Author Archives: Editor

कविता : म त्यही हुँ तिमीले बिर्सीगएको मानिस

~हेमन यात्री~ धेरैपछि सम्झनाको साँघु तरेर तिमीले मेरो बारे सोध्यो– कसरी ढाटूँ म आफूलाई ? तिमीले बिर्सीहिँडेको मानिस म होइन भनेर । सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले खै ! के सम्झ्यौ कुन्नी दुर देशमा पुगेर ? सुनकोशीमा बगेको सुनको पानी सम्झ्यौ कि

Posted in कविता | Tagged | Leave a comment

कथा : उघ्रेको आकाश

~गीता पन्थ~ छोरी पिकनिक र छोरा साथीहरूसँग स्वीमिङ्ग गएका थिए अनि श्रीमान् कलेजको मिटिङ्गमा । घरमा सघाउने नानी लुगा धुँदै थिई । टिभी हेर्न बत्ती थिएन । के गरुँ के गरुँ हुँदै छोरीको कोठामा छिरेँ । लथालिङ्ग तन्ना, किताब र कपडाहरू यत्रतत्र छरिएका रहेछन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : विर्सेछ भन्दिहुन् !!!

~शान्तिनारायण श्रेष्ठ~ संझना मनमा लिएर साँझमा, आउलान्कि आशले नौ डाँडा पारी पर्खेकी होलीन्, ती मेरी मायाले फुसको छानु छाएको उन्ले, चुहुन लाईसक्यो अनार दाना साँचेको उन्लाई कुहुन लाईसक्यो । गै सक्यो दशैं तिहार फेरी, फर्केर आईसक्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नहारेको मान्छे

~विप्लप प्रतीक~ मैदानमा म एक्लै छु र झयाल थुनेर घरहरूको च्याइरहेछौ तिमीहरू । मलाई मान्छेहरूले तमासा हेरेको मन पर्छ र मलाई लाग्छ मान्छेहरू तमासा हेर्ने केवल एक हूल भीड मात्रै हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यभामालाई सम्बोधन

~साम्ब ढकाल~ प्रस्थान विन्दुबाट तिम्रो नाममा सत्यभामा तिम्रो बिदाइमा तिम्रै नामले अन्तिम सम्बोधन गरिरहेछु । सत्यभामा तिमीलाई यो माटोले रोक्न सकेन यी पाखापखेरा यो बनेली गोरेटो यो जुनेली आँगन

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अमेरिकामा सगरमाथाभन्दा माथि

~मनु ब्राजाकी~ कसैसित भेट कहिले, कहाँ र कसरी हुन्छ भन्ने कुरा नितान्त संयोग रहेछ । यस्तै संयोगवश हिरण्य भोजपुरे र मेरो भेट संयुक्तराज्य अमेरिकामा भयो । यो संयोग जुर्यो एउटा गजल क्यासेटको विमोचन कार्यक्रमद्वारा, जसका गजलकार र संयोजक हुनुहुन्थ्यो भूपेन्द्र … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

हरिकृष्ण काफ्लेका दुई मुक्तकहरु

~हरिकृष्ण काफ्ले~ तिमी आँसु–आँसु भन्छौ, म हर्षको कुरा गर्छु पतन अवनति छोडी, उत्कर्षको कुरा गर्छु, पराजित मानसिकतां उन्नतिको बाधक हुन्छ, म उत्साह उमङ्ग र सङ्घर्षको कुरा गर्छु ।

Posted in मुक्तक | Tagged | Leave a comment

पुस्तक समीक्षा : दुई गीति संग्रह

~आनन्द राई~ मानवीय भावनाका भुल्काहरू बान्की मिलेर आउँदा गीत बन्छन्। त्यस्ता गीतले स्तरीय संगीत र मीठो गला पाए भने ती कालजयी हुन्छन्। तर, सबै राम्रा गीतले त्यस्तो संगीत र गला पाउँछन् नै भन्ने छैन। त्यसैले कागजमा पढ्दा वा एकान्तमा गुनगुनाउँदा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : अव्यक्त प्रेम

~पुष्पलता आचार्य~ त्यो मध्यरातमा मैले उनलाई बेस्सरी रुवाएँ। के मैले ठीक गरें र? यतिका वर्षसम्म मैले आफ्नो मनको कुरा मनमै कुवाएर राखेथें भने अझैपनि मैले राख्न सक्नुपर्थ्यो। तर किन सकिनँ? व्यर्थै भने झैं लाग्यो, उनलाई कुरा। हुन त उनलाई ती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तारा टिपूँ टिपूँ भन्थें

~रवि प्राञ्जल~ तारा टिपूँ टिपूँ भन्थें जून झरेछ सपनीमा भेटूं भन्थें नीद खुलेछ ।। पछ्यौरीको हावा लाग्यो मनको तरेलीमा हराएछ आँखा मेरो तिम्रो परेलीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बच्चा चोर्ने आइमाई

~टेकब कोइराला~ रेल आज पनि खचाखच भरिएको छ। जनकपुर–जयनगर रेल सेवा। नेपालको पहिलो र एकमात्र रेल सेवा। यसले बेग्लै किसिमको इतिहास रचिसकेको छ। जुगौंदेखि जनकपुर–जयनगर हजारौं लाखौंपटक ओहोरदोहोर गरेर आफैमा कीर्तिमानी काम गरेको मात्र होइन, यसको अनेकन गुणहरु छन्। यात्रुहरुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फर्केपछि

~अकेला यात्री~ एकान्तमा एक्लै……… यो अँध्यारो रातमा उज्ज्यालो खोज्दै छु अबेरतिर चल्ने हावाको स्पर्श मेरो निधारमा आएर ठोक्कियो र एक झरी बर्षात् बगेर गयो स्तब्ध तालहरूमा गएर डुब्न मन लागेको छ । सुदुरबाट आएका कर्याङकुरुङ !

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : भानुतीर्थको यात्रामा

~निर्मोही व्यास~ २०४८ साल असारको २८ गते। बिहान ६ बजेको समय। सात दिन जति पहिलेको आपसी सल्लाह र निधोअनुसार केशव दाइ (डा. केशव उपाध्याय) र म असार २९ गते भानुजयन्तीको साइत पारेर रम्घादर्शन गर्न जाने आफ्नो वर्षौदेखिको सुकुमार धोको मेट्न … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : बडा घरको बडै चाला…

~निर्मोही व्यास~ “काला गए गोरा आउँछन्” सुन्दा दिन–राती पर्खी बस्थेँ स्वागतमा लाखबत्ती काती नआउन्जेल को हो, के हो, आएपछि था भो यस्ता गोराभन्दा बरु काला नै पो जाती

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै मृत्युमा हाँस्छ कलम

~काप्पोबा चुम~ कतै सुनामी आउन खोजे झैँ कतै बिनासकारी भुकम्प आउन खोजे झैँ तिमी भयभित छौ तिम्रो ज्यान खतरामा छ तिम्रो अस्तित्व खतरामा छ जो यो धर्तीले सहिरहेको छैन । तिमी भयवित छौ तिमी आफैसँग तर्सिरहेको छौ तिमीलै आफ्नै समाज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : मेरो देशको गीत

~त्रिभुवनचन्द्र वाग्ले~ हिमालले सिकायो गर्वले उठ्न विनम्रतामा तराईले झुक्न परन्तु सिकाए नेपाल आमा नेपाली भई एकतामा जुट्न………………..२ चिनारी काली पश्चिममा कुद्छ

Posted in गीति कविता | Tagged | Leave a comment

बाल नाटक : बाल अधिकार

~एकु घिमिरे~ एउटा कक्षाको दृष्य । केटाकेटीहरू हल्ला गरिरहेका । यत्तिकैमा शिक्षकको प्रवेश । विद्यार्थी -(सबैजना एकसाथ उठेर) गुड आफ्टरनून  सर । शिक्षक – (हातको लौरो बेन्चमा आक्रोशित हुदै बजाउँदै ) के को गुड आफ्टरनून  ? एकछिन अघि हल्ला गर्ने बाँदर तिमीहरू नै हैन … Continue reading

Posted in बाल नाटक | Tagged | 1 Comment

छन्द कविता : समीपता

~गौरव विडारी~ छन्द : शार्दूलविक्रीडित पर्खेकी तिमीले मलाई कति भो निन्द्रा भुली रातको साँचेकी कहिले मलाई भनि यो तन्ना नयाँ खाटको ।। नाघेकी छलले डराई मनले भत्क्यो सिमा साँधको बोलेकी जब अङ्कमाल गरदै ताला खुले बाँधको ।।१।। कस्तो यो मधुरो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : रहर

~मसान उपासक~ यो विर्सदै गरेको समय तिम्रो हो माफ गर! म वर्तमान भोगीरहेको छु । मध्यान्नमा यात्री पर्खिरहेको उदास मूल बाटो साँझमा एक्लै छाडिएको घाँसी कुुवा यात्री हिडेको सडकमा सुसाइरहेको हावा भानु, कहाँनेर तिम्रो गाउँ सुखी देखिन्छ। इमानमा किसान माटो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बस्छन्

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~ दिनभरी ठुङ हानेर बस्छन् । टाउकोमा जुम्रा मारेर बस्छन् । काम धन्दा केही हुदैन घरमा छिमेकीका कुरा काटेर बस्छन् ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : ल्याप्चे

~रन्जु ‘मार्ग’~ सायद …..त्यो दिन उनले घरपेटीले भाडा मागेका छन् भनेर छोरालाई नसुनाई दिएकी भए ……! छोरा घरमा नआएको तीन दिन भैसकेको थियो | आमाको मन भतभती पोलिरहेको थियो |उनी कहिले कौसीमा जान्थिन, कहिले झ्यालबाट हेर्थीन| उनलाई न भोक थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : धेरै चोटि आँखा जुध्यो तर

~बुद्धवीर लामा~ केटा- धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ दुई दिनको जिन्दगीमा केके हुने हो हाँसी राख न माया बोली राख न केटी- धेरै चोटि भेट भयो तर वाक्यै फुटेन बोल्न त मन लाग्छ बोली फुटेन हाँसु कसरी माया … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कविता : मीठो सेल रोटी

~रञ्जुश्री पराजुली~ दसैं सकिई तिहार आयो रमाइलो भयो चारैतिर वरिपरि झिलीमिली भयो माला राम्रा मखमली गाँस्ने बेला आयो अनरसा र सेलरोटी पाक्ने बेला आयो चामल पीठो गाईघ्यू बन्दोबस्त भयो सेल मीठो पार्न भनी सख्खर चिनी आयो

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : उत्तरदान

~चंकी श्रेष्ठ ‘अभय’~ आमाको औंला समाएर सैसैला खेल्दै गर्दा म थिएँ कर्कलाको पातमा जमेको शीतजस्तै । जबसम्म आमा हुनुहुन्थ्यो मेरो अगिपछि क्रूरताहरू निषेधित थिए तिनका विरूद्ध गर्नुभएको थियो आमाले प्रतिकार । त्यो दिन काँगियो फूलको बोटमुनि

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्तो तक्दिर यो ?

~सीता थारू ‘निश्छल’~ कोही जाग्ने कोही सुत्ने कस्तो तक्दिर यो ? थुक्क ! मिलेर पनि छुट्ने कस्तो तक्दिर यो ? जिन्दगीको डोरी बलियो बनाउँदा–बनाउँदै, आधा त्यो बाटोमै टुट्ने कस्तो तक्दिर यो ?

Posted in गजल | Tagged | Leave a comment

सुनुवार भाषी गीत : मिथोस

~थरि कयाबा~ इन लाँ रिमतिके रिमतिके पेरसास नाँ तासला मुकु जिशो मिच निमफा इन कलि मिमशा सेँसास ।।१।। रिससे गेरससे कुरदिथदे ङोन तेमेते लाइँतिनि रिमचारिमशो इन लाँ द, अँयकलि मिमशा मजाअ्नि , गोइनु रिशशो गेरशो नातनेलल दुमशा लितेमे मसथेास

Posted in सुनुवार गीत | Tagged | Leave a comment

लघुकथा : जागिर

~अरुणबहादुर खत्री “नदी”~ दीपेन्द्र र उसकी पत्नी उमा दुवै जागिरे हुन् । दीपेन्द्रको भाइ प्रकाशचाहिँ बेरोजगार थियो । दीपेन्द्रले प्रकाशलाई स्नातक तहको अध्ययन पूरा गरेपछि भन्यो – “अब तैले पनि जागिर खोज्नु पर्यो, त्यत्तिकै घरमा बसेर केही फाइदा छैन ।” … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरी छोरी

~सुबेश घिमिरे~ मेरो स्यानो जिन्दगीमा खुशीको, छर्दै मीठो वासना पालुवाको- सानी – सानी अप्सरा वर्लिएर, सज्जा दिंदा जिन्दगी भो बिभोर ॥१॥ इन्द्रेणी झैं सप्‍त – रंगी खुसीको- चढ्यो‌ लाली आज मेरो धरामा, नौला – नौला स्वप्न उद्‌घोष साथ- झुल्क्यो मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : गार

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~ आमके निततेक देललो बाअ्शाइयो निशशा बाअ्ने माचाबबा, रापचा दा एर ङा ल्वो, खोइल बा ङाना पोः राबबा ? बिचाःरा गार ! जाचा यो जाइबा, कोजाइयो कोलशोन बाअ्ब, तारना गिश जाऽपतु ङानाइयो

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कविता : समकालीन वाणी

~भिम बहादुर थापा~ के के न धमाका मच्चाउला जस्तो आकाशका तारा खसाउला जस्तो परिवर्तनका फाट्टफुट्ट झिल्का पँजाउने नाउँमा बस्तीकै अमर शान झैं, गजक्क, गुराँस फुल्ने थुम्कामा डोजरले थुतुनो बजारे पनि चारहाते कच्ची सडक झुपडीका बलेनीसम्मै उतारे पनि

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यो देश मेरो देश

~दिनेश अधिकारी~ यो देश मेरो देश म राख्छु शिरमा यसको गरिमा यही हो मेरो आस्था आशेष ! म स्वप्न बुन्छु यही देशसँग म भर्छु तनमा यसकै उमङ्ग

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : त्यो बाटो कुन होला?

~कमल कुमार~ हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? फेरी हाम्लाई भेटाउने दोबाटो कुन होला? न गन्ध छ, न दुर्गन्ध छ, निर्जन यो एकान्तमा हाम्रो आफ्नै सुगन्ध थ्यो, त्यो माटो कुन होला? हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला?

Posted in गजल | Tagged | Leave a comment