Author Archives: Editor

कविता : नयाँ बर्ष

~उदिम किराती~ झुण्डिएको छ घरको भित्ताहरुमा बुढो ज्यानमा नयाँ कपडा लगाएर क्यालेन्डरहरु पल्टाएर हेरे एक सर्को क्यालेन्डर भिन्नता खासै पाइन पाए केबल पोहोरको साल जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : जमाना

~बलराम तिमील्सिना ‘बिप्लप’~ जमाना ! कहॉबाट कहॉ पुग्यो यार !! हामीले हेर्दा हेर्दै , हामीले भोग्दा भोग्दै !! कहॉबाट कहॉ पुग्यो जमाना ! कोही भन्छन जमाना झन खराव आयो रे जताततै विकृति र विसंगती छायो रे भन्नेहरू जे जे भन्छन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पैसा भेट्टाउने तरिका

~किशोर दहाल~ आज घर छेउमै एउटा छेपारोलाई ढुङ्गा हानेर मारिदिएँ । मरिसकेको छेपारो जब उत्तानो पल्टियो । मेरो स्मृति पनि त्यसैगरि पल्टियो । छेपारोको सेतो काया जस्तै ‘ब्ल्याक एण्ड ह्वाइट’ भएर । * * * एउटा साथीले भन्यो– आज पैसा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : शहर बस्ती डुल्दै हिँड्छु

~प्रमोद ढुङ्गाना~ गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छु जिन्दगीको गीत गाउँदै हिड्ने मेरो काम ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माया मीठो भन्थे

~दिनेश अधिकारी~ माया मीठो भन्थे अरु मलाई त भीर लाग्यो भोग्दै जाँदा थोरै खुसी धेरै जसो पीर लाग्यो हिजोसम्म बेग्लै थियो उसको सुख मेरो सुख आज एउटै भएको छ हामी दुईको सुख दुख

Posted in नेपाली गीत | Tagged | Leave a comment

युद्ध कविता : थलिएको गोर्खाली इतिहास

~काङमाङ नरेश राई~ फाक्सुसार्ट र निगालापानी गाउँ कुलवीर थापा मगर फोक्सिङ अल केफर र कर्ण बहादुर रस ईज जोई ट्युनिसिया, अर्जिया सुम्सा र लाल बहादुर भिसीको तीतो कथा वारपाक गजे घले र चीन हिल्स बर्मा फ्रन्टको अनुहार घाइते गन्जु लामा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वाधीनता

~प्रथा~ यहि माटोका सहस्र रङहरू टिपेर धर्तीको मन रङ्ग्याउन थियो ! आधा इन्द्रेणी झारेर लगाउनु थियो सीमानामा – राष्ट्रीयताको पर्खाल ! तर उफ, रामसाइँला ! यो बेला मन दुखेको हो कि माटो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मङ्गलग्रह जाने ?

~जीवराज बुढाथोकी~ अखवारहरुमा छायो, अनौठो समाचार हवाला अनलाइन, वीवीसीको सदावहार सन् २०२२ सम्ममा, कोलनी बसाउँने मंगलग्रहमा योजना, कार्यान्वयन ल्याउँने ।। मार्स वान नामको, कम्पनीको अनुरोधमा एकलाख बढी आवेदन, परिसके होडमा त्यहाँ भनिएको छ जानेमात्र, फर्कने हैन तापनि मंगलग्रहको आकर्षणमा कमी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल गजल : गाली हामीलाई

~छविलाल कोपिला~ नदिनु है बाबा–आमा गाली हामीलाई । बरु दिनु राम्रो काममा ताली हामीलाई । कलिला यी हात हाम्रा कलम समाउने, तर दिन्छौ धुन जुठो थाली हामीलाई ।

Posted in बाल गजल | Tagged | Leave a comment

लघुकथा : बूढाको सपना

~समीर पाख्रिन~ विमानस्थल निर्माण हुने पक्कापक्की जस्तै भइसकेकोले गाउँलेहरूमा प्रसन्नता छाएको थियो । नियमितझैं गौतम बाजे आज पनि आप्mनो घरको छतमा चिया पिउँदै दक्षिणतिरको विशाल फाँटतिर एकोहोरो हेरिरहेका थिए । “अब त देश विदेशका बडेमानका विमानहरू उडेको र अवतरण भएका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पुनश्च

~रुमानी राई~ हामी बाँचिञ्जेल वास्तै गर्दैनाैं अाफू बाँच्ने ध्याउन्न मै अल्मलिईरहन्छाैं यतिसम्म कि, हामीसंग अलिकति पनि फुर्सत हुँदैन अरुकाे बारे साेच्ने र,केही गर्नेर बरु, हामीमा काे भन्दा काे कम काे घमण्ड हुन्छ तँ वा ऊ भन्दा म के कम काे अाडम्बर … Continue reading →

Posted in कविता, लघुकथा | Tagged | Leave a comment

कथा : सागरमणि दाइ फर्किनुभयो

~विश्वराज अधिकारी~ नित्यानन्द अंकलले नेपालबाट पठाउनुभएको चिठ्ठी भर्खरै पढेर सक्याएँ । तर पन्द्र दिनदेखिका जम्मा भएका मेल (चिठ्ठी पत्र) हरू अहिलेसम्म पढ्न भ्याएको छैन । अर्को पन्द्र दिन यसै गरी नपढ्ने हो भने एक महिनादेखि थुप्रिएका यी मेलहरूमध्ये काम नलाग्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आगो र स्वर्ग

~घिमिरे युवराज ‘कर्जुना’~ बल्नको लागि पनि निक्कैबेर कुर्नु पर्ने छ मेरो लासले आर्यघाटको किनारामा लमतन्न बाँसमाथि र कोही आफन्तले झन्झट बेहोर्ने छ मेरो अनुहारबाट झिँगा धपाउन । र, आफ्नो बल्ने पालोमा आगो, आगो, अागो ! हे प्रकृति ! आगो !! … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : जुन-ताराको कुरा छोड

~योगेन पौडेल~ जुन ताराको कुरा छोड, जुही फूल सिउरीदिउँला, जुन-तारा भन्नु मात्रै, फूलकै सुवास मीठो लाटी। झुम्के फुली बिर्सिदेउन, जाली-रुमाल ल्याईदिउँला, सुन-चाँदि भन्नुमात्र, “माया-पिरेम” ठूलो लाटी। आँखाको यो भाका बुझी, दिलको गीत सुनिदेउन,

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : सबको फल्छ जीन्दगी

~निर्मला अवस्थी~ आज भोली धनमा सबको फल्छ जीन्दगी फल्दा फल्दै कुहिएर गल्छ जीन्दगी।। धनी गरीब जे भएनी भोक उस्तै हो एकै छाक खाए पनि चल्छ जीन्दगी।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आफन्तकै मेला आओस्

~दिनेशराज पुरी~ शान्ति ! शान्ति !! शान्ति !!! गाउँने आफन्तकै मेला आओस् विज्ञान बिछ्याई, विज्ञान ओढी, गर्व गर्ने बेला आओस् ।। ‘जननी जन्मभूमीश्च सोर्गादपी गरियसी’ यस्तै भाव बोकी अघि कुद्न आँतुर मेला आओस् ।।

Posted in गजल | Tagged | Leave a comment

पौराणिक बाल कथा : वदनाम वधूको कथा

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा वीरवर नामक एकजना सिकर्मी बस्दथ्यो । उसको स्त्रीको नाम कामदमनी थियो । कामदमनी व्यभिचारिणी स्वभाव भएकी सार्‍है बदनाम आईमाई थिई । आफ्नी पत्नीबारे छिमेकीहरूको कान खाने कुरा सुनेर वीरवर सधैं दिक्दार रहन्थ्यो । एक दिन उसले … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

Translated Poem : The Drama Continues

~Nakul Silwal~ Translated by Yuyutsu Sharma Sparrows peck at the grains spread out to dry in the courtyards. Monkeys plunder the golden profusion of our ripe maize fields. Squirrels nibble at the walnuts in the gardens of our festive valleys.

Posted in Translated Poem | Tagged , | Leave a comment

पुस्तक समीक्षा : महिलाका संघर्षपूूर्ण कथा

~समीरबाबु कट्टेल~ केही लेखक यथार्थ घटनालाई काल्पनिक शब्द-शिल्पीले सिँगारेर औपन्यासिकता प्रदान गर्छन् त केही अनुसन्धानमा डटेर तथ्यपरक एवं विश्वासिलो सन्दर्भ सामग्री बनाउँछन् । यहाँ उपन्यासकार हरिमाया भेटवालले ‘कल्ली’ उपन्यासको माध्यमबाट समकालीन नेपाली समाजको चित्र उतार्न खोजेकी छन्। महिलाका पीडालाई पाठकसामु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : भ्रान्ति

~गोपालसिंह ‘नेपाली’~ ओडारसित, सोधें, “मान्छे कहाँ गयो ओडार ?” ओडारले भन्यो, “कुन्नि तलतिर ओर्ल्हेको मात्तै म जान्दछु ।“ “कुटी, मान्छे यहाँ अएको थियो ?” “हो, किन्तु पानी खाएर आउँछु भनेर गएको मान्छे, अहिले- सम्म केही पत्तै छैन !” “मूलधारा, मान्छे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : हाम्रा सर !

~रमेशचन्द्र घिमिरे ~ झिकौं कापी, झिकौं कलम, झिकौं इरेजर हातमा छडी घुमाउँदै आउनु भयो सर “दायाँ-बायाँ नफर्कनू, मुन्टो तल झार्नू हिजो सार्न नभ्याएको पाठ आजै सार्नू”

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : जुजुमानको अन्तरकथा

~ध्रुब सापकोटा~ छिमेकीको मृत्युमा घाटसम्म नगएको चोटि पुरिएको थिएन। छिमेकीहरू नै त्यसलाई ताजा बनाइरहेका थिए। ‘तपाईँ त घाटमा देखिनुभएन ?’ तिनीहरू प्रश्न गर्थे। ऊ बहाना बनाउँथ्यो। तिनीहरू उसका कुरा सुन्थे। उसले बहाना बनाउन छोडेको थिएन। तिनीहरू प्रश्न गर्न पछि परेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : डोल्पाको कथा

~त्रिभुवनचन्द्र वाग्ले~ सुत्केरीले ज्वानोको झोल र लाज ढाक्ने खोल पाइन् वा पाइनन् बिरामीले नुनपानी पायो कि पाएन अथवा मृत्युशय्यामा सुत्नेले सुनपानी पायो कि पाएन यी अखबर घटनाहरू अखबारहरूले किन पाउँछन् ? डोल्पामा अहिले नुनको सङ्घर्ष छ

Posted in कविता | Tagged | Leave a comment

कथा : पिताको ऋण

~श्रीरामेश्वरजी टांटिया~ राजस्थानमा चुरू एक पुरानो गाउँ हो । आजभन्दा सवा सय–डेढ सय वर्ष पहिले यहाँ प्रतिष्ठित वैश्य परिवार बस्थ्यो, जसको मालवामा ठूलो व्यापार पनि थियो । जब अफीमलाई लिएर ब्रिटेन र चीनबीच युद्ध भयो उनलाई घाटा लाग्यो, काम बन्द … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : देश नै थला पर्‍यो

~दीपक कुमार ज्ञवाली~ अब फाट्ला बादल भन्थें झन् कालो हुँदै देशलाई ठाक्यो आखिर सबै झूटो रहेछ एक अर्काका माया पिरतीका कुरा सम्मोहन एक अर्काको

Posted in कविता | Tagged | Leave a comment

कविता : मरुभूमिबाट…

~बिपना ढुङ्गाना~ आमा भन्ने गर्थिन्: छोरा मलाई धेरै नसताउनु घाम अस्ताउनु अघि नै तिमी घर आउनु, उनको कुरा सुनेको नसुनेझैँ गरी रमाएर घरबाट फुत्त निस्कन्थे म, त्यो बेला बाहिरी दुनियाँ नै रंगमञ्च जस्तो लाग्थ्यो । घडीको सुइरो,

Posted in कविता | Tagged | Leave a comment

दिङ्लाली कान्छो का ५ हाइकुहरु

~दिङ्लाली कान्छो~ १. लाग्छ मलाई सुवास् आइरहेको केवल तिम्रो !! २. रहर भयो सागर पारी जाने सकिएला र ?

Posted in हाइकु | Tagged | Leave a comment

गजल : गल्ती गरे मै

~हरी गौतम~ साँचो प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!! सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..!! निष्ठुरीको घातले मूटु, जलेकै थ्यो पहिले …., त्यसै माथि घ्यू-तेल मिलाई, गल्ती गरे मैले..!!

Posted in गजल | Tagged | Leave a comment

कविता : तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति

~भुपी शेरचन~ जर्मनका धावैमा होस् वा बर्माको घेरामा मलायाका रवडका वनमा होस् या नेफा र लद्दाखका पराइ लडाइँमा ती जो मरे विना कुनै स्वार्थ विना कुनै अर्थ व्यर्थ तीतरा, बट्टाई र भक्कूको राँगाजस्तै

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जुँगा

~हृदयचन्द्रसिँह प्रधान~ मानिसहरू नपत्याउलान् भन्ने डरले मात्र, साँच्ची भनूँ भने बामे सरिरहेको बेलादेखि नै मलाई जुँगाको भारी सोख थियो । त्यसबेला मेरो पिताज्यूको ओठमाथि खूब कालोमुठे जुँगाा देखेर मलाई लोभ भएको थियो । अर्को कुरा ईष्र्याको कारण पनि मैले जुँगालाई … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : फेसबूक आइ-डी

~बिस्नु प्रवा सापकोटा~ जुन दिन उसले आफ्नो फेसबूकमा आइ.डि खोली उ कुनै नुतन आलो काँचो लेखकको कृति प्रसिद्ध प्रकाशनले छापिदिए जत्तिकै खुशी थीइ । किनकि उसलाई आफ्ना सिर्जनाहरु प्रस्तुत गर्ने मन्च भेटें जस्तो लागेको थियो । उ राम्रो कबिता लेख्थी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मुखुण्डो

~सन्तोष चिमरिया~ काठमाडौ मेरा निम्ति पुनः एक पटक नयाँ शहर भएको छ । शहरसंग अभ्यस्त नभई मलाई निन्द्रा पर्दैन । घडीले १:२० हान्यो तर निन्द्रा टाढा सम्म छैन । मन अति सक्रिय ,चंचल र अतितमुखी भएको छ । आफ्ना चारै भाइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment