Tag Archives: nepali sahitya

कथा : ती दुई निर्दोष आँखाहरू

~रमेश विकल~ तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य एकाङ्की : परीक्षा केन्द्र : माने एक्जाम् हल

~रमेश विकल~ स्थान : परीक्षा केन्द्र पात्रहरू : उल्फ के.सी. – खल पात्र ज्याकिल शर्मा – अर्को पात्र भ्यालेन्टाइन गुरुङ – एउटी पात्री सेक्सी पाण्डे – मुख्य पात्री फूलन के.सी. – खल पात्री (अरु धेरै हल्लागिरी पात्र पात्रीहरू) एङ्कर शर्मा … Continue reading

Posted in एकाङ्की, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : लाहुरी भैंसी

~रमेश विकल~ ‘लुखुर्‍या’ घराँ त निकै रमझम देखिन्छ नि ? ‘आँगनाँ’ पनि निकै मान्छे झ्याम्मिएका छन् । द्वारेबाले आँगनको डिलबाट नियालेर हेरे, लुखुरेको आँगनमा एउटा कालो-कालो वस्तु पनि देखिन्थ्यो- क्या हो त्यो, लुखुरेको आँगनाँ ?’- उनी आफैं हडबडाए, मानौं त्यहाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भीडसँगै हिंडिरहेको एउटा मान्छे

~रमेश विकल~ भीड लगातार अगाडि बढिरहेको थियो । ऊ पनि भीडसँगसँगै हिंडिरहेको थियो । सँगै हिंडिरहेको एउटा साथीले सोध्यो – “होइन, तँ हामी (भीड) सँग छस् कि छैनस् – ”

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक

~रमेश विकल~ एकदिन किराँत प्रदेशको घना जङ्गलमा एउटा गौर वर्णको अत्यन्त तेजिलो सुन्दर युवकलाई विचरण गरिरहेको देखियो । शिकारी भेषमा देखिएको यो युवक त्यस भेगमा नौलो थियो । त्यसैले मानिसहरू खास गरी युवायुवतीहरू उसप्रति आकषिर्त भए तर उसको प्रखर तेज, … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

कथा : कर्णेल सापको कुकुर बौलाएछ

~रमेश विकल~ एक दिन कर्णेल जङ्गध्वज राणाको जर्मन शेफर्ड जातको लाइका कुकुर एक्कासी बौलाएछ । नत्र कहिल्यै उत्तेजित नहुने भद्र स्वभावको कुकुर आफ्नै मालिक्नी डल्फिन बेबीलाई बलात्कार गर्न किन जाइलाग्थ्यो र ? यो सबैका लागि अनौठो लाग्दै कुरा भएन र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनका गोरेटोहरू रहेछ

~राजेश नतांश~ साँच्चै जिन्दगीका हरेकपलहरू कष्टप्रद हुँदारहेछन् । जीवनपथका हरेक खुड्किलाहरू अप्ठ्यारा हुँदारहेछन् । हिँड्न नजान्दा लखराएर लडिदो रहेछ । लडेर के हुन्छ ? त्यो त परिस्थितिले नै बताउँदो रहेछ जीवनका मोडहरूमा ।त्यतिखेरका मेरा सुनौला दिनहरू निकै रोमाञ्चकारी भएर बित्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतीतका ती पलहरू

~राजेश नतांश~ अनायासै, मध्यरातमा एक्कासि म ब्यूझिएँ। सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ। वातावरण सुनसान थियो। दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए। बस् त्यसलाई कापीमा उतार्नुपर्ने थियो। छिमेकमा दुई बुढाबुढी एकआपसमा घर–सल्लाह गर्दै थिए। उनीहरूको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरा पात्रहरूसँगको रात

~राजेश नतांश~ चिसो हावा आफ्नै गतिमा प्रवाहित भइरहेको छ । सडकहरू सुनसान छन् । सडक छेऊका हाइपावरका सडक बत्तीहरूले सडक उज्यालो पारेका छन् । सडक बत्तीहरूमा पुतलीहरू झुम्मिरहेका छन् । लाग्छ त्यहाँ एक प्रकारको मोहनी मन्त्र लगाइएको होस् र त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : समयचक्रमा विकल सर

~राजेश नतांश~ निकै ‘रोमान्टिक’ थिए विकल सर । मोटो, ओग्लो, हृस्टपुष्ट थियो शरीर । सेतो चस्मा लगाउँथे । स्वीटर, पेन्ट, सर्ट मनपर्ने पहिरनहरू थिए । पढाईका हरेक सन्दर्भमा मजाक गर्ने बानी रमाइलो थियो उनको । सबै विद्यार्थीलाईं हँसाई-हँसाई पढाउँने गर्दथे … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : चकित जनता

~राजेश खनाल~ पहिलो दलका नेताः हामीले कति महान् कार्य गर्दै आएका थियौँ तर हाम्रो त्यो कार्यलाई देखी सहेन्न र हामी तल ओर्लनु पर्‍यो । तर धन्दा नमान्नुस्, हाम्रा ती विरोधीहरूलाई नेपाली जनताले देखाउनेछन् । दोस्रो दलका नेताः करिब साढे दुई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लण्ड्री प्रेम

~राजव~ घरबाट उसलाई बिहे गर्न नेपाल डाक्याडाक्यै थिए। हरेक पटकको फोनमा अरू कुराभन्दा बढी उसलाई बिहे गर्नु पर्‍यो, बूढो हुन लागिसकिस् आइज भनिरहन्थे। उसलाई पनि घरकाहरूको यो कुरो ठीक लाग्न लागिरहेको थियो। त्यसकारण उसले फोनमा बाउलाई सुनाएको थियो, “हुन्छ मङ्सिरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रिटर्न टिकट

~राजव ~ यताको मौसम सुधि्रएपछि म आइपुगेँ। अन्तिम अप्रिलको दिन, वातावरणमा न्यानो फैलन थालेको थियो। म आइपुगेको लगत्तैको बिहान मे महिना शुरु भयो। “घमाइलो दिन भर्खर हो शुरु हुन थालेको”, छोरोले भन्यो। “तर यहाँको घाममा ताप अझ् बढ्न सकेको रहेनछ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सडकबासी

~रत्न प्रजापति~ “यही असार १५ गते आइतबारसम्म बाँकी सबै महिनाको भाडा चाहिन्छ । म अब अरू कुर्न सक्दिनँ । होइन भने…!” पाँच दिनअगाडि घरबेटीले चेतावनी दिएको थियो । घरबेटीले भनेको असार १५ गते संयोगले आजै परेको छ । बितेका करबि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फागुको रङले तरङ्गएिको मन

~रत्न प्रजापति~ उसले औँला भाँचेर गन्ती गरी- ठ्याक्कै दुई वर्ष भएछ उसको लोग्ने विदेश गएको । देशमा द्वन्द्व चर्किर्एपछि गाउँमा टिक्न नसकेर उनीहरू सहर पसे । सहर पसेर मात्रै उनीहरूको हैरानी सकिएन । बाँच्नै पर्‍यो र बाँच्नका लागि खानै पर्‍यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पछ्यौटे अग्रगमन

~मनु ब्राजाकी~ गणतान्त्रिक नयाँ नेपालको थाप्लोमाथि पुरानो साबिक सूर्य उदायो । वाग्मती भनिने ढलमतीको एउटा किनारमा पौराणिक भए पनि उत्तरआधुनिक देब्रे ढल्किएको शिवलिङ्ग पूजा प्राप्त गर्न ठडिएको छ । साबिक सूर्यको धूमिल गुलाफी प्रकाशमा कतैबाट एउटा भुस्याहा र लुत्याहा कुकुर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भैगो दिनुपर्दैन

~मनु ब्राजाकी~ एहे खर्दारनी बजै ! आउनुस् आउनुस् कताबाट ? आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ। मार्दैछ र आफ्नो नङ्लाई नङ्ग्रा सम्झने भूल गर्दैछ जसले जुम्राबाहेक अरु केही मार्न सकेन- न आफ्नो अभाव, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गरीब

~डम्बर पौडेल~ धेरै कथा लेख्छन यिनको धेरै ब्यथा पोख्छन तिनको यिनकै नाम बेचेर कयौं राजनेता बने सयौं समाजसेबी बने कोहि कबि , पत्रकार र लेखक के के बने बने लेखि साध्य छैन यिनकै नाममा हजारौं सस्था खुले सयौं एन. जी. … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बाघले झम्ट्यो

~ गोबिन्द बेल्बासे ~ भान्ज विदुरलाई मोवाइलमा फोन गरेको, उनको मोवाइल फोनको स्वीच नै अफ रहेछ। अफिसको नम्वरमा फोन गर्दा सिधै उनले उठाउँदैनन्। त्यो पिएले को बोल्नुभएको, के काम थियो? भन्ने निदीखुदी पार्छिन्। तै पनि फोन नगरी भएन। मोवाइल उठ्दै नउठेपछि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समर्पण

~गीता केशरी~ हरिलाई आजभोलि निकै कविता पढ्ने सोख चलेको छ । त्यसमा व्यक्त भावना र विचारमा डुबुल्की मार्दै हराउन चाहन्छन् । आफ्ना अरू साथीहरूलाई पनि उनी भन्दै हिँड्छन्, “कविता पढ अनि मन शान्त हुन्छ । कविता लेख मन समालिन्छ ।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हतियार

~डा. ऋषिराज बराल~ पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

घोडचढी

~डा. ऋषिराज बराल~ नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो । दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

क्यान्टोनमेन्ट नम्बर ३७३०

~डा. ऋषिराज बराल~ हातमा लिनेबित्तिकै उसको मुखबाट लामो सास निस्कियो, थाहै नपाई निस्कियो । यो सास पनि होइन, यो त तातो वाफ हो । अझ भनौँ-उसको छातीबाट ज्वालामुखीको लाभा निस्कियो । एक हातले पुगेन उसलाई । दुई हातले च्याप्प समात्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : निषेधको राजनीति

~डा. रवीन्द्र समीर~ सानो चिटिक्कपरेको सुन्दरघर, घरको वरिपरी सप्तरंगी बगैचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास…अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो । छिमेकीहरूमध्ये

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुबा र बुबाहरु

~डा. रवीन्द्र समीर~ ‘बाबु ! उँहा तिमो बाबा होइसिन्छ ।’ उसले आर्श्चर्य मान्दै गोरो तथा लजालु युवकको खुट्टामा ढोगिदियो । * * * ‘बच्चु ! तिमो पिता आउनुभयो ।’ रातिको पिल्पिले बत्तीमा गहुँगोरो तथा प्रौढ देखिने व्यक्तिको खस्रो काखमा ऊ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नेपाल कि सेकुवा ?

~डा. रवीन्द्र समीर~ दिउँसोको २ बजेको छ । म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा थचक्क बसेको छु । बारबार घडी हेररिहेको छु र आँखाहरू आगन्तुकको हूलतर्फ निर्निमेष बिछ्याएको छु । मेरा हातमा दुईवटा सुकिला खादाहरू र दुई झुप्पा ताजा र सुन्दर फूल फुलेका छन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ढुङ्गाको देवता

~डा. रवीन्द्र समीर~ लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अविर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रंगिबिरंगी ध्वजाहरु बााधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो- हे प्रभु ! मेरो छोरोलाई निको बनाउ, सके … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : टाउको पचास लाखको

~कबिताराम श्रेष्ठ~ ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्नसक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीवेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तामा

~डा. दिनबन्धु शर्मा~ मुडुलो बाच्छो ओसेपिलो कान्लाबाट घाँसका बुजा निकालिरहेको छ । पुच्छर डोलाउनसम्म बिर्सेर गाडिएको गाडिएकै छ । ‘यस्तो घाँस त यो कान्लामा ठामठामै रैछ’, नन्दुको अगाडि खुर्पा लिएर उभिएको दाजुचाहिँले बाच्छोलाई हेरेकै उभिएर भन्यो । बाँसको झ्याङमुनि आइपुग्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोप्य सूचना

~ध्रुव सापकोटा~ मसँग अहिले एक लाख छ । त्यो एक लाख मेरो होइन अर्काको हो । त्यो अर्को व्यक्ति मरिसकेको छ । त्यो रकम पचाउन मसँग तर्कहरू छन् । म भन्नसक्छु, यो देशमा इमानदार मान्छे को छ र मैले हुनुपर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कटहरे बुढी

~देवेन्द्र कोइराला~ अंगेनाको डीलमा अर्धनिन्द्रमा रहेको पाटे बिरालो झसङ्ग भयो र बुर्लुक्क उपे्रुर भकारीको धान चोर्न िहंडेको मुसो समात्न दौडियो । दुई फड्का मार्नासाथ मुसोले चारैतिर गुहार माग्दै चिच्चाउन थाल्यो । पाटे मुसो बोकेर लिस्नुतिर उक्लियो र हर्केको खाटमुनी लगेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन बाढी हो, बाढी मन हैन

~दीपक जडित~ मनेकि आमा चिच्याउँदैथिई, ‘ए मनेका बा, उठन भन्या । बाख्राको कटेरो त बगाईसक्न ला’गो । हन कति सुत्न सकेका हौ तिमी त?’, र छाप्राको यौटा प्वालबाट बाख्राको कटेरोतिर पनि चियाउँदैथिई जो उनिहरुको झुप्रो देखि अलि मुन्तिर दक्षिणतिर थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment