Tag Archives: nepali literature

सफल घिमिरेका मुक्तकहरु

~सफल घिमिरे~ युवा रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ, जाजरकोटमा स्पेस स्टेसन, अनि जुम्लामा ओसन पार्क खुलाइन्छ, नसोच्नुस् यी सब कुरा सपनामा मात्र पाइन्छ, यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ । -पोखरा, २०६४ (श्रोत :- Safal’s Blog ) … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

भूपी शेरचनका मुक्तकहरु

~भूपी शेरचन ~ प्रत्येक पहेँलो धातुलाई सूनको गजुर भन्न मन लाग्छ प्रत्येक रङीन चरालाई बनको मजुर भन्न मन लाग्छ चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब ता बाटामा कुनै गधालाई देखे पनि हजुर भन्न मन लाग्छ

Posted in मुक्तक | Tagged | Leave a comment

रमेश पौडेलका मुक्तकहरु

~रमेश पौडेल~ (१) सपना मात्र सपना हो, सधैं अधुरै रहन्छ त्यो अनुवाद गर्न सकिदैन सधैं अपुरै रहन्छ त्यो हजार सपना देख्नेहरु पनि सबै यसै भन्छन् जगाउ सपनाको दियो सधैं मधुरै रहन्छ त्यो

Posted in मुक्तक | Tagged | Leave a comment

हरिभक्त कटुवालका मुक्तकहरु

~हरिभक्त कटुवाल~ यो जीवन कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : यसपालिको सपना

~बुद्धिसागर~ गएको वैशाख रिन तिर्न फर्कियो रुख—रुखमा कलिला पात टाँगेर गयो गएको हिउँद रिन लिन फर्कियो रुखलाई बुच्चै पारेर सारा पात टिपेर फर्कियो

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : चौथो डिभिजन

~हरिवंश आचार्य~ अहिले पनि एसएलसीलाई फलामे ढोका भनिन्छ । त्यतिखेर मजस्ता मध्यम वर्गका मान्छेको उद्देश्य एसएलसी पास गर्ने, नाइट अथवा मर्निङ कलेज पढ्ने अनि एउटा खरिदारको जागिर खाने हुन्थ्यो ।

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : राजा महेन्द्रलाई हृदयाघात हुँदा

~सुन्दरप्रसाद शाह ‘दुःखी’~ राजा महेन्द्र सिकार खेल्नमा ज्यादै सोखिन थिए। आममानिसको तरकिाभन्दा राजा/महाराजाको सिकार खेल्ने तरिका नितान्त भिन्न हुन्थ्यो। उनीहरूले आममानिसले जस्तो कहाँ बाघ पाइन्छ भनेर जंगल चहार्दै हिँड्ने कुरा हुँदैनथ्यो। सहयोगीहरूको समूहले बाघ घेरामा पारेपछि त्यसका बारेमा

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो प्यारो ओखलढुंगा

~डा. कविताराम श्रेष्ठ~ तलुवा डाडाँलाई म चढेको जहाजले फेरो मार्न लाग्दा झ्यालबाट छर्लंग देखें – ओखलढुंगा । अनायास मेरो अन्तस्करणले उच्चारण गर् यो – मेरो प्यारो ओखलढुंगा । तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य : क्या फसाद !

~वासुदेव लुइँटेल~ श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा गरेर बस्नुभएको थियो । ‘साहित्य’का देखादेखि सम्पादक ‘स्वास्नी मान्छे’ को भित्री सम्पादक भएको नाताले कमलबाबु र म हरेक शनिबार जस्तो उहाँको डेरामा जान्थ्यौँ । भाषा र साहित्यबारे छलफल … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अस्मिता

~रबि निरौला~ कुनै परिचित अनुहार वडो वेगले दौडिरहेको देखे लाग्यो यो मानिस आज सामान्य अवस्थामा छैन । रातो कुर्ता सरवाल अनि ठुलो रङ्गको बर्कोमा आफ्नो शरिर ढाकेकि १९-२० वर्षिया जस्तै लाग्ने युवति पिछा गर्न थाले । मैले उस्को पिछागर्नुको एउटै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनः एक मृत्यु स्खलन

~रमेश सायन~ कहिले काहीँ संयोगहरुले काम गर्छन् । तर,आज गरेन । यो सडक किनाराको घरमा कसैले बास दिएको भए संयोग हुने थियो तर भएन । आजको रात बिना संयोग बाँच्ने छु । काठमाडौँ जाने बसमा छु । मध्ये रातको बाह्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरानो प्रेमको नयाँ कथा

~झलक सुवेदी~ ‘हे मुला, तँ धेरै बकबक नगर त!’ म सम्झाउँछु। ‘माफ पाउँ। अब कहिल्यै यस्तो गर्दिनँ,’ उ माफी मागेझैं कान समात्छ। ‘साले, यस्तो माफी तैंले कम्तीमा दस हजारपटक मागिस् होला। दिमागमा कुनै मेमोरी चिप्स भएको भए म तँलाई हिसाब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य : दान

~राम अविकास~ दान दिने र लिने पनि सान खोज्दा रहेछन् अचेलभरि। दान लिनेहरुले दाम लिने तर दिनु पर्दा चामल नभएको धान दान दिनेहरुको पनि जमात राम्रै रहेछ। त्यसो त प्रगतिवादीहरु दान लिनु/दिनु हुँदैन भन्दारहेछन्। तर बिदेशी डोनेशनको पत्तो पाए भने … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बिल्ला

~राम अविकास~ ऊ आज आफै चकित पर्यो। नपरोस् पनि किन ! जतिखेर ऊ जुन पार्टीमा लागेर आफ्नो ज्यानको वास्ता समेत गर्दैनथियो त्यतिखेर यिनीहरु त्यो पार्टीको नाम सुनेर सायद घरभित्र लुक्थे होलान्। आज उस्लाई तिनीहरुले नै कुनै अर्को पार्टीको बिल्ला भिराइदिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

संस्मरण : मैले कसरी नेपाली सिकें ?

~सरुभक्त~ म जन्मेको समयको पोखरा साँच्चै नै सुन्दर थियो, शान्त थियो अनि धेरै सम्भावनाहरूले भरिपूर्ण थियो । म सानो छँदा म जन्मेको टोल बगरमा केही घरहरू मात्र थिए । ती घरहरूमध्ये अधिकांश नेवार जातिका थिए । एक दुई गुरुङ, तामाङका … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

स्थान परिचय : प्यूठान जिल्लाको इतिहास

प्यूठान जिल्लाको भौगोलिक स्थिती नेपालको मध्यपश्चिमाञ्चल क्षेत्रमा पर्ने प्यठान वर्तमान नेपालको ७५ जिल्लामध्ये राप्ति अञ्चलको मध्यपहाडी इलाकामा अवस्थित, मध्यकालको उत्तराद्र्ध र आधुनिक कालको पूर्वाद्र्धको इतिहासमा गण्डकी प्रस्रवण क्षेत्रमा विस्तारित चौबीसी राज्यहरुमध्ये एउटा शक्तिशाली राज्य थियो । यो ८२.३०˚ देखि ८३˚ पूर्वी … Continue reading

Posted in स्थान परिचय | Tagged | Leave a comment

ऐतिहासिक लेख : राजकुमार बहादुर शाहको दुर्भाग्यपूर्ण अवसान

~बाबुराम आचार्य~ प्रसिद्ध मेवाड–नरेश राणा प्रतापसिंह शाहजस्तै यशस्वी, पराक्रमी र युद्धकुशल समेत होऊन् भन्ने आकांक्षा राख्दै श्री ५ पृथ्वीनारायण शाहले आफ्ना नवजात जेठा छोरा युवराजाधिराजको नाम ।।।प्रतापसिंह शाह राखेका थिए । तर समय बित्तै जाँदा परिणाम भने उनको यस आकांक्षाको … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

नेपाली उपन्यास : नन्दिता

~प्रदिप नेपाल~ नन्दिता | नेपाली उपन्यास | प्रदिप नेपाल भूमिका  मेरी मायालु मामु,  तपाईंले देखेको सपना पुरा गर्न सकें, फेरि अर्कोपल्ट मलाई आशिर्वाद दिनुहोस् । पढाइ समाप्तीसम्मै सन्तोषजनक रह्यो । तपाईंको परिश्रम, तपाईको दुःख र तपाईंको पसिनालाई मैले अँध्यारो अनुहार … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

अनूदित कथा : चिन स

(चिन स नामक प्राचीन रमणीय बगैंचाको कथा)  दक्षिणी चीनका प्राचीन उद्यान र बगैंचाहरु चीन र विश्वमा नामी छन भने उत्तरी चीनको एउटा प्राचीन बगैंचा पनि निकै प्रसिद्ध छ। त्यसै कारण त्यस ठाउँलाई उत्तरी चीनमा रहेको“दक्षिण चीनमा

Posted in अनूदित कथा | Leave a comment

अनूदित कथा : हिराको हार

~ गेइ डि मोपासा~ अनुवादक: सिपी अर्याल उनी निकै सुन्दर, आकर्षक र सुशील युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपर्थ्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वाकांक्षा थिएनन्, नाम कमाउने चाहना थिएन, कुनै … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

लघुकथा : बन्धकी

~सरिता शर्मा समादर्शी~ उन्नाइस बर्षपछि बिदेशिएको महेश आफ्नो गाउ फर्कन्छ। साथी-भाइसँग भेट्ने क्रममा उ रमेशको घरमा पुग्छ। अतितका पाना पल्टाउदै दुवै खुबै मज्जाले गफ्फिन थाल्छन। यतिकैमा बाहिरबाट रमेशको छोरा आइपुग्छ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रहस्य

~बिष्णु प्रसाद अधिकारी~ आज साधु बाबाको शक्ति र झारफूकको खुबै चर्चा चलेको थियो । किन नचलोस उनको मन्त्र र बुटीले कसैलाई ठूलो वरदान प्राप्त भएको थियो । विवाह भएको १० वर्षसम्म पनि नि:सन्तान भएर दुःखी त थीई नै अझ समाजले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महाशिवरात्री

~दिलिप अविरल~ हर्केलाई अघिल्ला वर्षहरू झैं आज पनि महाशिवरात्री पर्वले आलिङ्गन् गरिसकेको छ।अघिल्लो वर्षमा महाशिवरात्रीको दिन साथीसंगीसँग मिलेर हुक्का-चिलिम भाङ धतुरो खाएर रातभरि महादेव जस्तो लठ्ठिएको क्षणलाई सम्झी आज फेरी उही कार्य पुनरावृति गर्ने म्याराथुन दौडमा छ ऊ।त्यसैले ऊ सामानको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भैरे

~बुद्धि मोक्तान~ हाउ कान्छा दाजु सेतो जोडी परेवा शान्तीको प्रतिक हो भने उही जातको जोडी ढुकुर चाँही के को प्रतिक हो नि लु भन्नु त “

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिरोधी

~बिना तामाङ्~ उद्घोषकले श्रीमती मैयादेविलाई मञ्चमा आएर महिला हिंसा बिरुद्द,लैङिगक असमानताले गरिएको भेदभावको बारेमा बोल्न आमन्त्रण गर्दछ। मैयादेवि मञ्चमा आउँछिन्।हात हल्लाएर अभिवादन गर्छिन्।सबै ताली पिट्छन्।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रातो दरबार

~सुरेश प्रसाद अर्याल “कान्छो”~ ऊ घडि हेर्छे,पाँच बजिसकेको छ । फटाफट एउटा नम्बरमा डायल गर्छे र छोटो बार्तालापपछि कुटिल मुस्कानसँगै फोन काट्छे । छिटो-छिटो स्नान गर्छे अनि दर्पणको अगाडि उभिन्छे । आफ्नो प्रतिबिम्बलाई एक टक हेर्छे अनि

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भजनेबाको महिमा

~सुरेश प्रसाद अर्याल “कान्छो”~ भजने बा कुनै परिचयको मोहताज छैनन किनकि ऊनि आफैमा एक परिचय हुन, ऊन्लाई कुनै चिजको आवाश्यकता छैन किनकि ऊनि आफैमा एक पूर्णबिराम हुन,ऊन्लाई खाँचो हुन्छ त एक जोडि मजुरा अनि भजन कार्यक्रमको… । भजन कार्यक्रममा भजनेबालाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विकृती

~बिना तामाङ्~ “क” पात्रको साहित्यकार बनेर नाम कमाउने ठूलो अभिलाषा हुन्छ । शहरको सम्पन्नशाली तर प्रतिष्ठित् हुन संघर्षरत पात्र । दुईचार शब्द कोरिहाल्ने तर न त्यसमा रङ्ग हुन्थ्यो न ढ्ङ्ग । रस र बिम्ब कुन चरीको नाउँ हो पत्तै छैन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कठै ! जुल्फे माइला

~राजेश रुम्बा लामा ‘अत्रिप्त’~ जुल्फे माइला बिगत ६ बर्ष देखि कतारको एक सेक्युरिटी कम्पनीमा कार्यरत छ । घरदेश छाडी परदेश लागेको यतिका बर्ष सम्म उ घर फर्केको छैन । घर देश छाडी परदेश लाग्नु सबैको निम्ति एउटा बाध्यता नै हो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पागलखाना

~बिजु सुवेदी ‘विजय’~ ऊ समाजमा सुधार गर्न चाहन्छ । समाजलाई परिवर्तन गर्न चाहन्छ । भिन्न-भिन्न धर्म मान्नेहरुका बीचको साँस्कृतिक , बैचारिक मतभेदबाट उत्पन्न बैमनस्यतालाई एकताबद्ध गर्न उसले सबै धर्मको निचोड एउटै हो सबै धर्म एकै हो भनेर समाजलाई सम्झाउन खोज्छ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घरसाटी यात्रा टुङ्ग्यो

~बिजु सुवेदी ‘विजय’~ रामको पसलभन्दा श्यामको पसल १० कि.मी. टाढा छ । रामको पसल शहरको पश्चिमतिर छ भने श्यामको पसल शहरको पूर्वतिर छ । रामको घरभन्दा श्यामको घर पनि १० कि.मी. टाढा छ । रामको घर शहरको पूर्वतिर छ भने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गनगने दाइ

~शान्तिराम ढकाल~ ‘गनगने कामी’ । सबैले गाउँमा त्यही नामले उनलाई बोलाउथे, मेरा बालाई सधैं बाजे भनेर बोलाउथे तिनले । गाउँभरि उनलाई सबैले तँ भनेर सम्बोधन गर्थे । तर मेरो बाले आफूभन्दा ठूलो, जेठो मान्छेलाई ‘तँ’ भन्नु हुँदैन भनेर सिकाउनु भएकाले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment