Tag Archives: nepali literature

कथा : संयोगान्त

~अश्रु सिन्धुलीय~ १. सामान्य बेलामा जस्तो छैन उनको चालढाल। अनुहारमा चमक छ र हिँडाइमा फुर्ती पनि। लुगा पनि विहेमा लगाउने जस्तो चमकदार र विशेष लगाएको पाएँ। अनि छोरी पनि सँगै छन्। उनकै छोरी भनेर त अनुमान मात्र गर्ने हो किनभने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सिपाही

~देवेन्द्र खेरेस~ एक किलाे हेल्मेट दुई किलाे बुट र चार किलाे राइफलको जिन्दगी म बाँचे भने बाँच्ने छ मेराे युग

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : प्याउली फूल

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास लौ, अब कथा सुन्नुहोस् । सडकछेउको एउटा गाउँमा गर्मीका लागि भनेर बनाइएको एउटा घर थियो, तपाईले त्यस घरलाई देख्नुभएको होला । त्यसका अगाडिपट्ट सेतो काठेबार लगाएको सानो फूलबारी थियो र चउरमा सेता पहेँला ससाना प्याउली … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | 1 Comment

कविता : “डेज अफ ग्लोरी” र लज्जित वर्तमान

~टंक वनेम~ बाँच्नेहरुको लागि इतिहासको निर्माण हुँदै गरेको बेला ज्ञान,बिज्ञान र धन दौलत भारतवर्षबाट अन्यत्र जान्थ्यो धोका,षड्यन्त्र,फट्याई र कुटनीति युरोपबाट एशिया आउँथ्यो त्यही स्वर्ण र पावनभूमिलाई पाश्चात्यहरुको गिद्धे दृष्टिले

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विज्ञान

~डा. विदुर चालिसे~ परीक्षाकाे सङ्घारमा पुस्तकका पाना पल्टाइरहेका बेहाेसी दुई छात्राहरूमा किताबी ज्ञानभन्दा मनाेगत लेपनमा वरिपरि घुमिरहेका दृश्यहरू झल्किरहन्थे । उनीहरूमा एक अापसी रूपमा रहेका खास लज्जा भन्ने कुरा काेठाका वरिपरि सकिएका थिए ।उनीहरू मनमाैजी पाराले बाेलिरहन्थे । सुन्ने काेही … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीति कविता : हिडेको बाटो

~चोक गुरुङ~ सम्झेर ल्याउँदा झझल्को आउँछ हिडेको बाटोमा मरेर पनि के लानु छ र मिल्नु छ माटोमा मरेको भोलि पुरानो लुगा कपुरमा राख्दछ

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : म निसास्सिइरहेको छु

~सौरभ कार्की~ तिम्रो हातमा छ लाठी । कम्मरमा छ बन्दुक । खुट्टामा छ बुटजुत्ता । त्यही जुत्ताको तलुवामुनि सदियौँदेखि कुल्चिएका छौ तिमीले – मेरो अस्तित्व । लाठी तिम्रै,

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र

~प्रदीप परियार~ मैले तिमीलाई गरिब, दलितको झुप्रा र झुपडीमा आउ भनेको थिएँ तर तिमी त केही सांसद, मन्त्रीहरूको महलमा मात्र पुगेछौ । मैले तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह

~राजु स्याङ्तान~ ए जिउँदा मान्छेहरू ! मेरो शरीरको पोस्टमार्टम गर्नुअघि एउटा आग्रह छ कृपया मेरो शरिरलाई चक्कु र कैँचीले होइन कलमले पोस्टमार्टम गर मेरो हृदयमा दबाइएको देशभित्रको अर्को देश पर्गेल्न सक्दैनौ चक्कुले सक्छौ भने कृपया कलमले पोस्टमार्टम गर

Posted in कविता | Tagged | Leave a comment

कथा : कोरोनाका छाप

~राजव~ डेभिडको छाया आफ्नो घरको लनअगाडि ठिंग उभिएको छ । कुनै बतासले उसलाई यहाँ भर्खर ल्याएर छाडेको थियो । मध्याह्न सुरु हुने वेला छ । हिमआँधी र कठ्यांग्रिने दिनका डिप्रेसिभ चिसो महिनाहरू बितिसकेका छन् । ढल्दो मे महिनाको दिन हो । मन रमाउने दिनहरू सुरु भएका छन् । आकाशको रंगमा कुनै दखल छैन । धर्तीमा घामले पूरै विस्तार पाएको छ । म्यापल, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सोच बदलौ !

~सुजन बुढाथोकी ‘कान्छा’~ मैले जिवनमा सबैतिर असफलता भोगे केवल असफलता………… योजना थियो, सपना थियो पुर्वपरिकल्पना थियो म थिए बाटो थियो र लछ्य थियो जब,हिड्दा हिड्दै अचानक लढियो तब मैले मेरि

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतीक्षा

~दिर्घ सुमन~ खुशी ! म कहाँ आउ है कति प्यारी तिमी । उनले भनिन् तिमी पढ म आउने छु मैले पढे तिनी आइनन् उनले वाचा गरिन् राम्रो जागिर खाउ म आउने छु मैले जागिर खाए तर तिनी आइनन् घर खोई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : महत्वाका‌ंक्षा : विनाशको प्रतीक

~कृष्ण धरावासी~ हाम्रो तिर्खा मेट्नका लागि हैन, नत्र त पानीले घाँटी भिजेपछि तृप्ति भई जाने थियो ; हाम्रो खोजी प्राप्तिका लागि हैन, नत्र त प्राप्तिपछि विराम चिह्न देखिने थियो। त्यसो भए केका लागि त हाम्रो खोजी र तिर्खाहरू ? सायद … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : समर्पित जिन्दगी

~राइमाण्डु~ तिमीले जसरी लिनु छ यो जिन्दगी लाई त्यसरी लिन सक्छौ । अलिकती आँसु छ । अलिकती पीडा छ । केही त्यान्द्रो खुशी छ । जसरी लिन चाहन्छौ त्यसरी लिन सक्छौ । तिमीले जसरी भाग लाउनु छ यो मनलाई त्यसरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय प्रेम र प्रतिछ्या

~सुजन बुढाथोकी ‘कान्छा’~ मैले तिमिलाइ हरेक दिन सम्झिए अनि आएर नदिकिनारको छेबैमा बसेको थिए खोलाको बगरमा घर बनाएर तिम्रै सुन्दर अनुहार हेर्नलाइ । तरङ्गगित छालहरुको बहावमा

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुत्तरित प्रश्न

~पुण्य गौतम ‘विश्वास’~ राजधानीको पाँचतारे होटलमा चल्दै थियो भव्य सेमिनार ऊ र म दुवै सहभागी ऊ धुरीको पदमा विराजमान/म धूलोबाट उठेको अञ्जान उसले सुरु गर्यो/शान्तिको श्वास फेर्दैछ गाउँ मैले सुरु गरें/अझै अशान्त छ गाउँ उसले थप्यो/सभ्यतातर्फ दौडियो गाउँ मेरो प्रतिवाद/उपभोक्ता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्थान

~डा.मधु माधुर्य~ सृजनाको शृंखला न हो अन्त्य गर्दै युगको – धमिलो आहाल – साम्राज्य शुरु हुन्छ – मेरो कविता ! र थाम्न नसकी

Posted in कविता | Tagged | Leave a comment

कविता : दुइ शहर

~विक्रम सुब्बा~ उता चिडियाखाना छ र्सपहरु छन, गोहीहरु छन् स्याल र भालूहरु छन् गिद्धहरु छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सानो – सुख

~इश्वरवल्लभ~ ती आकासका बादलका टुक्राहरूले त्यसै बिलाएको, र त्यसै आकार बनेको हेरिरहनु सानो सुख हो, मेहनतले निर्माण भएका पसिनाका थोपाहरु चेहरामा देख्नु सानो सुख हो, सानो सुखको ठूलो सानो जे भने पनि हुने सानो इतिहास हो बिम्बमा अल्झिरहेर कतै त्यही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्तव्यको पालन भएन

~निर्मला राई परिवेश~ यहाँ बाबाआमा बाबा आमा भएनन् छोराछोरी पनि छोराछोरी रहेनन् नेता अब यहा नेता भएनन् शिक्षक अब शिक्षक भएनन् बचनबद्ध भएनन् ,सारै सस्तो भयो छि बचन,ब्यबहार र जीवनशैली आदर,सदभाव,माया ममता, आदर्श .. बुध्द ,महात्मागान्धी ,महाबीर,मोहम्मत ,क्राईस्ट आदिका ..

Posted in कविता | Tagged | Leave a comment

कविता : साम्राज्ञीको सालिकलाई सम्बोधन

~रक्ष राई~ साम्राज्ञी साहिबा ! हजुरको राइफलको नालवाट नदेखिने मेरो एउटा अदेखा दुश्मन छ उ हजुरको काँधमा राइफल राखेर मेरो छातीमा गोली ठोक्छ म चाहीं उसको दुश्मनसंग पटक – पटक युद्व लड्छु महारानी साहिबा ! हजुरको दूरवीनभित्र नभेटिने

Posted in कविता | Tagged | Leave a comment

नैतिक लोक कथा : कौवा र मयूर

~सङ्कलन : अज्ञात~ जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा … Continue reading

Posted in नैतिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गजल : मेरो स्वप्ना लुट्ने मान्छे

~राजेन्द्र चोथाले~ तिमीलाई के भनुँ म मेरो स्वप्ना लुट्ने मान्छे आँसुको भल बनेर आँखामा फुट्ने मान्छे । यात्राको बाटो रोजी मेरो साथ मागी मागी यात्रा सुरु गरेर बीचैमा छुट्ने मान्छे ।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : एउटा पृथक काब्यिक धारः बर्दीभित्रको मन

~मिजास तेम्बे~ आज भन्दा दुइ बर्षपहिले मात्र मलाई उनको छोरा संगको संबाद सुन्ने सुयोग मिलेको थियो । त्यो संबादले मेरो हृदयमा अनौठो झड्का दिएको थियो । केहि क्षण स्तब्ध भएको थिए । त्यहि बेला देखि म उनका कविताहरुको पाठक हुँ, … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : यति धेरै रसाइरहेछ

~सुजन बुढाथोकी ‘कान्छा’~ यी आखाहरु आज किन यति धेरै रसाइरहेछ तैभएर होला आकासले पनि आँसु खसाइरहेछ मलाइ जान्न मन छ उ कलाकार हो कि आमा हो जो जिवनमा आफू रोएर पनि अरुलाइ हसाइरहेछ

Posted in गजल | Tagged | Leave a comment

कविता : यो नसा चीत्कार कि प्रेम !

~सुजन बुढाथोकी ‘कान्छा’~ हाम्रो नजिक आएर अनि भट्टी होटल र रक्सी पसल नजाने कसमहरु खाएर, बुवाले आजसम्म कति बोतल खानु भो? यादहरुमा तिमिलाइ नदेखु भन्छु अदृस्य अक्सिजन पवन बनेर तिमी हृदयका हर ढोका र ढुकढुकीहरुमा आइरहन्छौ।

Posted in कविता | Tagged | Leave a comment

गजल : भोग्दै थिए घात सानु

~ममता मृगतृष्णा~ हिजो भोगे माया आज भोग्दै थिए घात सानु जल्दै गर्या आगो छेऊमा चिठीका ती खात सानु जून थिएन आकाशमा,रूॅदै होला लुकि कतै जिवन जस्तै अन्धकार र निष्पट्ट थ्यो रात सानु।

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवित नायकको आत्मकथा

~सैलेन्द्र साकार~ ऊ ठीक सात बजे उठ्छ सात बजेर पाँच मिनेटमा रेष्टरुममा हुन्छ त्यसपछि दाँत माझ्छ बीस पटक माथिल्लो दाँत र वीस पटक तल्लो दाँत बु्रसले माझ्छ, मुख धुन्छ र सात बजेर बीस मिनेटमा ऊ बसभित्र हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाच्ने बानी

~शिव गौतम~ – वाँच्नु पानि एउटा नशा पो हो कि क्या हो, आज वाँची सके पछि भोलि फेरि वाँच्न मन लाग्ने, एक पल्ट माते पछि फेरि फेरि पनि मात्न मन लाग्ने। यो आदत छुटाउनलाई वाँच्ने यो लत छुटाउनलाई समुन्द्रका सुनामी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ खोज्ने होला

~सुजन बुढाथोकी ‘कान्छा’~ आलि धेरै नै तास्नु छ कोदाला कहाँ खोज्ने होला असार आयो धान रोप्ने खेताला कहाँ खोज्ने होला रोपाइलाई सिचाइ दिन हुन्थ्यियो, तर मुहान बेचियो बेचिएका हाम्रा ति सबै नदिनाला कहाँ खोज्ने होला

Posted in कविता | Tagged | Leave a comment

कविता : खसी बढो क्रान्तिकारी छ

~सुजन बुढाथोकी ‘कान्छा’~ हाम्रो घरमा भएको यो खसी बढो क्रान्तिकारी छ हाम्रो घरमा पालिएको बाख्रो बढो बिद्रोही छ । इमान्दार छ र बढो वीर छ । गलाको डोरि स्बिकार्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : लीलामा अत्तर

~डा. विदुर चालिसे~ बगानका उत्तीसका पत्ताहरू पनि सुइरिरहेका बेला चियाजस्तै बन्थे अत्तरका मायालु सनमहरू सँग ! सगाेलका दृष्टिभ्रमहरूले टाँसिएर लिलाकाे घरहरू भरि मयूर थे पत्थरहरू चर्किरहेका प्रहरमा ऐनाका मगन झुल्किदिन्थे बहार

Posted in कविता | Tagged | Leave a comment