Tag Archives: नेपाली कविता

कविता : तिमीलाई सम्झँदा

~हरिवंश आचार्य~ तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे। कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।। हेरेर घडी, खुवाउँथे ओखती। त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु

~श्रवण मुकारुङ~ आँसु नआउँदै– तस्वीर आउँछ आँसु पलाउँदा– सम्झना झाँगिन्छ÷क्षितिज धमिलिन्छ आँसु झर्दा– आँखामा खस्छ÷बालक चलमलाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : के देख्छन् उनीहरु

~जनक शर्मा लामिछाने~ दृष्टिसहितका आंखाहरु नभै दिएका भए त्यहां जहां उनीहरु छन् दुलादुला खोजेर, पहिल्याएर डुडेलो घुसार्न कसरी सक्थे ? जब शक्ति के आउंछ हातमा मदोन्मक्त हुंदै देवदुत सम्झंदै आफुलाई बर्बराउन किन सक्थे ? महावाणि, आश्वासन र प्रतिबद्धताहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : शङ्खधुनी सँगै बज्न थाल्यो

~राज थापा~ शङ्खधुनी सँगै बज्न थाल्यो मन्दिरमा घण्ट धुप ,दिप मग्मगाउने बासना मन्दिर वरपर ! भजन,किर्तन भइेरहेछ हार्मोनियमको तालमा भक्तजनको लाम लस्कर मन्दिर परिसरमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि मित्र

~ओमप्रसाद घायल~ अस्ति भर्खर जस्तो लाग्छ तिमीले कविता लेख्न थालेको साहित्यको खुल्ला बजारमा फेरि पनि लोकापर्ण गरेछौ अर्को नयाँ किताव

Posted in कविता | Tagged | Leave a comment

छोक : शहरमा रात

~आभास~ कुकुरको एकनासे भुकाइ प्वाल पारिरहेछ मथिँगल किथ्राको किर्किर् झमझमाइरहेछ रक्सीको नशा झैँ विजुलीको तारमा बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : म बुझ्दिन

~नदीश~ हिजो, हिड्थेँ म पाँच घण्टा मेरो छिमेकमा साइनो गाँस्न आज, छिमेकी हिँड्छ पाँच मिनेट मसँग साइनो गाँस्न म बुझ्दिन कतै पृथ्वी साँघुरिदै त छैन ? हिजो, शान्ति क्षेत्र घोषित थिए बस्ती र सुनसान सन्नाटा थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : पलहरु र वास्तविकता

~विद्या सापकोटा~ उसका ती सजल नेत्र आकर्षक/मायालु अनुहार अनि आद्र ओंठहरुले गरिरहे निरन्तर आमन्त्रण ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : एकै बगैंचाको दुई गुलाफ

~विद्या सापकोटा~ चौघेरो उही काख-पोल्टो एउटै अथाह प्रेम र स्नेहबीच रगमगाउँदैं/खितखिताउँदैं

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्मी तिम्रो अभाव नखट्कियोस

~हरि शर्मा~ रंगी बिरंगी दीप्त उज्यालो झलमल लक्ष्मी पूजाको त्यो साँझ् प्रसब पिडामा छट्पटाई रहेकी माता अमर राज्यलक्ष्मी आज् घर घरमा हुँदै थियो रमझम लक्ष्मीको पूजा पाठ ताहाँ पैदा भए एक वालक सोही घडी हलचल मच्चाई यहाँ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : गगन भरमा झल्मल बन

~अनन्तगोपाल रिसाल~ मूना ती विचरी मरिन्,मदन त्यो, मर्दैन तिम्रो छवी नेपाली अब सोच है अमरता, भाषा छ यो सूरभी | पागल् झैँ,पुतली,लुनी,सुन-विहान्,सीता-हरण्,कुन्जिनी शाकुन्तल् र सुलोचना,बन-कुसुम्,राणा-प्रतापी तिमी |१|

Posted in कविता | Tagged | Leave a comment

छोक : भेट

~शिव प्रसाद सत्याल ‘पीठ’~ विख्यात सहरको यौटा छिंडीमा सभा गर्न मानिसहरू मानिस कुर्दै थिए म फुत्त छिरें, यौटी पूर्वपरिचिताले झट्ट अंगालो मारिन् काँधमा काँध, जाँघमा जाँघ मिलाएर टाँसिइन्

Posted in कविता | Tagged | Leave a comment

हास्य छोक : हिन्दी पो सप्रियो

~विनोद रोका~ आमाले भन्नु भो, अमेरिका गएस धेरै डलर कमाई, ठूलो मानिस भएस यो गाऊँको बास, शहरमा सारौला इंगलीसमा बोलेर, सबका इख मारौला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : श्रद्धान्जली

~ज्योति पौडेल~ अस्तायो सूर्य, अध्यारो छायो नेपाली मनमा | गहिरो क्षति हुन गो अब नेपाली धनमा || ज्ञानका धनी मनका गुनी उपमा के के दिउँ | राष्ट्रलाई हाक्ने बरिष्ठ नेता तिमीलाई कहाँ पाउँ ||

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : सुनको डुंगा

~रवीन्द्रनाथ टैगोर~ अनुवादक : ज्योति पौडेल बादल गर्जिरहेछ, घनघोर पानी परिरहेछ, नदी किनारमा एक्लै छु, मन साह्रै उदास छ, बिटाका बिटा धान काटिसकिएको छ, नदीको भेल डरलाग्दो गरी उर्लँदै छ, धान काट्ता काट्तै पानी अझै बर्सिंदै छ ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : म धेरै चोटि दुख्छु

~गीता कार्की~ डाँडाबाट उक्लेर जून सर्वत्र फैलिनु यदि उसको नैसर्गिकता हो भने किन आज जूनको दृष्टि छैन किन आफ्नै किरणको न्यानोले सेकेका औँलाहरूबाट फोरिन्छ जूनको आँखा के उनी बोक्सी नै हुन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : खुशी साट्न पाए हुन्थ्यो

~इन्दिरा चाम्लिङ्ग~ सुनसान अँधेरी रातमा जूनको उज्यालो बोकेर आयो कोही जलि रहेंथे भित्र-भित्रै शितल पवन बनेर आयो कोहि, निश्चल एउटा पोखरीमा बिस्तारित तरङ्ग बनेर आयो कोही

Posted in कविता | Tagged | Leave a comment

कविता : बलेवाका मामा

~होमनाथ सुवेदी~ बलेवाका मामा दमकभरका पण्डित ठुला थियौ ज्ञानी ध्यानी वदन रसिला दन्त सुकिला यता आऊ च्याप्छौं स्मृतिपटलमा मातुल-कला छ यो वाचा आमा ! भनिदिनुन है ठाउँ छ खुला ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि र जिम्मेवारी

~कृशु क्षेत्री~ कवि जंगलमा कविता लेख्न एक्लै टोलाइरहेको छ कविकै छेउमा उफ्रदैं खेलिरहेको छ भरखरै जन्मेको मृगको बच्चा …

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँको वर्षा

~गोपी कृष्ण प्रसाई~ बर्लिन शहर यतिखेर हाँसिरहेको छ बर्सेको हिउँ देखेर यान्त्रिक पीडाले थिचिएको शहर मन हलुङ्गो पार्दैछ हिउँका कविता लेखेर,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले हेरेको क्षण

~आभास~ तिमीले हेरेको क्षण मलाई मौनता मनपर्छ मौनता सिर्जनाको प्रस्थान विन्दु यहीँबाट सुन्दर सँगीतको प्रारम्भ हुन्छ मौनता

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवानहरु बिक्रिमा छन

~प्रकाश नेपाल~ बगरमा गिट्टीहरु फोर्दै अचानक उसले भगवान सम्झ्यो र मन्दिरहरुमा फूल चढायो | चढाउदै गयो फूलपाती, गर्दै गयो आरती र थाक्यो – भित्र भित्रै | र फेरी फोर्न थाल्यो गिट्टीहरु बगरमा |

Posted in कविता | Tagged | Leave a comment

कविता : तुरुन्त शहीद घोषणा गर

~प्रकाश नेपाल~ उहा हुनुहुन्थ्यो – महान एक होनहार हुनुहुन्थ्यो – नभा ‘नि बिबेक सानो झगडामा पर्नु भो हानाहान गर्दा मर्नु भो मान्नु हुन्थेन कसैको डर सरकार – शहीद घोषणा गर |

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्तली आत्माहत्या गरी

~प्रकाश नेपाल~ गाउँमा हल्ला फैलियो – ‘सुन्तली आत्महत्या गरी’ कोहि भन्थे – ‘बिचरी अकाल मै मरी’ कोहि भन्थे – ‘सुन्तली दुखमा मरी’ खोइ उ कसरी मरी सुन्तली आत्महत्या गरी |

Posted in कविता | Tagged | Leave a comment

कविता : हामीले भगवान श्रीकृष्ण भएर जानुपर्छ

~शरद निरोला~ अस्वीकृत मान्यताहरुको मापदण्डमा खारिएर अविवेकी अवमूल्यनमा पछारिएका श्रस्टा र संरचनाको चक्रब्यूहमा फँसेर भीष्म-पीतामहको जनै भिरेका हाम्रा यी नेताहरुले मेरो देश बेपत्ता पार्न लागिसके

Posted in कविता | Tagged | Leave a comment

कविता : किन आयौ अमेरिका?

~शरद निरोला~ के के न पाउँला भनी अमेरिका आयौ बाबु-बराजेले नखाएको मसालेदार गोता खायौ आउन त आयौ सबै कुरा छोडेर आफ्नो स्वाभिमान आफ्नो वर्चस्व सबै गुमायौ

Posted in कविता | Tagged | Leave a comment

कविता : दिशाहिन गन्तब्य

~शरद निरोला~ अचेल निकै दिन भयो विरक्तिले ग्वाम्लाङ्ग छोपेको छ शरीरका प्रत्येक स्नायूहरु स्पन्दनहीन भएर लोलाएका छन् यस्तो लाग्छ मानौ मस्तिष्कमा केवल शून्यताको मात्र वास छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भनेर फाइदा छैन

~शरद निरोला~ भन्न थाल्यो भने किन भनिस भनेर भन्छन बोल्न खोज्यो भने किन बोलिस भनेर रोक्छन नभनुँ त मुख चिलाएर चौपट्ट छ भन्दा बढ्ता हुन्छस तँ ? भनेर ठोक्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : सगरमाथा हाँसिरहेछ

~शरद निरोला~ बीस बर्ष अघिको नेपाल सम्झेर त्यति नै बर्ष अघिको काठमाडौंलाई गुनेर आज त्यही नेपाललाई अनिमेष हेर्दा त्यही काठमाडौंलाई नियालेर हेर्दा सगरमाथा किन हो मरिमरी हाँसिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : केशराशिले झटारो हान्दा

~शरद निरोला~ पानीले लतक्क भिजेको केशराशिले जब मतिर एक्कासी झटारो हान्छ्यौ उछिट्टिएर मतिर दौडेका ती सहस्र जलबिन्दुहरुमा आत्मसात भै म निथ्रुक्क हुन्छु अनायासै बादल बिनाको आकाशमा गर्जन सुन्छु बिना मौसममैं पनि बर्षाको अनुभूति पाउँछु

Posted in कविता | Tagged | Leave a comment

कविता : नाईन्टि नाईन को कन्धनी

~शरद निरोला~ हलो हलो के कसो छ मेरो पसलमा आउनोस् सेलै सेल छ तपाईंको साह्रै हार्दिक स्वागत छ तपाई जस्तो ग्राहक पाउनु मेरालागी क्या बात छ ।

Posted in कविता | Tagged | Leave a comment

कबिता : संध्या

~उद्धव सिलवाल~ चक, डस्टर र कालो पाटी अनी उही उत्ताउला बसन्ती युवाहरुसङ्गको सङ्सर्ग जीवनका संध्याकालीन एक्ला रातहरु पल पल थाहा छैन किन उमङ्ग छर्न खोज्छन ?

Posted in कविता | Tagged | Leave a comment