Tag Archives: नेपाली कविता

कविता : अतीत र वर्तमान

~नीरा शर्मा~ म सानो छँदा चुल्हाहरूमा आगो बलेर कसौँडीहरूमा भात पाक्दथ्यो ममतामयी आमाको काखमा नि द्राले स्वप्निल रात माग्थ्यो, कुलोहरूमा पानी बग्दा खेतहरूमा धान झुल्थे धानसँगै मन झुल्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : साँचै यस्तो भई दिए त !

~तोयानाथ पौडेल~ साँचै साँचै सपना सपनै भईदिए कल्पना वास्तविकता नै भईदिए सफलताको चरम चुलि चुम्न बेर लाग्दैनथ्यो होला टाढाको वात् गर्न पुलिन्दा चाहिँदैनथ्यो होला

Posted in कविता | Tagged | Leave a comment

कविता : बादल

~शरद पोख्रेल~ बादल लाग्नु बादलले छोप्नु अँध्यारो हुनु। ए मान्छे किन तिम्रो गुनासो ममाथि रहिरह्यो यी कुरामा ? तर आज उभियो मेरो छायाँमा एउटा एक्लो मुसाफिर र प्रेमले घुट्क्याइरह्यो मेरो सुन्दरता

Posted in कविता | Tagged | Leave a comment

कविता : हामीलाई शान्ति देऊ

~कृष्णप्रसाद पराजुली~ हिमाललाई काखमा बोक्ने यस धर्तीमा म त मनको भाषा बोल्ने मानिस हुँ अरू के भनूँ खै मनकै भाषामा भन्छु- देशलाई उठाउँछु भन्ने ए कर्ण्र्ाारहरू हो ! तिमी बाहिर आन्दोलित हौला हाम्रो त मन नै आन्दोलित छ म करजोडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म हेरिरहेछु जराहरू

~मोहन दुवाल~ माटोलाई मनमा भिजाउँदै तलतल र्सर्दै जाने स्वभावले जराहरू कसैले नदेख्ने गरी आफूलाई मिलाउँदै गर्छन्- माटो सँगसँगै उनीभित्रका मनहरू । पानीका बुँदहरूको सहारा खोज्दै पानीसँगै घुलमिल गर्ने यिनको बानीले जराहरू पानीलाई आफू नदेखाउने गरी

Posted in कविता | Tagged | Leave a comment

कविता : म सबलाई सोध्छु,पैसाले किन पुग्दैन ?

~विकास गोतामे~ बिहान राम्रो उज्यालो हुनै नपाई कमानको घण्टीले क्वाँ… गरेर डाकेपछी घुम र टोकरी लिएर गएका बाबु र आमा अहिले ठूलो साँझ परिसक्दा पनि फर्केका छैनन् । बहिनी भोकले रूँदा रूँदै निदाई ! चिया-गाछितर साँपहरू निस्कन्छन् साह्रै डर लाग्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको खोजी

~जीवनाथ धमला~ नीलो आकाशमुनि चिसो हुरी बहँदै थियो आँगनमा/धुरीमा र फूलहरूमा, घाम डुबिसकेपछि बाँकी रहेको अलिकति उज्यालो आकाश देखेर त्यही उज्यालो छुन उड्दै थिए केही पक्षीहरू, मलाई लाग्यो— “डुब्न आँटेको उज्यालो छुन पुग्छन्/पुग्दैनन् तिनीहरू । उनीहरूको अभिलाषा साकार बनिदिए हुन्थ्यो” … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द र विद्यार्थी

~रमेश निरौला ‘असभव रमु’~ उत्कर्षमा पुग्ने उत्कृष्ट अभिलाषा लिएर कलिला अंकुरहरु भविष्य उज्जवल बनाउनका खातिर विद्यार्थी भएर अभिभावकको लालन पालनमा परित्यक्तता दिएर टाढिई रहेछन् तर

Posted in कविता | Tagged | Leave a comment

कविता : सबै आमाहरुबाट बुद्ध जन्मनु पर्दछ

~पुण्य चौंलागाई~ सबै छांगाहरुवाट रगत्को भल वग्दछ कसोरी यो पृथ्वीले भार् उठाउन सक्दछ ? प्रकृतीले रोइ रोइ यही आह्वान गर्दछ सबै आमाहरुबाट बुद्ध जन्मनु पर्दछ । प्रकृतीले रसधारा बहाउंछिन् जहिं तहिं आफ्ना संतानहरुले मिलिजुलि पिउन् भनी

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच्ने आधारः तिमी

~निराजन बतास~ मेरो अबोध मर्मको अकल्पनीय उचाई नाघ्दै आफनो बुताले भ्याएको शिल्प चातुर्य झिकेर गयौ तिमी मेरो भविष्यमाथि औलो ठड्याउदै बर्तमानलाई लुड्याउदै भूतलाई उसै गरी जगायौ र

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृतिको पाठेघर

~हरि नेपाल~ उदायो नभमा उज्यालो थियो दिनरात कालो मैलो फक्रिए पूmलको मञ्जरी जो खुम्ची बसेका थिए अघि प्रकृतिकै पाठेघरमा किन वेदना भई बस्दछु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्धकार

~आनन्द सन्तोषी राई~ घाम अस्ताएर अध्ँयारो जस्तो उज्यालो छोपिएर अन्धार गाउँ वस्ती बजार सबैतिर निस्पट्ट भईसक्यो अन्धकार निशाचरहरु रमाउन थाले मुसाहरु दुलोबाहिर आएकाछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष जागरण

~सरस्वती न्यौपाने~ नौलो सृष्टि रुलाउँने जीवनका जोवानीका वासना मैलो प्रेम चखाउाने कुसुमका माला गुथी गाथमा पहाडी बनका प्रगाढ चुुचुरा छायाँ छहारी कला गैरीखेत सुरम्य सितल कसी ए लै लै बोल्ने गला हाम्रै संस्कृतिका चिना र सुतिका दौरा र चौवन्दीमा अल्झेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अजम्बरी उपहार

~रेवतराम बरुवाल~ नयाँ वर्षको उपमा पाएर अन्धकारको किल्ला नाघेर पूर्व क्षतिबाट उदाएको नयाँ साल, मंगलदिप बालेर फूल अबीर पानी घडामा धूप बास्ना देखेर अटालीमा बसी परेवा धुर्न लाग्दा यहि शुभ साईतको मौकामा मेरो स्वाभिमानी साथीलाई बाड्नु छ एउटा विशेष उपहार

Posted in कविता | Tagged | Leave a comment

कविता : धनकुटा

~कृष्णप्रसाद शर्मा वस्ती~ बग्छन् अनेक जल शीतल पूर्ण खोला, धारा कुवा र जरुवा त गनिन्न होला । पैंतीस गाउँ अहिले गनिने यहाँ छन्, भिन्नै छ यो नगर एक पहाडको झन् ।।१।। गौंडा भनी धनकुटा पहिले चिनिन्थ्यो, सामान घेर कपडा मसला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो प्यारो मेरो लोभ

~मोहन कोइराला~ छुटेको साथीलाई जसले पहिले माया जोर्‍यो, हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो, निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो, कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो- भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो, ए प्रशस्त छातीले सुसेल्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जङ्गबहादुर र समय-२

~रोशन सुवेदी~ एउटा जङ्गबहादुरको मुत्यु हुन नपाई अर्को जङ्ग बहादुरको जन्मन्छन् थाहा छैन् जङ्गबहादुरहरूको आगमन कहिलेसम्म भईरहन्छ – इतिहासका कोर्राहरूको डाम अझै छातीमा मेटिएका छैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक

~नकुल सिलवाल~ गरौं त गरौं आत्महत्या नै गरौं – आनन्द हुन्छ तिमीलाई भने किन बाँचिरहौं त र्व्यर्थ ! झट्ट समाचार सुन्दा आर्श्चर्य लाग्ला ! त्यसपछि बिस्तारै ‘ – जसरी नयाँ कुलोमा पानी प्रवाहित हुन्छ- प्रथमपटक ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना-१

~स्वप्निल स्मृति~ संसारमा सबैभन्दा सुन्दर सपना हुन्छ र सपना देख्ने आँखाहरु सबैभन्दा भाग्यमानी हुन्छन् भिंडहरु छिचोलेर दादागिरी भिंडहरु सपनाकै पछि… पछि… दगुरिरहेछन् स्टेसनबाट राजमार्ग गुड्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै चश्मा

~श्यामल~ हेराइ हराएर अल्मलिइरहेको म कसले खोस्यो मेरो दृष्टि कसले फे-यो मेरै सामुको सृष्टि हँ – चश्मा फुकाल्छु – नयन छ,दृष्टि छैन पदार्थ छ,चेतना छैन कसले लगाइदियो आँखामा पट्टी

Posted in कविता | Tagged | Leave a comment

कविता : काम्यो लुगलुग त्यो

~भीमनिधि तिवारी~ मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो, छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो, जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो, काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!! टोपी सिर्फ छ नाम मात्र शिरमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दुक

~विजय सुब्बा~ मलाई यौटा बन्दुक देऊ मलाई अहिले भोक छैन मान्छेको मृत्युमा किञ्चित् शोक छैन मलाई मात्र घृणा छ मान्छेको मौनताप्रति शिर काटेर झरिसक्ता पनि मान्छे आवरणमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सिमलको नाङ्गो हाँगा

~विमला तुम्खेवा~ धेरै बर्षअगाडि हाम्रो प्रेम साटिएको फलैँचा त्यसरी नै ठिङ्ग उभिएको थियो बाटो छेउमा लहरै उभिएको सिमलको रुखमा चैत – त्सरी नै नांगीएको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : असम्भव प्रयासहरु

~गीता सन्ताप ~ चित्रकार हुदो हुँ त मेरो लुटिएको अस्मिताको चित्र आफै कोरिदिन्थे म खुल्ला परिवेशमा स्वतन्त्र गुन्गुनाउन सक्दो हुँ त मेरो लुटिएको परिवेशको गीत गाइदिन्थे म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मानिसको पयर

~इश्वर वल्लभ~ आकाश मात्रै नहेर धरती पनि हेर्नुपर्छ धरतीले मानिसलाई सारै माया गर्छ जति नै तारा आकाशमा छन् त्यति नै थोपा यहाँ पानी पर्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो अनुहारको ऐना

~चंकी श्रेष्ठ~ तिम्रो अनुहारको ऐनामा मान्छेहरू हेरिरहेछन् यो देशको अनुहार । चर्किएको, भत्किएको ऐनामा देखिन्छ हरेक वस्तु टुक्रा-टुक्रा

Posted in कविता | Tagged | Leave a comment

कविता : निरंकुश काठमाण्डु !

~विक्रम सुब्बा~ शंकाको पखेटा जोडेर चराहरू उडिरहेछन् अनगिन्ती तारा टाँगेको आकाश छपनीजस्तै घोप्टिएर धर्तीको सबथोक नियाली रहेछ किसिम-किसिमका जहाजहरु समुद्रपारीका दिमाग आयात गर्छन् जंगलभित्र लुकेर शीवपुरीको डाँडो

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्यटक

~नवराज सुब्बा~ पर्यटक ! आउन त आयौ घरैमा तर माफ गर अहिले हामी सडकबन्द चुलोबन्द गर्न ब्यस्त छौं तर्साउनेसित तर्सेर त्रस्त छौं अस्तब्यस्त छौं । कृपया हामीलाई दिनभर अघाउञ्जेल जुध्न देउ

Posted in कविता | Tagged | Leave a comment

कविता : पाइलाका निबहरूले

~मञ्जुल~ प्रकृति लेख्छिन् कविता भानका खेतका हरफहरूले रुखका लस्करहरूले पहाडका

Posted in कविता | Tagged | Leave a comment

कविता : ममको धरहरा, झोलको रानीपोखेरी

~शम्भु दङ्गाल ~ परलोक भएका ती भीमसेन थापा काजी हातमा प्लेट र काँटा बोकेर एक्कासि आए सपनामा र मागे धरहराको एक प्लेट मम उसरी नै आए सपनामा बोकेर ठूलो कचौरा र डाडु

Posted in कविता | Tagged | Leave a comment

कविता : चारूमतिको कथा

~मणि भट्टराई~ उसको नाम चारूमती थियो सबैले ‘फूलमाया’ ‘फूलमाया’ भन्न थालेपछि के लाग्थ्यो र ऊ एक्लैको? एकाएक चारूमति हराई गाउँबाट र फूलमाया देखापरी । फूलमाया साँच्चिकै फुल जस्तै थिई

Posted in कविता | Tagged | Leave a comment

कविता : लखनऊ

~दिनेश सुवेदी “विकल्प”~ एक साँझ सयर गर्दा लखनऊका गल्लीहरू मैले देखे एक नवयौवना लखनऊ भर्खर निद्रा परेका लठ्ठ आँखा उसका लखनऊका चिल्ला सडकका पेटीभरि यत्रतत्र छरिउका थिए अनि मैले सोधे

Posted in कविता | Tagged | Leave a comment