रिमाल~   पूर्नेको जूनलाई किन पर्खेको ? भेट्ने उनैलाई हो क्यारे, तिमी उनैलाई उनकै प्रकाशमा देख, तिमी उनलाई आजै यो औंँसीको रातमा भेट । आउने त्यो वसन्तलाई किन कुरेको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी को ?

~गोपालप्रसाद रिमाल~   यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ, त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ ! त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ? यहाँ हामीलाई यो अलमल नै प्रिय छ, यो धरमर नै प्रिय छ;

Posted in कविता | Tagged | Leave a comment

कविता : दन्त्यकथा

~गोपालप्रसाद रिमाल~   दन्त्यकथाकी राजकुमारी र एक गरीब कसरी तिनका ठूला लाम्चिला आँखाहरु एक जोडी ताराझैं माथिबाट तल झरे र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ? फेरि कसरी हिलोको कमलमा परेका

Posted in कविता | Tagged | Leave a comment

कविता : सान्त्वना

~गोपालप्रसाद रिमाल~  तिमी नरोऊ, बस केही बेर पर्ख मात्र संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा भरे तिम्रो सानो कोठामा आइपुग्नेछ, तिम्रै अङालोमा अटाउन आइपुगनेछ, उसको त्यो धप्प बलेको अनुहार भरे तिम्रै मधुरो दियालोमा देखिने हुनेछ, तिमी नरेऊ, बस केही बेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment