Author Archives: Editor

लघुकथा : प्रहरी पुरस्कार समारोह

~मुकुन्द आचार्य~ भव्य समारोहको आयोजना थियो । राम्रो व्यवस्था–राम्रो जनसहभागिता । थुप्रै प्रहरीहरू पुरस्कृत र सम्मानित भए । सर्वत्र खुशी, उम·, उत्साह छरिएको थियो । अनेकौं चम्चाहरू सहयोगमा सक्रिय थिए । दर्शकदीर्घामा बसेको दश वर्षीय बालकले सोध्यो–“डैड १ यी प्रहरीहरूलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पौराणिक समीक्षा : उपनिषद्को प्रश्न

~शीतल गिरी~ आरुणिको समय आफ्नो शिष्य याज्ञवल्क्य (६५०ई.)भन्दा केही पहिले होला र आरुणिको गुरु हुनाले प्रवाहण जैवलिलाई हामी त्योभन्दा केही पहिलेको मान्दछौं । प्रवाहण पञ्चालको क्षत्रिय राजा थिए । प्रवाहणको बारेमा उपनिषद्भन्दा बाहिरको कुरो मलाई थाहा छैन । उसलाई त्यसैगरी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मतभेद

~विमल निभा~ केही वस्तुहरुसँग मेरो गम्भीर मतभेद छ माथि आकाशमा अल्छी मानि–मानिकन हिँडिरहेको चन्द्रमासँग मेरो कुरा मिल्दैन म रातसँग सहमत छैनँ बगरेको चुपी,

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : बाँच्नुको अर्थ

~अमर त्यागी~ # म विदेश जान तयार भएँ।आमाबुवाले बडो स्नेहभाव दर्शाउन थाले। श्रीमतीले पनि आदरआत्मीयता बर्साउन थालिन्। # म विदेश नजाने र स्वदेशमै केही गर्ने निर्णय सुनाएँ। आमाबुवाले झर्कोफर्को गर्नथाले। श्रीमती पनि ततर्केर हिंड्नथालिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

लोक कथा : भैरव शिकारी र स्याल

~अज्ञात~ कल्याणपुरमा एकजना भैरव नाम भएका शिकारी बस्दथियो। त्यों एकदिन धनु-बाण लिएर शिकार को खोजी मा विन्द्यांचाल वन मा पस्यो। त्यहाँ त्यसले एवटा मृग मारयो अणि त्यों मृग काँध मा हालेराफर्कन लाग्दा बाटो मा एवटा भयंकर बन्देललाई देख्यो।अनि त्यसले त्यों … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

सूत्रकथा : अचूक सूत्र

~दिलीप आचार्य~ धन, पद र नामको पछि लाग्दा लाग्दै तनाव र रोगका सिकार भएका नगरवासीलाई तनाब र रोगबाट त्राण दिन भनेर नगरमा एकजना चमत्कारी बाबाको प्रवेश भएको थियो । शहरको चोक, गल्ली सबैतिर उनको शिविरको बारेमा आकर्षक विज्ञापन छापिएको थियो … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : चढ्नु छ एउटा अजङ्गको पहाड

~ढक बहादुर बस्नेत ‘आकाश’~ विस्तारै विस्तारै अ“ध्यारो अत्याचारबाट उज्यालो न्यायतिर वामे र्सर्दै गरेको शरणार्थी समयलाई विषाक्त विचारको कोर्रर्ाा हिर्काउ“दै बेइमान परिवेशको धुमिल छाया“मा किशोर उज्यालोको हत्या गर्नेहरुसंग म विजयको बा“सुरी बजाउन सक्तिन

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : जीवनका प्रभाती किरण

~मदनमणि दीक्षित~ बिहान साढे ४ बजेको होला, झिसमिसेमै अकस्मात् सुन्धाराको धरहराबाट विगुल बज्यो । विगुलको आवाज दुःखद थियो । युगान्त भएको राष्ट्रिय सूचना जस्तोले घडीको क्वाटर हान्दाखेरीको ट्याङ्ग टिङ्ग-टिङ्ग ट्याङ्गसागै सबै हामी ब्युझियौा । “लौ बित्यास बन्यो राति एघार बजेदेखि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : उन्माद

~गोविन्दप्रसाद आचार्य~ मनभित्र केको, केको उन्माद उर्लिएको छ बिना कारण उन्मादको मन उम्लिएको छ बेतालका बाँसुरीको धुनलाई मिठो भन्नुपर्ने पटमुर्खले घाँटीमा सुर्के गाँठो कस्दा स्वागत गर्नुपर्ने उन्मादको शासनमा सत्य फाँसीमा झुन्डिन्छ उन्मादका शासनमा शासक विदेशको प्रवक्ता बन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : औंसी, घाम र प्रशान्त

~भोला सिवाकोटी ‘पुरानाघरे’~ चुक पोखिए झैं अध्यारोमा चुनौतिका बाटाहरुमा सम्भावनाहरु ओछ्याएर पाइलाहरुसगै साधना र अभ्यासहरु उचालेर अगाडि आखा सामुन्ने औसीका शीतयुक्त कालारात्रिहरुमा झलझलाकार पूर्णीमा देखेरै साझपख उभिन्छन् पहाडसगै प्रतिभाहरु उदाउछन् सूर्य बनेर औसीलाई मध्य औसीमा उभिन्छन् सूर्य बनेर

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Before Leaving for Town

~Masan Upasak~ Translation: Mahesh Paudyal Before leaving for town we ought to look at Mothers old loin and promise, we would change it the following year; ought to listen to Fathers age-old dreams and counsel, we have to dream anew … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : बेसोमत झन्डाहरू

~कल्पना चिलुवाल~ यो राष्ट्र प्राङ्गारिक मलखाद हो जहाँ सप्रिएका छन् ठुलाठुला झन्डाहरू यिनै झन्डाहरू अझै सप्रन अवैधानिक सन्धि-सम्झौताको बाटो गरी आयात गर्दैछन् रासायनिक मलका विषाक्त बोराहरू

Posted in कविता | Tagged | Leave a comment

कथा : सहारा

~यादव देवकोटा~ “उमेर घर्किंदै गएपछि लौरोले मात्रै भर नदिंदो रहेछ, छोराछोरीको सहाराको आशा बढी हुने रहेछ”, एकसाँझ् फोनमा बुबाले भन्नुभयो, हिक्का छोडुँला झैँ गरेर । “बुबा म हिंड्छु नि”, थर्थरी कामिरहेका खुट्टाले भुईंमा टेक्दै भनें, “तपाईंको काँध गल्यो होला ।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म नेपालकी छोरी

~शुभ श्री~ अनन्त यात्रामा आज तिमीसँग हातेमालो गर्न धर्तिमा आएकी छु मुठ्ठी अझै खोलेकी छैन जनताका सत्रुलाई प्रहार गर्न हटेकी होइन म पछाडि तिमीलाई समेत्न आएकी नेपाल आमालाई नहेप म फेरि घुम्दै उन्कै रक्षा गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : लास

~धुस्वां सायमि~ मेरो एउटा ‘म’ छ यहांको स्थितिमा सदा आफूलाई मरेको पाउंछ तर सधैका लागि कहिल्यै यो मर्दैन र, यो बांचेर उठ्छ/जिउंछ मेरो एउटा ‘म’ छ

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना भित्र को एक चित्रण

~दिवाकर सिग्देल~ यो ऐना ! आहो यो त म हो ! लौन, ऐना भित्र म भेटिए ! यो बिशाल आकासमा, मेरो शरिर , हात खुट्टा, टाउको इत्यादी आकारमा ब्याप्त रहेछ | यो अविछिन्न दौडिरहेको आकृति | हस्यांग फस्यांग स्वास ,

Posted in कविता | Tagged | Leave a comment

कथा : नियति

~सरिता अर्याल~ रजस्वला नभई विवाह गरिदिए स्वर्ग पुगिने विश्वासमा हजूरबुबाले १३ वर्ष नलाग्दै मेरो लगनगाँठो कसिदिनुभयो । त्यस वेला मेरो काया बढीमा चालीस किलोको थियो होला । कोही नभएको केटालाई दिएकोले मेरो सुहागरात डेरामै भयो । घर पनि नभएको केटालाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आखिर, समुद्रलाई पनि आँसु चाहिँदो रहेछ

~अरुणा बैद्य~ कुनै समयमा समुद्रले भनेको थियो मलाई आंसु चाहिदैन, र बन्द गरेर कथाका थिमहरु बाकसभित्र ऊ घाम ताप्न वसेको थियो, आफ्नो कथा अव कसैलाई भन्दिनँ भनेर । तर समुद्र हो आफै ऊ पनि भिज्छ, एक्लै भिज्छ बिझेर भिज्छ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी

~प्रतिमा विवश राई~ आँखाको नानीमा तिमी आकासको जूनमा तिमी लाखौँ ताराहरूमा तिमी मुटुको स्पन्दनमा तिमी । हरेक शुभप्रभातमा तिमी ढल्कँदो साँझमा तिमी मेरो सपनाको राजकुमार जीवनको यात्रामा तिमी ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : आंसु र पानी

~कात्यायन~ – ऊ आंसु झार्ने कलामा निपूण थियो | – उसको आँसुमा मान्छेहरू आँसु झार्थे | आँसुमै बहकिंथे | बलिन्द्र-धारा बगाउँदै सुकसुकाउंथे | आँसुको मूल्य तोक्थे | – उसले आँसुबाटै यश-ऐश्वर्य, घर-जाम सबै जोडिसकेको थियो | पत्नी-प्रेमिकाहरूको पनि उसलाई दु:ख … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गाउँकी भाउजूसित

~स्वप्निल स्मृति~ सुँगुरपाठा व्यापारी दाजुको काँध न हो देउराली ढोगें र घोडा चढें … औंशीहाटमा टाढैबाट चोर औंलाले हजूर चिनाइदिने गल्ती गरें जो ! त्यही दिन हारें दाजुसँग । यो चट्याङहरुको देशमा मैले माया लाउन जानिनँ

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्घोष

~सीमा आभास~ तपाईंले लेखेको किताब तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ मै हुँ यो सभ्यताको धरोहर तपाईंको सभ्य शैली मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ । तपाईंको निन्द्रा र सपना ध्यान, जप, तप मै हुँ म नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झरी पर्दा सम्झिन्छु……

~गणेश खड्का~ अचेल झरी पर्दा- थुप्रै-थुप्रै पुराना झरीहरु सम्झिन्छु म जुन झरीहरुले मलाई झरीसँग प्रेम गर्न सिकाए, झरी पर्दा सम्झिन्छु मेरो बालापन अभिभावकको आँखा छली-छली झरीमा रुझी खेलेको र, चिसोले हनहनी ज्वरो आउँदासमेत झरी परेको आँगनमा उफ्रेको झरीमा रुझ्दा ज्वरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘आइसल्याण्डको सर्प’ जस्तो जेल जर्नल

~क.दी.~ बीपी कोइरालाले जेलमा लेखेर थन्क्याएको ‘डायरी’ गणेशराज शर्माको सुझबुझले गर्दा ३३ वर्षपछि छापिएर आज हाम्रो पुस्तक सम्पदा बन्न आइपुगेको छ। शुरूमा हिमाल खबरपत्रिकामा एक वर्षभित्र ‘पुस्तक सम्पदा’ का चौबीस ओटा प्रकरण मात्र लेख्ने कुरा भएको थियो। त्यसैले यो पच्चीसौं … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : बुद्धको देशमा युद्ध

~दिलिप योन्जन~ बहुदलको घोषणा नव दुलही झै ओल्लो सडक तल्लो चोक वारीको बस्ति र पारीको छितिज तिर मिर..तिर मिर… मान्छेको आकृति शहिदको सालिकहरुले एक तमास हेरी रहे.. हेरी रहे…

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : कल्पनाकुञ्ज

~रजित ओझा~ कठघरा मा दोषि भएर उभिँदा र सजाय नपाउँदा खुशि लाग्छ भनेर कसैले भन्छ भने म त्यसलाई सम्पुर्ण रुपमा गलत मान्नेछु । दोषि भएर पनि सजाय नपाउनु र त्यसको आत्मबोध आफुलाई हुनु जस्तो असहज केहि पनि हुन्न रहेछ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रेमको अभिव्यक्ति

~रुमन न्यौपाने ‘अमन्त’~ झिँगटि घरको दलान छेउ उम्रेको एक थान प्रेम माथि मैले कबिता लेख्नै पर्छ । कुम्खा भित्र लुकेको माया हार्दिकता ताप्न निस्कदाँ हो, त्यति खेरै हो मैले उनलाई प्रेम गरेको ।

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा सडकका दुइटा कथा

~रजित ओझा~ जगतले झ्यालबाट टाउको बाहिर निकाल्दै टाढैसम्म हेर्न खोजेको थियो, तर उसको नजर चार वटा गाडीभन्दा परको पहरामा गएर ठोक्कियो । त्यहाँबाट बाटो मोडिन्छ । जति घाँटी बाहिर निकाले पनि उसले त्यहाँभन्दा पर देख्ने छैन । कसैले उसको कलर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रिय सखा !

~कृष्णसेन “इच्छुक”~ ए, मेरो प्रिय सखा ! जीवनसङ्ग्रामको यस दौरानमा एकै यात्राका सहयात्री हामी अहिले हाम्रो साथ तिमी नरहे पनि मुक्तिका लागि विश्वभर लडिरहेका योद्धाहरूको वीरतापूर्ण कथाहरूमा एउटा कथा तिम्रो पनि थपिनेछ न्यायका लागि संसारभर लडिरहेका जनताको गौरवशाली कथाहरूमा एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म आउने छु

~चन्द्रबहादुर घर्तीमगर~ लाग्छ अचम्म मलाई तिमीले जब यो भुल्दछौ म पनि त यही जन्मेको हुँ तिमी जहाँ जन्मेका छौं यो धर्तीलाई माया गर्दछु जहाँ बाँझा चरहरु छन् तिमी भन्छौ म भागिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमी

~चन्द्रिका तामाङ~ हिमालभन्दा अटल लाग्छ आफ्नै मातभूमि प्राणभन्दा प्यारो लाग्छ आफ्नै मातृभूमि एउटै छानामुनि मिली बस्छौँ सबै नेपाली बन्दैन नयाँ नेपाल नमिली मधेसी पहाडी हिमाली बसन्त ऋतुको आगमनले छाएको छ हरियाली एक नेपाल हेर्न पाउँदा मनै छ खुसीयाली

Posted in कविता | Tagged | Leave a comment

कविता : जुका

~योगेन्द्र काउछा~ रगत चुसाहा असल सिकारी सिजन चिन्दछ सिजनमा जीवनको आहरा खोज्दै कहिले तल झर्छ कहिले उकालो चढ्छ

Posted in कविता | Tagged | Leave a comment