Tag Archives: nepali sahitya

व्यङ्ग्य कविता : एउटा यस्तो नेता होस् !

~चट्याङ मास्टर~ एउटा यस्तो नेता होस्,, केटी होस् या केटा होस् ! भेटौँ-भेटौँ मनमा होस्, फोटो त्यसको घरमा होस् !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : रहरले रहर मारेको त्यो दिन

~दीप हाँडिगाउँले~ रहरले रहर मारेको त्यो दिन जितेर बाजी हारेको त्यो दिन बिर्सीसकें उहिलेई भनेको त हो साँचो भनेर ढाँटेको त ढाँटेकै हो टाउकोले तिरम् भनेको त्यो रिन छातीको नाईँले नतिरेको त्यो रिन

Posted in गजल | Tagged | Leave a comment

दीप हाँडिगाउँलेका मुक्तकहरु

~दीप हाँडिगाउँले~ राती आई सुटुक्क पुष्प-पत्र चुम्दा ती शितहरु लाज माने झै गर्ने फुलका उम्दा ती प्रीतहरु शीत र प्रीतमा समर्पित झ्याउँकिरीका ती गीतहरु सुने सुने झैं लाग्छ प्रेम-गीत का ती मधुर संगीतहरु

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बादलको कोषाणुमा सृष्टिको पुनरावृत्ति

~मञ्जु काँचुली~ फुलको रुप लिएर एक हुल बादल डाँडा माथि हाँसोको खित्का र लालसाको रोदन बोक्दै धरती माथि अविरल सङ्गीत बर्षामा आफ्नै यात्राभित्र जीवनगति प्रवाहित भइरहेको होला जीवनकै पाटापाटामा – नदीको तटमा, बगैंचाको किनारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेको भगवान

~मोमिला~ मान्छेले बनाएको मन्दिर मन्दिरभित्रको देवता मान्छे उसैसँग डराउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तरिम नोस्तालजिया

~मोमिला~ हरेक बिहान म अकारण आफ्नै सपनाहरूको कैदी बन्छु तर नजरमा मलाई अपराधी चिनिन मन्जुर छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्गम उचाई

~मोमिला~ आफूलाई कतै छाडेर अधुरो म कविता पूरा गर्न सक्दिनँ । जीवन रहेसम्म नै अनुभूतिको विस्तारमा म अन्तिम सिमाना कोर्न सक्दिनँ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : लाग्न थाल्यो जीवनमा

~भैरबनाथ रिमाल “कदम”~ लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो फक्रिएर वसन्तमा झर्ने फूल जस्तो आफू खोज्छु बिर्सिदिन गहराइबाट बिपनामा बिर्से पनि सपनीमा आउँछ याद मुटु मेरो जलाइदिने उनको बानी कस्तो फक्रिएर वसन्तमा झर्ने फूल जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मुटुको हरेक नशामा

~भैरबनाथ रिमाल “कदम”~ मुटुको हरेक नशामा तातो साहस उमाली प्रण गर्छौ सदा देशको निम्ति एक भै नेपाली एक भै नेपाली माटो र ढुंगा, बाहु र बलले सम्हाली राख्दछौं गौरव गाथा वीरको नाता झन् उच्च राख्दछौं हिमगिरी छर्छन् सदैब सुन्दर शान्तिको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको

~भैरबनाथ रिमाल “कदम”~ तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको तिमीप्रति चाहना जुन मेरो सधैं चोखो मेरो दिल नै उपहार तिमीलाई दिइसकें बासी इच्छा नठानिदेऊ मैले चाहिसकें मेरो व्यथा कथा बन्छ लहरा भै गीतको ओइलिएको शीतलाई नि चाह हुन्छ शीतको

Posted in नेपाली गीत | Tagged | Leave a comment

चिन्तन : पुनर्जन्मको वास्तविकता

~स्वामी आनन्द अरुण~ मेचीदेखि महाकालीसम्म छरिएर रहेका ६० ओशो ध्यान केन्द्रहरूले ११ डिसेम्बरका दिन ७५ औं ओशो जन्मोत्सव मनाए । ओशोले शरीर छाड्नुपूर्व एउटा प्रसिद्ध वाक्य उद्गार गरेर छोड्नुभएको थियो – ‘नेवर बोर्न, नेवर डाइड, ओन्ली भिजिटेड दिस प्लानेट अर्थ … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

व्यङ्ग्य : समोसा पत्रकारिता

~मिलन बगाले~ “के के न गरुला सोचेर पत्रकारिता थालेको थिए समोसा खाएरै जुनी बित्नेभो । रिपोर्टिङको क्रममा मैले दिनको ७ वटासम्म समोसा खाएको छु । समोसा खादै ‘भन्नुभयो’ ‘थप्नुभयो’ ‘जोड दिनुभयो’ ‘उल्लेख गर्नुभयो’ ‘जिकीर गर्नुभयो’ ‘प्रकाश पार्नुभयो’ ‘आग्रह गर्नुभयो’ ‘चेतावनी … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

युद्धकथा : रेलमा भेटिएको पूर्वलडाकू

~यादव देवकोटा~ हातमा छ ‘जम्मुतबी एक्सप्रेस’को स्लिपर क्लासको टिकट । जम्मु–बदला–व्यास हु‘दै जालन्धर आईपुगेको रेलमा चढें घचेटाघचेटबीच । बाक्सा, सुटकेस केही छैन । त्यही रुकस्याक हो । सिट मुनिको साङ्गलामा बॉधेर चाबी लगाए‘ र फितलो आकासे रंगको सिटमा बसें । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : प्यासको प्रत्युत्तर

~स्वामी आनन्द अरुण~ नेपालमा अवस्थित अनेक प्रसिद्ध बुद्धक्षेत्रमध्ये जनकपुर एक प्रख्यात क्षेत्र हो । कुनै समय यो मिथिला संस्कृतिको केन्द्र र मिथिला राज्यको राजधानी पनि थियो । रामायण कालमा स्वयम भगवान राम धनुष यज्ञमा आएका थिए । फलतः चार राजकुमारीको … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : आक्रमण

~हरिकुमार श्रेष्ठ~ पहिला पहिला मैले पनि देखेको र भोगेकै हूं गाउं गाउंबीच मेलापात, चाडपर्व, जात्रामा आक्रमण लर्डाईको मोर्चामा आक्रमण चाहे अमेरिकाबाट इराक वा अफगानिस्तानमा नै किन नहोस् चाहे हरेक देशभित्रका जनताबीच नै किन नहोस् जताततै आक्रमण नै आक्रमण ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएका शब्दहरु

~गोविन्द गिरी प्रेरणा~ मेरा शब्दहरु हराएका छन् म हराएका शब्दहरु खोजिरहेछु । थाहा छैन मेरा शब्दहरु कसरी हराए थाहा छैन मेरा शब्दहरु कहाँ हराए

Posted in कविता | Tagged | Leave a comment

कथा : महानगर

~राम प्रसाद दाहाल~ रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरु सुनसान र निस्प्राण हुनु पर्ने समय अझ नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा पारेको रण्डी कोठी जस्तो निस्तेज र चिसो थियो । सडकको बत्तीको प्रकाशमा देखिने धमिलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : गोटी

~श्री ओम श्रेष्ठ ‘रोदन’~ देशमा अनुमानभन्दा धेरै अनुपातमा जनसङ्ख्या बढेको तथ्याङ्क राष्ट्रिय योजना आयोगले निकालेपछि सरकारले जनता नियोजन गर्ने नीति पारित गर्‍यो । जसमध्ये आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने अर्थात् ढिलो विवाह गर्ने र एक दम्पतीले एक सन्तति मात्र जन्माउन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उल्टो कोट

~कृष्ण प्रसाई~ सिगरेटको अन्तिम सर्को तानेर निखि्रसकेको ठुटोलाई छेउकै खाली भुइँमा फ्याँकिसकेपछि पुरानो फाटिसकेको जुत्ताले किचेर निभाउँदै लामो सास तानेर काकाले भने “मेरो पुरानो प्रतिज्ञालाई पुनःर्जीवित पार्दै आजैदेखि फेरि मैले आफ्नो कोट उल्टो लगाउने निधो गरेँ ।” यति भनिसकेपछि तत्कालै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आउ आज मिलेर केहि कुरा खास गरौं

~तिर्थ राज लुईटेल~ आउ आज मिलेर केहि कुरा खास गरौं । दुबै जना एकअर्काको हृदयमा बास गरौं । भाबनाका नदिहरु विचमै सुकाउनु भन्दा, साथ दिने वाचा गरि अघि बढ्रने साहस गरौं ।

Posted in गजल | Tagged | Leave a comment

कथा : चाउरी परेका अनुहारहरू

~टीकाराम वाग्ले~ सुनौलीबाट बिहानै रिक्सामा बसेर भैरहवातिर लागेँ । रिक्सा तान्ने पहाडिया नै थियो । बीस रुपियाँ भन्यो, मैले “हुन्छ” भनेँ । तर भा.रु. लिने हो कि ने.रु – निधो भएन । सोधिहालौं भने – यसलाई थाहा रहेनछ भनेर ने.रु. … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रेम रोगी ‌रोही‌रहेछ

~मधु माधुर्य~ फर्क्यो आकाशतिर पूर्व पापका लागि माफ माग्यो धर्म-शास्त्र पल्टायोः ‘आफूलाई जस्तै अरुलाई प्रेम गर !’ पढ्यो ‘बुझ्यो’ र हिड्यो…… म तिमीलाई प्रेम गर्न चाहन्छु माफ गर !

Posted in कविता | Tagged | Leave a comment

कविता : कति राम्रो हुन्थ्यो !

~शिव प्रकाश~ महोदय, हजूर ठूलो त त्यसै हुनुहुन्छ, त्यसमाथि असल भइदिए कति राम्रो हुन्थ्यो ! महोदय, हजूर शक्तिशाली त त्यसै हुनुहुन्छ, त्यसमाथि विवेकशाली भइदिए कति राम्रो हुन्थ्यो !

Posted in कविता | Tagged | Leave a comment

कविता : सरगम

~मोहन‌ सांबा~ सरगम छातीमा हात राखी खांदै कसम म भन्छू प्यासी नदी बनेर सरगम प पर्खीरहेको छू कुखुरि‌ कां को आवाज सगै प्रभातको गूलाफी किरण सगैं

Posted in कविता | Tagged | Leave a comment

गीत : फर्कि कतै आइन भने

~भाग्‍य‌ लिम्‍बु‌ ‘भगी’~ फर्कि कतै आइन भने मेरो बाटो नकुर्नू आउन खोज्दै मरे भने मलाइ सम्‍झी नरुन आंखा रसाइ आयो भने आकाश हेरि रोइदिनू मनको वह ओर्लिआए यहि धर्तिमा पोखिदिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : यो हातले त्यो सिउंदो भर्न पाए मजा हुन्थ्यो

~चहल सयपत्री~ यो हातले त्यो सिउंदो भर्न पाए मजा हुन्थ्यो त्यै केशमा झुन्डिएर मर्न पाए मजा हुन्थ्यो । खोला पारि पुगेपछि छुटिनु त छदै छ नि , खोला तर्दा हात समाइ तर्न पाए मजा हुन्थ्यो । के भरोसा भबिश्यको हजूर … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : ति नेपालको छोरो

~निलन कुमार थेच्वमि~ बनेको छ आतंकमय जन्मभूमि मेरो । बगेको छ रगत, आमाको छातीमा मेरो ।। राजनितीबाट जन्मि, भ्रस्टाचारमा खेल्ने सुध्रंदै नसुध्रने, ति नेपालको छोरो ।।२ मेहनत पसिनाले तिनको पेट भरिन्न् । महिनाको तलबले बैङ्कमा खाता जोडिन्न् ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : भाग , तिमी भाग

~देवदास~ तिमी एकजना भाग्दा अढाइकरोडको भलो हुन्छ भने भाग तिमी भाग जहाँबाट भाग्छौ भाग जसरी भाग्छौ भाग जुनबेला भाग्छौ भाग पूर्वबाट भाग पश्चिमबाट भाग उत्तरबाट भाग

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको भक्तिमा

~कमलप्रसाद अर्याल~ सृष्टि स्वरूप हौ आमा जननी ममता धनी गर्छु पुकार हे माता तिम्रै रक्षा रहोस् भनी । बढे हुर्के पनि कैल्यै तिम्रै सामीप्यता मुनि बसेर सकिन मैले सेवा गर्न कुनै पनि ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रोत्साहन

~दीपक जडित~ देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : क्यासल् रककी अप्सरा

~सुन्दर जोशी~ आरती र याङ्की दुबै डेन्भर युनिभर्सिटको बिधार्थी हुन् र वेष्ट डेनभरको एउटा एपार्टमेन्टको रुममेट पनि ।अग्रेजी वर्णमालाको “ए” र “वाइ” मा जति अक्षरको अन्तर छ त्यो भन्दा बढी अन्तर छ उनीहरुको स्वभावमा । जीवन जीउने शैलीको विविधताको बावजुद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतृप्ति

~इल्या भट्टराई~ “मैले जीवनमा चन्द्रमा र ताराहरूको कामना गरेको थिएँ, तर औंसीको कालो रातबाहेक मैले केही पनि पाइनँ ।” मेरो जीवनमा आज यो गीतको भावहरू मिल्न पुगेका छन् । वास्तवमा मैले पनि मेरो जीवन चन्द्रमा तथा ताराहरूका ज्योत्सना तथा उज्यालाहरूले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment