Tag Archives: nepali sahitya

गजल : दिल भई दिएको भए

~अमृत सिङ थिङ~ कहिल्यै नटुट्ने पत्थरको दिल भई दिएको भए कैद भई बस्थें मुटु भित्र जेल भई दिएको भए पक्ष र विपक्षको समर्थक हुनु नै किन पर्थ्यो र? मैदान भित्र जितको मात्र खेल भई दिएको भए

Posted in गजल | Tagged | Leave a comment

कथा : तान्या, इन्द्रकमल र अन्धकार

~अविनाश श्रेष्ठ~ अन्धकार केही कोमल भएर तान्याको आङभरि टाँसिन आइपुगेको थियो जाडो रातको चिसो सिरेटोझैँ । रात तान्याका आँखामा विलाप बनी तन्किँदो थियो । बाहिर दलिनमा झुन्डिएका सुनाखरीका पातहरुको छाया तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो । निकै रहस्यमय थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी आमा र दशैं

~नविन काफ्ले अभि~ मेरो पाठशालाका भित्ताहरू सेतो कमेरो र रातो माटोले चम्की रहेको थियो मानौँ त्यो मेरो पाठशाला नभई पौष,माघमा हिउँका निर्मल पछ्यौरी ओढेर चम्की रहेको कैलाश पर्वत हो । पाठशाला पोतेर चम्काए पछि हाम्रो पठन पाठन लगभग दशैका रंगहरुसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रश्न

~सरिता तिवारी~ बा ! तपार्इंको काँधमा चढेर मलाई हेर्नु थियो संसार तपाईंका पाखुरीहरूलाई सिरानी बनाएर सुन्नु थियो जादूको कुनै बाकस खुलेजस्ता कथा र तपार्इंकै छातीमा ढुक्कले निदाएर देख्नु थियो इन्द्रेणीजस्ता सपना

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई आज खुशी लागेको छ

~बिमल गुरुङ~ अल्छिलाग्दो धरानको बाकसबाट बीरगंजको बोटमा हामफालें बसको थुनामा कैदी भएर अहिले म काठमाडौंमा आएं । ग्राहकहरु अगाडि छन् तौलेर तराजुमा दिनहरु म उपभोक्ताहरुलाई बाँड्दैछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँ आयो रे !

~ऋतिक यादव~ समयको यो कठगरामा हेर दशैँ आयो गरौंला शान्तिको जोरदार कामना हामी सबैको मनमस्तिष्कमा हेर मिठास आयो हेराऔंला खुब प्रगाढ भक्तिभावना हामी। सबैको मनोकामना पुरा हुने बेला आयो, गरौला दुर्गा माताको खुब आराधना हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माया गर्नु अङ्कल तर सुमसुम्याएर होइन

~सिमियोन रोक्का~ अङ्कल, साँझको प्रहर जब पहिलो चोटि तपाईँ हाम्रो घर आउनु भयो म सम्झन्छु, हातमा मलाई भनी चोकोफन ल्याउनु भयो काखमा बसेकी मलाई कडा हातले गालामा समाउनुभयो सुर्ती वास आउने मुँह नजिक ल्याइ आफ्नो छिपिएको दारी लाउनु भयो ।

Posted in कविता | Tagged | Leave a comment

स्पन्दन बिनोदका पाँच मुक्तकहरु

~स्पन्दन बिनोद~ (१) पूरै देश खान सल्केको वनमारा लहरो हो त्यो रोईरहेको निर्मलाको बाऊ बिचरो हो गरिब, निमूखा जेलमा बलात्कारी छन् स्वतन्त्र कान थुनेर बसेको अन्धो सरकार नकचरो हो (२) देश सोच्छु मनभरी अनेक सवाल भेटिन्छन् मनपरीतन्त्रले गरीबको आँशु फाला-फाल … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

यौन कविता : उनी र म

~पूर्ण ओली~ नितान्त एक्लैएक्लै छौँ आँखा अलगअलग अड्काएर खुट्टा पसारेर घरि मुठ्ठी बटारेर घरि औँला फड्कारेर हामी जन्माउने प्रतिष्पर्धामा छौँ । उनी तुना फुकाउँदै जान्छिन् म पनि तुना फुकाउँदै जान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो

~सौरभ कार्की~ मान्छेहरूले भनेका –आगोले जलाउँछ रे –पोल्छ रे भत्भती आगोले वेगम ! मैले कहिल्यै बुझिनँ– फरक के छ आगो र तिमीमा ? म सोच्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र बुद्ध

~रामगोपाल आशुतोष~ शिरमाथि नीलो आकास शिरमुनि ब्रह्मनालको तकिया ओछ्याएर चित्ता, ओढेर कात्रोको सिरक मेरी आमा स्वैरकल्पनाको विशाल घर निर्माणमा छिन् । क्षतविक्षत मेरी आमा बालेर आफ्नै शरीर दनदनी

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : कोलोराडो खोँचमा विष्णु मन्दिर

~सोम खनाल~ सन् २०१२ को जुलाईमा अमेरिकी दुग्ध बिज्ञान संघले आयोजना गर्ने बार्षिक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एरिजोना राज्यको फिनिक्स सहर जाने भइयो । दुईतर्फी हवाईखर्च र पाँचतारे होटेलमा खाने बस्ने प्रबन्ध विश्वविध्यालयले नै मिलाई दिने, अनि थोरै मात्रै अतिरिक्त … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नेपाली भजन : श्री राग आरती

~अखण्डदिल दास~ आरती लाउ साधु आरती लाउ एक तत्तु पार ब्रम्हाके आरती लाउ ।। छेर अछेरसरुपन पाउ दूृध समाधि परम्पद पाउँ ।।आरति।।१।।

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : म कमलरी

~तारा पराजुली~ आमाले- जानेबेला भन्नुभएको थियो– ‘नानी भगवान् खुसी पार्नुपर्छ भगवान् दाहिने भएमात्र उमेर दिन्छन् आयु दिन्छन्, भाग्य दिन्छन् र, दिन्छन् भरिला साँझ–बिहान ।’ चनौटोमा चन्दन घोटिएसरि लामो समय घोटिनुभयो आमा सधैं अरूका निधारमा सुहाएर टीका बनिरहनुभयो

Posted in कविता | Tagged | 1 Comment

कविता : माल्दाइको अभिवादन

~राजकुमार बराल~ म सानो छँदा “हा’ले कुसाबे?,” “आता’न् केबेक्पा?” भनेर जिस्काउने हाम्रा गाउँका माइला दाइ, अहिले त, बेंसीतिर बसाइँ सरेछन् । खै किन जान्न खोज्थे उनी, मेरो नालीबेली । पोहोर साल घर जाँदा भेट्नै पाइएन उनलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नौलो कथा

~सन्तोष आचार्य~ म कथा लेख्न बस्छु, कथाको पाटो छिचोल्न खोज्छु, नायकलाई स्थापित गर्नखोज्छु, तर नायक मान्दैन, थकित स्वरमा उ इन्कार गरिरहन्छ। उता खलनायकले मलाई धम्काईरहेकोछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो चुरिफुरि

~केपी अनमोल~ दसैँ कति भड्किलो, हेर न ! छिमेकीको मन दुखाई रहेछौँ । चाड नि यसरी मनाउँछन् र ? यसमा त, सबै खुसी हुनुपर्छ । जुम्लामा, चामल छैन, बाजुरा नुनै छैन , उनको पनि त दसैँ हो नि, फेरि अस्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कहिले काँही

~श्रीजना राजबहक~ कहिले काँही म भेटिन्छु त्यही चौतारा मा तिमी त आउँदैनौ तै पनि कुरी रहेको हुन्छु भिड मा पनि एक्लाई हुन्छु तै पनि सही छ मेरो जिन्दगी साँच्चै नै सही छ याद तिमीलाई मेरो नआएर होला

Posted in कविता | Tagged | Leave a comment

भूमिका थारुका चार मुक्तकहरु

~भूमिका थारु~ १. धर्तिको बोझ बनेर जिउनुको के अर्थ? नसा लागेन भने पिउनुको के अर्थ? फाट्न सम्म अब फाटिसक्यो फाटेको मनलाई पछिबाट सिउनुको के अर्थ? २. अधिकार अब सबैलाई मिल्दैछ कतिसम्म हेप्छौ। ढुंगा फोडेर पनि पिपल उम्रन्छ कतिसम्म चेप्छौ। पाप … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : टाइटनिक रुमाल

~बिनोद दाहाल~ कथा आफैमा नटुङ्गिने कथा हो। झन जीवन त कथाको यस्तो भुमरी हो। जहाँ धेरै कथाहरु सुरु हुन नपाउदै हराइसक्छन। लेखिन नपाउदै मेटिसक्छन। आफ्नै जिवनकथा लेख्ने क्रममा म कति इमानदार हुनसक्छु थाहा छैन । जिन्दगीको तेज रफ्तार मा म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समय

~खेमलाल पहारी~ शिरमा टकटकाउँदो सेतो हलुंगो पछ्यौरीको फेता गुथेकी, त्यस्तै सफा साडी चोलो लगाएकी अन्दाजी असी-असीवटा शिशिर वसन्त भोगेकी तिनी आमा सरासर मेरो घरको प्रवेशद्वार नजिक घण्टीफूलको बोटमुनि आएर टक्क अडिनुभयो। मैले सोचें सँधैंझै वहाँ पुजाकोलागि फूल टिप्न आउनुभएको होला। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डोटेली लोककथा: सात भाइकी एक बहिनी

~सङ्कलन : खेम बतास~ एउटा गाउँमा सात भाइकी एउटी बहिनी बस्थी। सबै भाइका नौगडीका गेडाझैं लामबद्ध भएर रहेका सात घर थिए। बीचमा एक मूल घर थियो, जुन घरमा इजाबाको शेषपछि बहिनी एक्लै थिई। एकदिन सातै भाइ सिकार खेल्न जङ्गलतिर जान … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीत : तिमीलाई अचेल कहाँ भेटुँ

~गगन बिरही~ तिमीलाई अचेल कहाँ भेटुँ पहरामा भेटुँ या छहरामा भेटुँ कि दिल हर्ने त्यो फूलको लहरामा भेटुँ नभेटुँ कतै यो मनमा हलचल नदेखुँ कतै निदँमा खलबल

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हेर कस्तो हुन्छ

~निर्मला अवस्थी~ इतिहासको पाना भित्र दसी हेर कस्तो हुन्छ वीर शहीद नाम लेख्ने मसी हेर कस्तो हुन्छ। जीवन दान गरी लडे बिर्सी दिए ऐले सबै राजनीतिको फन्दा भित्र फँसी हेर कस्तो हुन्छ।

Posted in गजल | Tagged | Leave a comment

कथा : न दोहोरिने रात

~बसन्त श्रेष्ठ ‘क्षितिज’~ चकमन्न छ ठमेल । ढल्कन लागेको रातको अन्तिम निमेष मात्र बाँकी छ । घडीको छोटो सुइले बाह्र बजाउन पाँच मिनेट बाँकी रहेको संकेत गर्छ । घरबाट म नौ बजे नै निस्किएको हुँ । निस्कदा पनि मेरा गन्तव्यको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : जुनेली रूप

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि सहस्रौँ तालमा फेरि देखिन्छ्यौ रूपकी धनी । विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब अहो कति ! इन्द्रेणीभित्रका रंग तिम्रा यी कति सन्तति !!

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : खै के खै के

~थरेन्द्र बराल~ सधै आॅसु झारि रहने आॅसु खै के खै के शिकारी मन हुनेलाई मासु खै के खै के आॅसु झार्नै दिन्नन उनी दुध र घिउ दिन्छिन

Posted in गजल | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : हिँडन्या पथमा झुक्याइ पति !

~जीतु खड्का गाउँले~ लय : अमरावती कान्तिपुरी नगरी कोही छन् परी कोही सुन्दरी देखिन्छन आँखामा घरीघरी हिँड्छन अङ्गमा धागो धरी अमरावती कान्तिपुरी नगरी । चाल चलन बिगार्ने ती युवती

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

कथा : नभेटिएको माया

~ए. अमात्य~ चालिस दिन मात्र बाकि थियो , ऊनीसंगको पहिलो अनलाइन डेटिङ भा’को एक वर्ष हुन । हामि कसरि साथी भयौ ? न उनलाई थाहा छ रे , न मलाई नै । राम्रो फोटो देख्यो कि रिक्वेस्ट पठाईहाल्ने बानि सायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पशु जात्रा

~रजिन पनेरु~ शहिदको छातीमा गाडेर तीखा नङ्ग्रा एक हुल गिद्धहरु रगत चुसेर मासु लुछिरहेछन् र चोइट्याइरहेछन् चुच्चाले अङ्ग अङ्ग । १

Posted in कविता | Tagged | Leave a comment

नैतिक कथा : छोटो बाटो

~अज्ञात~ एकपटक राजा अकबर र उनका सल्लाहकार बीरबल अरु सेना तथा मन्त्रीगणसंग कुनै गाउँमा जान निस्केका थिए । बाटो लामो थियो । केही समय हिंडेपछि राजा अकबरले भने, ” यो बाटोलाई छोटो बनाउन सकिदैन ? “। बीरबलले उत्तर दिए , … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कविता : ख्याक

~श्रीपुरुष ढकाल~ केटाकेटी छँदा मेरो बुबाले भन्ने गर्नुहुन्थ्यो- बाबु ! ख्याक, सबै खराब हुँदैनन् ख्याक, सबै डरलाग्दा मात्र हुँदैनन् ख्याक, असल पनि हुन्छ ख्याक, राम्रो पनि हुन्छ

Posted in कविता | Tagged | Leave a comment