Author Archives: Editor

पुस्तक समीक्षा : ‘एक दृश्य मेरो झुपडीको’ : नेपाली गाउँबस्तीको यथार्थ चित्रण

~भेषराज रिजाल~ कवितालाई भूमिगत राखेर शुरुमा जागिरे बाध्यतालाई आत्मसात गर्दै जन्मघर छाडेका वरिष्ठकवि सूर्यनाथ सापकोटा जीवनभर राष्ट्र सेवा र साहित्य सेवामा क्रियाशील हुनुहुन्छ । सम्बत् २००५ सालमा रातमाटा, बागलुङमा जन्मेका कविले आफ्नो पसिना पोखेर सिर्जनाको थलो बनाउन खोजे पनि दाङलाई … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : एकान्तको खलबलीले

~यादव खरेल~ एकान्तको खलबलीले मन भो भरंग सम्झनाको भूमरीमा उठ्यो तरंग कसलाई भनूँ मनको कुरा के भो भनेर आफ्नै मान्छे बिझ्यो मलाई काँडा बनेर के भो भनी सोध्छन् मलाई साथी संगिनी माया गर्ने आफन्त छन् भाइ बहिनी

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्दबद्ध गजल :  उस्तै छु काले

~गोविन्ददेव आचार्य~ छन्द : भुजङ्गप्रयात तिमी बिघ्न काली म उस्तै छु काले सबै “ट्याक्क जोडी मिल्यो” भन्न थाले ।। “बतासे कुरामा नअल्झौँ” म भन्छु तिमी भुर्र उड्छ्यौ कसैले उचाले ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : कुमारीको जीवनयात्रा

~इन्द्रेणी शर्मा “जलद”~ जीवनका आफ्नै रंग हुन्छ सामाजिक जीवनमा भेटिएका कैयौ कुराले मानिसलाई अत्यन्त प्रभाव पार्दो रहेछ | हो म आज त्यहि कुरालाई बताउदैछु | गत साल नेपाल गएको बखत मेरो पुरानो साथी कमलपतिलाइ भेटे | हाम्रोरमाइलो बाल्यकाल संगसंगै बितेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समय र यात्री, प्रेम र गन्तव्य

~सुशान्त घिमिरे~ घडीमा घुमिरहेको सुईहरु ट्क्क रोक्किएर समय सोध्यो भने, -के मैले समय बताईदिनु? एकोहोरो बगिरहेको बतासले पछाडी फर्किएर प्रेमिल नजरले हेर्यो भने, -के म त्यसको यात्री बनिदिनु? निरन्तर अगाडि बढिरहेको बाटो अलमलिएर

Posted in कविता | Tagged | Leave a comment

गजल : रुवाएर गयो दशैं

~कोमल भट्ट~ परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं अर्चना र पूजा आजा टिका टाला भन्दै सजाएका सपना हरु तुहाएर गयो दशैं

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : महाकाव्य को सपना

~कृष्णशरण उपाध्याय~ छन्द : भुजङ्गप्रयात चहारेर डाला मुना फूल पात ! म लेख्दै छु संसार का व्यर्थ बात !! कुरा सत्य देख्थें म द्रष्टा भएमा ! महाकाव्य लेख्थें म स्रष्टा भएमा !!   महाकाव्य लेखूँ त लेखूँ म यस्तो ! … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मन

~तोया गुरुङ~ दुख्छ मानिसको नदुख्ने छाती यति कोलाहल यो बीभत्स त्यहां घाम र, यहां म उनको पोटिलो शरीर तर उनको पातलो शरीर

Posted in कविता | Tagged | Leave a comment

कविता : राम्रो ‘म’

~अवतार ढकाल~ आउनुहोस महासय मसँग आउनुहोस, एउटा आदिम समयको अविश्वासिलो कथा सुन्नुहोस र अरुलाई सुनाउनुहोस । ऐनाको आविस्कार नभएको बेलाको कुरा आफ्नै छायाँ चिन्न नथालेको बेलाको कुरा ‘म’ राम्रो थियो – ‘म’ मात्र राम्रो थियो त्यो बेला र ‘तँ’हरु ‘तँ’हरु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : जिन्दगी यो यस्तै छ

~दिनेश अधिकारी~ जिन्दगी यो यस्तै छ किस्ताबन्दी साहुको रिन तिरेजस्तै छ उसको चित्त दुख्ला भन्यो आफ्नो इच्छा मार्दै गयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बैगुनीलाई…

~ज्ञानेन्द्र गदाल~ भन्छन् हजुर बैगुनीलाई, गुनैले मार्नु विपत्तिमा पनि कैले, हिम्मत नहार्नु यति गर्न सकेदेखि, स्वच्छ हुन्छ मन जोगाइराखे बचाइराखे, सधैं आफ्नोपन । विश्वास जित्न सकिंदैन, कुरा काट्नेको झुटो कुरा गरी–गरी, माया साट्नेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मिर्मिरेमा लाली छरी…

~विपिन किरण~ मिर्मिरेमा लाली छरी किरण खुलेसरि मनको सगरमा तिमी हुन्छौ सधैंभरि तिम्रो मेरो यो नाता नटुटोस् मन बरु यति सानो बनोस्कि तिमीबाहेक अरु कोही नअटोस्।

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्छन मान्छे अरे

~जय प्रकाश ‘विवश’~ म जस्तो तिमि होइनौ भन्छन मान्छे अरे रित्तिएको मन पनि अझै खाली भयो अरे कता कता तिमि पनि बजार जस्तै फेरिन्छेउ खै कुन्नि के भाको हो रुप खाली चल्छ अरे

Posted in गजल | Tagged | Leave a comment

गजल : रात सम्झें

~सूर्य चापागाईं~ तारा खसेको रात सम्झें माया बसेको बात सम्झें । धेरै भएछ नछामेको सुकोमल तिम्रा हात सम्झें ।

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : नोटको नक्कल

~राजेन्द्र तारकिणी~ धेरै थरी मान्छे चिन्न सकेँ । कुरा के भने, भरखरै मैले एउटा कलाको रचना गरेथेँ । पाँच सय रुपैयाँको नोट हुबहु नक्कल गर्न तम्सिएँ । दुरुस्तै आएन । अलि फरक परिगो । त्यो नोट सक्कली थियो । यन्त्रद्वारा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक अंश : कमरेडलाई कुन रुखमुनि भेट्ने ?

~रामकुमार एलन~ प्रहरीले स्याउलीबजारबाट छेगु मुक्तानलाई फेरि समात्यो । उनलाई ठकुरीको घरमा माओवादी हुलेको मुद्दा छ । प्रशासनले ९० दिनको नजरबन्दमा वीरगन्ज पठायो । विद्रोह र निराशामा बाँचेको पिचुर गाउँ छाडेर हिँडेको थियो । एकातिर अपमान र अभाव । अर्कातिर … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | 1 Comment

पुस्तक समीक्षा : साँचेको सम्झना– एक नजरमा

~उमाशङ्कर द्विवेदी~ नेपाली साहित्यका प्रखरचेता स्रष्टा निर्मोही व्यासद्वारा लिखित “साँचेको सम्झना” नामक संस्मरणसङ्ग्रह साझा प्रकाशनले हालसालै प्रकाशित गरेको छ । बहुमुखी प्रतिभाका धनी निर्मोही व्यासका यसअघि बेहुली अन्माएको घर (कवितासङ्ग्रह), सरिता (काव्य), एलबमका पानाहरू (उपन्यास), नौ पाइला (यात्रासंस्मरण), स्वयम्भूका आँखाहरू … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : मुस्कान खोलिन् उनले

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ त्यति लामो यात्राभरि न एक शब्द बोलिन् उनले, अधरभरि संगालेको न त्यो मुस्कान खोलिन् उनले । यौवनको बगैंचामा बैंश फुले’थ्यो ढकमक्क, फूलैफूलको बास्नाभित्र कसलाई राख्या होलिन् उनले ।

Posted in गजल | Tagged | Leave a comment

कविता : गाउँ, बाउ र छोराहरु

~कमल कुमार~ रातो सूर्यास्तका बेला गाउँ एक्लो छ बाउ एक्लो छ दिनभरि कामबाट फर्केर ढोका उघार्न आइपुग्दैन कुनै छोरो । नजिकै छिमेकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई तिमीले

~निर्मोही व्यास~ कतै उर्लिँदो वेदनाको नदीमा डुबी छट्पटाईरहेको थिएँ म बनी स्नेहले जिन्दगीको किनारा दियौ हात मीठो मलाई तिमीले ० तिमीसङ्ग ‘यायावरी’ स्वप्न मेरो— ‘लगाऔंँ दुवै सृष्टिको लाख फेरो’

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पहिचानको यात्रा

~कृष्ण वस्ती~ प्रत्येक कार्यक्रमको शुरुमा ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ अनि एकै जात-जाति धर्म भएपनि धनीले गरीबको शोषण गर्छ भन्ने भावको गीतले छोयो ।त्यसैले बाहुनको जात जनाउने टुप्पी-जनै फालेर म अभियानको हिस्सा बन्नपुगें।पहिरोमा बारी तानिएजस्तै तानिएकामध्ये गाउँकै भाइ, सुदीप मगर र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

भलाकुसारी : लेख्नभन्दा छपाउन गाह्रो

वि.सं २००७ माघ १६ गते काठमाडांैको डिल्लीबजारमा पिता तथा साहित्यकार भीमनिधि तिवारी र माता भुवनेश्वरी तिवारीको सुपुत्रीको रूपमा जन्मनुभएकी सर्जक मञ्जु काँचुलीनेपाली साहित्यमा चिरपरिचित हुनुहुन्छ । साहित्य सिर्जना र लामो समय प्राध्यापन गर्नुभएकी काँचुलीका ‘किरणका छालहरू’, ‘मेरो जीवन मेरो जगत’ र … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कथा : शाल्मलीजस्तै

~राजव~ अघिल्लो बिहान ऊसँग फोनमा कुरा भएको थियो । उसले सोधेको थियो’भोलि के छ ‘ ‘केही छैन किन ‘ ‘तँलाई फुस्रद छ कि भनेर…’ ‘छ किन? ‘ ‘काम छ…’ ‘के काम ‘

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवन : एक दृष्टिकोण

~भेषराज रिजाल~ तिमीले दिएको अभिशप्‍त जीवनले मलाई जतिसुकै पछार्न खोजे पनि त्यही अभिशापलाई वरदान ठानेर युगौँयुगसम्म बाँचिदिन सक्छु तिमीले आँखाभरि आँसु दिएर मलाई जतिसुकै रुवाउन खोज सबै आँसु तनतनी पिएर तिमीभन्दा बढी हाँसिदिन सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम, वेदना र पर्खाई

~वसन्त कट्टेल~ हराउदै कल्पनामा नियाल्दै तिम्रा तस्विर बोलाउँछु सुस्तरी.. तर बोल्दैनन् ! छिचोल्दै सन्नाटा चिर्नुछ उदासिपन, दिलभित्र सल्केको आगो निभाउन खोज्दैछु रापले, जलाउँदै आफैलाई ।। छिन्नभिन्न हुँदै कोरिने यी शब्द तिम्रै प्रेरणा हुन् स्रोत उद्धृत गर्न नसकुँला तर मनमनै तिमिप्रति … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नग्नता

~विपुल सिजापति~ आर्ट ग्यालरीमा घुम्दाघुम्दै राजा साहेबको नजर एक नग्न नवयुवतीको आकर्षक पेन्टिङ्गमा पर्यो । पेन्टिङ्गमा नवयुवती निर्वस्त्र झरनामा पानीसँग खेल्दै गरेको देखाइएको थियो । पेन्टिङ्ग हेर्दा चित्रकार सिद्धहस्त नै प्रतीत हुन्थ्यो, जसले ले पेन्टिङ्गमा नवयुवतीको अनुहारको  भावभङ्गिमा बडो कुशलतापूर्वक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कलावती

~दिनेश कोइराला~ काठमाडौँ, श्रद्धेय पिताले जुराइदिएको त्यति प्यारो नाम कलावतीका टोल छिमेक कसैलाई थाहा छैन र कसैले सोध्दैनन् पनि । खासावाला चप्पल प्याट प्याट पड्काउँदै गलामा नक्कली सुन टल्काएर चोर बजारको आसपास बार्गेनिङ गर्दै सामान खरिद गर्ने अधबैँसे आइमाईलाई सबैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो मसिले जवानीमा लेखिएको एउटा डायरी

~दिया चन्द~ पुराना किताबहरु मिलाउदै जाँदा एकदिन मैले एउटा ठिक्कको डायरी भेट्टाए । त्यो दिन सानो भाइ र म पुरानो दराज सफा गर्दै थियौं, दिदि यो डायरी हजुरको हो ? भन्दै भाइले मलाई दियो । सरर भित्र पाना पल्टाएर हेर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | 2 Comments

स्रष्टा परिचय : चूडामणि खनालको खानतलाशी

~शेषराज भट्टराई~ १. परिचय वि.सं. २००९ वैशाख १५ गते तनहूँ जिल्लाको जामुने गा.वि.स. को वडा नं. १, मानहूँ, गुणादीमा पिता पशुपतिनाथ खनाल र आमा खगमाया खनालको कोखबाट जन्मिएका चूडामणि खनालले त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०३२ सालमा मीमांसा दर्शनमा आचार्य र नेपाली … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गजल : नैतिकता कहाँ पाउनु

~राजुराम मुनंकर्मी~ “चाचाचु” काे जमानामा, नैतिकता कहाँ पाउनु नक्कली रहेछ ईमान्दारिता,भाे जहांतहीं नधाउनु ! सत्यलाई पाखामा राखी, कमाएकाे इज्जत नै हाे कसैगरी बचाउन, गीत बनाई उतै गाउनु !

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : झुसिलकिरे पुराण

~मोमिला~ स्मृतिमै सही, आप्नै जीवनको रङ्गमञ्चमा झुसिलकिरा बनेर घस्रिरहेको अभिनेताका रूपमा आपूलाई आपैले दर्शक बनेर हेरिरहँदा आप्नो या जोसुकैको शरीरमा पनि एक किसिमको नकारात्मक तरङ्ग सञ्चारित भई इन्द्रियहरूले मन नपर्दो क्रियात्मक भाव व्यक्त गर्दछ र त्यसको असर स्वरूप वरिपरिको पर्यावरणीय … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का नौ मुक्तकहरु

~उज्ज्वल जी.सी.~ न कसैलाई अनादरले हेर्न चाहन्छु म न कसैलाई समस्याले बेर्न चाहन्छु म हो,कर्म गर्दा पराजय भोग्नै किन नपरोस ? सधै‘ दुखीको जीवनरेखा फेर्न चाहन्छु म । **************0************** भाषा र कला हरायो भने रहन्न देश नै बिर्सियौं भने संस्कृतिलाई … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment