Author Archives: Editor

लघुकथा : पानी

~कात्यायन~ – हिउँदको याम | ठण्डी-ठण्डी नै थियो | के.के.यू.एल.ले कायल बनाएकी मेरी श्रीमती पानीको सुरसारकोलागि मिर्मिरेभन्दा नै पहिले मिर्मिराएर धारामा झरेकी धेरै-बेर भैसकेको थियो | – सबेरै सत्तो-सराप सुन्नुभन्दा सहयोग नै गर्नु उचित ठानेर म पनि तल झर्छु | … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सारा युरो , डलर मै छाप्ने गर्छु !

~सजना गुरुङ~ एक तोला होइन दश तोला सुन किन्नु आमा, पाँच लाखको जग्गा होइन पचास लाखको घर किन्नु बाबा, बिदेशमा छु म, मैले केही खानु लाउनु पर्दैन, जति पनि पैसाको माग गरे हुन्छ मैले तलब पाउनलाई महिना मर्नु पर्दैन किनकि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : आकलझुकल आउने कुराहरू

~माधवलाल कर्माचार्य~ गोविन्दबहादुर मल्ल गोठालेको कुरा गर्दा साहित्यकारको नाताले केही यस्ता कुराहरू पनि छन्- जो आकलझुकल मानसपटलमा आउने गर्छन् । धेरै वर्ष अगाडि साल-मिति याद भएन, एक दिन आर्यघाटबाट घाट लगिराखेका उनका बाजेलाई हेरी फर्कंदै थियौँ । कमलपोखरी काटेपछि मानिसको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : इतिहास

~राजेन्द्र पराजुली~ इतिहास शिक्षक मानदास सैंजु विद्यार्थीलाई विभिन्न कालखण्डका घटनाहरु कसरी इतिहास बन्छन् भनेर पढाइरहेका थिए । र, त्यो दिनको विषय थियो ‘पञ्चायती व्यवस्थाको उदय र पतन’ । गर्मी महिना, त्यो पनि मध्याह्नको कक्षा, विद्यार्थीहरु झर्को मानेर सैँजु सरलाई सुनिरहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : खोजेकै छु हितको माया

~शान्तिनारायण श्रेष्ठ~ खोजेकै छु हितको माया कहाँ भेटिएला ? सम्झनाको तिर्खा मेरो कहिले मेटिएला ? कुवा पानी धमिलो छ सङ्ग्लो पानी कलको कलको पानी खाँदा पनि उन्कै लाग्छ झल्को झल्को लाग्ने बानीबाट कहिले चेटिएला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : अप्ठ्याराको खाँचो हुन्न

~भावेश भुमरी~ अप्ठ्याराको खाँचो हुन्न भीरबाट लड्नेलाई चोटहरूको के कुरा र अचानामै अड्नेलाई । बस्दा भुइँले डसेको छ हिँड्दा पाउ फसेको छ लाभा छर्ने ज्वालामुखी यो छातीमै पसेको छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : हत्यारो कथालाई फाँसी दे !

~सुन्दर मानन्धर~ सूत्रधार : पाठकवृन्द ! तपाईँहरुले गुरुप्रसाद मैनालीको शहीद कथा पढ्नुभएको छ ? यदि पढ्नुभएको छ भने कथाकी पात्र डल्लीलाई बिर्सनुभयो ? वीरबहादुरको मृत्युपछि डल्लीको जीवनको कल्पना गर्नुभएको छ ? विचरी डल्ली ! कसरी बाचीँ होली ? विधवा डल्ली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चौथीको उपद्रो

~लेख कार्की~ “अनिताले त हिजो तेरो गालामै किस गर्दी रे नि त देवीथानमा नाच्दानाच्दै ! हैन ? राजन काकाले मज्जाले ताली पड्काए रे तँ नाच्दा !” सबै गलल हाँसे । मदनले आँखा तर्दै हेर्‍यो र भन्यो, “चुप लाग् साले ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पापी चुल्हो

~एनबी इलुंगा~ चकमन्न मध्य रातको सदुपयोग गर्दै राजा सुक्रचन्दले सिपोनको सिमाना पार गरिसकेका छन् | कुनै समयका जनप्रिय राजा आज आफ्नै कुबुद्धिको परिणाम भोग्दैछन् | आफ्नी कान्छी रानी सुप्रिया एवम् दुई राजकुमार र एक राजकुमारीको साथमा ऊनी राजदरवारबाटै पलायन हुन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिन्ती !

~बसन्त मोहन अधिकारी~ अध्यारो गुँफा अन्कन्टार छ । छामछुम छामछुममा कयौं पटक लडे । भाषण र नारा बाचा र कसम शब्दलाई आधार मान्दा धेरै बर्षलडे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : किरो

~आहुति~ किरा विशेषज्ञहरू भन्छन्- किस्मती किराहरू सक्रिय हुन्छन् पातमा बसे पातै खान्छन् डाँठमा बसे डाँठ। परजीवी किराहरू अल्छी हुन्छन् जहाँ झुण्डिन्छन् त्यही अंग खान्छन् आन्द्रामा घुसे

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : चिसो साँझसम्म साँखुलाई अँगाल्दा

~आस्था के.सी.~ शनिबार बिहानै खाना खाएर निस्कँदै गर्दा दाइकी छोरी मेलिना कराई, ‘शनिबार पनि बिदा नहुने अफिसमा किन काम गर्नुहुन्छ दिदी ?’ शनिबार घुमाउन लैजाउँला भनेर उसलाई अरू दिन फकाउँथे र होमवर्क गराउँथे, स्कूल पु-याउँथेँ । शनिबार पनि झोला बोकेर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : काठमाण्डौंमा घरको बहाल उठाउन जाँदा

~बिमल गुरुङ~ म आज यहाँ अब बस्न सक्दिन रातभृ लामखुट्टेको अटुट आक्रमण रातभरि गीत ट्वाँ … ट्वाँ … तपाइले भन्नुभयो आज राति मिठा मिठ बातहरु मारौंला

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : त्यो राति हामी जुकासँगै रमायौँ

~विवशकुमार सेजुवाल~ धेरै लामो समयपछि घर भेटघाटमा जानको लागि बाजुरा जिल्ला डीसीएस क.क्षितिजलाई एउटा सानो पत्र कोरें । मेरो टिमको भाइ गोपाललाई पठाए । त्यो चिठीको उत्तरमा डीसीएस क.क्षितिजले तपाई विदामा जा“दा तपाईको सास्कृतिक टिम बेरोजगार हुन्छ । त्यसैले तपाईको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

श्रेष्ठ समनश्रीका केहि मुक्तकहरु

~श्रेष्ठ समनश्री~ अस्ती उठौ भन्यो । हिजो जुटौ भन्यो । जनमत लुटेर गयो, आज लुटौँ? भन्यो ।। केही लिनु छ । केही दिनु छ । भाव विनिमयमा, केही पोखिनु छ ।। भगवानले यति सुन्दर मुहार बनाईदियो ।

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : आजभोलि मन मेरो

~रवि प्राञ्जल~ आजभोलि मन मेरो त्यसै-त्यसै दुख्छ रोऊँ भने आँसु मेरो गह भित्रै सुक्छ वसन्तमा मधुमास छैन आज भोलि न्याउली रुन्छे बिरहमा मुटु मेरो पोली

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : रसूवाघाटको हुरीले उडाएन माया

~गजेन्द्र बुढाथोकी~ रसुवाघाटमा चिसो बढेको छ । सुनकोशीको सिरेटोले हान्छ । छाना मक्किएछ, जुनले आकासबाट चिहाएपछि ठूलीले खुइय्या सुस्केरा हालेर मनमनै भनि । मंगली र डल्ले जाडोले गुँडुल्की परेका थिए । टुकीको धिपधिपमा ठूलीको घर-कम-हुटेल खण्डहरजस्तै देखिएको थियो । ठूलीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिजुलीको सपना …..

~रुमन न्यौपाने ‘अमन्त’~ म लोभी छु । तपाई पनी लोभ गर्नु हुन्छ । हामी लोभी छैं । राजाले पनी लोभ गर्छन । प्रजाको लोभ झन त्यसमाथी बड्छ । हामी दैनीक लोभ गछौं । दिनभरी किसीम किसीमको लोभ र्गछैं । लोभको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो नेपाल……….

~दिलिप योन्जन~ धेरै भयो, न लेखेको, देश सम्झि किन के लेख्नु, मनै रुवाई, नेता देखी किन। बहुदल आयो, बहुदल खायो, लुटे सबले देश कोही तराई, कोही पाहाड, नरहने भो भेष।

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्तानको भोक, मेरो अटोग्राफ

~रुमन न्यौपाने ‘अमन्त’~ एक बटुक, पानीले मुख चोक्खाएर बिटुलो रात पखाल्दै छु, एक लोटा, सपना बोकी खडेरी शहरमा पोखाउदैछु,

Posted in कविता | Tagged | Leave a comment

लेख : निबन्धको वर्गीकरण, प्रकार र भेदहरू

~मोहनराज शर्मा~ निबन्धको वर्गीकरण ‘साहित्यिक’ र ‘साहित्येतर’ गरी दुई वर्गमा गरिन्छ । साहित्यिक निबन्धको मुख्य पहिचान ‘निजात्मक, अनुभूतिपरक, कल्पनाप्रधान र विशिष्ट भाषिक प्रयोगयुक्त’ हुनु हो भने साहित्येतर निबन्धको प्रमुख पहिचान ‘वस्तुगत, ज्ञानमूलक, न्यून काल्पनिक र मानक/सामान्य भाषिक प्रयोगयुक्त’ हुनु हो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

Poem : Yet Again, I Ask!

~Pranika Koyu~ A muse love wrath what am I? Where should i stand? on the crossroads by the side next to you behind you

Posted in Poem | Tagged | Leave a comment

कथा : ती आवाजहरू

~महेन्द्र प्रसाद पोखरेल~ कानै फाट्ने गरी उसले मलाई चिच्याई, ‘के सुनेर बसेको ?, जाने होइन ?’ म झसँग भएँ । हो ल हिँड भन्दै म लागेँ आफ्नो बाटो । साथमा भुन्टी थिई । मेरो हर पाइलामा सँगै पाइला बढाएकी भुन्टी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : सानो डाक्टर

~ललिता ‘दोषी’~ नन्दप्रसादले आँखाबाट झरेको आँसुलाई पुछे । लामो श्वास फेरेर मनोवाद गरे, ‘हे प्रभु बूढीलाई जस्तै मलाई चाँडै लैजाऊ । म सबैको बोझ भएँ । जति धामीझाँक्री देखाउँदा पनि केही सीप लागेन । रोग जस्ताको तस्तै छ, घरखेत सिद्धिने … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : मनको रुपरङ्ग देखिदैन

~टंक सम्वाहाम्फे~ मनको रुपरङ्ग देखिदैन केवल हृदय भित्र सल्वलाईरहन्छ /छचल्किरहन्छ त्यसैले मन सधै के गरु कसो गरु भईरहन्छ मनको कुनै प्वाख हुदैन तर उडि रहन्छ जताततै मनको कुनै पाईला हुदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो अपिल पाठकलाई

~आचार्य प्रभा~ मेरो अर्थमा सबै कुरा सहि नहुन सक्छन यदी उसो हो भने पनि, म पक्कै नकारात्मक सोँचहरु त बाँड्न चाहन्न, तर —हुन सक्छन भावनाहरु कसैको पनि बिचार सँग मेल नखान सक्छ वा —अर्थको अनर्थ हुन सक्छ साँचै त्यस्तै तारतम्य … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पहिलो रात.. त्यो प्रेमिका संगको ..

~करण घिमिरे~ शुक्रबार बिदा को दिन राजनीति मा अल्लि चासो राख्ने म त्यसै माथी दलिय बहस चलिरहेको थियो सम्सद भबन भित्र २ दिन अगाडी नै कुर्ची हानाहान गरेको खबर बहिरिएको थियो त्यसैले पनि कस्ले के भन्यो के के हुँदै छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : क्रान्ति गर

~वैरागी जेठा~ क्रान्ति नरोक शहर बढारर्नेहरू नयाँ सडकबाट फुक आगो हतियारहरू थुप्रैछन् पेरिस डाँडा र बुद्दनगरहरू नझम्ट कुर्सी सहिदका रगते हाँकेको मुलुक मेरो प्यारो नेपाल ध्वजापतका लिएर नयाँ सडक आऊ आँधिबेरीझैँ थवाङको कथालिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : म सपनाको रङ च्यातिदिन्छु

~नरेश शाक्य~ म सपनाको रङ च्यातिदिन्छु रक्तरञ्जित हुदै सपना भुइमा पछारिन्छ अथाह बेदनाले कराउदै म विजयीभावले मुस्कुराउछु परपीडकजस्तै । युगबाहकहरूले आदिमकालदेखि नै सपनाको रङ कोर्दै आएका छन् एउटा सुन्दर र सुखद भविष्यको परिकल्पना र हामी बाध्य छौ

Posted in कविता | Tagged | Leave a comment

कथा : कटासें बजार… जोखे…कर्नाली ब्लूज…

~पौल भाट~ भाईले यो फ़ोटो राखेछ, कमेंटहरु पढदा, कटासें बजारका पुराना दिन, पात्रहरु याद आए. बच्चाहरु जन्मिदै मर्दै गर्नथाले पछि अब यसपालीको चाही नमरोस भनेर उनलाई जन्मिने बित्तिकै तराजूमा जोखेको हुनाले उनको नामनै “जोखे” हुनगएको रे ! नभन्दै उनलाई उनिपछि 3 … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अति मोह

~धिरज गिरी “कल्पित”~ श्यामकृष्णको प्रेस भनेपछि सहरमा नचिन्ने मान्छेनै थिएनन् । सानो-सानो कामदेखि लिएर ठूला-ठूला छपाईका कामहरु त्यहाँ हुन्थे । धेरै काम आउने भएकोले तुलनात्मक रुपमा अरु प्रेसभन्दा सस्तोमा छपाई गर्थे, श्यामकृष्णजी । श्यामकृष्णको प्रेस राम्रै चलिरहेको थियो । रामै्र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लोक कथा : पुन र वनमान्छेको कथा

~जसबहादुर महतरा~ धेरै-धेरै पहिले बाजे-बराजुका पालामा हालको रिप गा.वि.स.मा पुनहरुको ठूलो बस्ती थियो । त्यस बस्तीमा रानी पुन, खानी पुन र गौ पुन नामका तीन व्यक्तिहरु विशेष प्रसिद्ध थिए । तिनीहरु सहोदर दाजुभाइ नै थिए । तीमध्ये रानी पुन मांसाहारी … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment