Author Archives: Editor

कविता : भाँचिएको सियो

~अनिल श्रेष्ठ~ अचानक जूठी दमिनीको हातको सियो भाँचिएको छ सियो भाँचिएदेखिन् निकै चिन्तित छिन् उनी

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘दाइबुचु’ भित्र भेटिएको जापान

~भारती गौतम~ ‘विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठमात्र पढेको हुन्छ ।’ सेन्ट अगस्टिन विश्व पुस्तकको प्रस्तावनामा नै कोहीकोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छ । हजुरआमा भेट्न मावलदेखि दिदी वा सानीमा भेट्न … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

धिमाल भाषी कविता : समयेसाल

~डम्बर धिमाल ‘प्रकृति’~ समयेसाल्ता इस्का हिघाखे बोमि पार्हालाइहेङ सादुल्लि मापिघाखे दुल्पानु न्हाँम्खे, बोजात दिर मामानिकाआङ काथङ्काल दुल्हेपानु साता हान्ति जेङ्का दोका आजु आजाइको उक्ति परम्परा हि दुल्का काथा हाइपालि मानाल्काहेङ सालेङसोङ घुरि पागिल्घाखे

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : हिनताबोध

~इन्द्रकुमार ‘विकल्प’~ कुनै अप्रत्यासित/अप्राकृतिक आफूलाई सम्हाल्न नपाउँदै कता कताबाट । कसरी कसरी थिचिदैछ भारी पहाडले “टाउको” उठाउन नसक्ने गरी । टक्क रोकिन खोज्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : गन्थन सुभाज्यू संग

~मिजास तेम्बे~ सुभा ज्यू ! यसरी आफ्नो परबेटी कुरा गरेर हजूरलाई बस्नु न उठ्नुको, असमञ्जसमा पार्नु नहुने थियो । यी सन्तानहरु कहिल्यै मिलेर बस्न सकेनन् कहिले रोटीमा झगडा गर्छन् । कहिले भेटिमा लुछाचुडी गर्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्थानको तरखर

~इश्वरवल्लभ~ केही असल मानिसहरूजस्तै पन्छीहरू हाँगाहाँगा जम्मा हुँदै थिए आज, अझै त्यो पुर्बेली हावा चलेन सुकेको एउटा पात पनि झरेन हुन त मनको पीर आँधीजस्तै दुख्छ, त्यसैले बिर्सिदिए हुन्छ, यस्ता कुराहरू

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो सामु बस्दा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ उर्वशी के राम्री होलिन् तिम्रो सामु बस्दा चन्द्रिकालाई डाढो लाग्छ तिम्रो सामु बस्दा फूलहरु खिल्खिलाऊन् तिम्रै हाँसो राम्रो ताजमहल फिक्का हुन्छ तिमी त्यहाँ पस्दा

Posted in गजल | Tagged | Leave a comment

कविता : पहाड र म

~पल हिरा~ पहाड र म अनी अन्तर दन्द्द तीनका चर्केका दरार हरु मेरा भाग्यका हस्तरेखाहरु कतै समानताले खोर्सेका छन कतै अहमता ले अग्लेका छन च्यातिएका टोपी उप्केका भिताहरु देखाएर

Posted in कविता | Tagged | Leave a comment

किराँती दन्त्यकथा : किराती भाषाको गडबडी

~सङ्कलक: इमानसिंह चेम्जोङ~ सुरुमा किरातीहरू देव–वंशी भनिन्थे । उनीहरूको एक भाषा थियो । किराती भाषालाई देव भाषा भनिन्थ्यो । बस्तारहँदा किरात वंश निकै फैलियो । उनीहरूका नेताले जनगणना गर्नुपर्दछ भनेर सबैलाई प्रत्येकले एकएकवटा ढुङ्गा ल्याउनू भन्ने आदेश दिए । प्रत्येक … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गजल : खबर चाहिदैन

~सुजन बुढाथोकी ‘कान्छा’~ के छ कसो छ कुनै हाल खबर चाहिदैन त्यो कुन मान्छे हो जस्लाइ घर चाहिदैन बस ! यत्ती एउटा चोट नै काफी छ जिन्दगी के हो जान्नलाइ टिचर चाहिदैन

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : कसको दोष ?

~खेमराज पोखरेल~ ग्रेटर अस्टिन सोसाइटीले गरेको कार्यक्रममा राधासँग चिनाजानी भयो । विदेशको ठाउँमा साँच्चि हामी दाजुबहिनीको साइनोले सम्बोधित भयौँ । नेपाली समाज कन्डापछाडि उनलाई वाइफाले भन्ने गर्थे । मैले एकदिन राधालाई उनका बारेमा सोधेँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : दौलत विक्रम विष्ट र उनको साहित्यकारिताको आकलन

~डा. विष्णुप्रसाद पौडेल~ सार– यस लेखमा दौलत विक्रम विष्टको सङ्क्षिप्त परिचय प्रस्तुत गर्दै उनको साहित्यिक लेखनको थालनी र विकास कुन कुन विधामा के कस्तो रहेको छ भन्ने कुरा सघन सर्वेक्षणात्मक र अनुशीलनद्वारा देखाइएको छ । यस अनुसार विष्ट बहुमुखी साहित्यकार … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

सुधा मिश्रक दस मैथिली हाइकु

~सुधा मिश्र~ 1 प्रेम दिवस विवाहक प्रस्ताव लाल गुलाब 2 शीतलहर सिरकँक अभाव वृद्ध बेहाल 3 अनुशासन गेल अछि हेराय दंगा मचल

Posted in मैथिली हाइकु | Tagged , | Leave a comment

कथा : मुर्दाहरू जागौं

~राजव~ ह्वाइट हाउसको मध्यरात्रीको जुलुसमा आजबाट म पनि भाग लिँदै छु । मेरो खुसी बतासमा छचल्किँदै छ  । एक महिनासम्म म अस्पतालमा थुनिएको थिएँ । आजबाट मुक्त भएँ । मेरो अपराध थियो बारमा पस्नु ।बारमा म पेस्तोल लिएर पसेको थिइन । न त्यहाँ कसैलाई  मुक्का नै मारेको थिएँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा ज्ञानदिलदासको देन

~विमल लामिछाने~ परिचयः नेपाली कविताको प्राथमिक कालको उत्तराद्र्ध वा दोस्रो चरणतिर देखापरेका जोसमनी सम्प्रदायका सन्त कवि ज्ञानदीलदास हुन् । ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

लघुकथा : साउँकोभन्दा ब्याजको माया

~चोपनारायण बन्जाडे~ मनीरामले चित्त नबुझेको कुरामा झट्टै कुरा उठाई हाल्थे  । अझ कहिलेकाहीँ त अप्रासंगिक कुरा उठाएर हाँस्यपात्र पनि बन्थे । तर पनि कुनै प्रवाह गर्दैनथे । यस्तै हठी र हक्की स्वभावले उनलाई क्रान्तिकारी भनिने पार्टीको नजीक पुर्यायो । क्रान्तिकारी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कट्टु हराएको देशमा

~डा. मधुसूदन गिरी~ ‘चपला अबलाहरू एक सुरमा/गुनकेशरीको फूल ली शिरमा ।’ उहिले भानुभक्त बाजेले मुक्त कण्ठले आरती उतारेकी आराध्या अलकापुरी, आज आएर या मानको विशेषण महा लगाएकी महानगरी, मेरी प्यारी सपनाकी रानी अमरावतीको रूप र लावण्यको बयान सुनेका दिनदेखि यस … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नाटक : कुच्चिएको गाग्रो

~दिवाकर भट्टराई~ पात्रहरू। १) धुर्बे ( एक युवा)। २) मङ्गली।(धुर्बेको आमा) ३) साने।(धुर्बेको साथी) ४) सान्नानी।(गाउँकी चेली, ) ५) धतुरे।(जँड्याहा , गजेडी) ६) वीरबहादुर।(भु पु सिपाही) ७) बूढी बज्यै।(गाउँले मुखिनी) दृश्य – १  बूढी बज्यै : धुर्बे..!! धुर्बे..!!! धुर्बे आऊ नानी, मिस्री राखिदिएको … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : मनोद्वेगप्रवाह

~मोतिराम भट्ट~ यसरि मकन तिम्ले बिर्सनू धन्य छाती । अझ कति घोचूँ विघ्न निष्ठूर जाति ।। कउन अकल गर्नू लाग्छ हज्जार ठक्कर । न त रहनु नजानू क्या पर्योर आज अक्कर ।। जति जति तिमि मेरो चित्त चोरेर लिन्छयौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खण्डिताको गुलाबी छेड

~चक्रपाणि चालिसे~ नाथ ! नाथ ! भनि विसमयसाथ, कष्टले वितिसक्यो सब रात । बल्ल दर्शन मिल्यो कुनचार्ही, काममा भुलनुभो र-त-पाई ।।१।। रातमा घुमि घुमीकन अन्न हन्त !! भो-कि-तब(ब) भारि लडन्त । छैन तेज मुखमा, अति खिन्न चेहरा पनि छ आज … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Perhaps!

~Momila~ Translation: Manjushree Thapa Perhaps! The young girl draws a border by the pond beside the house This is my home, Father! The young girl draws a border in the translated distance of passion

Posted in Translated Poem | Tagged , | Leave a comment

नियात्रा : आबुधावीमा आनन्द

~डा. रामदयाल राकेश~ संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी रहेछ आबुधावी। यो रमाइलो देश रहेछ। एकातिर बालुवा नै बालुवाको मरुस्थल र अर्कातिर समुद्र। अरब सागरको सौन्दर्य विस्तार हेरेपछि म आश्चर्यचकित भएँ। मेरो भौगोलिक ज्ञानको क्षितिज त्यति विस्तृत रहेनछ। यो त भरुमूमि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : दुलारी उपन्यासको संक्षिप्त चिनारी

~डा. रामदयाल राकेश~ मिथिलाञ्चलका महिला लेखिकामा मुना चौधरी एउटा मुर्धन्य उपन्यासकार हुन्। उनको यो दोस्रो उपन्यास हो। उनको प्रथम उपन्यास ‘जयवर्द्धन सलेहस’ले सफल र चर्चित उपन्यासका रूपमा आफ्नो औपन्यासिक स्थान सुरक्षित गरिसकेको छ। जय सलहेसको औपन्यासिक चर्चा परिचर्चा नेपाली साहित्यमा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : एन्टी-एजीङ् क्रीम

~चोपनारायण बन्जाडे~ अम्बिकाको सौर्न्दर्यमा कोही पनि तटस्थ बस्न सक्दैनन् – धेरैले ईर्ष्या गर्छन् त केहीले प्रशंसा । सौर्न्दर्यताकै दवावले हो उनले १५ बर्षमा नै बिहे गर्नु परेको । उनलाई थाहा थियो, मेकअप बिनानै उनको सौर्न्दर्य खुल्छ । त्यसैले त उनी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

याैनकथा : ज्वरो

~सीता पाण्डे~ ‘मम्मी, आज जाने भन्या होइन ?’ऊ दौडिँदै छेउमा आउँछे र पढ्दै गरेको मेरो हातको पत्रिका थुत्छे । अनि मेरा औँलाहरु समाउँदै तान्न थाल्छे । उसको भर्खर आज जाँच सकिएको छ । ऊ खुसी र चञ्चल देखिन्छे । धेरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : अन्तिम भोजमा चपाइएका अनुहार !

~गोविन्द गिरी प्रेरणा~ दौलतविक्रम विष्ट नेपाली आख्यानका धरोहर हुन्, ध्रुवचन्द्र गौतमअघिको पुस्ताका। उनी आख्यानकै लागि जन्मेका थिए र जीवनभर आख्यानमै आफूलाई समर्पित गरे। उनको पहिलो उपन्यास ‘मञ्जरी’ प्रतियोगिताका लागि लेखिएको थियो र पुरस्कृत पनि भयो। त्यही उपन्यासले उनलाई उपन्यासकारको परिचय … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

पुस्तक अंश : त्यो स्वास्नी मान्छे हाँसिदिन्छे

~दौलतविक्रम विष्ट~ हिलो माटोको लेपले माछालाई भुंग्रोभित्र घुसार्दै जान्छु म । त्यो माछा बाफिन धेरैबेर लाग्दैन । केहीछिनपछि भान्सा तयार भइहाल्छ । अनि, म त्यो स्वास्नीमान्छे र किमरिखलाई खुवाउन त्यसैगरी तम्सेको छु, जसरी केटाकेटी छँदा आफ्ना साथीहरुलाई पोल्टाको मकै-भटमास खुवाउन … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : डमी

~कृष्ण ढुङ्गेल~ जागिरमा मनोजको पहिलो दिन । काम हार्डवेयर पसलमा पाएको छ, तीनकुनेमा । त्यही पनि टाढाका नाता पर्ने एकजना दाइले खोज्देको । ती दूरका दाइले चाहेका भए मनोजलाई आफ्नै अफिसमा काम दिन सक्थे । वा, राम्रै ठाउँमा काम लगाइदिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उस्तै नियत, उस्तै नियती

~रामकुमार एलन~ थाहै छ सानू, क्षमतावानहरु पछि पारिन्छन् । लखेटिन्छन्, खेदाइन्छन्, उस्तै परे मारिन्छन् । यी सबै सहेर, नदीजस्तै बगेर पुग्यौँ भने गन्तव्य, दिउँला मन्तव्य यसपालि भो हामी मौन बसौँ हो यसपालि भो हामी यहाँ नबसौँ हो ।

Posted in कविता | Tagged | Leave a comment

रुबाई : छरेर आत्मका कुरा

~लकाश पौडेल~ हजज/पंचचामर ) छरेर आत्मका कुरा नपार बिस्कुनै सरी सुनेर सम्झने कहाँ उडाउँने थरी-थरी

Posted in रुबाई | Tagged | Leave a comment

कविता : ग्राउन्डेड जहाज मर्मत भएको छ

~डा. जीवेन्द्रदेव गिरी~ बर्सौं मर्मत नपाएको मेरा फोक्साले छेलोखेलो अक्सिजन पायो नाकभित्र पाइप घुसारेर पठाइयो मनग्गे प्राणवायु फोक्सोको रौनक बढेको छ मसिनमा औँला घुसारेर हेरिरहन्छु म हान्दिन्छ ९४- ९५ – ९६ र अझ बढी पनि बालकको खेल झैँ घरि घरि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम कविता

~विमला तुम्खेवा~ यो हावाको तेज गति भन्दा निष्ठुर मरुभूमिमा एक्लै उभिरहेँ… मसँग न तिम्रो माया छ न कुनै गुनासो। जीवन भन्नु मृत्यु रहेछ

Posted in कविता | Tagged | Leave a comment