Author Archives: Editor

कविता : चुनाव

~एम सि सुमित~ उनीहरू आए मेरो करङ गने ह्याकुला छामे टुइके दाबे र ढाड्मा धाप मारे गज र इन्ची नापे धार्नी र पाउ नापे म भने- कस्तरी निदाएछु

Posted in कविता | Tagged | Leave a comment

कथा : अफ्टर शक्

~कल्पना बान्तवा~ आज ठ्याक्कै एक वर्षपछि ती भयावह दिनहरु सम्झिरहेकी छु, अझै पनि आङ जुरुङ्ङ भैरहेको छ डरले, र कुनै हरर् फिल्म हेरिरहेझैँ मनमुटु कामिरहेको छ । पुराना केही भुइँचालोले मन–मस्तिष्कमा पारेका तत्कालीन भय र अत्यास अहिले नामेट भेसकेझैँ सायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलमासको अन्त्यमा

~केडी रेम्नीसीङ~ ‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रार्थनाकि निशि

~लक्ष्मी प्रसाद देवकोटा~ क. पलक निमीलित आज निशि, प्रार्थना छन् सलिलदृशी ! ख. दुइटा उडुकण ढुल्कन्छन् बादलपरेला छिचली ! ग. निश्चल, निस्पन्द ! श्वासबन्द !

Posted in कविता | Tagged | Leave a comment

कविता : शिवरात्रिमा शिवको गुनासो

~केशव प्रसाद पाण्डे~ हे मेरा भक्तहरू हो ! मेरा वुटिका आशक्तहरू हो। कति भन्छौ जय शम्भो गाॅजा कम्भो ? चीलीम भरेर तान्दैमा म जस्तै भयको भ्रम भो? ★★★ आफ्नै सभ्यतालाई डढाएर किन घस्छौ खरानी? थाहा पाॅउछौ जव समात्छौ अस्पतालका सिरानी।

Posted in कविता | Tagged | Leave a comment

कथा : बोल्ड नारी

~मीरा प्रसाईं~ म, दिदी भिनाजुकोमा बसेर पढ्थे । भिनाजु जाती थिए बाहिरी दुनियासङग, सबैले वाहाको गुणगान गाउथे । आमाबा र बहिनिलाइ औधि माया गर्ने भिनाजुले मेरि दिदिलाइ खासै माया गरेको देखिन मैले । दिदिको शान्त अनुहारमा कहिँ न कहिँ गम्भीरताको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धृतराष्ट्र

~इस्माली~ उसलाई उनीहरुबाट तिनीहरुले अलग्याएर अर्को कोठामा लगे । कमाण्डोजस्तो देखिनेले कठोर स्वरमा सोध्यो, “ह्याँ किन ल्या तेरो बाउलाई ?” “सापले भन्या साप ! ”भन्दै उसलाई त्यहाँ ल्याउने जवानले भुइँमा ढ्याम्म खुट्टा बजार्दै कमाण्डोलाई सलाम ठोक्यो । कमाण्डोको बोली र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य गजल : कमेन्ट पनि ठोक जैले

~शालिकराम मुसाफिर~ लाईक मात्र किन हजुर कमेन्ट पनि ठोक जैले उसलाई माया यति धेरै यसलाई पनि बोक कैले । पिजडाको सुगा बनाइ राख्यौं तिमले बल गरि आलु मात्र किन हो त मटर पनि फोक कैले ।।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : धेरै फरक हुन्छ अरे

~रितु खनाल~ आदर्श र यथार्थमा, धेरै फरक हुन्छ अरे रोपिएका कैयौं बिज, नउम्रदै कुन्छ अरे । रगतको नाता मात्र, काफी छैन आफ्नो बन्न भावनाको लहरले, आफ्नो प्रेम चुन्छ अरे ।

Posted in गजल | Tagged | Leave a comment

कथा : तिरस्कृत आमा

~ललिता तामाङ~ काललाई कुर्नुबाहेक अरू के नै बाँकी छ र नानी अब ? के भन्नुभएको आमा, त्यसो नभन्नुस् । के गर्नु नानी, आफैंले नौ मैना कोखाँ राखेर जन्माको सन्तानबाट हेलाँ खपेर धेरै वर्ष बाँचें । अब त उमेरले नि डाँडा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अस्विकृत उपहार

~तारा पराजुली~ बल्ल खाटा बसेथ्यो तिमीले दिएको घाउको पुनश्चस्उहीँ बदनाम अभद्रआत्मा लिई निस्कियौ एउटा डिपार्टमेन्ट पसल र साट्यौ केही रुपैयाँ तिमीलाई रङ्गीन लाग्ने रहरहरुसंग। पेशेवर सिकारीको आदिम निशाना झैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : छोडिनुको कथा

~शोभा शर्मा~ साँझ खस्दै गरेको बेला तिमीले मलाई मध्य सडकमै छोडेर गयौ यी लामा लामा काला सडकहरुले तिम्रा पाइला को हिसाब राखे होलान

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अमेरीकी हेलिकोप्टरमा सरर

~भूमि भण्डारी~ ‘यो के हो ?’ ‘पानी ।’ उसले मेरो कालो व्यागमा राखेको रातो बोतल हातमा लिंदै सोधेको थियो । मेरो जवाफ सगै उसले बोतल मै तिर बढायो र भन्यो – यो खोलेर पिउनुहोस् । त्यसले भनेको नमान्ने प्रश्नै आउदैनथ्यो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : छोराप्रति

~रुमानी राई~ हो छोरा….. तिमिले पनि जीवन पढ्नु पर्छ र,यो जिवनलाई बुझ्नु पर्छ किनकी, म पनि त निरन्तर यहि जीवन पढिरहेछु र,बुझ्ने प्रयास गरिरहेछु । हिजो, तिमी र म जस्तै

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : ऋग्वेदमा देवीदेवता

~प्रदीप नेपाल~ म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : जीवनको सार्थकता

~आस्था के.सी.~ आजभोली लाग्छ जीवन मिर्मिरे उषाको आकाश जस्तै भरिएको मनोहर उज्यालो लालीमाको आगमनको पहिलो पहिलो आभास जस्तै । सपनाहरु साकार हुन लागेझैं रहरहरु पुरा हुन लागेझैं । आशाका टुसाउन लागेका मुनाहरु पल्लवित भईरहेको नव पालुवा जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : खुय … खुय खुय खुय

~थरि कयाबा~ मुलाँत अँ नमङा मुरू खिँइ उयिन जाअतेमे, थुँ मि सुकलि मला मेकेान मुरू जाअतेएमे , अँ इँगिबुलबुल अँ सायाबुलबुल तचाताता, मार मालदिङा ? अँ गिल कास, शाँदर, अगुन सगुन नेलले अँन दुमतेमे ।।१।। खुय … खुय खुय खुय

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गीति कविता : निष्ठुरीलाई मैले

~दिलिप योन्जन~ ब्यार्थै किन माया गरे निष्ठुरीलाई मैले मनमा बसी मुटु रेटी बैगुनीले अहिले ! जति सियो फाटिरने कस्तो मेरो मन खुसी पाए ढुखी भुल्ने ठुलोरैछ धन

Posted in गीति कविता | Tagged | Leave a comment

लघुकथा : घर विदा

~अरुणबहादुर खत्री “नदी”~ सुब्बासाहेब अर्जुनप्रसादले हाकिमसाहेबको कोठाभित्र पसेर दुई हात जोडेर नमस्कार गर्दै भने “सर गाउँमा मेरो आमा साह्रै बिरामी हुनुहुन्छ मलाई एकहप्ताको छुट्टी हजुरले दिनुपर्‍यो। हाकिमसाहेबले तिमी एकहप्तासम्म अफिस आएनौ भने काममा ठूलो बाधा पर्छ नि तिमीलाई एकहप्ता छुट्टि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दिदी

~मनोज बोगटी~ आँखा डील कोइलाको धुलोलेे अध्यारो बनाउँछिन् र निधारमा टाँस्छिन् एउटा घाम। के रहर लागेको दिदीलाई केटी हुन। संसारको सबैभन्दा बलियो दिदी जसले दुइ दर्जन बाख्राको खोर एक्लै खोर्सिन सक्छिन् चार माऊ गाईलाई एक्लै सोत्तर दिन सक्छिन् भुटेको मकै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : विजयकुमारको ‘खुसी’: बडप्पनको बकपत्र

~किशोर दहाल~ अध्ययन र अनुभवले खारिएका पत्रकार विजय कुमारबारे ‘कामना सिने मासिक’ले२०४५ सालतिरै यस्तो लेख्योः “नेपाल टेलिभिजनका सुपर स्टार विजय कुमार,जसका आँखाहरु कुनै अर्कै दुनियाको सपना देखिरहेझैं प्रतीत हुन्छ ।” (पेज न. ११०) विजय कुमारलाई विनोद चौधरीले भन्थेः “चानचुने मानिस हो र तपाईं ? विनोदचौधरीले बान्ता सोहोरेको मानिस पो हो त ?” (पेज न. १४०) र, विजय कुमार त्यो हो, जसले आफ्नै बारेमा यस्तो लेखेः “टाउकोमा गोली खानेसम्पादकको साटो कुनै घटिया सम्पादकका साथ करिअर सुरु गरेको भए, त्यस्तोहुने थिइनँ,जस्तो भएँ । (पेज न. २६८) यी सन्दर्भले विजय कुमार को हुन्, कस्ता व्यक्तिसँग संगत गरे र कस्ता व्यक्तिकोस्कुलिङले आफुलाई खरो बनाउँदै लगे भनेर बुझ्न सकिन्छ । यद्यपी यो बुझाईपर्याप्त भने हुने छैन, केबल झल्को पाउन सकिन्छ ।

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : अप्ठ्यारो प्रश्न

~वासुदेव गुरागाईं~ ‘रत्नपार्क’, ‘रत्नपार्क’, ‘रत्नपार्क’ । ‘ओ दाइ ! जाने हो ? सिट खाली छ ।’ ‘सामाखुसी, लैनचौर, जमल, रत्नपार्क ।’ उसले एकै सासमा सबै चिच्यायो । छोरो मसिनेलाई स्कुल पुर्‍याइदिने जिम्मा सधैँ रत्नमानको हुन्थ्यो । हुन त ज्यामी काममा … Continue reading

Posted in लघुकथा | Tagged , | Leave a comment

कथा : नेपलीया

~राशि पाण्डे~ गुरुचरण यादवले पुल्चोक क्याम्पसबाट बीई गरेपछि जागिरका लागि धेरै दौडधुप गर्नु परेन । तराई मूलको मदिसे भएकोले समावेशीको नाममा एउटा अन्तर्राष्ट्रिय संस्थामा राम्रै तलप र सुविधा दिने जागिर पाइहाल्यो । पहाडी मूलका धेरै जेहेन्दार र मेवाधी बाहुन, क्षेत्री … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चौबाटोको रुख, मेरो सफलता!!

~सुरेस खनाल~ सधैँ बिच बाटोमा, ठिङ्ग उभिएर, सँधैँ ‘उता’ र ‘यता’ को कल्पना बुनेर, सधैँ आउने जाने मोटरहरुलाई हेरेर, सधैँ आउने जाने बटुवाहरुलाई हेरेर, टाढा, टाढाको यात्रा पर्खँदै, जमीनमुनि माटो भित्र कतै, दर्शनढुङ्गामा जरा ठोक्छ; यो चौबाटोको रुख, मेरो सफलता!!

Posted in कविता | Tagged | Leave a comment

गीत : प्यारो गाउँ

~शशीकला थापा सुब्बा~ आज मेरो मन पुग्यो आफ्नै प्यारो गाउँमा चिट्ठी लेखी पठाउदैछु आमा तिम्रो नाउँमा परदेशमा छु कहिले काही भोकै पनि हुन्छु मकै भट्मास् सम्झिएर धुरुधुरु रुन्छु कहिले आउ दु:ख बिसाउन तिम्रो कोमल पाउमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : उसको एक टक हेराइ

~रजित ओझा~ मैले उसको शरिर देखेको छु मिलेको छ,उचाइ औसत छ , गोरि छे , एक दुइवटा खतहरु छन् नाकको डाँडिको छेवैमा ,नाकको नथ्थि ले तर त्यो छोपिदिन्छ।ठुला आँखामा गाजल पनि सुहाएकै हुन्छ । आवश्यकता भन्दा धेरै लिपिस्टिक पोत्छे नत्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पिंजडा

~कात्यायन~ – बबुरा सुगाहरू आफ्नो रमणीयता भुल्दै चाराको खोजीमा भौंतारिंदै सपनाको कोमामा पुग्छन् र स्वर्णिम पिंजडालाई स्वर्गानुभुतिमा परिणत गर्न विवश छन् | – कहिले मीठो दूध-भातको आशामा पखेटो खियाउंछन् त कहिले पीरो खोर्सानीकोलागि ठुंडोलाई बुच्चो बनाउँछन् | – कहिले कण्ठस्थ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

Poem : Leaf and Tree

~Himanshu Nibha Kunwar~ Leaf helps the tree by giving food Thousands and thousands of leaves make One tree grow

Posted in Poem, बाल कविता | Tagged | Leave a comment

कथा : डिजिटल चमकभित्र

~राजव~ चन्द्रादेवीलाई अमेरिका रमाइलो र आनन्दको लाग्न थालिसकेको छ । सात वर्षगाडि कसैको कृपाले उनी एक महिनामात्र बसेर घुम्ने गरी अमेरिका आएकी थिइन् तर अहिले सात वर्षबितिसक्दा पनि चन्द्रादेवीलाई नेपाल फर्कौँजस्तो भएको छैन । चन्द्रादेवी साधारण मध्यमवर्गीय परिवारकी घरेलु नेपाली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : पिताको स्तुति

~कुन्दन काफ्ले~ हे कूल रक्षक परोपकारी, पिता तिमी हौ सबका मदारी । तिमी हौ ज्ञान विज्ञान तिमी नै, तिमी हौ मान–महान तिमी नै । तिमी हौ सूर तान तिमी नै, तिमी हौ नुर नाम तिमी नैै । तिम्रो महिमा अपरम्पार, … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कथा : मेरो महाप्रस्थानको यात्रा

~कृष्णराज खनाल~ केही दिनेदेखि म अलि गलेको थिएँ । मलाई विसञ्चो भइरहेको थियो । अचानक म मरेँ । म त्यो दिन सम्झन्छु-२०६५ साल पुस २१ गते सोमवार थियो । मैले अन्तिम स्वास प्रवाह गर्दा, यो संसर छाडद्ा ठ्याक्कै त याद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नदेऊ भोले भष्मासुरलाई

~रामेश्वर राउत ‘मातृदास’~ आउँछ निश्चित न्यायपूर्ण समयको पालो माफियाको योजना यी रातभन्दा कालो नहौँ कोही नेपाली हो अन्यायीको टालो च्यात्नैपर्छ आज सारा तस्करको जालो । ज्युँदो लासमै नबसौँ कोही न्युरी हुतिहारा फैलने छन् नत्र सारा किच्चक देशमारा अजम्बरी उन्नत वाणी … Continue reading

Posted in कविता | Tagged | Leave a comment