Tag Archives: नेपाली कविता

कविता : काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन

~कृष्णभुषण बल~ काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सकदैन काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन । नाघ्नुपर्छ पैतालाहरुले अब भन्ज्याङहरु टेक्नुपर्छ आँखाहरुले अब सारा पहाडहरु उड्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु ज्वालामुखीभैंm फुट्नुपर्छ अब यो पिढीका स्वरहरु छाम्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रोइरहेछ मेरो देश

~प्रवीण खड्का~ हिजो जस्तै, बिहानै सूर्य उदायो । दिनहरु निरन्तर बितिरहे घाम र जुन बनेर | समय घुमिनै रह्यो आफ्नै रफ्तारमा। तर,

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यृलाई जितेकी छु

~रिना बम्जन ‘तमाङ’~ शालीन धर्तीमाता जब, अचानक थर्थराउदै काँप्न थाल्छन् अनि सृष्टि र सिर्जना निमेषमै भताभुङ्ग भएर भग्नावशेषमा परिणत हुन्छ र, कायल बन्छ धरमर बाँकी अंशहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाजे यो मादल बजाऊ त …

~धनबहादुर मगर~ त्यो मादल बाजेले बजाउदा मजाले घन्कनथ्यो आज मैले बजाउदा किन रुन्छ हँ सयपत्रीको रंगसंग खेल्दाखेल्दै कहिले पोल्टोबाट हराएछ बोजुको त्यो मिठो मुस्कान अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरलाई सुझाव

~सीमा आभास~ पूर्खाले बनाएका छाना आगो जोरेका अँगेना धान गहुँ फल्ने खेतका आली आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली जति रिस उठे पनि नभत्काएस् ईश्वर ! ए ईश्वर ! तँलाई पनि थाहा छैन कसले ? किन ? कुन दिन ? कति बजे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : गुरुआमा

~ईश्वर थोकर~ १. भर्खँरै त्यो तिम्रो उज्यालो अनुहार ठम्याउन नसके पनि तिम्रो त्यो माया आमा माया त ठम्याउन सकेँ नि !

Posted in कविता | Tagged | Leave a comment

कविता : तेश्रो कथा

~दाजु गुरुङ~ भ्रममा परे प्रिय ! यो रातो भुण्टेहरुको जुलुसमा यतिका दिनहरु देखि हराईरहेछ्यौ कहाँ खोजौ ? कस्लाई सोधौ ? तर नौलो त होईन यो जुलुस वन्द हडताल धर्ना आगजनी तोड्ने फोड्ने सँस्कार गर्भमा सिकेर गौरान्वित नैै हौली भनेर ढुक्क … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय धरहरा तिमी बिना

~राकेश कार्की~ प्रत्येक चाहनाको आँखामा अल्झिरहन्थ्यो तिम्रो पिरती प्रिय धरहरा तिमी बिना हाय शून्य छ यो धरती हातहरू तिमीलाई सुम्सुमाउदै तिम्रो टुक्रा टुक्रा अङ्ग अङ्ग के स्वदेशी के विदेशी पर्यटक तिमी सबैको मुटुको कुनासङ्ग

Posted in कविता | Tagged | Leave a comment

कविता : नूरलाई अन्तिम प्रेमपत्र

~दीलिप रार्इ सगर~ प्रीय फूल नूर ! म फाँसी चढ्न जाँदैछु तिमीलाई प्रेम गरेको आरोपमा । यो मेरो मृत्युको अन्तिम घडिमा सम्झन्दैछु ती सुनौला दिनहरु/ रँगिला क्षणहरु जो तिमीसित यो अरबको पबित्रभूमिमा बिताएथेँ/ बसेथेँ जो तिमीसंग यो मरुभूमिमा प्रेमको हरियाली … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : ईबोला सरकार

~मौलश्री लिम्बू~ सरकार ! सबैभन्दा पहिले मेरो खुट्टा भाँची देउ ताकी म, आन्दोलनमा सरिक हुन नसकुँ समानताको लस्करमा देखा नपरुँ विभेद विरुद्धको मोर्चामा उफ्रन नसकुँ परिवर्तनको बाटोमा कदम चाल्न नसकुँ तिम्रो लाठीचार्ज र गोलिवर्षाबाट भाग्न नसकुँ सरकार ! चित्त नबुझेमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरा, घर त गयो

~रूपेश श्रेष्ठ~ एउटा सनकी भुईंचालोले बेस्मारी हल्लाएपछि बल्ल आँगनमा झर्नु भो बा । आँगनमा झरिसक्दा बा’को सातो पनि झर्यो झाँको पनि झर्यो अनि झरे घरका भित्ताहरु, झ्याल ढोकाका खापा-चौकोसहरु खाँबा र दलिनहरु झिंगटीको छानो र टुँडालहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षितिज : जहाँ हाम्रो भेट हुनुपथ्र्यो

~डा. मधु माधुर्य~ परेलीभरि उठाउँदै छाल आउँछन् सपनीहरु आशाको बोक्दै सुन्दर उपहार आउँछन् विपनीहरु न आयौ तिमी हरियाली याममा, जब पूmल फुल्दछ न आयौ तिमी जूनेली रातमा, जब जून खुल्दछ यात्राको लामो अन्तरालमा संगै भोगेका आरोह अवरोहहरु जीवनका गाथा कथाहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : अदृश्य सिक्री

~भ्लादीमिर सोलोभ्योभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. अदृश्य सिक्रीले हामी बाँधियौं कि जुनीभर, सके किनारमा अर्कै लोकको पो कतैतिर । घुम्नै पर्दछ हामीले स्वयं बन्धनमा परी, कोरेथ्यो विधिले हाम्रै निम्ति जो चक्र हर्घडी ।।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : मृत्यु र नियति

~राजन काफ्ले~ अचानक निर्दोषहरुको शास पुलको धरापमा गएर अड्कियो दर्जनौं जीवनका सपनाहरु बारुदको धुवाँ भित्र बिलाए अंगहरु चोइटिए, उछिट्टिए केहि जलेर खरानी बने केहि डढेर कक्रक्क परे सुख्खा नदिको बालुवामा जब आधा गढेको लाशलाई देखेर आश्चर्य चकित कालले सोध्छ के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संगीतमय क्षण

~डा. जंगब चौहान~ झ्यालमा आएर बसेको छ नीलो जून र कोही आएर सुस्तरी बोलिरहेछ “ए, उठ न !” झ्यालमा जून आएर बसेको छ नीलो जून झ्यालमा आएर … सपनी ओढेर निदाएको म बज्न खोजेछु अचानक एउटा अपरिचित धूनमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना हरू को मलामी

~दिल निशानी मगर~ तीम्रो एउटा-‘आदेश’ मा हजार मरेको रात, अनी तीम्रो एउटा ‘सपना’ को लागी टूहूरा-टूहूरी को साथ कती चाडो-भूल्यौ तीमीले बीधूवा को रीत्तो-‘सीउडो’ र भरी-भरी ‘सपना’ |

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो आवाज मन्द छ तर सत्य छ

~दिप्स शाह~ च्यातेर झन्डा लगौँटी लगाउनेहरु हो!! झण्डाले लाज ढाक्तैन कसैगरी टांगमुनी अल्झिनुको बिवशतामा ऊ त आँफैँ लाजले सिङ्गो युग रुन्छ रुवाउँछ नबिर्स! झन्डा हातमै उचालिनुपर्छ अनी पो गर्बले फहराउँछ ऊ हाँस्छ र सबैलाई सुहाउँछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ​रङ विरुद्ध एउटा क्यानभास

~भावना शर्मा~ बुढो चित्रकार बरालिएका कुर्चीले पोतिरहन्छ म मा कहिले रंगिन कहिले रंगहीन आकृतिहरु… म क्यानभास रंगहरुको आवेग सहन विवश ! विचलित छु छिनछिनमा बदलिइरहने रङहरुले अशान्त छु सोच्दैछु, आज बहिस्कार गरुँ यो कोलाज ! असाध्यै रिस उठेको छ यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो र हाम्रो संसार

~कृष्ण सेन ‘इच्छुक’ ~ बिल्कुल फरक छ तिम्रो र हाम्रो संसार जसरी बिहान र साँझमा फरक छ जसरी दिन र रातमा फरक छ जसरी उज्यालो र अँध्यारोमा फरक छ सुखले भरिएको तिम्रो सम्रिद्धीको संसार र दु:खले भरिएको हाम्रो गरीबीको संसार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिन्न साथ

~परिता राजभण्डारी~ मेरो सपनाको संसारमा, तिम्रो आगमन को अनुभुति मात्रले नाचिदिन्थ्यो मेरो मन मयुर झैं, तिम्रो स्पर्शको कल्पना मात्रले। 2 बिपनमा मेरा यि प्यासी नयनहरु, तिमीलाई खोज्दै यताउता नाची रहेका हुन्थे अनि मेरा यि दुई पाउहरु अनायासै, तिम्रो छांया तिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको बैंश

~स्वामी सुभाष चन्द्र~ माथी सगरमाथा देखी, बिस्तारै सुसाउँदै आएको, मानौ मेरो लागी केही ल्याउँदै छ । एक मनले त भन्छ, कतै कोयेलीको सुमधुर आवाज त हैन..?

Posted in कविता | Tagged | 1 Comment

कविता : सपनाकी परी

~अमृत खनाल~ भावमञ्जरी भित्र सम्झनाका विस्तरा लगाएर निद्रेश्वरी देवको पर्खाइमा घरि दायाँ घरि बायाँ गरि कोल्टे फेरी निदाउछु म तेही मदहोस भएको मौका छोपी तिमी मेरो सपनीमा आउछौ अनेकौं भेष अनेकौं चाल अनेक -अनेक दिनमा ए मेरी सपनी कि परि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले बाँचेको आक्रान्त युग

~सुरज सोडारी ‘अज्ञात’~ मैले बाँचेको युग जहाँ, गर्भिणिँले हस्पिटलको साटोमा पानी पँधेरो , मेला-पातमा गर्बशाया गर्छिन् पहाडको बैंश अरब मलायामा सेताम्मे फुल्छ रातो पासपोर्ट लिएर उडेको मदनको भेट मुना संग अन्तिम चोटि त्रीभुवान बिमानास्थलबाट ओर्लिएपछि सिधै डाइसेक्सन रुममा डि.एन.ए र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालीका पीडा

~रामप्रसाद पोखरेल~ युवा युवतीहरु अबता, देखिन छाड्यौं यहाँ, छैन सीपको मान अहिले, बसेर के गर्नु त। शिक्षा दिक्षा दिएर जगत्मा,आँखा उघारी दियौ, आमा बा सज्जन गुरुहरु,श्रमलाई बिदेसियौँ।। (१) छैन शान्ति सुशासन यहाँ,भरोसा कस्को छर, पिठयूँ फर्काउँछ बन्धू जहाँ, पराया हुन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यस पृथ्वीको अन्तिम सपना

~बलदेव भट्ट “बिहानी”~ आकाशमा सुर्य उदाउनु बिहान हुनुको संकेत हो, जीवनको पाठशालामा साँझहरु कष्टको अवधि तौलिदै असंख्य वियोग संगालेर सुर्यास्त सम्म इश्वरका ककटेल सन्देशहरु मातेको बिहान लाइ सुनाउन बस्छन !! पानि माथि लेखिएका स्वर्गका चित्रहरु लिएर पानिको मलिलो छाति बस्तिहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनि लजाउनु है !

~डम्बर पौडेल~ मैले लेखे एउटा गीत , तिमी गाउछौं भने मैले खोपे एउटा प्रित , तिमी लाउछौ भने सुसेलीले बोलाउछु , तिमी बुझ है माया राखि भिजाई दिन्छु ,अनि रुझ है | सम्झनाका तरेलीमा , तिमीले खोज्यौं भने पिरतीको फुलबारीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म भित्र प्रेम खोज

~ओनिक अज्ञात~ म भित्र प्रेम खोज, थोरै हैन, प्रशस्त भेटाउँछौ ! म भित्र सुन्दरता खोज, ढुंङ्गा हैन, फूलहरू भटाउँछौ !! रूप रंग होइन, साँस फेर्न हावा चाहिन्छ, जुन अदृश्य छ ! नाता मात्र हैन, जूनी काट्न माया चाहिन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो मुनिका फूलहरु

~कृष्ण बिश्वकर्मा~ अन्धकारको साम्राज्य बढेर पो हो कि ! अध्यारा ओडारहरु बाटो मुनिका बगानहरु अनि गल्ली , खोल्सा, कन्दराहरु र समग्र जंगलहरुमा अचेल, भेटिएनन् दिप्त जुनकिरीहरु परभक्षी बिरुवाका जालमा पो परे कि ! कतै, आरक्षणहरुमा त कैद भएनन् आफै ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बा भन्नु हुन्थ्यो ..

~प्रविन खड्का~ एस्तो एउटा पल आउने छ हाम्रो जीवनमा हलचल आउनेछ बा भन्नु हुन्थ्यो धेरै पहिले देश बदलन बहुदल आउनेछ। दन दनी बलेको छ यो देश

Posted in कविता | Tagged | Leave a comment

कविता : बृद्धको बेदना

~राम प्रसाद पोखरेल~ आंखा हेर्दा तिरमिर भयो, कान भयो बहिरो, बोल्न खोज्दा लरबराउंछु, जिब्रो लटपटियो। शरिर गल्यो दाह्री बढ्यो, खौरनलाई गाह्रो, जन्मी हुर्की, खेली खाको, यही ठाउँ मलाई प्यारो।। (१) यताउति दौतरीलाई, उस्तै उस्तै देख्छु, मनको पीर वेदनालाई, उसैसंग पोख्छु। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्गम उँचाइमा फूलको आँधी

~मोमीला~ हिजो साँझ आगोको चहकमा आकर्षित मनले दुर्गम उचाइमा आत्महत्या गरेछ बुभ्mदा आगोसँग रिसाएको मनले पानीसँग सँझौता गर्न सकेनछ शँकै शँकामा मनको अधिक प्रिय फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : बज्रपात

~कृष्णप्रकाश श्रेष्ठ~ बज्रपात भयो कस्तो ? कस्तो दुर्घटना घट्यो ? मर्माहत भएका छौं, के लेख्नुपरिरैछ यो ?? नेपालीहरुले भोग्नु पर्यो संघात यो किन ? कल्पना गर्न नै गाह्रो कुरा यथार्थ भो किन ?

Posted in कविता | Tagged | Leave a comment