Tag Archives: nepali sahitya

कविता : मध्यान्ह दिन र चिसो निद्रा

~भूपि शेरचन~ अखबारको ‘वान्टेड कालम’ –मा म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु, प्रत्येक जुलूस, सभा, भाषण र नयाँ योजनाका फाइलहरुमा पाइला टेक्ने आधार खोजिरहेछु—

Posted in कविता | Tagged | Leave a comment

कविता : बेड ल्याम्प

~भूपि शेरचन~ भोरको उज्यालोमा उसलाई निभाएर सधै–सधै म घरबाट निस्कन्छु र दिन–दिनभरि सूर्यसरि

Posted in कविता | Tagged | Leave a comment

कविता : गोपालप्रसाद रिमालले बोलिरहेको खसकुरा

~गोपालप्रसाद रिमाल~ हाम्रो छाती कत्रो? हिमालजत्रो हाम्रो बारीको नाउँ के? नेपाल हाम्रो गाउँको नाउँ के? नयाँ नेपाल त्यसको सेरोफेरो कति? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि हाम्रो देशको नाउँ के? खसमीर, खुशी, खसियाशैल।

Posted in कविता | Tagged | Leave a comment

कविता : भेट

~गोपालप्रसाद रिमाल~   पूर्नेको जूनलाई किन पर्खेको ? भेट्ने उनैलाई हो क्यारे, तिमी उनैलाई उनकै प्रकाशमा देख, तिमी उनलाई आजै यो औंँसीको रातमा भेट । आउने त्यो वसन्तलाई किन कुरेको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी को ?

~गोपालप्रसाद रिमाल~   यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ, त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ ! त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ? यहाँ हामीलाई यो अलमल नै प्रिय छ, यो धरमर नै प्रिय छ;

Posted in कविता | Tagged | Leave a comment

कविता : दन्त्यकथा

~गोपालप्रसाद रिमाल~   दन्त्यकथाकी राजकुमारी र एक गरीब कसरी तिनका ठूला लाम्चिला आँखाहरु एक जोडी ताराझैं माथिबाट तल झरे र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ? फेरि कसरी हिलोको कमलमा परेका

Posted in कविता | Tagged | Leave a comment

कविता : सान्त्वना

~गोपालप्रसाद रिमाल~  तिमी नरोऊ, बस केही बेर पर्ख मात्र संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा भरे तिम्रो सानो कोठामा आइपुग्नेछ, तिम्रै अङालोमा अटाउन आइपुगनेछ, उसको त्यो धप्प बलेको अनुहार भरे तिम्रै मधुरो दियालोमा देखिने हुनेछ, तिमी नरेऊ, बस केही बेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको सपना

~गोपालप्रसाद रिमाल~  आमा, त्यो आउँछ र ? “हो, बा, त्यो आउँछ । तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ । त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ; त्यसैले ऊ अधर्मसित लड्नेछ !

Posted in कविता | Tagged | Leave a comment

कविता : घोडा

~भावना पोखरेल~ म तिम्रो घोडा हुँ होलटाइमर कार्यकर्ता होइन त्यसैले तिम्रो आदेश भयो भन्दैमा म अपमान गर्न सक्तिन मानवताको जानाजान म कुल्चिन सक्तिन सडक धर्ना दिने

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जङ्गे र नाङ्गे

~चट्याङ मास्टर~ जङ्गे गयो, नाङ्गे आए एकको ठाउँमा सैयौं आए । कता त्यो जङ्गे कता यी नाङ्गे कता त्यो ढङ्ग कता यी बेढङ्गे जङ्गे गथ्र्यो शासन गर्दैनथ्यो भाषण नाङ्गेले गरे भाषण सकेनन् गर्न शासन ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नियात्रा : इजरायल–गाजा युद्ध, मेरो मानसपटलमा

~हरि मानन्धर “विवश”~ हरेक नेपालीहरूलाई नेपाल छाडेर विदेशिनुको आ–आफ्नै पीडाहरू हुन्छन् । देशमा भैरहेको जनयुद्धका कारण पनि कति नेपालीहरू अशान्तिको कालो बादल छक्याउँदै, शान्तिको खोजीका लागि पनि विदेश पसेको हुनुपर्छ भने कति त ज्यानै जोगाउन समेत विदेशिएका होलान् । यसरी … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : जन्मघर जाँदा

~जगत नबोदित~ लामिडाँडामा प्लेन बाट ओर्लिन्दा दिउसोको ठीक १ बजेको थियो। लामो श्वास फेरेर एकचोटी माटोलाई मन मनै ढोगे । लामिडाँडासँगको मेरो भेट करिब एकदशक पछिको थियो यो। रहरलाग्दो टिन एजको अन्तिमखुट्किलामा म हिड्दै गर्दा हिंडेको थिए लाहुर यही बाटो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : हेल्सेको रेडियो

~युवराज नयाँघरे~ टाइम्स स्क्वाएरमा बसिरहन पाइएन । ‘आज रातभरिमा तीन–चार कार्यक्रम नबनाई भएकै छैन !’ सहदेवले भने । न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कार्निभलको त्यो मेला

~शर्मिला खड्का दाहाल~ साहित्यमा मेरो जन्म पुनर्जन्म भएको हो – म भन्छु । त्यसो हो भने अहिलेको मेरो साहित्यिक सक्रियतालाई वाल्यावस्था हो भनेर भन्दा दुई मत नहोला । यही भनाइलाई साक्षी मान्दै म अहिले बालक नै रहेछु र थिएछु पनि … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मेन नदीको सिरेटो

~बिनोद खडका~ सेप्टेम्बर २०१२ । यात्रामा निक्लदा मौसम अनुसारका सही लुगाहरु छनौट गर्न नसक्नुले कहिलेकाही असहज परिणाम भोग्न बाध्य पार्छ भन्ने सुनेको थिए, साँच्चै हो रहेछ । अझै पनि स्मरणपटलबाट हटेको छैन लण्डनको त्यो निर्मोही स्याँठ अनि मेरो पातलो कोट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : संघाईमा एउटा साँझ

~बिनोद खडका~ सन २०१३, फेव्रुअरी, संघाई, चाईना । पहिले पहिले सानो छँदा आफ्नो घरको आँगनबाट देखिने काठमाण्डौ भ्याली वरिपरीका ठूला डाँडाहरु हेर्दै गर्दा त्यो डाँडाभन्दा पल्लापटिृको संसार कस्तो होला, त्यहाँका मान्छेहरु देख्नमा कस्ता होलान, के गर्दा हुन, के खाँदा हुन … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

विवेक दुलाल छेत्री “दमक”का मुक्तकहरु

~विवेक दुलाल छेत्री “दमक”~ जिन्दगी जहर निले जस्तो यो जिन्दगी सियोले खिले जस्तो यो जिन्दगी चाहेर न अघी बढ्छ,न पछी सर्छ कर्दले छिले जस्तो यो जिन्दगी। मख्ख आफ्नो सम्झी बिदेशीलाई चाटेर मख्ख परे आफन्तलाई जहाज मा राखेर मख्ख परे ईतिहास … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

हरि मानन्धर ‘विवश’ का मुक्तकहरु

~हरि मानन्धर ‘विवश’~ [१] छाडिदेउ प्रीय तिमी रिसाउने बानी अज्ञानताको बादल फाटी बनिदेउ ज्ञानी के नै छ र? जिन्दगीमा लुटाएर लाने सबै आफ्नै सम्झिएर खुशी मानी मानी ।

Posted in मुक्तक | Tagged | Leave a comment

असफल गौतम का मुक्तकहरु

~असफल गौतम~ भरिया दाइको नाम बेचेर यहाँ कुल्ली बनेका छौ आफै राष्ट्रघाती कुरा गरी अर्कालाई भनेका छौ । अनुहारमा हेर त ! तिमी आफैलाई धिक्काने छौ कठ्ठै आँगन पुर्नुछ भनेर मझेरी खनेका छौ ।।

Posted in मुक्तक | Tagged | Leave a comment

परी बान्तवा ‘बानु राई’ का मुक्तकहरु

~परी बान्तवा ‘बानु राई’~ (१) थाकी सकेछन सारा रहर थाती बसेछन आसुँ पनि घाती बनेछ आफ्नै रोदन रित्ती सकेछन आसुँ पनि||

Posted in मुक्तक | Tagged | Leave a comment

भीमदर्शन रोका का मुक्तकहरु

~भिमदर्शन रोका~ रात केवल एक प्रहर बाँकी छ तिन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल यौटा मेरै भर बाँकी छ कैयौँले यहाँ रातको गीत थालेथे

Posted in मुक्तक | Tagged | Leave a comment

विमल गिरीका तेह्र हाइकुहरु

~विमल गिरी~ ओइलाए है कैयौ बसन्तहरु अभावमा छु । तिर्थस्थल हो जन्मथलोको यात्रा याद ताजै छ ।

Posted in हाइकु | Tagged | Leave a comment

भानु दुलाल का केही हाइकुहरु

~भानु दुलाल~ दशैँ र दशा एकैसाथ भित्रियो कठै दोलखा . यो उपहार मन भन्दा गरुङ्गो फुलको माला .

Posted in हाइकु | Tagged | Leave a comment

जीरन जार राई “संकल्प थुलुङ”का केही हाइकुहरु

~जीरन जार राई “संकल्प थुलुङ”~ मुटुको टुक्रो भएर धड्किन्छन् ति आफ्ना सन्तान । जीवन भरी अमृत झैँ पवित्र आमाको माया ।

Posted in हाइकु | Tagged | Leave a comment

विवेक दुलाल छेत्री “दमक”का केही हाइकुहरु

~विवेक दुलाल छेत्री “दमक”~ १. तिजको बेला पिठ्यूँमा घाम बोकि नेपाली चेली . २ . कस्तो फेशन लय हो या रत्यौली तीजका गीत .

Posted in हाइकु | Tagged | Leave a comment

छबिलाल सापकोटा “रातामाटे” का केही हाइकुहरु

~छबिलाल सापकोटा “रातामाटे”~ १, छोएर हेर मुटु हो कि कांच यो? टुक्रै टुक्रा छ ! २, काटेछ मन बिछोडको यादले बग्यो सपना !

Posted in हाइकु | Tagged | Leave a comment

बानिया राजन का केही हाइकुहरु

~बानिया राजन~ 1. कक्षाकोठामा विद्यार्थी ढिलो पुगी निदाउन भो 2. प्रितीको फूल रोपेका बिछोडमा जीबनकै भूल

Posted in हाइकु | Tagged | Leave a comment

शिसिर पोख्रेल का केही हाइकुहरु

~शिसिर पोख्रेल~ १) निन्द्रा परेन कहिले मन रोयो कहिले देस! २) रामरी हेरेँ युद्ध र बुद्ध अनि देसको नक्सा!

Posted in हाइकु | Tagged | Leave a comment

टेकेन्द्र अधिकारी का केही हाइकुहरु

~टेकेन्द्र अधिकारी~ (१) तन्त्र कि मन्त्र संविधान बन्दैन त्यस्तै छ चाला (२) डाक्टर छोरो विदेशमा पढेको बाबु बिरामी ।

Posted in हाइकु | Tagged | Leave a comment

रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ का केही हाइकुहरु

~राम प्रसाद प्रसाईं~ १. तमोर खोला माछाको घर ढोक्सा जीवन यात्रा। २. गोधूली साँझ छिचिमिराको चेत कटमिरो सास।

Posted in हाइकु | Tagged | Leave a comment

राजा पुनाइनीका केही हाइकुहरु

~राजा पुनाइनी~ (१) यी ताराहरू नयै किन लागेका प्रत्येकपल्ट (२) हारिदिन्छु म तिमीलाई उपहार जित्नू तिमीले

Posted in हाइकु | Tagged | Leave a comment

माधव निरौला ‘विलासी’का केही हाइकुहरु

~माधव निरौला ‘विलासी’~ (१) शशी नियाल्दै निशासँग रातमा गरिबहरू (२) घना जङ्गल बीचको पोखरीमा पौडिने माछा

Posted in हाइकु | Tagged | Leave a comment