Tag Archives: nepali literature

कथा : अलबिदा हावी

~इन्दिरा शाह~ भेस्डिङ मेसिन -पैसा खसालेर बटन दबाउने मेसिन) बाट दुईवटा चिसो कोकको बोतल झिक्यो र एउटा मतिर बढायो । अर्को बिर्को खोलेर एक घुटको पियो । जुन महिनाको प्रचण्ड गर्मी थियो । खेतमा कुनै बाली लगाइएको थिएन, सायद लगाउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लोभ

~होमशंकर बास्तोला~ नदीको छेउबाट भँगालो आएको थियो । ऊ भँगालो तरेर नदी र भँगालोको बीचमा बसेर सोचिरहेको थियो- ‘नदीमा बाढी आयो भने म कता भाग्ने ? नदीको कति मीठो सुसेली! ईश्वरले अहिले मलाई पखेटा हालिदिए नदीपारि पुगेर फेरि यतै र्फकन्थेँ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पूनरावृत्ति

~हेमनाथ घिमिरे~ सधैं झैं आज पनि बिहानको नित्यकर्म सकेपछि स्वास्थ्यचौकीबाट मूल सडकतिर ओर्लिएर मायाको चिया पसलतिर लागेँ । स्वास्थ्य शिविरको लागि यहाँ आएको दोश्रो पटकदेखि नै उनको पसलमा गएर बिहानको चिया पिउने बानी परेको थियो । स्वास्थ्यचौकीबाट उनको पसल पुग्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : बादशाहको अत्याधुनिक पोशाक

~हेमनाथ घिमिरे ~ प्राचीन युगको कथाका बादशाह निरङ्कुश तथा मूर्ख थिए । भारदारहरु उनको निरङ्कुशताबाट आजित भई उनको मूर्खताको फाइदा उठाई उनको बेईज्जत गर्न विद्वानले मात्र देख्ने अत्याधुनिक पोशाक लगाइदिने नाममा बादशाहलाई नाङ्गै शहर घुमाए । सजायँको भय तथा मूर्ख … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : अन्धा र हात्ती

~हेमनाथ घिमिरे~ एकादेशमा अन्धाहरूको राज्य थियो । सबै अन्धा भएपनि राज्य ब्यवस्था सुचारु रुपले चलिरहेको थियो र राज्य आत्मनिर्भर पनि थियो । अन्धाहरूले राज्य संचालनको लागि हरेक चार बर्षमा पाँचजना मन्त्रीहरूको चयन गर्थे । यी मन्त्रीहरू दिनहुँ राज्यका बिभिन्न ठाउँ … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : सुनौलो सपना र अँध्यारो गल्ली

~हरिहर खनाल~ बिहान सबेरै उठ्नु पर्छ, पाँच बजेको हाराहारीमा। त्यति नगरे काममा समयमा पुगिन्न। समय घर्केपछि काममा जान राधेश्यामका लागि कत्ति पनि राम्रो लाग्दैन। ऊ ठान्छ, त्यसो गर्नु भनेको ठगेर खानु हो। ठगेर खानु र चोर्नुमा के अन्तर छ? ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उ मुस्कुराई रहेको थियो

~हरिहर दहाल ~ गाउँ भरी नै सम्मानित थियो उ|सामाजिक संघ-संस्था तथा स्थानिय सार्वजनिक महत्वका कुनै पनि कार्यक्रमहरुमा बिना उसको उपस्थिती कार्यक्रमनै खल्लो महसुस हुन्थ्यो|बिभिन्न संघ सस्था को सस्थापक अध्यक्ष,सल्लाहाकार समितिको संयोजक,आजिबन सदस्य,मानार्थ अध्यक्ष जस्ता अनगिन्ती गरिमामय जिम्मेवारि तथा संलग्नताका कारण … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाजसेवा

~हरिहर दहाल~ ऊ नम्रतामा विश्वाश गर्छ। सबैलाई झुकेर नमस्कार गर्नु उसको बानी हो। समयले भ्याएसम्म र क्षमताले पुगेसम्म मानबिय आपद-बिपदका अबसरमा चन्दा दिन्छ। सकेजति सबैलाई सहयोगको हात बढाउछ। कसैलाई हुन्न र गर्दिन नभन्नु उसको कमजोरी हो। भ्याए र सकेजति गर्छ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्रभु मलाई बचाउनुहोस्

~हरिहर दाहाल ~ घरमा सधैं तनाब हुन्छ। कोलाहल र चिच्याहटमा रात बिताउनु पर्छ। दिनदिनै आमा र बाका बिचमा हुने झै-झगडा, कुटाकुट, लुछाचुडी र भनाभनले मेरो टाउको दुख्छ। बा र आमा बिचमा हुने संबाद सुन्दा र व्यबहार हेर्दा यस्तो लाग्छ कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : माइक र मिलिन्दा

~हरिहर दाहाल~ माइक प्राय ११ बजे नै लन्चका लागि आउने गर्छ र उ सधै पहिलो ग्राहक हुन चाहन्छ र आज पनि उ सधैंझै सबैभन्दा पहिला नै आयो। मैले उसलाइ रेस्टुरेन्टमा लन्च गर्न आउने क्रममा केहि नेपाली शब्दहरु ” नमस्ते,तपाँइलाई कस्तो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : असहमती

~हरीहर दाहाल~ बैठक ठीक १० बजे शुरु भयो।प्राबासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरुको सहभागीता रहेको त्यस सम्मानित उपस्थितीले प्रबासमा रहेका नेपालीहरुलाई सँगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए। यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो।तुरुन्त संस्थाको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ओखती

~हरी प्रसाद भण्डारी ~ गाउँमा स्वास्थ्यउपचार टोली खटिएको थियो र गाउँलेहरु शिविरमा जम्मा भएर उपचार गराइरहेका थिए । त्यस्तैमा पल्लो गाउँमा एक परिवारका सातैजना सिकिस्त बिरामी छन् रे र शिविरसम्म आउन पनि सक्दैनन् रे भन्ने खबर शिविरमा आयो । ‘उनीहरु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रवृत्ति

~हरिप्रसाद भण्डारी~ सहरको केही पर एकान्त स्थानमा एउटा मन्दिर थियो । मन्दिर वरिपरि सानासाना कुटीहरू थिए । कुटीमा योगी, सन्न्यासी तथा पूजारीहरू बस्थे । नजिकै बाक्लो बस्ती भएको हुँदा नियमितरूपमा भक्तजनहरू मन्दिरमा दर्शन गर्न र घुम्न आउँथे । मन्दिर परिसरको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : संजोग

~हरिप्रसाद भण्डारी~ म ब्यूँझदा मैले आफूलाई अस्पतालको बेडमा पाएँ । अचम्म लाग्यो मलाई । म किन र कसरी त्यहाँ पुगेँ भन्ने कुरा मेरा दिमागले ठम्याउन सकिरहेको थिएन । त्यसबेला मेरो सारा शरीर दुखिरहेको थियो । टाउको गह्रौं भइरहेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दृश्य

~रामकुमार बस्नेत~ नेपालनाथका छोराहरू सगोलमा बस्न नसक्ने भएपछि बाबुसँग अंशबण्डा गरिदिन भने । पढेका र बढेका छोराले आ-आफ्नै गृहस्थी चलाउन भनेर नेपालनाथले पनि आफूले दुःखले कमाएको एउटा घर छोराहरूको नाममा जति पुग्छ खुसीकासाथ सबैलाई बराबर बण्डा गरिदिए । बाबुबाट अंशको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फूलजस्तै छे मेरी ऊ

~रामेश्वरी पन्त~ बाहिरबाट हेर्दा यो घर खण्डहर जस्तो लाग्छ, मानौँ वर्षौँदेखि यो खालीखाली छ । चारैतिर अत्यासलाग्दो झाडी र झुम्म परेका रूखहरूको बीचमा ठडिएको यो घरलाई सडकमा ओहोरदोहोर गर्ने जो कोहीले पनि एकपटक पुलुक्क हेरेर जान्छन् । सायद उनीहरूको मनमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनका गोरेटोहरू रहेछ

~राजेश नतांश~ साँच्चै जिन्दगीका हरेकपलहरू कष्टप्रद हुँदारहेछन् । जीवनपथका हरेक खुड्किलाहरू अप्ठ्यारा हुँदारहेछन् । हिँड्न नजान्दा लखराएर लडिदो रहेछ । लडेर के हुन्छ ? त्यो त परिस्थितिले नै बताउँदो रहेछ जीवनका मोडहरूमा ।त्यतिखेरका मेरा सुनौला दिनहरू निकै रोमाञ्चकारी भएर बित्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतीतका ती पलहरू

~राजेश नतांश~ अनायासै, मध्यरातमा एक्कासि म ब्यूझिएँ। सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ। वातावरण सुनसान थियो। दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए। बस् त्यसलाई कापीमा उतार्नुपर्ने थियो। छिमेकमा दुई बुढाबुढी एकआपसमा घर–सल्लाह गर्दै थिए। उनीहरूको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरा पात्रहरूसँगको रात

~राजेश नतांश~ चिसो हावा आफ्नै गतिमा प्रवाहित भइरहेको छ । सडकहरू सुनसान छन् । सडक छेऊका हाइपावरका सडक बत्तीहरूले सडक उज्यालो पारेका छन् । सडक बत्तीहरूमा पुतलीहरू झुम्मिरहेका छन् । लाग्छ त्यहाँ एक प्रकारको मोहनी मन्त्र लगाइएको होस् र त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : समयचक्रमा विकल सर

~राजेश नतांश~ निकै ‘रोमान्टिक’ थिए विकल सर । मोटो, ओग्लो, हृस्टपुष्ट थियो शरीर । सेतो चस्मा लगाउँथे । स्वीटर, पेन्ट, सर्ट मनपर्ने पहिरनहरू थिए । पढाईका हरेक सन्दर्भमा मजाक गर्ने बानी रमाइलो थियो उनको । सबै विद्यार्थीलाईं हँसाई-हँसाई पढाउँने गर्दथे … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : चकित जनता

~राजेश खनाल~ पहिलो दलका नेताः हामीले कति महान् कार्य गर्दै आएका थियौँ तर हाम्रो त्यो कार्यलाई देखी सहेन्न र हामी तल ओर्लनु पर्‍यो । तर धन्दा नमान्नुस्, हाम्रा ती विरोधीहरूलाई नेपाली जनताले देखाउनेछन् । दोस्रो दलका नेताः करिब साढे दुई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लण्ड्री प्रेम

~राजव~ घरबाट उसलाई बिहे गर्न नेपाल डाक्याडाक्यै थिए। हरेक पटकको फोनमा अरू कुराभन्दा बढी उसलाई बिहे गर्नु पर्‍यो, बूढो हुन लागिसकिस् आइज भनिरहन्थे। उसलाई पनि घरकाहरूको यो कुरो ठीक लाग्न लागिरहेको थियो। त्यसकारण उसले फोनमा बाउलाई सुनाएको थियो, “हुन्छ मङ्सिरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रिटर्न टिकट

~राजव ~ यताको मौसम सुधि्रएपछि म आइपुगेँ। अन्तिम अप्रिलको दिन, वातावरणमा न्यानो फैलन थालेको थियो। म आइपुगेको लगत्तैको बिहान मे महिना शुरु भयो। “घमाइलो दिन भर्खर हो शुरु हुन थालेको”, छोरोले भन्यो। “तर यहाँको घाममा ताप अझ् बढ्न सकेको रहेनछ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फागुको रङले तरङ्गएिको मन

~रत्न प्रजापति~ उसले औँला भाँचेर गन्ती गरी- ठ्याक्कै दुई वर्ष भएछ उसको लोग्ने विदेश गएको । देशमा द्वन्द्व चर्किर्एपछि गाउँमा टिक्न नसकेर उनीहरू सहर पसे । सहर पसेर मात्रै उनीहरूको हैरानी सकिएन । बाँच्नै पर्‍यो र बाँच्नका लागि खानै पर्‍यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पछ्यौटे अग्रगमन

~मनु ब्राजाकी~ गणतान्त्रिक नयाँ नेपालको थाप्लोमाथि पुरानो साबिक सूर्य उदायो । वाग्मती भनिने ढलमतीको एउटा किनारमा पौराणिक भए पनि उत्तरआधुनिक देब्रे ढल्किएको शिवलिङ्ग पूजा प्राप्त गर्न ठडिएको छ । साबिक सूर्यको धूमिल गुलाफी प्रकाशमा कतैबाट एउटा भुस्याहा र लुत्याहा कुकुर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाघले झम्ट्यो

~ गोबिन्द बेल्बासे ~ भान्ज विदुरलाई मोवाइलमा फोन गरेको, उनको मोवाइल फोनको स्वीच नै अफ रहेछ। अफिसको नम्वरमा फोन गर्दा सिधै उनले उठाउँदैनन्। त्यो पिएले को बोल्नुभएको, के काम थियो? भन्ने निदीखुदी पार्छिन्। तै पनि फोन नगरी भएन। मोवाइल उठ्दै नउठेपछि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समर्पण

~गीता केशरी~ हरिलाई आजभोलि निकै कविता पढ्ने सोख चलेको छ । त्यसमा व्यक्त भावना र विचारमा डुबुल्की मार्दै हराउन चाहन्छन् । आफ्ना अरू साथीहरूलाई पनि उनी भन्दै हिँड्छन्, “कविता पढ अनि मन शान्त हुन्छ । कविता लेख मन समालिन्छ ।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हतियार

~डा. ऋषिराज बराल~ पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

घोडचढी

~डा. ऋषिराज बराल~ नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो । दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

क्यान्टोनमेन्ट नम्बर ३७३०

~डा. ऋषिराज बराल~ हातमा लिनेबित्तिकै उसको मुखबाट लामो सास निस्कियो, थाहै नपाई निस्कियो । यो सास पनि होइन, यो त तातो वाफ हो । अझ भनौँ-उसको छातीबाट ज्वालामुखीको लाभा निस्कियो । एक हातले पुगेन उसलाई । दुई हातले च्याप्प समात्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : निषेधको राजनीति

~डा. रवीन्द्र समीर~ सानो चिटिक्कपरेको सुन्दरघर, घरको वरिपरी सप्तरंगी बगैचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास…अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो । छिमेकीहरूमध्ये

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुबा र बुबाहरु

~डा. रवीन्द्र समीर~ ‘बाबु ! उँहा तिमो बाबा होइसिन्छ ।’ उसले आर्श्चर्य मान्दै गोरो तथा लजालु युवकको खुट्टामा ढोगिदियो । * * * ‘बच्चु ! तिमो पिता आउनुभयो ।’ रातिको पिल्पिले बत्तीमा गहुँगोरो तथा प्रौढ देखिने व्यक्तिको खस्रो काखमा ऊ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment