Author Archives: Editor

कविता : टाईम कार्ड

~जे. एन. दाहाल~ विहान देखी बेलुकी सम्म टाईम कार्डमा निर्लाप्त बेलुकी देखी अर्को विहान सम्म दलीएको छ एउटा मान्छे। न मान्छे मेसीन हुन गयो

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : क्याफे गफ

~काशी भुसाल~ ऊ सँगको सामिप्यतामा म लिप्त बनिसकेको थिए, मेरो ब्यग्रता अब उनलाई भेटेर औपचारिकता निभाउनु मात्र थियो, झण्डै २ महिने फेसबुक मित्रतामा ऊ सँगको एकदिनको च्याटमै हामी ईतिहास देखि भविष्य सम्मका काल्पनिक सुन्दर र निकै मीठो सपनामा पौडिन थालिसकेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असाहाय आमै

~नारायण पोखरेल~ अफिस को काम सकाएर शर्माजी स्कुटर स्टार्ट गर्दै थिए । उनलाई तब मात्र याद आयो श्रीमतिले एक दर्जन केरा लिएर आउन भनेकी थिईन् । उनले सडकको छेउमा ठुला र ताजा केरा बेच्दै गरेकी बिरामी जस्ती देखीने बुढी आमेलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : क्षितिज तिर

~लक्ष्मी प्रसाद देवकोटा~ पर पर कुइरी नील किनारा, स्वर्ग झरीकन जिमीमा छुन्छ, लामो सडकमा अडी यसबार, दूर चिहाई दृगले गुन्छ । बहुविध पत्थर कङ्कड, काँढा, बाढी, खाडी, उकाली हुन्छ, ओर्ली किरण र उक्ली डाँडा, दूर शिखरमा स्वर्ग नुहुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : मानवीय विवेकको वकालत गर्ने कविताहरू

~छविरमण सिलवाल~ गीत मनको सुसेलीबाट बहनुपर्छ, अन्तरहृदयबाट बज्नु पर्छ। तव मात्र गीत बन्न सक्छ। गीतकार भएर उभिनु भनेको सजिलो कुरा होइन। गीतमा मिलन, विछोडका तानावानाहरू रहनु कुनै नौलो पनि होइन। कतिपय गीतहरू संगीत विना पनि निकै सुमधुर हुने गर्दछन्। जीवन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मृत्युपछिको मीठो सपना

~निर्मोही व्यास~ हाँसूँ खितिखिती भन्दा पर्ने भक्कानिँदै रुन मर्नुपर्ने ‘जिऊँ’ भन्दा कठै ! कस्तो विडम्बना ? जन्म जीवनको आदि, मृत्यु जीवन–अन्त्य हो मृत्युउप्रान्त के हुन्छ ? अनुत्तरित प्रश्न यो। मान्छन् कोही पुनर्जन्म र कोही ‘हुन्न’ भन्दछन् ठानिन्छ – “कीर्तिवान् मान्छे–हरू … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो झमेला ब्यहोर्न पर्‍यो

~दीपक कुमार ज्ञवाली~ किन बल्दैन दीयो चम्कोस् जगत्मा भन्दै तेल हालेकै थियौं धोखेवाज रहेछ धागो सारा तेल सोशी लीयो माटोको थिएन पाला

Posted in कविता | Tagged | Leave a comment

छन्दाबद्ध गजल : आवास छैन खाना छैन त्यो

~जीवराज बुढाथोकी~ छन्द: कोशी भूकम्प आयो विनाश गर्यो, आवास छैन खाना छैन त्यो । नांगो छ छाती जतापनि यो, ढाकेर हिड्न नाना छैन त्यो । ध्वस्तै भयो सव् थियो जति जे, सम्पत्ति माल पत्तो नै नभै, आकाश हेर्दै विसंगतिमा, सुत्नै … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : राहत

~रमेश भट्टराई ‘सहृदयी’~ च्याँसेलाई यसपालिको दशैँमा पनि मासुभात मजाले खान पाइएला भन्ने आशा छैन । सात वर्ष अघि नै ऊ सातौँ महिनाको हुँदा आमाको मायालाई दैवले चुँडेपछि उसको बाबु सुर्के माइलाले काममा सँगै लान्थ्यो । एक छेउमा एक्लै खेलेर बस्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : साथी

~नबराज घिमिरे~ ए साथी तिमी किन मौन छौ ? दिनहरू घड्कदै छन। मानिसहरुको चहलपहल चर्को छ। बजारमा हल्ला चलेको छ। तर ……… तर तिम्रो आवाज कतै सुन्दिन,

Posted in कविता | Tagged | Leave a comment

गजल : विचार नमिलेसी

~रिता खड्का ‘त्रिलता’~ कठिन हुन्छ जिउन विचार नमिलेसी। दुई आत्माले गर्ने व्यवहार नमिलेसी। न यताको न उताको भइन्छ आखिरीमा। सधैँ गर्ने त्यो घमण्डमा प्यार नमिलेसी।

Posted in गजल | Tagged | Leave a comment

कथा : पर्खाइ

~महेन्द्र महक~ ‘तिमीले धोका दियौ भने म दुनियाँकी कुनै पनि आइमाईलाई विश्वास गर्न सक्ने छैन ।’ आज पनि मलाई सम्झना छ– उसको भावविह्वल बोली । उसका अतृप्त ओठहरु, जुन ओठहरुले उसले मेरो निधार चुमेको थियो । यो बिछोड मुटु चुडिएझैं भएको थियो मलाई । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : सुनको सुली गर्ने चरा

~उमाशङ्कर द्विवेदी~ पर्वतीय प्रदेशमा एउटा ठूलो रूख थियो । त्यस रूखमाथि सिन्धुक नामक एउटा चरा बस्दथ्यो । त्यस चराको सुली सुनको हुन्थ्यो । एक दिन एउटा ब्याधा शिकार गर्नका लागि त्यसै प्रदेशमा गयो । चराले ब्याधाको सामुन्ने सुली गर्‍यो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : सम्बन्ध विच्छेद

~अरुणबहादुर खत्री “नदी”~ सत्तरी वर्षकी बूढी मायादेवी आफ्नो श्रीमान्लाई रोगले सताएर थला परेर बस्न थालेपछि अब मेरो श्रीमान् धेरै बाँच्न सक्नुहुन्न श्रीमान् मरेपछि काजक्रिया गर्न मसंग खर्च पनि छैन । के गर्ने होला अब मैले भनेर चिन्तित अवस्थामा मन खेलाइरहेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : वजन

~सोम खनाल~ सब्ले भन्छन् मोटायिछस् बदन् तेरो बढेको छ जोखी हेर्छु पहिले भन्दा वजन तर घटेको छ कोहि भन्छन् दुब्लायिछस आँखा भित्र गढेको छ जोखी हेर्छु पहिले भन्दा वजन तर बढेको छ । मोटाउदा चाही घट्दै जाने वजन मेरो अचम्मको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लोक कथा : कसरी छुटे पिल्मोस् र नाम्लुवास

~सङ्कलक : केडी रेम्नीसीङ~ धेरै वर्ष पहिलेको कुरा हो, हुंगुखोला किनारतिर किरात वंशको एक समुदाय बसोवास गर्ने गर्दथे । उनीहरु जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापी उनीहरु जंगली जनावरको शिकार गर्ने तथा सो को मासु खाने … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : नयाँ वर्षको शुभकामना

~अरुणबहादुर खत्री “नदी”~ आकाशभरि उज्यालो हुँदै आइरहेछ मनै रमाउनेगरी शान्त शितल हावा देशभरि बहिरहेछ लेक–डाँडा–बेसी हिमाल–पहाड–तराई बत्तीसै दन्तलहर झल्काउँदै मुसुमुसु हाँसिरहेका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अम्बर तिमी साँच्ची कै धर्ती हौ

~प्रकाश सुनुवार ‘निराकार’~ अम्बर तिमीले गाएको गीत जस्तै दुनियाँको सारा दुखपिडा निलिदिने अम्बर तिमी साँच्ची कै विशाल धर्ती भएर वाँचिदियौ बेदना बोकेर वाँचेका हामीहरुलाई तिम्रो छातीमा बस्न दियौ सवै दुखका छालहरुलाई शान्त गराइदियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : युगसँग

~मणिराज सिंह~ कथाका पात्रहरूझैँ रूप फेरेर माया लाउने आँट त छ मभित्र तर अप्ठ्यारोमा, हलो अड्काएर गोरु चुटेझैँ म आफ्नै उडानहरू निमोठ्दैछु पटकपटक । जताततै अभाव देख्ने

Posted in कविता | Tagged | Leave a comment

जयप्रकाश विवशका पाँच हाइकुहरु

जयप्रकाश विवश यथार्थ बजारभरी बग्रेल्ती पाईन्छन व्यापारी प्रेम।। राजनीति

Posted in हाइकु | Tagged | Leave a comment

संस्मरण : परदेशबाट देश हेर्दा

~भूमि भण्डारी~ नेपाल भन्दा फरक……….. म जोहानेन्सवर्ग बिमानस्थल ट्रान्जिटमा बिमान कुरीरंहदा देखि मेरो जस्तै वा मेरो भन्दा अलिक गोरो छाला भएको मानिस देख्न पाइंन । अग्ला, काला, ठूलो ओठ भएका पुरुषहरु, लट्टा पारिएको कपाल भएका महिलाहरु बिमानस्थल ’round कलयांगमल्यांग गरिरहंदा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : जस्केलो मै ल्याएको छु

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ जस्केलो मै ल्याएको छु एक अञ्जुली माया सजाइदेउ बिन्ती हजुर राखी मलाई दया । शंका गरे संसार शुन्य सापटी लेउ मन सिउरीदेउ बेली फूलझैं सिरुपाते तन,

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक अंश : उपन्यासकै लागि परिवारको हत्या

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दैै सोध्छु । ‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’ ‘जागिर खाँदै लेख्न सकि“दैन र ?’ अचम्म मान्दै सोध्छु म । ‘अरूले सक्छन् होला … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

लघुकथा : बोर्डिङ्गे माष्टर

~नन्दलाल आचार्य~ अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् । ‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए । ‘कथी भेलौ बौवा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मुक्तक : विश्वास गर

~दिपक घर्ति मगर~ माया अनि ममताको खानि बनाएर.. राख्ने छु यी आखामा नानि बनाएर. विश्वास गर ए मेरो

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ

~रजित ओझा~ बिरक्त लागेर आयो हफ्ता दिन देखि नयाँ बनाउन खोजिरहेको छु ब्रश र रंगहरु साथ लिएर तर कहिले रंग आफ्नो लागिरहेको छैन ,कहिले चित्र …………. म मात्र कोर्दै मेटाउँदै गर्दैछु । बनाउन खोज्छु फुर्दैनन …………. मात्र पहाड बनाउँछु ,बादल का … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

शेर्पा भाषी गजल : मिलम्ला ठेसो हारी

~लाक्पा शेर्पा समर्पित~ ङोसुम्बला खुरुङ माठे ,मिलम्ला ठेसो हारी ख्योरे नाक्साम डिनो हौ,मिलम्ला ठेसो हारी ख्योर्ला ठेनी ताम किरु,नासाम तगिन होय फेसबुकला गुसी माठे ,मिलम्ला ठेसो हारी

Posted in शेर्पा गजल | Tagged | Leave a comment

कथा : शानदार प्रयास

~कुमार काफ्ले~ त्यो बेला अहिलेको जस्तो समय थिएन।पाँच कक्षा पास भएपछि हाइस्कूल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो।हात्तीछाप चप्पल लगाएर स्कूल जाँदा लोती छिनेर हैरान पार्थ्यो।दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ।अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गरीब

~लक्ष्मी विश्वकर्मा~ एउटा गाउँ थियो । त्यहाँ गरिब एक परिवार थियो । दुई सन्तान पत्नी अनि आफू गरी चारजनाको सानो परिवार थियो । तर पनि उसलाई आफ्नो परिवार पाल्न हम्मेहम्मे परेको थियो । अर्काको हली बसेर भए पनि परिवार चलाउँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : भैंसीको दोहनः लोकतन्त्रको चिन्तन

~कृष्ण वस्ती~ कुरो २०३२ सालको हो ।मेरो अनन्य मित्र केशव पहाडीकी बहिनीको बिहे धरानबाट हुने भएकाले केशवका बा-आमा धरान आउनुभयो ।अब सात दिनसम्म केशब र मैले धनकुटामा उसको घर कुर्नुपर्ने भयो ।तसर्थ घर कुर्न हामी दुईभाइ चाहिं धनकुटा गयौं ।भान्सामा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : नाकाबन्दी

~सिपी गजुरेल~ मेरी चार वर्षकी नातिनीे छ, भेट भए पछि जहिले पनि उसले नबुझेका कुरा सोध्छे र उसका आमा बाबुले उसलाई चित्त दुखाएका कुराको नाली बेली सुनाउँछे । लामो समयपछि म कान्छो छोरा कहाँ पुगेको थिएँ, बस्न नपाई नातिनीले सोधी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जय शम्भो

~राम श्रेष्ठ~ बाग्मतीको किनार मा, सानो ए उटा ढुङ्गा छ, त्यो ढुङ्गा को अलिक् पर, फूल को ए उटा थुङ्गा छ, सिढी चढ्दै गए म, फूल् को थुङ्गा टिपेर, बाहुन् बाजे बसेको रहेछ, गाइ को गोबर् ले लिपेर,

Posted in कविता | Tagged | Leave a comment