Tag Archives: nepali literature

संस्मरण : मैले रोजेको बाटो

~बुद्धिसागर~ आज म ३२ बर्षको भएँ। सानोमा स्कुल छाडेर भागेको। मोजाको फुटवल बनाएर खेलेको। खोलामा नाँगै नुहाएको। सरले मुर्गा बनाएर घाममा उभ्याएको। पहिलोपल्ट फिलिम हेरेको। घरमा आमाले पकाएको रारा चाउचाउ गड्यौलाजस्तो लागेर घिन मान्दै नखाएको। अस्ति भर्खरैजस्तो लाग्छ। समय त … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : स्मृति…..यो रेडियो नेपाल हो

~बुद्धिसागर~ घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानमा हुन्थ्यो । म बा-आमाको ओच्छ्यान छेउमा ठडिएको ठूलो आलमारी पछाडि सुत्थें । घरका सबैमा चाँडै सुतेर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : म बाइक किन्दिनँ

~बुद्धिसागर~ आठ वर्षको उमेरमा साइकल चलाउन सिकेको मैले बाइक चलाउने आँट गर्न सकिनँ। २० वर्षको उमेरमा बाइकमाथि बसेर ५० वर्षको उमेरमा पनि नओर्लेकाहरू भन्छन्, ‘साइकल चलाउन सक्नेले बाइक मज्जाले चलाउन सक्छ।’ सत्य हो। एकपल्ट सुर्खेतमा मैले दाइको बाइक चलाएको थिएँ। … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : आँसुको बिजनेस

~बुद्धिसागर~ हृदयको सुख्खा मैदानको माथिपट्ट िउदासीको एक टुक्रा बादल देखापरेको थियो । लामो समय खडेरी भोगेको किसानझैं, म ट्वाल्ल परेर बादल बर्सने प्रतीक्षामा थिएँ । मेरा आँखा पिरा भइसकेका थिए । मेरी श्रीमती पटक-पटक कौतूहलपूर्वक मेरा आँखामा हेरिरहेकी थिइन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : घोडाझैँ उफ्रिने जिप

~बुद्धी सागर~ ‘बाटो जुम्ला पुग्यो’ भन्दै काठमान्डुतिर अखबार र टिभी बर्खे भ्यागुताजस्तै चिच्याउन थालेका थिए । काठमान्डुमा टिभीहरू जुम्लामा फूल लिएर गाडीको स्वागत गरिरहेका गाउँले देखाइरहेका थिए। अझ ‘जुम्ला–कालिकोट मोटर पुग्यो’ भन्ने गीत हिट भइसकेको थियो। तैपनि, कर्नालीको बाटो भोगिसकेका … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : स्वर्ग बंक

~बुद्धी सागर ~ भाग  – १ ——– अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ। माथि हेर्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म मर्नै लागेँ, आऊ सावित्री

~बुद्धी सागर ~ म ०११ साल पुस ११ गते जन्मेकी थिएँ। मेरो नाम रह्यो- सावित्री भट्ट। बा कस्ता थिए, मलाई थाहा छैन। म दुई वर्षकी छादै बा बित्नुभएछ। धादिङ मैदीमा हाम्रो घर थियो। खरले छाएको। सानो पिँढी। घरपछाडि गोठ। गोठमा थिए, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : द पाइड पाइपर

~माया ठकुरी~ टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरू पुछपाछ गर्नेक्रममा मैले चित्रकथाको द पाइड वाइपर पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरूमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ, मनमनै साँचे । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक पढ्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भैंसी र मान्छे

~माया ठकुरी~ आठ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र …. हरे…. । यो झरीले के गर्न खोज्या होला…. – निन्याउरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आगोको ज्वाला

~माया ठकुरी~ ‘हेर्नोस् त मिस ! हामीले यो फूलबारी कति राम्रोसँग गोड्यौँ।’ विनयले आफ्नो समूहका अरू तीनजना बालकसहित रमिलाको अगाडि गएर भन्यो। ‘ए, हो ? खोइ हेरूँ त !’ रमिला मिस बालगृहको प्राङ्गणमा रहेको फूलबारीनेर पुगिन् र भनिन् – ‘ओहो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बोक्सी

~माया ठकुरी~ उसलाई थाहा छ उसका छरछिमेकीहरुले उसलाई ‘बोक्सी’ भन्छन् भनेर । उसलाई यो पनि थाहा छ उसको छिमेकीहरुले उसलाई हृदयदेखि नै घृणा गर्दछन् । यी सब कुरा थाहा पाउँदा पाउँदै पनि आफूमाथि लगाइएको अभियोगको प्रतिकार गर्न सक्दिन ऊ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पासो

~माया ठकुरी~ त्यसदिन पनि बोको खोज्न भनी भगतेलाई साथमा लिएर एकाबिहानै घरदेखि निस्केको थियो बमबहादुर । बोकाको मोल दिनदिनै बढ्दै गएको थियो तर बोकाको मोल जति नै बढे तापनि बमबहादुरलाई वास्ता थिएन, कारण, बोकाको मोल जति नै तिर्नुपरे तापनि तिर्नको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम निर्णय

~माया ठकुरी~ अचानक आधा रातको समयमा गाउँमा हल्लखल्ला मच्चिन थालेको हुनाले गाउँलेहरू अत्तालिँदै यताउता दगुर्न थालेका थिए । कतिपय गाउँलेहरूले त खास कुरो के हो, त्यो पनि बुझ्न सकेका थिएनन् । जब केहीबेरमै नकाबधारी डाँकाहरूको जत्था घरघरमा पसेर लुटपाट गर्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हरियो बत्ती

~मातृका पोख्रेल ~ आज विहानै रामनाथ आफ्नो पार्टी नेता क. अशोकको घरमा जरूरी पत्र पु¥याउन जाने तयारीमा छ । त्यसैले ऊ हरेक कामहरू चाँडै चाँडै सिध्याउँदै छ । आज अलि सबेरै उठ्यो । श्रीमती काममा गएकी छ, खाना आफैले बनायो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आगो

~मञ्जु काँचुली~ न्यानो हुन मलाई औधि मनपर्छ । आगोनजीक त्यसको रापसँग सम्बन्ध राख्न मेरा लालायित मांसपेसीका रेशाहरू जाडोका अनुभवले कक्रक्क पर्छन्, पर बलिरहेको आगोको तापमा ती रेशाहरूले देखेर टाढैबाट भावनामा अनुभव गर्न थाल्छन् । एक प्रकारको न्यानो तरङ्ग मेरा मांसपेशीका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छिमेकीको छाता र छाडा छोराहरू

~महेशविक्रम शाह~ पल्लो घरको छिमेकीले एक दिन मलाई फोन गरेर भन्यो, “भोलि तपाईंको घरजग्गाको नक्सा र लालपुर्जा लिएर मकहा“ आउनूस् । नक्सामा जग्गा उल्टोपाल्टो देखिएकाले नया“ नापी गराउनु पर्लाजस्तो छ ।” मैले ‘हवस्’ भनेर फोन राखिदिए“ । मैले उसलाई ‘हवस्’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : म पनि कुकुर

~महेशविक्रम शाह~ म अन्ततः कुकुर बन्ने प्रयासमा स˚ल बने“ । मैले मनैदेखि आ˚ूलाई कुकुर बनाउन खोजेको त होइन तर बेला यस्तो आएको थियो कि जहा“ पनि कुकुरका अनुहार र कुकुरका आवाजहरूस“ग स्वामी भनिनेहरू बढी लोभिने गरेको पाए“ । आखिर स्वामीहरूलाई … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

विज्ञान कथा : अल्छी र लापर्वाही मानिसहरु

~कुमार सिंखडा~ यो तीस बर्षको बिचमा कति आए, कति गए। विभागका भवनहरु भत्किए, थपिए। प्रत्येक वर्ष अप्रिल महिनामा नयाँ मान्छेहरु हाम्रो अफिसमा भर्ना हुन्छन्। तर ती कुनै पनि धेरै वर्ष टिक्दैनन्। तिनीहरु काम पनि त्यति गर्दैनन्। फिल्डमा जाँदा हामीलाई अर्डर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अफिसर छोरी

~कृष्ण राजभण्डारी ~ पहिले पहिले सरिताको सबैले प्रशंसा गर्ने गर्थे । टोलछिमेकमा शिष्ट मिजासिली शीलस्वभाव स्पष्ट वक्ता र मेहनती युवतीको उदाहरण दिनु पर्दा सबैले उनै सरिताको नाम लिने गर्थे । उनको पढाइ पनि असाध्यै राम्रो थियो । उनको मेहनत र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यात्रा

~कृष्ण प्रसांई ~ ब्रहृमपुत्र नदीकिनारका अविकसित माझी जातिको विषयमा अनुसन्धान र अध्ययन गर्न अष्ट्रेलियाको सिड्नीबाट आएकी सुश्री सूजनले गिलासमा बचेको कक्टेल बियर एकैसासमा घुट्क्याइसकेर भनी – “साँच्चै ! तिमी नेपालीहरू अति नै भाग्यमानी र गौरवान्वित छौ, तिमीहरूका हिमालय श्रृङखंलाहरूले हामीहरूलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कती दिन पो बित्न सक्छ र यस मान्छे सँग

~कृष्ण धराबासी ~ मनमा कुनै त्यस्तो युवकको स्पष्ट छाया पनि आइसकेको थिएन। कसैले प्रत्यक्ष रूपमा प्रेमप्रस्ताव राखेको थिएन। आफ्नो प्रेमी वा पति यस्तैयस्तै होस् भन्ने जस्तो अवधारणा पनि बनिहालेको थिएन। तर त्यसैत्यसै शरीर र मन भने चञ्चल र कस्तो-कस्तो हुन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब कहिले आउँछ्यौ नानी

~कृष्ण धराबासी~ “तिमी पनि जान लाग्यौ नानू  !” बाबाको अनुहार एकदम दयनीय र कारुणिक थियो । निरीह थिए आँखा । ओठ पनि कैयौँ दिनपछि पहिलोपल्ट खुल्दै गरेका जस्ता थिए । जहाँबाट आएर पनि सधैं बस्ने उहाँको त्यही त एउटा विशेष … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

भित्ते गणेश (अनुभुती)

~कृष्ण धराबासी ~ हरेक बिहान अफिस जान माइक्रोबस चढ्नुपर्छ भित्ते गणेशबाट। भाडा तिर्ने बेलामा खलासीले सोध्छ― “कहाँबाट चढ्नुभएको?” उत्तर दिन्छु― “भित्ते गणेश।” शायद गणेशको यो नाम काठमाडौंका थुप्रै गणेशभक्तहरूलाई थाह छैन। कस्ता भव्य-भव्य विनायकहरूका अघि यो फुच्चे भित्तेको के मूल्य? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~कृष्ण धराबासी~ धेरै दिनदेखि जान मन लागेको थियो । किन किन मनमा झझल्को आइरहेको थियो त्यो घरको । साह्रै दुःखले बनाएको थिए“ त्यो घर । गरबिी र अभावका सबै रातहरू त्यही“ बिताएको थिए“ । त्यो जमिन जोड्दाको समस्या त झन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हनुमानेको थेला

~कृष्ण धराबासी ~ इतिहासले कुल्चेर गएका समयका सबै क्षणहरूमा काला दागहरू मात्र छापिएका छन् । पश्चाताप, विलाप, घृणा र अविश्वासहरूको डरलाग्दो ग्रन्थ भएर उभिएको इतिहास विगतको अनुहार हुँ भन्छ । हामी हरेक वर्तमानमा खडा भविष्यको सुन्दर आकृति खिच्न व्यस्त छौँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ती उदासी आँखा

~कृष्ण धराबासी~ सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, ‘उठाउन मीरा ! किन दुःख … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिरालो

~कृष्ण धराबासी~ भित्तामा टँसाएर बनाइएको र्‍याकमा पुस्तक बडा जतनले मिलाएर राखेको थिएँ । प्रायः चाहिरहने किताबहरू टेबुलमै थिए । निकै दिनदेखि र्‍याकका पुस्तक चलाएको थिइनँ । छुट्टीको एकदिन पुस्तक मिलाउन भनी र्‍याकबाट पाखा निकाल्न थाल्दा म साह्रै अचम्भित भएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम मलामी

~कृष्णदेव रिमाल~ यतिखेर कसैले सोधेमा मैले आफू मलामी भएको परिचय दिनै पर्ने हुन्छ । मेरो अगाडि चिता दन्किरहेको छ । दागबत्ती दिनुभन्दा पहिले मूढाहरूको चाङमाथि शव सुताइएको थियो । मृतकका छोरा रमेश शोकाकूल थिए , विह्वल थिए । अनिवार्य नियतिलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अवशेष वस्ती

~किशोर पहाडी~ पूरावस्ती चारैतिर अस्तव्यस्त भएर थुप्रिएको थियो । नीलो हाफ ज्याकेट लगाएका केही मान्छेहरू त्यो अवशेष वस्तीम छिरेका थिए । चारैतिर शून्यता थियो कोलाहल पूर्ण भूकम्पपछिको शून्यता । नीलो ज्इाकेट लगाएका मान्छेहरू त्यो भूकम्पले आक्रान्त वस्तीमा शान्त मुद्रामा थिए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आवाज मोबाइलको

~किशोर पहाडी~ महानगरको मध्यभागमा रहेको एउटा सानो हल । हलमा देशका केही रङ्गकर्मीहरू भेला भएका थिए । ज्यादै गम्भीर विषयमा उनीहरूको व्याख्यान चलिरहेको थियो- “नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका” । सुरेखाजी बोल्दै हुनुहुन्थ्यो- “…अब देश गणतन्त्रात्मक भइसकेपछि रङ्गकर्मीहरूले पनि आफूलाई सोहीअनुहरूप … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : डम्बरे र बाटुलीको सपना

~खगेन्द्र लामिछाने~ अशोक रत्नपार्कबाट वीर अस्पतालपट्टबिाट हिँडिरहेको थियो, बिनाउद्देश्य । घाम नलागेकाले दिन चिसो थियो । धूवाँ र तुवाँलो मिश्रति धमिलो वातावरणमा रंगीचंगी ज्याकेट, स्वीटर र ऊनीका टोपी लगाएका मानिसहरू आफ्ना दुवै हत्केलामा मुखबाट तातो श्वास फुक्दै हातहरू रगड्दै थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लोकतान्त्रिक वस

~कपिल लामिछाने~ किसन काका एफ.एम. सुन्दै थिए । जिल्लाका हरेक गाउँमा लोकतान्त्रिक वस चलाइने कार्यक्रम रहेको समाचार सुनेर उनी खुसीले बुरुक्क उफ्रे । उनले भेटे जतिलाई ‘खुस खबरी’ सुनाए । – ए सुन्यौ हाम्रो गाउँमा लोकतान्त्रिक बस चल्ने भयो रे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment