Tag Archives: कथा

कथा: सहमति

~प्रदीप नेपाल~ रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जिब्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देउताको छायानेर

~खगेन्द्र संग्रौला~ देउताको चोला उठ्यो । मध्ये बर्खामास । पवित्र पीपलको विशाल बोटनेर । फोहोरको अजङ्गको डङ्गुरछेवैमा । बरा देउताको चोला उठ्यो ! आस्थावान् नगरपालिकाले देउताको पवित्र लासलाई फुटपाथमा लम्पसार पर्न दियो । त्यो पनि एक दिन होइन, तीन–तीन दिनसम्म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: रातो गुलाफ दिनुअघि

~पासाङ शेर्पा~ “हाइ, हाउ आर यू ? हाउ क्यान आइ असिस्ट यू टुडे ?” “स्योर, आइ’ड लाइक अ टी विथ वन सुगर एन्ड मिल्क, प्लीज ।” “अलराइट, एनीथिंग एल्स यू’ड लाइक टु एड टु योर अर्डर ?” “आइ’ड अल्सो लाइक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : “युँ”

~सन्ध्या आचार्य~ “असल र आशावादी मनोवृत्ति तयार गर्नका लागि यो उपयुक्त स्थान हुँदैहैन।” भुइँतिर हेरेर माथिल्लो लहरको दुईवटा दाँतको चेपबाट अर्कै पाराले पिच्च पिच्च थुक्दै टोलाइरह्यो त्यो। “जाने नै?” – सोध्छु म । वास्तवमा “न जा न प्लिज” भनेको हुँ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : कर्नेलको घोडा

~विश्‍वेश्‍वर प्रसाद कोइराला~ कर्नेल कर्नेल्नीलाई असाध्य माया गर्थे । बुढेसकालमा बिहा गरेकी तरूनी स्वास्नीलाई कसले माया गर्दैन ? तर कर्नेल्नीलाई ४५ वर्षको कर्नेलले गरेको मायाले पुग्दैनथ्यो । कर्नेल्नी थिइन् १९ वर्षकी । जैले पनि बाहिरबाट घर फर्कंदा दुलहीलाई खुसी पार्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : राइटरबाजे

~विश्‍वेश्‍वर प्रसाद कोइराला~ मानवसमाजबाट यति टाढा पृथ्वीको एउटा कुनामा बसेर म आफ्नो शरीरलाई यसो निहार्छु । अब यसमा, यसका रेशा-रेशामा- महारोगका कीटाणु स्याउँ-स्याउँ गर्दै रङमगिरहेका छन्‌ । यो डुँडो खोरण्डो शरीर पटपट फुद्दैछ । कतिसम्म टलपल गरिरहेको पीप, पापको घडा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सान्नानी

~विश्‍वेश्‍वर प्रसाद कोइराला~ सृष्टिमा सबभन्दा असहाय प्राणी त्यो कृशकाय पीतवर्ण बालक हो जो एक्कासि शहरबाट चुँडिएर कुनै गाउँमा रोपिन आइपुग्छ । शहरमा जन्मेर शहरकै वातावरणमा त्यो हुर्किन्छ, तर एक दिन त्यो आफूलाई मध्यदेहातको एउटा क्षुद्र गाउँमा पाउँछ । निरीह भएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ लोककथा : बाँदर र डासिन डोल्मो

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिले सुरुमा संसारमा मानव नै थिएन । सर्वप्रथम बुद्धले आफ्नो चमत्कारपूर्ण शक्तिद्वारा बोधिसत्त्वको रूपमा एउटा बाँदरको सृष्टि गर्नुभयो । सो बाँदर डाँडाको गुफामा ध्यान गरी बस्दथ्यो । बुद्धलाई यो जानकारी हुन आयो कि … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

तामाङ लोककथा : याक र तामाङ थर

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ धेरै पहिले तामाङ पुर्खा दोङ छेन्पो थिए । उनका पाँच वटी स्वास्नीहरू थिए । यिनै स्वास्नीहरूबाट उनका अठार जना छोराहरू भए । यिनै छोराहरू विभिन्न दिशामा छरिएर बसे । केही कालपछि उनले आफ्ना … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : कोको राजा र चोखो फूल

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिले कोको नामक एक तामाङ राजा थिए । उनी बुद्ध धर्मावलम्बी थिए । त्यसैले हरेक साँझ-बिहान आफ्ना आराध्य त्रिदेवका सामु चोखो पानी चढाई धुप-बत्तीहरू बाल्दथे । तर आफूले चढाएको पानी माछाले बिटुलो पारेको … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : च्याटको मान्छे

~सन्ध्या आचार्य~ “जीवन साँच्चिकै गहिरो छ नि हौ!” अलिक नोस्टल्जिक बन्दै उसले लेखिपठाई यता । “आऽऽऽ, आफ्नो बुताअनुसार डुब्दा भैहाल्यो त !’ म लेखिदिन्छु, – ‘जत्तिसम्म पौडन सकिन्छ उत्ति पौढिने नि’, पनि थपिदिन्छु । “म केही हदसम्म उसको अतितसँग परिचित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ युग

~मनोज न्यौपाने~ सन् ४०५६ ईर्वाइन ”अहो ! कस्तो गर्मी भएको त ? पोहोर त यती धेरै गर्मी भएको जस्तो लाग्दैनथ्यो भन्या ।” दुईजना बसिरहेका थिए कंक्रिटले बनेको प्रतिक्षालयमा । तिनै दुईजना मध्ये एउटाको आवाज थियो त्यो । अर्को एकजना नबोलेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुक्ति

~दीक्षा भट्ट~ कैदीहरू त छन् यो संसारमा ! स्वतन्त्र को छ र यहाँ ? घर कहाँ छन् ? यी सबै त कारागार होइनन् र ? दुर्भाग्य भनौं वा सौभाग्य, जहाँ म कैद भएको छु त्यहाँ न झ्याल छ न ढोका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टर्चलाइट

~कृति अधिकारी~ मस्त निदाएको बेला कसैले उचालेरै पछारे पनि पत्तो नपाउने देवी त्यस दिन आफ्नो कोठामा कसैले ‘खासखुस’ गरेको आभासले ब्यूँझी । खुट्टापट्टिको सिरकमुनिबाट चिसो पस्नुको साथै अब मुटुको वेग पनि थामिनै नसकिने गरी ढुकढुक गरिरहेको थियो । जस्तै गर्मीमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : श्री ३ जङ्गे र जार प्रथा

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ वि. सं. १९३३ मङ्सिरको कुरा हो । त्यतिबेला राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणा ६० वर्ष पुगेका थिए । उनी पत्थरघट्टामा सिकार खेल्न गएका थिए । उनले त्यहाँ मनग्य सिकार खेले । कैयन् … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

भेरी अञ्चलको लोककथा : भालु आइमाई

~संकलन: करुणाकर वैद्य~ एकादेशमा एउटा गाउँमा केही किसानहरू बस्थे । उनीहरूले खेतीपाती गरेर आफ्नो जीविका चलाउनुपर्थ्यो । त्यो गाउँ चारैतिरबाट भयंकर जङ्गलले घेरिएको थियो जसमा गाउँलेहरू बथान मिलेर सिकार खेल्न जान्थे र आफूले पारेको सिकार खाने गर्थे । त्यसै गाउँमा … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

कथा : भुलक्कड परिवेश

~कणाद महर्षि~ आज वर्षा ऋतुको कुनै एक महिनाको पहिलो शनिबार ।हरेक महिनाको पहिलो शनिबार प्रदर्शनीमार्गस्थित एक क्याम्पसमा साहित्य सन्ध्याले नियमित रूपमा कविता गोष्ठीको आयोजना गर्दै आइरहेको छ। सधैँ झैं आज पनि उसले कविता सुनायो । कार्यक्रम सकिएपछि बाहिर निस्कियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ दन्त्यकथा : मोक्तान चङरी बोन र सगोत्री

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिलेको कुरा हो । परिश्रमी व्यक्तिहरूको देश थियो । जहाँ मोक्तान थरी चङरी बोन (झाँक्री) बस्दथे । जसका दुईवटी स्वास्नीहरूमध्ये एक थिङ थरी र अर्को ब्लोन थरी थिए । कान्छी गर्भवती हुँदाकै बखत … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , , | Leave a comment

किराँती दन्त्यकथा : न्याहुली चरी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ लाङ्सोदिङ भन्ने कुनै किरात देशमी एक दम्पति थिए । लोग्नेको नाम खेसेवा थियो भने स्वास्नूको नामचाहिँ मेन्दाङ्ना थियो । उनीहरू ओढारमी बस्दथे । उनीहरू जङ्गलबाट तरूल, भ्याकुर, गिठा ल्याई आफ्नो जीविका चलीउँथे । उनीहरू सिस्नको मुन्टी पनि … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

लामो कथा : प्रेम

~जीवनकुमार शाक्य~ साउन भदौको महिना मौसम झरी पर्ला जस्तो थियो । कति बेला पानी पर्नेहो ठेगानै थिएन । काम विशेषले काठमाण्डौको काम सिध्याएर म रात्री बसबाट घर जान प्रस्थान गरें । ए र्साईडको ११ नं.को सिट परेको रहेछ तर मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

जातक कथा : बुद्ध र नालागिरी हात्ती

बुद्धको मामाको छोरा भाई देवदत्त सँधै स्यानै देखि बुद्धलाई बेईज्जत गर्न मै लागिरहन्थ्यो, तर उ जहिले पनि तर्कले हार्थ्यो। एकपटक बुद्ध जब कपिलवस्तु पुग्नुभयो त अनेक कुलीन शाक्यवंशी राजकुमार उहाँको अनुयायी बने। देवदत्त पनि उनि मध्य एक थिए । केहि … Continue reading

Posted in जातक कथा | Tagged | Leave a comment

धर्मिक कथा : तिम्रो विचार नै तिम्रो कर्म हो

~ओशो~ शाक्यमुनी बुद्ध आफ्नो शिष्यहरुको साथमा बस्नुभएकोथियो । एक शिष्यले सोध्यो- भगवान “कर्म के हो ?” बुद्धले भन्नुभयो- “मैले तिमीलाई एक कथा सुनाउँछु ।” एक राजा हात्तीमा बसेर आफ्नो राज्यको भ्रमण गरिरहेकाथिए ।अचानक उ एक पसलकव अगाडी रोकीयो र आफ्नो … Continue reading

Posted in धर्मिक कथा | Tagged , | Leave a comment

कथा : नजन्मेको छोरो

~उपेन्द्र सुब्बा~ ‘काँठे हो ! मेरो छोरा त ठूलो भइसक्या रै‘छ रे ! बाह्र-तेह्र वर्षको । नाक मुख त ढ्याक्कै मेरै फोटोकपी ।‘ म सानो छदाँ यस्तै देखिन्थे हुँला । मुल खम्वानेर उभेको छोराले बोलायो- ‘बुवा आउनू । हातखुट्टा नकमाइ- … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : खे: सुङ

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ सर्वप्रथम मानव जातिको सृष्टिका क्रममा स्त्री जातिको सृष्टि भयो भनी लिम्बू बूढापाकाहरूले भन्छन् । यस जातिलाई मुजिङ्ना खियोङ्ना भनिन्थ्यो र यस जातिका आइमाईहरू फट्याङ्ग्रा जत्रा थिए । तरूनी भएपछि कामदेवले उनीहरूलाई सताएका हुनाले उनीहरू लोग्ने खोज्न स्वर्गलोक … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : गहनाको सृष्टि

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ गहनाको सृष्टि,मानव जातिको सृष्टि भएपछि सबैभन्दा पहिला राजा सावायुक्फुङकेम्बा भएका थिए भनी लिम्बू बूढापाकाहरू भन्छन् । उनी धनुर्विद्यामा निपुण थिए । उनी वाण हानेर आँधी, हुरी, बतास ल्याउन सक्थे र आकाशबाट पानी पनि पार्न सक्थे । उनी … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : चैत हूरी

~मधुवन पौडेल~ हिजो रातभर र आज झन्डै बिहानसम्म हाहु गर्दै बसेकोले दिनभरि सुतेर घरबाट निस्कन पाएको थिइनँ― चैते हुरीको चपेटामा पो परें। फाटफुट एक–दुई थोपा पानी पनि झर्दै थियो तर धूलोको मुस्लो मडारिएको देखिने आकाशबाट त्यही एक–दुई थोपा पनि कताकता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तन्द्रै तन्द्रा र एउटा उराठ लाग्दो दिन

~मधुवन पौडेल~ एक दिन दुई दिन भन्दाभन्दै फर्कने दिन पनि आइसक्यो । फर्कने अर्थात् उही आफ्नो संसार उही कोलाहलपूर्ण वातावरण र उही परिवेश र छरछिमेकमा फेरि आफुलाई निर्धक्क हराउने डुबाउने दिनका निमित्त फर्कने ! यसमा पनि त आनन्द छ अझ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाघमारेको लालसलाम

~प्रदीप नेपाल~ यो कथा हो राजारानी गाउँको। राजारानी गाउँ धनकुटामा पर्छ। यो कथा हो क्षेत्रजङ्ग आङबोहाङको। क्षेत्रजङ्ग एउटा ठूलो ज्यान र फराकिलो छाति भएको मान्छे हो। यो कथा हो क्षेत्रजङ्गको सौर्यको, उसको पौरखको। यो कथा हो कसैले कल्पना समेत नगरेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घामको राप

~प्रदीप नेपाल~ “नमस्कार, चिन्नु भो?” कंचनराज गिरीले आफ्नो अघिल्तिर उभिएका डेढ दर्जन केटाकेटीलाई पालैपालो नियालेर हेरे। अहं, उनले कुनै अनुहारलाई पनि चिनेका थिएनन्। कंचनराज गिरी भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए। २०४१ सालमा भृकुटी स्कूल भनेर गाउँले पारामा बोलाइने भृकुटी प्राथमिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम पत्र

~टङ्क भट्टराई~ प्रिय, प्रेम भन्ने वस्तु, कति अनौठो र अनन्त रहेछ । नचाहँदा(नचाहँदै पनि प्रेम अचानक भइदिन्छ । चाहँदा(चाहँदै पनि प्रेम अचानक टुटिदिन्छ । यो कस्तो संयोग हो म ठम्याउँदिन । दुई हृदयबीचको यो कस्तो मिलन बिन्दु हो म चाल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~जलेश्वरी श्रेष्ठ~ आज मेरी छोरी अञ्जुलीको विवाहको कुरा छिन्ने दिन, हामी आमा छोरी बिहानदेखि नै उत्साहित भइरहेछौं । विवाह गर्ने विराटनगरतिरका केटा दीपक, उसका आमाबुबा र मामामाइजू आउने कुरा थियो । दीपक र अञ्जुली रुसमा सँगै इन्जिनियर पढ्थे र त्यतिबेलादेखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~लक्ष्मी पौडेल~ बगैंचा विछट्टको राम्रो छ । हरेक जातका फूलहरू छन् । फूलै फूलले बगैंचा ढकमक्क ढाकेको छ । म फूलबारीमा हराइरहेकी छु । चराहरू कराइरहेका छन् । भर्खर घामका रापिला किरणहरू बगैंचामा पर्दैछन् । म प्रफुल्लित छु । मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment