Tag Archives: nepali literature

कविता : समय, मान्छे र म

~मिजास तेम्बे~ म बोल्न खोजिरहेछु म खोल्न खोजिरहेछु बताउन सक्छु कि सक्दिनँ बुझाउँन सक्छु कि सक्दिनँ मान्छे, सधैँ विरोधाभाष देखिरहन्छ/लेखिरहन्छ मान्छे, सधैँ अनिणिर्त बोलिरहन्छ/खोलिरहन्छ मान्छे, सधैँ अन्धाधुन्द गरिरहन्छ/सरिरहन्छ मान्छे, सधैँ बेठेगान हिँडिरहन्छ/दौँडिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्दभूमिको झल्को

~दीपा लिम्बु राई~ जव मलाई हल्लाहरुले बिथोल्छ म जोडले ढोका बन्द गर्छु बन्द कोठा भित्रबाट अलिकति झ्याल उघारेर पुर्व क्षितिजलाई चियाउँछु । सम्झनाको झोक्का किन आउँछ यसरी ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सुङ्ग्देल गाउँ

~निर्मला राई परिवेश~ सुङ्ग्देल गाउँ जहाँ म जन्मे ….. ती डाडा र पाखा जहाँ म हुर्केँ …. असिमित मिठा माया र सम्झना छ मेरो ……. स्वासप्रस्वास रावाखोला बगिरहेछ मुटुको भल्ब बनि मेरो …….

Posted in कविता | Tagged | Leave a comment

कविता : काँक्रो

~राजेन्द्र तारकिणी~ तिमी काँक्रोझैँ भर्खरकी छौ । हरियो टीनएजको उकालो चढेर तिमी प्रवेशरत छौ– गुराँसको पछ्यौरी ओढ्ने लेकतिर त्यहाँ असाध्यै उथलपुथल हुरी चल्छ यौवनको । तिमी त भञ्ज्याङमा छौ, सुस्ताइरहेछौ सङ्क्रमणमा छ तिम्रो हरियो जामा

Posted in कविता | Tagged | Leave a comment

कविता : तातो हावा

~सुधीर छेत्री~ एउटा तातो हावाले शरीर फड़्कार्‍यो, प्वॉंखमा टॉंसिएका पानीथोपाहरू झड़्कार्‍यो अनि कम्मर कसेर उठ्यो आवाजहरूको थैला कॉंधमाथि भिरेर। तातो हावा अब

Posted in कविता | Tagged | Leave a comment

कविता : पितृ- आलोक

~सोमनाथ सुवेदी~ छातीमा जून टाँसिएको आकाश देखाएर मेरी हजुरआमाले मलाई स्वर्ग चिनाउनुभयो ! सुकिलो जून देख्ता आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : म हारेको यौटा उदास रात

~भवानी तावा~ म सम्झन्थेँ प्रत्येक रातहरू स्वच्छन्द हुन्छन् । ताराहरूले सुरेली खेलेर चन्द्रमाले मुसुक्क हाँसेर मसँग कल्पनामा बुर्कुसी मार्दामार्दै हाम्रो प्रत्येक रात – एउटा स्वर्णीम कल्पनाको सडकमा त्यसरी नै आउँछ होला त्यसरी नै जान्छ होला ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चहिँदैन

~विक्रम सुब्बा~ भोटे, पाना, ईट्टा र चिढीका बास्साहरू छन् अर्थात, पुरै चार राजा छन्… राज्य संचालनको फलास खेल्न

Posted in कविता | Tagged | Leave a comment

कविता : नया नेपाल बनाउने भए

~प्रकाश रोदुङ~ ए शिक्षित अगुवाहरु हो युरोप,अमेरिका जापनहरुको सपना त्याग्नु पर्छ नया नेपाल हराभरा बनाउने भए ए श्रमिकहरु हो प्रबाशमा बेचिएको श्रमलाई मातृभूमि फिर्काउनु पर्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : विध्वंस शहरको विधवा

~टंक वनेम~ पाल्म रुखहरुको पातमा बसेर बथानमा उड्ने चराहरु चिर्बिराई रहेका थिए। सन १९८० सालको सेप्टेम्बर महिना हुनु पर्छ। एक बिहान खवर पत्रिका पढेर हुक्काको सर्को गुडगुडाउँदै मेरो बाबा सादकारी साद कड्कनु भयो। दाजु भाई र एउटै धर्ममा सदाशयता नहुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : सम्झेर तिमी रुन्छु

~राजेन्द्र चोथाले~ सम्झेर तिमी रुन्छु म एक्लो जब हुन्छु मैले त यो मनलाई सकिन मनाउन चाहन्छ तिमीलाई नै यो साथी बनाउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सम्पत्ति विवरण

~राजेन्द्र तारकिणी~ सरकार ! तिम्रो मण्डलका मन्त्रीहरूको झैँ मणि–माणिक्य, हीरा, पन्ना र सुनचाँदी, देश–विदेशमा घर/घडेरी र जमिन, कार, बैंक ब्यालेन्स र शेयर नहोला मसँग तर नठान्नू कि म कङ्गाल छु । सरकार ! मसँग पनि छ सम्पत्ति–

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : पाँच गेडा केराउको कथा

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास उहिले-उहिलेको कथा हो यो । कथाचाहिँ कोसाभित्रका पाँच गेडा केराउको हो । वास्तवमा ती केराउ बडो अनुशासनका साथ मिलेर रहेका थिए, पल्टनका जवानहरूजस्तै लाइन मिलेर आ-आफ्ना ठाउँमा डेग नचली खडा रहेका थिए । कोसो हरियो … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

गीत : बाजी राख्नु पर्‍यो

~नरेश नाति~ देशकै छोरो बन्नलाई शिरै बाजी राख्नु पर्‍यो विरहमा परीन आमा हजारौको आँशु झर्‍यो मिठा मिठा सपनाहरु मनभरी साँच्दै गए फर्कि आउने बाचा छाडी सधै भरी टाढा भए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो जिन्दगीको के कुरा

~इश्वरवल्लभ~ यो जिन्दगीको के कुरा यो सपना हो र के कुरा तिम्रो रूपको पनि के कुरा मेरो गीतको पनि के कुरा कस्तो हो यो वेदना

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जीवन

~मधु श्री~ हत्केला माथि जीवन राखी कसेर पटुकी पसिना पोख्दै भरोषा बोक्दै साहस बटुली उकाली चढ्दै ओराली झर्दै जंगल चाहर्दै जरुवा खोज्दै मुस्किल रोज्दै अभाव स्याहर्दै कहिले घाम हिँउँमा बग्थ्यो मेटाई प्यास त्यो जम्दथ्यो मुटु जमेझैँ हिउँ कहिले आश त्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : नियत्ति भित्र

~प्रेम राई परिक्षित~ हिड्नुको नियत्तिमा म फगत पाईला सारिरहेको छु बाच्नुको नियत्तिमा म दुई सर्को श्वास फेरिरहेको छु भुगोलको रेखा झैं नशाहरु सङ्गै कुदिरहेको छु मानौ म पत्रकार

Posted in कविता | Tagged | Leave a comment

किराँती लोक कथा : धामी ठूलो की बोक्सी ?

~सङ्कलन : राजेश राई~ किराँतीहरु धेरै पहिले टुनामुना, जाँदु, जप, तन्त्रमन्त्रमा आदिमा पोख्त थिए । जो टुनामुना, तन्त्रमन्त्र गर्न सक्थ्यो त्यस्ता मान्छेहरुको समाजमा प्रतिष्ठा र ख्याति हुन्थ्यो । उसलाई समाजमा ठुलावडा भनिन्थ्यो । त्यस्तै पारु नाम गरेको एकजना युवक पनि … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

हार्दिक श्रद्धाञ्जली राष्ट्रकविप्रति

राष्ट्रकविप्रति साहित्य सङ्ग्रहालय हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ !!! आदरणिय प्रिय राष्ट्रकवि माधवप्रसाद घिमिरेले १०१ वर्षका उमेरमा आज मंगलबार, भदौ २, २०७७ साँझ साढे ५ बजे ब्रम्हमलीन हुनुभएको छ । विसं १९७६ असोज ७ … Continue reading

Posted in Misc | Tagged | Leave a comment

गीत : त्यसरी होओस् मरण

~माधवप्रसाद घिमिरे~ त्यसरी होओस् मरण जसरी सुत्छन् तारमा गीतका चारु चरण हिमालचुली देशमा, दिनको शान्त भेषमा जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण त्यसरी होओस् मरण ।। सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भ्यागुताको गीत

~रुपिन्द्र प्रभावी ‘कटु’~ ट्यार्–ट्यार् ट्यार्–ट्यार् भ्यागुताको गीत न लय छ न ताल छ र पनि मच्चिएर गाउँछन्– ट्यार्–ट्यार् ट्यार्–ट्यार् । मन परोस्÷नपरोस् सुन्नेहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : ….सपना….!

~सुधिर ख्वबी~ रातभर सपना बुनेर बसें कहाँ के मिलेन कुन्नि ! बिहानभर मिलाई बसें कुनै बेला आकार न मिले झैं कुनै बेला यसका बुट्टा म दिनभर सपना केलाई बसें

Posted in कविता | Tagged | Leave a comment

कथा : बुद्धिमान ठग

~भूवन तामाङ~ मोर्गन एक मध्यमवर्गीय परिवारमा जन्मेको थियो । ऊ किशोरकालमै टुहुरो भएको थियो । उसले उच्चतहसम्मको शिक्षा हासिल गरे पनि बाबु आमाले जोडिदिएका जमिनमा अन्न र फलपूmल उब्जाएर जीवनयापन गर्दथ्यो । टुहुरा भएकाले उसको मनमा के–के तर्कनाहरु खेल्दथे । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँखाले

~गोपाल पौडेल “बसन्त”~ आँखाले रोजें मनले ताकें यो मेरो साथी हो गुराँस फूल टिपेर दिउँला गजव सृष्टि हो कल्पना भित्र उडेको उडै्य कुन ठाउँ पुगें छु हिडेको बाटो विर्सेर मैले हिमाल छुएँ छु

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : ईश्वर गाथा

~निर्मल कुमार थापा~ कवि मञ्जुल पछिल्ला नियमित भेटहरूमा सम्झाइ रहनुहुन्थ्यो – “ईश्वर दाइले सम्झनु भएको थियो एकपटक भेटिहाल्नुस् ….” सर्जक सीता पाण्डेले कुनै एउटा कथामा आफ्नो पिताको मृत्यु शोकमा लेख्नु भएको छ – “जीवन सधै व्यस्तताहरूले अल्झाइरह्रयो । केही सभामा … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

समीक्षा : अध्ययन र समर्पण

~कुलचन्द्र वाग्ले~ अध्ययन र समर्पण दुई भिन्न विषय जस्ता देखिन्छन् । यसो भए पनि एकले अर्कोलाई अर्थात् अध्ययनले समर्पणलाई र समर्पणले अध्ययनलाई विकसित गर्ने कुरामा यी दुई विषय अभिन्न पनि छन्, सहयोगी पनि हुन् । नेपालमा अध्ययनशीलताको कमी छ भन्ने … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : मन छ

~राधा वाग्ले~ तिम्रो दिलको दैलो भित्र पसिजाने मन छ भित्र पसि डेरा जमाई बसिजाने मन छ । त्यो मन को बुलबुलेमा खेल्न दियौ भने कहिल्यै ननिस्किने गरि धसिजाने मन छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आफ्नाे भूगाेल हराएको देश

~हिमाेढ पहाडी~ हाइबुन शैली नालापानीमा पूर्खाहरुले देखाएको वीरता विश्वयुद्धमा गाेर्खालीहरुले अार्जेकाे शान हिङ सिद्धिए पनि अझैसम्म त्यस्तै त्यस्तै वीरताकाे वासना छरिरहेछ । एउटा दस्तावेज हाे सुगाैली सन्धि प्याराे भूगाेल मुटुबाट चाेइटिएकाे कथा

Posted in कविता | Tagged | Leave a comment

लिमरिक : गर्दभ राग

~सोफिया शर्मा रेग्मी~ संगीत सिक्न आएकी नेपालबाट तर सबै हांस्छन् मेरो गर्दभ रागबाट । अरुका मीठा स्वरहरु सुन्छु

Posted in लिमरिक | Tagged , | Leave a comment

कविता : छटपटी

~रमण घिमिरे~ आँधी-हुरी झेलुँजस्तो आगोसँगै खेलुँजास्तो बस्तीबाट निस्किएर एकान्तमा कराऊँजस्तो के-के हुन्छ अचेल मलाई सारा रहर पुरुँजस्तो आफन्तको आँसु पुछ्न घरी-घरी मरुँजस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम भेट

~शिशिर पराजुली~ फोन राख्ने बित्तिकै म सरासर तयार भएँ । नाकाबन्दीको बेला थियो त्यसैले बाइकमा पेट्रोल थिएन । एक हप्ता अगाडी दिन भरि लाइन बसेर बल्ल बल्ल एक लिटर तेल हाल्न पाएको थिएँ । त्यो तेल पनि हिजो सक्कियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यदि म नदि भए भने !

~सुजन बुढाथोकी ‘कान्छा’~ सबैभन्दा सुरुमा म समुन्द्रबाट त्यो निलो आकासको प्रकासहरुसङ्गै बादलहरुमा बिलय भएर अनि फेरि झर्नेछु झरीहरुबाट पृथ्बिका यि नाङ्गा बगरहरुमा । र भर्नेछु कसैका उदाङ्गा रहरहरुलाइ

Posted in कविता | Tagged | Leave a comment