Tag Archives: नेपाली कविता

कविता : प्यारो-प्यारो तराई-मधेश !

~दीपक खनाल~ (१) प्यारो-प्यारो तराई-मधेश ! तिमीबिनाको देश सोच्न पनि म सक्दिन तिमीबिनाको भेष सम्झन पनि म सक्दिन तिमी छौ र त पहाड छ तिमी छौ र त हिमाल छ पहाड र हिमाल छ र त तिमी छौ तिमी, पहाड, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : विश्वासघाती

~निशान्त ढुंगाना~ उनी बेला-बेलामा आउने गर्छिन त्यही आफ्नो अनुपम सौन्दर्य साथमा लिएर त्यही आफ्नो मधुर , मिठो बोलि आफु संग लिएर अनि आँखा जुधाउन खोजछिन् आँसुले भरिएको मेरो आँखाहरु संग

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी मग्न हुने गछौं

~रमी श्रेष्ठ~ एकातिर टीकेहरु कलंकित निधार टल्काउँदै नजाने के कति सम्झौता कोसेली सुम्पेर अनावृत्त पर्दासंगै लिप्सा प्रदर्शनमा यहाँ नग्न हुने गर्छन् अर्कोतिर जूकेहरु पनि के कम टीका थाप्ने लाममा अधीर छटपटीसंगै

Posted in कविता | Tagged | Leave a comment

कविता : अभाव

~सुवास राई ‘राग’~ (एक) आधारभूत आवश्यकताहरुले जिन्दगीलाई जवरजस्ती बलत्कार गरेपछि गर्भिणी जिन्दगीले जन्माउछ थुप्रै निरोगि अभावहरु ओ ‘कवि ज्यू’ ब्राण्डेट आभावहरु उत्पादन गर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : म साँच्चै दया लाग्दो छु ?

~चेतन डर~ म साँच्चै दया लाग्दो छु ? मेरो साथीको नजरमा त्यस्तो लाग्छु रे ‘भविष्य बन्छ त आर्थिक सुध्रिन्छ त यदि हुन्छ भने तँ आफ्नै लक्ष्यमा निरन्तरता दे हैन् भने सोच

Posted in कविता | Tagged | Leave a comment

छोक : जीवन र मृत्यु

~निभा शाह~ मलाई जीवन पनि मन पर्छ मलाई मृत्यु पनि मन पर्छ मृत्यु छ र त जीवन छ जीवन छ र त मृत्यु छ तर म दुबैका विरुद्ध लड्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : म वेश्या

~नीभा शाह~ म वेश्यासंग त्यत्रो साहस कहाँ छ र हजूर ? शहीदको रगत मदीरा बनाएर घटघटी पिउने साहस ??? म वेश्यासंग त्यत्रो साहस कहाँ छ र हजूर शहीदको रगत पिएर फेरी जिउने साहस ???

Posted in कविता | Tagged | Leave a comment

कविता : छोइडुम

~केवल बिनावी~ फिँजाएर फलेकभरि… डिका कैंची चक र इन्चिटेप लिएर एक मुटुरो कपडा बा घोत्ली रहनुहुन्थ्यो आकारविहीन आकृतिहरूमा म सोच्थें सायद बा इन्जिनियर हुन् । ढल्कादै जाँदा बालापन म सोध्ने गर्थें बा किन छोइडुम खेल्दा म डुम बनेकै बखत खित्का … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जरसाहेबको कुकुर

~मीन बहादुर विष्ट~ बसन्तको पदचाप बज्नु हुदैन कहीँ हावाले सिठी बजाउँदै दगुर्नु पनि हुदैन नदीले यात्राका पैतालाहरु बगाउनु हुदैन कहीँ भालेले समयको सङ्केत पनि दिनु हुदैन । चराहरुको भावविमोहित सङ्गीत गुन्जनु हुदैन कहीँ केराको पातमा लोखर्के पनि नाच्नु हुँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : धोको

~यशोदा तिम्सिना~ एक समय यस्तो थियो, हामी सँगै जङ्गार तथ्यौं , उकाली चढ्थ्यौङ् र खुइय गथ्यौं सुसेली हाल्दै ओराली झथ्र्यौं बाधा बिघ्न र अड्चनको सामना साथै गरेथ्यौँ डाँडाकाँडा र पाखामा सँगै हिँडेथ्यौँ । एक–अर्कामा विश्वास हुँदा,

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिद

~विशाल परियार~ गयौ बढ्दै अघिअघि जनताका लागि प्रजातन्त्र शान्ति अनि स्वतन्त्रताका लागि जीवन भन्दा माथि राष्ट्रको शिर उठाई अन्यायको पर्दा च्यात्न जनताको बल जुटाई । न त ग-यौ प्रवाह गोलीको न त भाका भोलिको पन्छ्याउँदै बारहरु फलामेती तारहरु बैरी बिरुद्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अभिलाषा

~सागर तामाङ~ मेरो मनको आकाशबाट कतै खस्यो भने एउटा जून टिपेर चुल्ठोभरी सजाइदिनु, र जीवनको भूगोल हिँड्दा कतै आयो भने अँध्यारा बाटाहरु त्यै जूनसँग माँगेर हिँड्नु अलिकती उज्यालो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा तिमीलाई साष्टा· दण्डवत

~कृष्णभुषण बल~ आमाको नीलो गर्भबाट- यो माटोमा झरेको हुँ पहिलोपटक आमाको गर्भ छाड्दाको पीडाले- रोएको हुँ यही माटोमा पहिलोपटक सायद ताते छाडेर तङ्िग्रएर-

Posted in कविता | Tagged | Leave a comment

कविता : भात जोडौं कुरा भन्दा

~कन्चन~ भातको सिता सिता जोड्डा खाना बन्ने रैछ किन पाठशालामा जोडमा भातका सिता र घटाउमा मेरो गाँउको दु:ख नअटाएको कुरा ठुला गर्दा भात पाक्ने होईन रैछ मेरो चुलोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रुर शाषक बनोस् मेरो छोरी

~सीता सुबेदी~ म चाहन्छू मेरो छोरी, क्रुर शाषक बनोस् ।। समाजमा हत्या,हिंसा अंगाल्दै, नाङ्गो राजनिती गर्नेहरुमाथी।

Posted in कविता | Tagged | Leave a comment

कविता : खुले सहकारी

~राम प्रसाद पोखरेल~ गाउँ घरका टोलटोलमा, खुले सहकारी लाखा पाखा नलगाई , दिन्छ रोजगारी। इलमगर्न नजाउभन्छ, कोही पनि टाढा, नीतिनियम पालन गर, हुने छैन घाटा।

Posted in कविता | Tagged | Leave a comment

कविता : भूकम्प, पहाड र हामी

~देश सुब्बा~ भूकम्पको पहरा भत्केर छोप्यो सुन्दर गाउँ खेल्दै गरेका जीवनका रहर चेप्यो ढुङ्गा र माटोले उडायो दीवा सपना आफ्नै आँसुको कोशीले हे भूकम्प ! तिमीले पुर्यौ साना नानीहरु दूध पिलाउदै गरेका न्यानो आमाहरु यो बज्र किन मेरै आँगनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कायर भूकम्प

~पञ्च विस्मृत~ फूटपाथहरुमा हजारौँ मान्छेको दु:ख्ख टाल्ने सडक धाँज फाट्छ … गन्तव्यतर्फ अघि बढेका कदमहरु लरखराउछन् मनमा अँध्यारो छाएको बेला शहर ओझ्याउने ल्याम्पोष्टहरु समेत ढल्छन्, भूकम्पमा जिन्दगीको हिस्सा बेचेर किनेको एउटा इँट आफ्नै घरको पर्खालबाट झर्छ र काल बन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको आवाज

~बिपिन खनाल~ समझदारी,सदभाव र शान्ती जहां जहां छ म देश,मेरो खुशी मेरो उन्नती त्यहां त्यहां छ एउटा छोरो मलाई ,चाहेर नि स्विकार्दैन अर्को छोरो मलाई ,आमा भनी पुकार्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम विजयका निम्ति

~सोनाम सोल्टी~ तिम्रा उत्साहका स्वरहरु, मेरा सफलताका सोपानहरु हुन्, स्वरहरुलाई बलियो पार । तिम्रा शुभ चाहनाहरु, मेरा आकांक्षाका प्रारम्भहरु हुन्, चाहनाहरुलाई खँदिलो पार । हेर ! अनन्त यात्रामा निस्किएका छौं हामी, क्षितिज ताकेर पाइला सार, गुराँस जस्तो शुभकामना लिएर हिँडेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो

~बसन्त श्रेष्ठ~ उ आयो / न कुनै खबर / न कुनै समाचार उ आउनु संगै सबैको मन हल्लायो, तन हल्लायो / पुरै मथिंगल हल्लायो जग हल्लायो / घर लडायो / पहाड हल्लायो चुपचाप आयो तर चुप चाप फर्केन गाउँ बस्नेले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकी

~नरेश जङ्ग राणा~ छिमेकी असलै थियो हिजो अन्धकार रात हुँदा प्रजातन्त्रको दियो बाली चेतनाभरि दिएकै थियो एकतन्त्रिय शासन अन्तका लागि हौसला बुलन्द बनाएकै हो जनतालाई मुक्तिको बाटो देखाउने राज नेतालाई संरक्षण दिएकै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्नपुर्ण

~टंक कार्की~ तल तिम्रै बलेंसीमा भेल बगेको छ काली गड्गडाकी छिन् सेती रोएकी छिन् उता पैह्रो ग’को छ यता पैह्रो ग’को छ जमिन काँपेको छ अन्नपुर्ण ! तै पनि तिमि मौन छ्यौ गुँरासेमा स्याल कराउछ अनि हुइयाँ सुरु हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाला युसुफजाइलाई अनुरोध

~मनु लोहोरुङ्~ ओ मलाला ! तिम्रो स्वाट भ्याल्ली भन्दा नि युगौं देखि स्वातन्त्र मेरो गाउँमा तिमी जन्मिऊ न एक पटक, तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा अझै बढी महत्वको हुने थियो त्यो, ओ मलाला !

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा म स्कुल गैसकें

~स्नेह सायमी~ सबैले काम नलाग्ने भनेर फालेको फोहोरको जंगलमा म खोजिरहेछुं खाली शिसी खिया लागेको फलाम प्लास्टिकका टुक्रा अर्थात मेरो बर्तमान म खोजि रहेछु भोक मेट्न जुठो भोजका परिकार स्कुल जान !

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : दंगा-1

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ छुरी घोपेर कराए … हर हर महादेव छुरी घोपेर कराए … अल्लाह-हू-अकबर कोलाहल बन्द भएपछि

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : चराहरुको देश

~कृष्ण कट्टेल~ मैले सुनेको छैन चराहरुलाइ हृदयघात भएको मैले देखेको छैन चराहरुको हस्पिटल देखेको छैन मानिसहरुका जस्तै डरलाग्दो चराहरुको घर । चराहरु भन्दैनन् तेरो मेरो गर्दैनन् लुछाचुडी

Posted in कविता | Tagged | Leave a comment

कविता : नूरलाई अन्तिम प्रेमपत्र-3

~दीलिप रार्इ सगर~ प्रीय फूल नूर ! म बली चढ्न जादैछु तिमिलाई… प्रेम गरेको अपराधमा । हो मलाई मुहल्लाहरुले कालो नोकअफ ओडाईदिनेछ सहरको बीच चौकमा अनि पढिनेछ कुरान र बाच्नेछन जोड जोड्ले प्राथनाहरु बजाइनेछ्न बाजा नगराहरु डनन डनन अन्तिम यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमा

~एलिजा पोखरेल~ नेपाल आमा रोईरहेकी छिन् आज, आफ्नो सन्तानको बिचल्ली देखेर, उनका सन्तान त्रशित छन आज, छिन् छिन् को झट्का महसुस गरेर ! कति बालक टुहुरा भए, कति आमाको काख रित्तियो, कतिको सिउँदोको सिन्दुर मेटियो, कतिको घरबार सबै लुटियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाका सपनाहरू

~युयुत्सु शर्मा~ ‘अब एउटा घर बनाउनुपर्‍यो छोरा जागिर खोज घरमा काम गर्ने बुहारी चाहियो दुलहीहरू खोज एउटी तिमीलाई एउटी भाइलाई ।’ चिनियाँ भाँडामा बिरालालाई बासी रोटीका टुक्रामाथि तातो चिया खन्याउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : इन्जिनियर

~मधु माधुर्य~ माटो “पानी ! पानी !!…..” भनेर छटपटाएको बेला उ नहर कुलोहरु भएर बगिरहेको हुन्छ बिछोडको दु:खद घडीमा वारी र पारीको ह्र्दय जोड्न उ पुल बनेर तेर्सिरहेको हुन्छ दोभानहरुमा लाम लागेर हमेशा दौडिरहन्छन् मान्छे र गाडीहरु छाती भरी उ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिडम्बना

~पवन कुमार श्रेष्ठ~ विछोड यसलाइ कसरी भनौ तिमी सामु नै छौ मैरो मिलन यसलाइ कसरी भनौ मन टाढानै रह्यो हाम्रो.. मिलन को म्वाइं म कसरी पाउं आफ्नो चाहना खोल्ननै सकिन तिम्रो सामु पुग्दा नपुग्दै मनको भाषा बोल्नै सकिन

Posted in कविता | Tagged | Leave a comment