Author Archives: Editor

गजल : देख्या छैन अझै

~दिपक घर्ति मगर~ तिमी भन्दा अन्त राम्री देख्या छैन अझै तिमी बाहेक अन्त लगन लेख्या छैन अझै हास्यो बस्यो बोल्दा खेरि माया बसेछ हाम्रो मन को कुरा भनि हाल छेक्या छैन अझै

Posted in गजल | Tagged | Leave a comment

छोक : भैंसी हो काठमाण्डौ

~योगेन्द्र राज शर्मा~ एउटा चढ्छ उत्रन्छ अर्को चढ्छ उत्रन्छ फेरी अर्को चढ्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो

~ध्रुव पन्थी~ यस्तो भैदिएको भए हुन्थ्यो उस्तो भैदिएको भए हुन्थ्यो हुन त कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो म तिमीले खोजेजस्तै भैदिएको भए हुन्थ्यो तिमी मैले खोजेजस्तै भैदिएको भए हुन्थ्यो फगत रहर गरेर हुने भए यो संसारको रीतै अलि फरक भैदिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : कैलै मिलन कैलै बिछोड

~प्रकाश जे धामी~ कैलै मिलन कैलै बिछोड,जिन्दगी को खेल । माग राम्रो पाडिलो घाम,बैशाख राम्रो सेल ।। जान लाग्यो बालो जोबन,साल मैना गणी । मैरो रैबार पुगाई दियई,,उडि जान्या चणी ।।

Posted in देउडा गीत | Tagged | Leave a comment

गजल : दास बनेको छु

~बिरही राज मगर~ म त हजुर परदेशमा दास बनेको छु ।| जिउँदै बेबारिसे लास बनेको छु ।| तेसैले त न आउनु भन्छु परदेश सबैलाई हेपिने र ठगिने मा खास बनेको छु ।|

Posted in गजल | Tagged | Leave a comment

कथा : यमराजको आमरण अनसन

~मनोज बाबु पनेरु~ अकबरे खोर्सानीको झोलमा टाउको डुबाएर निकाले झैँ आँखा कस्तो पिरो भाको, फुट्छ कि झैं लाग्दैछ। नाक पनि पोल्दै पिरो न पिरो सिंगान बग्न थाल्यो। घाँटीबाट श्वासै बाहिर निस्कँदैन कि के हो। टाउको फुट्छ झै भै रहेको छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नजन्मेको छोरालाई

~शंकर लामिछाने~ मेरो छोरा ! एकदिन तैँले मसँग वा मेरो मृत्यु भएमा स्वयम्‌सँग एक प्रश्‍न गर्ने छस् । मेरो छोरा ! मसँग प्रश्‍नको केही उत्तर छैन ! सिर्फ छ, एक सन्तुष्टि बल्ल मेरो परम्पराले थिचेका प्रश्‍नहरू तेरो मुखबाट निस्कन सके … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : उस्तै-उस्तै

~पुष्कल श्रेष्ठ~ भाषण जेसुकै होउन, ताली उस्तै-उस्तै नेताजी जोसुकै होउन, गाली उस्तै-उस्तै डाँडाको होस या सम्मको, डाली उस्तै-उस्तै जमिन्को होस या जीउको, नाली उस्तै-उस्तै

Posted in गजल | Tagged | Leave a comment

कविता : मृत्यु

~दिपक अधिकारि~ आयछ थाहै नपाई, न त खबर नै दियछ, आँखा झिम्क्याउन नपाउँदै त्यो, प्राण पखेरु लियछ, न भन्छ बुढो नै, अनि न त तन्देरी नै, लाउँला-खाउँला भन्दा भन्दै, किन यस्ले लैजान्छ खै?! जानेलाई नि थाहा छैन, होला कुन मन्जिल्,

Posted in कविता | Tagged | Leave a comment

कथा : गणतन्त्रको छोरो

~भाउपन्थी~ मुलुकमा गणतन्त्र आइसकेको छ तापनि मैले त्यस दिनलाई बिर्सिन सक्दिनँ । चारैतिर अश्रुग्याँस र टायर बालेको दुर्गन्ध अझै पनि सघन नै थियो । पहिलो कुरो, जब फुच्चेले चिच्च्याएर भन्यो, ‘साप, १४ गते गायब छ ।’ फुच्चेको जन्मदिन नै गायब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : साँझको पाहुना तिमी

~प्रमेश न्यौपाने~ खुशी छौ कि दुखी तिमी, बुझ्न मलाई गाह्रो भयो। रहर हो कि बाध्यता तिम्रो, हेर्न मलाई सरो भयो। होस मा छौ कि बेहोसी तिमी,कस्तो तिम्रो पागल्पन। यात्रा हौ कि बास मा कतै, पिडा मा हो कि तिम्रो मन।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी मृत प्रेमिका..

~गणेश भट्टराई~ मसानघाटको चितामाथि उसको लास शान्त छ परायालाई आफ्नो अधिनायक बनाएकी नवबिबाहिता जस्तो जब उसको लासमा आगो झोसिन्छ हिजो आँफैले चिरेका दाउराहरु म माथि बन्चरो हान्न थाल्छन अग्नी साक्षी राखी सात फेरो लिने सपनाहरु आज त्यही अग्नी जलाउन थाल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : हाम्रो भैंसी बूबू दिन्छ

~युद्धप्रसाद मिश्र~ कहिले खेल्दछ पानीभित्र कहिले चर्दछ उता चौरतिर गोठभित्र गई सुत्दछ राती हाम्रो भैंसी कस्तो जाती यसकै गोवर बोकी बोकी

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : खातेको वेदना

~पेशल आचार्य~ मनमा जति भएपनि, पढ्ने लेख्ने रहर साझ बिहान छाक टार्न, घुम्दै हिड्छौ शहर जति सुकै परिवर्तन, देशमा आएपनि खाते भनि छि-छि गर्छन, बाटो हिड्दा पनि

Posted in कविता | Tagged | Leave a comment

कथा : साजिद र सपनाहरू

~उमेश राई “अकिञ्चन”~ साजिदले सल्कायो सम्झनाको सिगरेट र टेक्दै हिँड्यो अढाइ अक्षर प्रेमको आधा बाटो। साजिद वरिपरि चलिरहेको बतास उही थियो जसले बोकेर ल्याउँथ्यो देवदूतले जस्तो एसएमएस। भगवानको हातले लेखेजस्ता एसएमएस हरफहरू उड्दै-उड्दै आउँथ्यो मुटुको आकार लिएर “म यहीँ छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हे प्रचण्ड!!

~सन्दिप बडाल~ हे प्रचण्ड, सुन्यौ तिम्रा भाषणहरू अनी बुझ्यौँ तिमीले सुनाएका महत्वाकांक्षा तर शब्दका भारले मात्रै पूरा हुन सक्दैनन हाम्रा आकांक्षा आकांक्षा पूर हुन त मन चाहिन्छ अनी मन रहन दह्रो मुटु पनि तर तिम्रा बमबारूदका थर्काइले कमजोर बनिसके यी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रातसँग सावधान

~केशर थुलुङ~ त्यो कालो डर लाग्दो त्यो अँध्यारो अनकन्टार सम्झदाखेरि नै आङ जिरिङ्ग-जिरिङ्ग हुने जहाँ पाइलाई पिच्छे मृत्यु हुन सक्ने केवल अविवेकीहरु यात्रा गर्ने भयभित त्यो रात ग्यारेन्टी दिएर त

Posted in कविता | Tagged | Leave a comment

कथा : हिउँ परेको रात

~सन्तोष पौड्याल~ हेलो ! रिसीभरमा आवाज सुनियो। अँ भन। रिजल्ट पब्लिस भयो नि! ए हो! तिम्रो के आयो? प्रयागले टेबलमा खुल्लै छाडेको ल्यापटपको किबोर्डमा अौंला कुदायो। स्टुडेन्ट-वेव लग इन गर्‍यो। “काममा छु। मोबाइलले सपोर्ट गरेन” “मेरो ए ग्रेड”। प्रयागको मुहार उज्यालो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सस्तो शहिद

~प्रकाश श्रेष्ठ ‘प्रीयतमा’~ के हो शहिद, को कसरी बन्छ शहिद सोध्ने हो भने थाहा छैन होला जसले सडकमा टायर बालेर चक्काजाम गर्छ जसले शहिद घाषणाको माग गर्दछ, जसले बन्द आहृवान गरी जनतालाई दुख दिन्छ जसले क्षतिपूर्तिको माग गर्दै विकास निर्माणमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : डर

~गणेश पुर्बछाने मगर~ आखा भित्रि लुकाई राख्छु तिमीलाई मेरो नयन रसिएर आँसु बनि खस्ने पो हौकी मुटु भित्रि लुकाई राख्छु तिमीलाई माया मेरो थोरै भो भनेर धड्कन बनि धड्किदिने पो हौकी भित्रि मनै देखि डर लाग्छ मलाइ

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँकी छ

~दिपक घर्ति मगर~ मनको कुरा छर्लङ्ग पार्न बाँकी छ । तिम्रो माया मेरो पास सार्न बाँकी छ ।। पहिले तिमी लजाउँदै हिड्ने गर्यौ । दैवको आँखाबाट बार्न बाँकी छ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : म मृत हेरिरहे !

~सुरज दाहाल~ हरपल म मृत मरीरहे चन्दन चित्तामा म जलीरहे , चित्तामाथी आफ्नो मृत शरीर , टुलु टुलु म हेरीरहे । मरेर पनी स्वास फेरीरहे अन्धो भएर पनी देखीरहे लङ्गडो भएर पनी दौडीरहे जिन्दगी ! म नीर्जीव बाचीरहे । पलपल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : यस्तै यस्तै हुन्छ

~बिरही राज मगर~ सोध्छु सबै भन्छन् हो माया यस्तै यस्तै हुन्छ। चोखो माया गर्ने म अनि त जस्तै जस्तै हुन्छ। अरे यार साथी जस्ले मायाको खेती गर्छन्

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : म

~शिरिष लामिछाने~ म एक प्रेषक र प्रापक पनि चिट्ठी लेख्दैछु आफैलाई मार्टिन लुथर किंगको स्ट्याम्प सेतो खाममा टपक्क टाँसेर स्वतन्त्रताको आह्वान गर्दै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विपरीत आकर्षण

~ममता अग्रवाल~ उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गथ्र्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नी भेटेको बेलामा दुबै एक–अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैंसे उमेरका थिए र परिपक्व … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : खै कहाँ राखुँ म तिमीलाई ?

~दिपक अधिकारी~ आँखाभित्र राखिदियँ, आँसु बनी रुवाईदियौ, मुटुभित्र राख्न खोजेँ, काँडा बनी बिझाईदियौ, कल्पनामा राखेको त याद बनी सताईदियौ, जिन्दगीमै राख्छु भन्दा धोका दिई लत्त्याईदियौ ! बगैचामा राख्न खोजेँ, फुल बनी फुल्छ्यौ भनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध तँ आउने आसामा

~गणेश भट्टराई~ जस्ले तँलाई संसार देखाएकी थिइन र तेरा लुला खुट्टाहरुलाई हिंड्न सिकाएकी थिइन तँ हिडिस पनि – शन्ती खोज्दै जस्ले घनघोर जङलका बिच बाटो पहिल्याउन सिकाएकी थिइन तैँले पहिल्याइस पनि – शन्तीको बाटो आज तिनै आमा आठ महिने शिशु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : दिनमा सधैं

~बिमल गिरी~ दिनमा सधैं मनमा पिर रातमा सधैं आशु जलन हुन्छ भित्र भित्रै कसरी म यहाँ हासु खाटा बस्ला जस्तो छैन बेहोसिमा दुख्ने घाऊ जीबन ढल्यो मझेरिमा अधेरिछ कहाँ जाउ अचेल मलाई एकान्तमा बगिरहन्छ आशु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ईश्वर तैंले रचेर फेरि

~महाकवि लक्ष्मी प्रसाद देवकोटा~ ईश्वर तैंले रचेर फेरि कसरि बिगारिस? सृष्टिको फूल रचेर त्यस्तो कसरि लतारिस? त्यो फूल हरे मलाई दिई कसरि पछारिस? हे दिदि! मैले ती मुना देख्दा मुनाको मुहार ती मुना पनि मर्दछिन भन्ने थिएन विचार मुना! छातीको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बैनीको दया छ भने….

~चेतन कार्की~ केटा – बैनीको दया छ भने, रोदी घरमा दाई नाच्यो नभने बैनीको दया… केटा – धर्ति फोरी टुसाएको, बाँसको छोरो तामा तन्नेरीलाई सोल्टी भन्ने, मै बुढालाई मामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : दल दलाल र दलालिको चिरफार ।

~सुरज दाहाल~ शब्द यात्रा : मुलत ‘दल’ शब्द संस्कृत हो । ‘दलाल’ शब्द संस्कृत भाषाको हैन ।यो अरबी शब्द हो । नेपाली भाषामा ‘दलाल’ लाई शिष्टताचारमा ‘मध्यस्थकर्ता’ भन्ने गरीन्छ।यो पनी संस्कृत शब्द हो ।सामान्यत-दलाल शब्दको अर्थ अँग्रेजीमा ब्रोकर(Broker) लाग्दछ । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : अचानक यो साँझ

~ठाकुर बेलवासे~ अचानक यो साँझ बाँच्नुपर्ने दिनहरू, वर्षहरू अझै धेरै, धेरै छन् जस्तो लागेर आयो । अचानक यो झरी परेको साँझ विगतका दुःखहरू जो मरीमरी बाचेको स्वाँङ गरेका दिनहरू भुलेर आगामी दिनहरू वर्षहरू सबैसबै खुशी नै खुशीले भरिएका छन् जस्तो … Continue reading

Posted in कविता | Tagged | Leave a comment