Tag Archives: nepali sahitya

कविता : कती मिठो बोली

~“जीवन्त” रुकु~ कती मिठो बोली अमृत घोलेसरी कती मिठो माया तिम्रो पाये जिबनको उजेली म फुल बनी फुलीदिदा तिमी सुबाष बनी छाउनु म बिहानि हुँदा तिमी घाम बनी आउनु म सुस्तएर सन्ध्या हुँदा तिमी जुन बनी उदाउनु

Posted in कविता | Tagged | Leave a comment

कविता : म स्त्री अर्थात आइमाई

~सीमा आभास~ युगैपिच्छे तिमीलाई प्रेम गर्नै जन्मिएकी म । तिमीले खसालेका छायाहरु मन पराउँछु तिमीले छोडेको स्वास पिउँछु तिम्रो धोद्रो ध्वनी छोएर तिम्रा आँखाभित्र डुल्दैडुल्दै अमर गीत गाउँछु । तिम्रा आँखीभौँमा उभिएको देख्छु पुरानो सभ्यता म भिज्दा, तिम्रा छातीका रौँहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिनय

~गण्डकीपुत्र~ छोपिन्छ विष राख या अमृत जीवन राख या मृत्यु पर्दा लगाएपछि बाहिरबाट केही देखिँदैन मात्र देखिन्छ पर्दा जसरी झोलाभित्र मासु बोके पनि सातु बोके पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँ फुल्ने गाउँहरु

~कृष्ण उदासी~ शिरमाथि सगरमाथा, हत्केलामा सुनाखरी ओठभरि लालीगुराँस पाखाभरि प्याउली फुली जब देशले बोलाउँछ, निद्रामा नि ब्युँझिदिन्छु लालुपाते फूल टिपी सिउँदोभरि सिउरिदिन्छु । लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र पहिरोहरु

~निष्प्रभ सजी~ भीरमुनि उभिएर पहिरो पखिर्रहेको छ मान्छे पहिरो कहिले उस्को आगन हु“दै बग्छ पहिरो कहिले उस्को मन छु“दै बग्छ

Posted in कविता | Tagged | Leave a comment

गीत : मन खुशी छैन

~महेश बर्तमान रानामगर~ मन खुशी छैन मेरो उच्छ्ववासले छाति खुम्चायो निठुरताको बियोगमा कोमल मन साह्रो रुवायो तन रुझाउने झरी पर्‍यो मन रुझाउन आँशु डुबी सक्यो संसार मेरो कुन खुशीमा हाँसु आँशु थामी क्षितिज हेरे तिम्रै याद आयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो धड्कनमा हुन्छु

~दुर्गाबहादुर शाह ‘बाबा’~ मनले बाँध सधंै तिम्रो धड्कनमा हुन्छु त्यही धड्कनको सङ्गीतमा तिम्रो गीत सुन्छु बिनामौसम, बिनाऋतु माया फुल्दो रै’छ त्यही फूलमा भमरा भै’ जीवन भुल्दो रै’छ जिउन जाने कत्ति मिठो जीन्दगीको रङ्ग

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झण्डा झुक्न दिन्न

~शिव पलाँस~ बरु सहिद बनिदिन्छु झण्डा झुक्न दिन्न यै माटोको कसम खान्छु देश दुख्न दिन्न जब कोही धावा बोल्छ नेपाल राष्ट्रमाथि पर्खाल बनी म उभिन्छु खोली आप्mनै छाती म मरेर केही हुँदैन मुलुक डुब्नुहुन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : ​अम्रिकामा आमा

~यम घिमिरे~ हुने खानेलाई बोकेर टाउकामाथिबाट उडान खेपेको खेपेई गर्ने जहाजलाई मनमाया मात्रै के भन्नु तल भूतलबाट कुखुराले पानी खाँदा आकास हेरे झैं हेर्थे सबै मानिस कोदो मकैको मेलो रोकेर। उनका साथीसँगी के पुरुष, के महिला सबैका चल्दै गरेका कोदाला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : रुपमा राम्री सारमा बिषालु रैछ्यौ

~वैकुण्ठ ढकाल~ तिमी त साहै ठालु रैछ्यौ रीस र घमण्डको मकालु रैछ्यौ सोचे, सम्झेभन्दा बिलकुल फरक अमुक अमुकको रखालु रैछ्यौ

Posted in गजल | Tagged | Leave a comment

कविता : सावधान मेरो कलमले आत्महत्या गर्न नपरोस्

~ताराकिरण कुँवर ‘अविरल अविश्रान्त’~ फेरि चरचर चर्किरहेछ आकास वर्षा हुने हो कि अनिष्टको या फसफसाउँदो हिउँले स्वात्त पार्ने हो कि कलिला मुनाहरु चटपटाउँदो असिनाले छियाछिया पार्दै सुलुत्त निल्ने हो कि ती अमिलो रस भरिन थालेका काफलहरु या भीरमा चचहुइ गर्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किरिया बसेकी स्वास्नीमान्छे

~सरस्वती प्रतीक्षा~ लोग्नेको मृत्युमा किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा तपाईँका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु गलत सावित हुन सक्छन् ! तपाईँ पत्याउनुस्, नपत्याउनुस् ! भर्खरै भेटेर आएकी हुँ मैले उनलाई उनको नयाँ अवतारसँग ठोक्किनु संसारको आठौ आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको घोडा र “महादेव”को अवसान

~पुण्य गौतम ‘विश्वास’~ हाम्रो युगको “महादेव” अघिपछि लगाएर आफ्ना नन्दीभृङ्गीहरूलाई दिनदहाडै पस्छ–बस्तीभित्र निर्बाध र घोषणा गर्छ– समयलाई घोडा बनाएर आफुखुसी बेलगाम दौडादौड हिंड्छु । घोडाको टापको कर्कश आवाज उसको बीभत्स अट्टहासमा घोलिई बस्तीमा आतंकको कालो छाया मडारिन्छ उसको आगमन हाम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तै लाग्छ

~बादल सुरेश~ तिम्रो गाँउ जनकपुरको धामजस्तै लाग्छ तिमी सीता मचाहिँ तिम्रै रामजस्तै लाग्छ किताब खोल्छु, पढ्न बस्छु अनि टोलाउँछु हरेक शब्द मलाई तिम्रो नामजस्तै लाग्छ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : त्यो पहेँलो फूल

~कुमुद अधिकारी~ एउटा पहेँले फूल फुल्नेगर्थ्यो, त्यस बेलामा घरमा। त्यस्तो फूल मैले पहिले कतै देखेको थिइनँ र आजकल पनि त्यति देख्तिन। मलाई त्यो फूल मन पर्थ्यो त्यसको एउटा विशेषताले-त्यो साँझमा मात्र फुल्थ्यो, आफ्नै आँखैअगाडि, कोपिलाबाट पूर्ण फूल हुन बढीमा पाँच … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फ्युजनको सुन्दरता

~गोकर्ण भट्ट~ बिहान घरबाट निस्किंदा हरियो सारी, सारीसँगै मिल्ने हरियो रङ्गको ब्लाउज र खैरो रङ्गको चप्पल भिरेर ऊ अफिस हिँडेकी थिई । नयाँ जागिर, त्यसमा बल्लतल्ल काठमाडौं आउन पाएकी ऊ, अझै साहस थिएन सबैका अगाडि निर्धक्कसँग बोल्न सक्ने । त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रजातन्त्रको प्रमिथस हो ऊ

~कलानिधि दाहाल~ पूर्वी दिशाको प्रणयपताका बोकी, फैली फरफर फर्फर ! हृयूँचुली पग्ली र्झन सिपालु चेतनाताका झरना झर्झर ! पश्चिम उड्ने प्वाँख सजाई नाग्बेलीका घुम्तीहरूमा ! सजल सजेको मानवताको बत्ती बलेको एक कलामा ! कल्पतरुझैँ कलरवधुनमा कल्पनाका चञ्चु उघारी ! फैली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक

~विवश पोखरेल~ व्यस्त चौबाटोमा- मौन निःशब्द र स्थिर ठिङ्ग उभिएको थियो एउटा सालिक । जसको ओठमा – ढकमक्क फुलेको थियो दम्भको गुलाबी फूल अनुहारमा पोतिएको थियो कृत्रिमताको ओजस्वी आभा जड सालिकको प्राण प्रतिष्ठा गर्दै ठड्याउनेहरूले उत्साहका झ्याली पिट्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~उमेश लुइटेल~ शिक्षाको ब्याडमा शब्दका बीज छरेर कुशाग्र कर्णाधार जन्माउन तल्लीन ए ! मेरा समादरणीय सर आदर्शको छाती ध्वारध्वारी च्यात्ने यो कस्तो शिक्षा दिनु भो तपाइँले ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था ओढेर शिरमा

~दीपेन्द्रसिंह थापा~ उकालो ओरालो त यात्रा हो सँगै सुसेल्नु छ फेदी र शिर सँगै गुन्गुनाउनु छ फाँट र भिर । हिउँद बर्खा त भोगाइ हो हर मौसम

Posted in कविता | Tagged | Leave a comment

कथा : जुनेलीलाइ डी. भी. बिर्षेलाइ पी डी

~शेखर ढुङेल~ आज फेरी बिर्खे हत्तास बिचलित थकित शरीर अनि मन मस्तिष्क बोकेर कोठा भित्र पस्यो बत्ति बाल्यो र ओछ्यानमा डरलङ्ग पल्टियो एक छिन घोप्टो परेर कुक्क कुक्क गरेर रुन् थाल्यो ..बलिन्द्र अंशु झर्न थाले बलेसीमा पालिको पानि झरे झैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भन्दै थियो रे

~महेश बर्तमान रानामगर~ एउटा समुहको सदस्य उ मिलिटरी थियो सुसुप्त समय स्वार्थका अनधकारभित्र भयका प्रतिध्वानि कर्कश भएर गुञ्जियो र भन्यो ह्यान्ड साफ मैले दुबै हात उठाए । उ फेरी बोल्यो नटेरेको होस् मैले सुनिन र उत्तर जानिन उ र मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : गाली कहाँ छ ?

~कल्पना कल्पूु~ आमाको ममतामा गाली कहाँ छ ? सच्चा देशभक्त नेपाली कहाँ छ ? फलाउनु छ अन्न भोकमरी हटाउन भन किसान् दाइ हलो कोदाली कहाँ छ ?

Posted in गजल | Tagged | Leave a comment

गजल : अघि भर्खर यतै थियो

~सुवास श्रेष्ठ~ अघि भर्खर यतै थियो फेरी कता सर्नु भयो? एक्लै भएँ म त यहाँ लौन लाज मर्नु भयो। भन्नु हुन्थ्यो सँगै बसी मीठा मीठा कुरा गर्ने अन्तै जानु रैछ किन झूटो कुरा गर्नु भयो?

Posted in गजल | Tagged | Leave a comment

कविता : देश, दशैं र मन

~प्रतिमा के सी~ युद्ध र आन्दोलनले गलेको वेला भूकम्पको व्यथामा ढलिरहंदा राष्ट्रियता र स्वाभिमानको संजीवनी पिएर कतै सवल कतै दुर्बल वैशाखीहरुको साहारामा उठ्न खोज्दै छ तंग्रिन खोज्दै छ देश दक्षिणबाट बग्ने वेमौसमी हावा हिमालमा ठोकिइ पहाड बगेर तराइ डुवाउंदा

Posted in कविता | Tagged | Leave a comment

गीत : तुँवालो

~केदार सँकेत~ तुँवालो हो……।तुँवालो हो …॥ तुँवालो जस्तै उन्को त्यो मनमा किन मधुरो छु म कोशेली जस्तै त हो यो जीवन यात्रामा बोकेर हिड्दै छु म । कागजको टुक्रा सम्झेर मलाई कंैचिले टुक्राउदै हिड्छन् समुन्द्रहौ तिमी भन्छन् सबैले पौडीएर उनिहरुनै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जनताको आवाज

~हिरु सापकोटा~ नेपाल आमा रुवाएर ,पीडामा डुबाएर ,जनतालाई फसाएर! देशको रक्षा गर्छौ भन्नेहरु हो , आफु बहिस्कृत हुन सक्ने अवस्थाको ख्याल गर जनतालाई रोबट बनाएर बैज्ञानिक हुन खोज्नेहरु , जनता तिम्रा गुलाम छैनन् अत्याचार सहन गर्ने ! मानसिकता सँग खेलवाड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कमरेट काठमान्डुमा

~प्रकाश आस्था~ पहिलो रात ‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’ । लामखुट्टेको आक्रमण थियो । आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्रि निद्रा बिथोल्न लामखुट्टेहरूको प्रतिक्रियावादी बगाल अर्को ‘टिँईँ … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

आधुनिक गीत : म हुँ तिम्रो छुच्चो

~कृष्ण प्र. पाण्डे~ म हुँ तिम्रो छुच्चो तिमी मेरी छुच्ची मेरो पीर मेट्ने ती परेली कुची तिमी प्यार ,खुशी , हाँसो ,मनकी रानी मेरो श्वास तिमी , तिमी जिन्दगानी के के भनुँ अझै छ है लामो सुची

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आशुँ लुकाउन सक्छु

~खहरे~ तिम्रो निम्ती सारा खुशी देखाउन सक्छु। भन्छेउ भने सबै आँशु लुकाउन सक्छु। आकाश हो पिरती यो,जहाँ पुगुँ आशा हुन्छ। निरासको रास भित्र मिठासको बास हुन्छ। तिम्रो निम्ती तिमी भित्रै हराउन सक्छु,

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : रोगप्रतिरोधात्मक प्रेम

~अमर न्यौपाने~ २०६८ साउन । स्कुल छुट्टी भएछ । तोर्पा घर हुने विद्यार्थीहरू उक्लिँदै थिए, म भने तोर्पाबाट बरगाउँतिर थिएँ । रलिङ स् कुल आइपुग्दा स् कुल सुनसान भइसकेको थियो । टीका सर भने धारामा टन्नै लुगा धुँदै थिए । अरूभन्दा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मेरो डेड सी भ्रमण

~भगवती बस्नेत~ आल्हादित हुदै यात्रारत यात्रीहरु पानीले निथुर्क्क भिजेका बाटाहरु सडकपेटी चिहाइ रहेका जैतुनका बोटहरु घुम्ती, मोड सुरुंग हिउँका डिस्काहरु जेरुसेलेमको बेथलहेम शहर छिचोल्दै कतै रेगिस्तानको मरुभुमि हिडिरहेका उँट र खच्चडहरु स्वच्छन्द उडिरहेक चराहरु

Posted in कविता | Tagged | Leave a comment