Tag Archives: nepali sahitya

कथा : रोगी घाम

~दीपक जडित~ कत्रो मुर्खता! कत्ति न बिधी माया गर्छे मलाई भनेर मख्ख परेको रहेछु म । आज सम्झन्छु, कता कता सपनामा पो भेट भएको थियो कि अथवा कथामा पो पढेको थिएँ कि जस्तो लाग्छ । साँच्चै मान्छे त मैले माया … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जय भुँडी

~भैरव अर्याल~ व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : असनको डबली

~भैरव अर्याल~ “चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!” “अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।”

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मपाईं

~भैरव अर्याल~ ‘तँ’को आदरार्थी ‘तपाईं’ भएजस्तै ‘म’को आदरार्थी ‘मपाईं’ हुन्छ। त्यसैले सभ्य भाषामा ‘तँ’को ठाउँ तपाईंले ओगटेपछि ‘म’को ठाउँ ‘मपाईं’ले नलिनु किन? ‘म’लाऐ संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि ‘म’को स्थान प्रथमै छ। त्यसैले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पशु – पशुपति र मान्छे

~भैरव अर्याल~ साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंलेपुलपुल्याइदिंदा आज मान्छेले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : साँढे

~भैरव अर्याल~ हिन्दुहरुले साँढेलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएका छन्। महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्,तर आफूलाई जेजे चाहिन्छ देवीदेवताहरुलाऐ पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणा रहँदै आएको छ। आफू घोडा, हात्तीमा चढ्ने हुँदा हाम्रा पुर्खालले आफ्ना देवीदेवताहरुको लागि … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आस्थाको फाइल

~भैरव अर्याल~ संसार विभागका निर्देशक श्री ईश्वरदेव उमेरको हदम्याद पुगी खोसुवामा परे। खाईपिई आएको आस्था अर्चनाको एक लक्षांश उनको निवृत्तभरणको रुपमा पाउने भए। निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविस्वासले दाबा गर्यो। धर्म धुमधुमती पर्यो, कर्म कनपारो कन्याउन थाल्यो। … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

मनोवाद : तिनको नकचरो पोइ

~बुद्ध चेम्जोंग~ सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन l दिपक निकै मेहनेती अनि चलाक पनि छ, उ पहिलो छुट्टी आउदा सबितासंग मागी बिहे भएको हो l आमा बुवाले … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

लघुकथा : वनकी चरी

~विवश पोखरेल~ अदालत परिसरमा गम्भीर मुद्रामा बसेको यिो ऊ । झुस्स दाह्री पालेको उसले घँडामा चिउँडो अडाएको थियो । मलाई देख्नासाथ फिस्स हाँस्यो ऊ, एउटा खल्लो हाँसो । धेरै वर्षपछि भेट भएको थियो ऊसँग मेरो । ‘अनि आज कताबाट यहाँ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जिन्दगीको अर्थशास्त्र

~विवश पोखरेल~ ‘अहो सर! लु बसौं, हेर गर्मीले ।’ अफिस पुग्नासाथ सधैंझैँं वस्ती सरका अगाडि कृपानाथले कुर्सी राखिदियो । उनी पसिनाले निथ्रुक्क भिजेका थिए । उसले फेरि थप्यो– ‘अनि सर आज पनि साइकलमा नै ।’ ‘साइकलमा नै, यी हेर न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा अनौठो भेट

~विश्वराज अधिकारी~ मैले उनको दुवै हात समाते। मेरो त्यस्तो व्यवहारबाट उनले असजिलो नमानेकोले ती दुवै हातलाई मैले मेरो गालासम्म पुर्याए। फेरि कुनै विरोध भएन। म अलि बढी नै उत्साहित भए। मैले मेरो दाहिने हात उनको कांधमा राखे। उनको काँधमाथि राखेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब कहिले शहर जान्न

~विश्वराज अधिकारी~ ‘अँ हँ, म त कहिले अब शहरतिर जान्न, बरु यै गाउँमा जिवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर। कति आनन्द आउँछ यो बाटो हिँडेर शहर पस्नेहरु र शहरबाट गाउँ झर्नेहरुको कुरा सुन्न, यो चिया पसलमा बसेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेता मोहन प्रसादले देखे डरलाग्दो सपना

~विश्वराज अधिकारी~ भगवानको अप्रत्यासित आगमन बाट प्रसन्न हुँदै तर अलि डराएर नेता मोहन प्रसादले भने ‘प्रभु, मेरो घरमा बडो कृपा गरि पाल्नु भयो, म धन्य भए, हजूर यसरी आउनु होला भनी मैले कहिले चिताएको पनि थिन। नेताको कुरा सुनेर भगवानले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज गीता आउँदै छिन

~विश्वराज अधिकारी~ श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुहागरातको समाप्ति

~विमलेन्द्र मिश्र~ दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलोनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असल पुरुष

~बिमलेन्द्र मिश्र ~ सत्या वरदानसँग निकै नै आकषिर्त भइसकेकी थिइन् । वरदानकोप ढाइ र सादापनले सत्याको मन खिचेको थियो । जसको कारणल मित्रता पनि झाँगिदै थियो । लाइबे्ररीमा बसेर घण्टौँसम्म यिनीहरू अध्ययन गर्थे । एकदिन सुत्याले वरदानलाई भनिन् । सत्याः म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संक्रमण काल

~ भाउपन्थी ~ यो तस्बिरमा जुन मान्छे देखिइरहेको छ, यद्यपि त्यो तस्बिर यहाँ छाप्न सकिएन, त्यो मरिसकेको छ । गोपाल त्यो तस्बिर खल्तीमा राखेर हिँड्छ र उसको यो बानी भइसकेको छ, कहिलेदेखि हो त्यो भन्न सकिन्न, तर मैले उसलाई भेटेदेखि, चिनेदेखि भनौँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वतन्त्रता

~भागीरथी श्रेष्ठ~ सुजनसँग बिहे हुने पक्कापक्की भएपछि सोचेँ, म जीवनको महत्त्वपुर्ण र पुर्ण आयामतिर अवतरति हुँदैछु । नयाँ फूलझैँ फक्रिएर नयाँ फूलबारीमा फुल्न जाँदैछु नितान्त नयाँ सुवास लिएर । इन्गेजमेन्ट भएको चौथो दिन सुजन मकहाँ आउँदै थिए, उनी आउने खबर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विकास

~बखतबहादुर थापा~ प्रकृतिले मान्छेलाई जति लोभ्याउँछ, मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ । नागबेली डाँडाहरूमा ढकमक्क फुलेका फुलहरू, वन्यजन्तुको लुकामारी, चराचुरुङ्गीको चहचह स्वर, झरनाको मोहक सुसेली । कति सुरभ्य प्रकृति ! यो हाम्रो प्रकृतिको अतिरञ्जित गुणगान हैन । प्राकृतिक

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उद्धार

~बाबुराम खपाङ्गी~ विनाशकारी भूकम्पको सुरुवातसँगै म बेहोश भएँ । होश खुल्दा कम्मरमुनिको पूरै भाग पर्खालले किचेको अबस्थामा मैले आफूलाई पाएँ । ठूलो कोलाहल मच्चिरहेको थियो । घरहरू एउटै पनि सद्दे थिएनन् । लाशहरू यत्रतत्र छरिएका थिए । जीवित मान्छेहरू अनियन्त्रित … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : क्यामेरा म्यान

~बबिता बस्नेत~ चकमन्न रातको मौनतालाई चिर्दै श्रीमतीले प्रश्न गरी, “अहिले म यति राती घर आएर तपाईंजस्तै टोलाएर बसेकी भए, तपाईं के भन्नुहुन्थ्यो – के अर्थ लगाउनुहुन्थ्यो -,” प्रश्नले ऊ झसङ्ग भयो । “केही होइन, भोलि बिहान चा“डै हि“ड्नु छ, कार्यक्रमस्थलको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजकुमारी सम्पदा

~बबिता बस्नेत~ बगैंचामा लास… लौ न, बगैंचामा स्वास्नीमान्छेको लास… एकाएक माली चिच्याएपछि दरबारभरि सनसनी फैलियो। अनुहार घोप्टो परेकोले तत्काल चिन्न कसैले सकेन। मानिसहरू जम्मा हुँदै गएपछि भीडबाट कसैले भन्यो― सम्पदा सरकार! लौन सरकारलाई के भयो?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाम्रो आन्दोलन जारी छ ……!

~बबिता बस्नेत~ ऊ… त्यही हो उसको घर तर अहिले घरमा मान्छे छन् कि छैनन् म यसै भन्न सक्दिनँ । एक अधवैँशेले बाँसको झ्याङनेरीबाट हातले इसारा गर्दै एउटा फुसको छानो भएको सानो झुपडी देखाइदिएपछि जेठ महिनाको त्यो मध्यगर्मीमा पसिना पुछ्दै हामी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्षतिपूर्ति

~बबिता बस्नेत~ “हामी देशमा आमूल परिवर्तन ल्याउन चाहन्छौं, नयाँ नेपाल बनाउनबाट हामीलाई कसैले रोक्न सक्दैन।” कमरेडको मुस्कानले भरिपूर्ण मुहार देखेपछि ऊ हतारहतार टेलिभिजन बन्द गर्दै बत्ती निभाएर ‘छ्यानमा पल्टी र व्यङ्ग्यको शैलीमा कमरेडको बोली दोहोर्‍याई― परिवर्तन!

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विघटित सपना

~आत्माराम शर्मा~ उसले बलिन्द्रधारा आँसु झार्यो । धेरैको मुखबाट मैले सुनेको थिएँ- ‘मनको पीडा पखाल्न मानिसलाई रून दिनुपर्छ । मनमा थेगि्रएर रहेका वेदना र उकुसमुकुस आँसुले पखाल्छ । आफ्नो आँसुले आफ्नै पीडालाई पखालेपछि मान्छेको मन हलुङ्गो हुन्छ ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : तथास्तु

~अशेष मल्ल~ रातको बाह्र बजेको थियो । कोठामा म थिए स्वास्नी थिई ।बिरामी र सोचिरहेको थिए अप्रेसनका लागि जुटाउनु पर्ने पाच लाख रुपिया कहाबाट ल्याउने ।एकाएक प्रकट भए भगवान् कोठामा । झस्किए । के भयो । के यो सत्य त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तीन बिम्बहरु

~अजय दिक्षित ~ “ठूलोकान्छा, यसपालि त सतबीज छर्न पशुपतिनाथ लगिदे न है !” हजुरआमाले दोस्रोपटक नातिलाई पुकारिन् । हजुरआमाले कुरो गरेको बुझेपछि मोबाइल बन्द गर्दै ठूलोकान्छाले सोध्यो, “के भन्या आमा ?” “सतबीज छर्न लग्दे भन्या !” “ए भइहाल्छ नि, अघिल्लो दिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : खडे संसद

~अच्युरमन अधिकारी ~ खडे सांसद झगडे सांसद निकै नै बहादुर हुँ भन्दछ ऊ । उसलाई त न आश नत्रास । यसभन्दा अघि पनि उसलाई मन्त्रीपदमा लान कसैले मानेन । खुबी छैन त्यस व्यक्तिको, त्यति मात्र होइन सोमत पनि छैन । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अकल्पनिय निमन्त्रणा

~आचार्य प्रभा~ सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मीठो गरि पकाएकि छिन् । ”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आमा बन्न नसक्नुको पिडा

~आचार्य प्रभा~ सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, बाह्र बर्षको बालक हो र ऊ आफ्नो सन्तुष्टी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वार्थी चाहाना

~आचार्य प्रभा~ कान्छी छोरीको विवाह हुन नसकेकोमा उनी असाध्यै चिन्तित थिइन् । हुन पनि त हो, उमेर पुगिसक्दा समेत कुनै केटोले फर्केर नहेर्नु, माग्नसम्म न आउनु कुनै पनि आमाको लागि चिन्ताको बिषय नै बन्छ । एकदिन उनी दलानमा बसेर छोरीसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुखेको रात

~अभिमन्यु निरवी~ पहाडको बाटो, हिँड्दाहिँड्दै झ्मक्क भयो। आकाशमा जून पनि खुलिसकेको थिएन। चिसो हावासँगै झयाउँकिरीको एकोहोरो आवाजले वातावरण गुञ्जायमान थियो। निकै उकालो चढिसकेपछि पर एउटा गाउँ देखियो। सन्तुष्टिको लामो सास फेरेर म त्यतैतिर हिँडें। गाउँ नजिकै पुग्दा विस्तारै मानिसहरूको आवाज

Posted in नेपाली कथा | Tagged | Leave a comment