Tag Archives: nepali literature

रालो

~कुसुम ज्ञवाली~ मुसाहरूले आन्दोलन गरेको थाहा पाएर बिरालो मुसाको आन्दोलन दबाउने षडयन्त्रमा व्यस्त थियो। मुसाहरूले सम्झौताबाट उल्लु बनाउन सकिने निष्कर्षका कारण गोलमेचमा बस्न बिरालो राजी भयो। बिरालोबाट घाइते भएर पनि बाँचेका मुसाहरूले विरालाको घाटीमा घण्टी झुन्ड्याउनै पर्ने माग राखे। एउटा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

भगवान

~कुसुम ज्ञवाली~ सन्तेकामी पण्डित घनश्याम गुरुभन्दा कम धार्मिक थिएन । क-ख नपढे पनि अनुभवको विद्वान थियो ऊ । एकदिन सन्तेकामी पशुपतिनाथ भगवान्को दर्शन गर्न नेपालतिर हिँड्यो । बसपार्कबाट ओर्लदा खर्चको लागि ल्याएको पैसा चोरियो । भोको सन्तेलाई एक गिलाससम्म चिया … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

थोत्रो घर

~कुसुम ज्ञवाली~ “हजारौ सहयोद्धाहरुको बलिदान पनि यो महानक्रान्ति भएको हो । हामीले विश्वलाई देखाइ दिनेछौं । तिनी विदेशीहरुको सहयोग नभएपनि हामीले हाम्रो मुलुकको भाग्य र भविष्य निर्माण एक्लै गर्न सक्षम छौं ।” …….. मेरा प्रिय सहयोद्धा साथीहरु हो ! हामीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सन्देश

~कुसुम ज्ञवाली~ फूलपातीको दिन म घर पुगेँ । पुग्नासाथ मेरा बालसखा शर्माको घर पुगेँ । विधवा श्रीमती र ५-६ वर्षो छोरो नफर्किने पति/पिताको आगमन पर्खेझैँ बसेको थिए । ‘आमा ! बुबा किन दसैंमा पनि घर नआ’को ?’ छोराले सोध्यो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गणतन्त्रको संस्कृति

~कुसुम ज्ञवाली~ लालपुरमा संविधान सभाको परिणामले गणतन्त्र घोषणा भयो । देशबाट सामन्तवाद अन्त भएको विधिवत घोषणा भयो । दरवारको वारेमा जीवनभरि अध्ययन गर्दागर्दै दशकौं विताएको बलबहादुर अत्यन्त उत्साहित भयो । जीवनभर दरवारको अपमान, अत्याचार र भेदभावले आजित भएको बलबहादुरले साँचो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अबिराम श्रङ्खला

~कुसुम ज्ञवाली~ सान्दाइ अति नै प्रतिभाशाली व्यक्ति हुन् भन्ने कुरा उनका हरेक परीक्षाफलहरुले बताउँदछन् । सिमेन्ट कारखानामा इन्जिनियर भएर गएपछि उनी सबैका आँखाका नानी भए । कुल्ली, पाले र तल्लो तहका श्रमिकको वेदना र पिरलोलाई लिएर सान्दाइले आन्दोलनको नेतृत्व सम्हाले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सम्बिधान

~कुसुम ज्ञवाली~ परिवार थिएनन, छोराछोरी थिएनन, नीजि आफ्नो भन्ने केही थिएन उनको। सामाजिक परिवर्तन र चेतनाका लागि उनले आफ्नो सिङ्गो जीवन अर्पेका थिए। जीवनभरको परिश्रम र समर्पणलाई उनका साथी संगी सहयात्रीले सघाएर सहयोग गरेको रकमको अक्षयकोश चल्थ्यो, त्यसबाट आज सयौं … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नाता

~कुसुम ज्ञवाली~ ‘एक्सक्यूजमी !’ ‘ओवर हेड क्रसिङ्ग ब्रिज’ मुनी धमिलो उज्यालोमा कुनै नारी स्वरले म टक्क उभिएँ । ‘जाने हो ?’ उसले सोधी । मैले ‘हो’ भनेँ । ‘होटल कि कोठा ?’ ‘कोठा ……. । पूरै रातको एक हजार हुन्छ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नभाँचिने लौरो

~कुसुम ज्ञवाली~ “हेर्नुस ! कमरेडहरु हामी लोकतान्त्रिक बन्न व्यवहार पनि लोकतान्त्रिक हुनुपर्छ । मार्क्सवाद व्यवहारपरक दर्शन हो । व्यवहारमा उतारेर मात्र लोकतन्त्रलाई सफल बनाउन सकिन्छ ………. ।” सहभागीहरुले कमरेडका कुरा तालिले समर्थन गरे । “लोकतन्त्र भनेको समानता, पारदर्शीता, र सुशासन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

साँघुरो

~कुसुम ज्ञवाली~ त्यतिखेर मेरो कोठा साँघुरो थिएन । म सङ्ग खाट, पलङ वा दराज थिएन । म सङ्ग गाडि, मोटरसाइकल वा साइकल पनि थिएन । कोठामा सोफा, कुर्ची, टेबल, टुल नहुदा मेरो कोठा रित्तै थियो तर पनि उ मेरो कोठामा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शहीदले बिर्सेको गाउँ

~कुसुम ज्ञवाली~ भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो । झमक्क साँझ परिसकेको थियो । परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ । एक त भरखर-भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु । एउटा झुप्रोमा पिलपिले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

स्वाभिमानी कवि

~कुसुम ज्ञवाली~ “आँखा बाँधेर बन्दुकका कुन्दाले हिर्काउँदा करङ भाचिएको छ। म सोझो गरी बस्न सक्तिन। आन्द्रामा घाउछ, लठ्ठि कोचेर यातना दिए, दिशा बस्न पनि असहज छ। टाउकोमा चोटैचोट बेहोस हुने गरी कुट्थे हरेक दिन। ती टाटेपाटे कपडा लगाउने जल्लादहरूले। मेरा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अन्ध विद्रोह

~कुसुम ज्ञवाली~ ऊ सानै देखि सुन्दर चित्र बनाउन अभ्यस्त थियो । उसले पढ्न थाल्दा अगाडी आइ परेका रामायण, महाभारत र गीता पढ्यो । उसले गरुड पुराण र भागवत पुराण सुन्यो । अनि उसले थुप्रै पौराणीक पात्रहरुको चित्र कोर्‍यो, देवी, महाकाली, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

शालिकको मुखाकृति

~कुसुम ज्ञवाली~ –“….उहाँ जस्तो महान निस्वार्थ नेताको अभाब सधै खट्कीरह्यो हाम्रो आन्दोलनमा” दिबंगत नेताको योगदान बारे नेताका सहकर्मी एकजना बृद्ध कार्यकर्ताले टिप्पणी गरे। साठीऔँ जन्मदिवशका अबसरमा आयोजित कार्यकर्मको थालनी गर्न प्रमुख अतिथि महासचिब कमरेड नआइपुगेको अबसरलाई उपयोग गर्दै सहभागीहरु आपसमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिल्टुकी दुखिनी

~केशव दाहाल~ बिल्टुकी श्रीमती थला परेको आज १५ दिन भयो । एक्कासी ज्वरो आयो । निकै कडा ज्वरो । भख्खर ३५ वर्ष पुगेकी खाइलाग्दी दुखिनी अहिले ओछ्यानमा छे । कसैको केही नबिगार्ने, सोझी र मेहनती दुखिनीलाई यो सालको असार फापेन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिरानो सहर

~ प्रदीप बगाले~ ढलमात्र बगिरहेछ । नदी भन्नै नसकिने । यहीँको कञ्चन पानीमा पौडी खेलेका बाल्यकालीन संस्मरण भ्रामकजस्तै लाग्छन् अहिले । नदी साघुरिँदै गयो । किनारका जग्गा अतिक्रमण गरेर टहरा ठड्याइए । राजधानीभित्रकै उक्त दृश्य राज्यले देखेन ? वा मौन रह्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्धकथाः आँशुको आकास

~यादव देवकोटा~ ‘हाँसी राखन माया बोली राखन …. ।’ उ गुन्गुनाई रहन्थ्यो यही गीत जब हाम्रो भेट हुन्थ्यो । वैशाख–जेठको धुपमा सिरसिर चलेको बतासले फिरफिर पार्र्र्दै हल्लाएको सालको पातझैं देखिन्थ्यो उसको ओठ । स्वर मिठो । लय मिलेको । …

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के म द्वन्द्वपीडित होइन?

~टीका बिष्ट~ ‘कहाँ हो कमरेड ?’ कतिपछि धनकलीले फोन गरी, ‘काठमाडौंमा आ’छु । भेटौं न मिल्छ भने ।’ कसरी सम्झिछ ! भनें, ‘आज अलि व्यस्त छु । भोली भेटौं न ल ।’ मनमनै सोचें, कमरेड नभन्नुपर्ने उसले । बच्चादेखिकै मिल्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : पिता

~बुद्धिसागर~   हजुरका बाको एकतारे अहिले कहाँ छ?’ एकजना संगीतप्रेमीले एसएमएसमा सोध्नुभो। ‘कटासे बजार सर्दा छुटेछ,’ मैले उत्तर दिएँ, ‘अहिले त कतै पनि छैन होला।’ हो, मेरा पिता एकतारे बजाउनुहुन्थ्यो, गजबसँग। सानो छँदा पिताले गरेका सबै कुरा राम्रा र भरपर्दा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एक्लो भगवान्

~बुद्धिसागर~ तीखो धुवाँलाई चिर्दै म भित्र पसेको थिएँ ।  मैतीदेवीको व्यस्त चोकको भित्रपट्टिको क्याफेमा झुन्डझुन्ड मानिस मौरीझैं भुन्भुनाइरहेका थिए । सोमालियाको बाघ भोकले दुब्लाएर बिरालो भएझैं, त्यो क्याफे पनि सन्निपातले ग्रस्त रोगीझैं जीर्ण र लथालिंग देखिन्थ्यो, भट्टीबाट क्याफेतिर बढेको तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले भगवान देखें

~बुद्धिसागर~ ०५५ भदौको दोस्रो हप्ता । बिहान नौ बजे । मैले २९ नम्बरको गोल्डस्टार जुत्ता गोडामा बाधें । मान्म बजार फन्का लगाएँ । जुत्ता टपक्क टाँसिएका थिए । पाइताला रापिला भए । म जुत्ता छान्न कहिल्यै जान्दिनँ । कि त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : धन्यै मरिगएको ..

~बुद्धिसागर ~ कात्तिक अन्तिम हप्ता थियो, सायद। बिहानैदेखि ‘भिआइपी’ साहुजीलाई छट्पटी थियो। होटलको नाम ‘भिआइपी’ राखेदेखि उनको नामै भिआइपी साउजी भएको थियो। सधैं दौरासुरुवाल र स्टकोटमा यताउता दगुरिरहन्थे। त्यसदिन हतार झन् बढेको थियो। मसित उनका नौ-दस वर्षका दुइ छोरा र एक्काइसवर्षे … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : छोरी माग्न जाँदा..

~बुद्धिसागर~ करिब एकवर्ष अघि जन्डिसले ग्रस्त एकजना मित्रले पुरानो बानेश्वरको आफ्नो घुर्मेलो डेरामा बोलाएर मलाई भनेका थिए, ‘कविजी, अब बिहे गरौं।’ म हाँसेँ। ‘बिहे नगरेर नै मलाई जन्डिस भएको हो।’ म झन् हाँसेँ। ‘हेर्नुस्,’ उनी भावुक पनि भए, ‘खाना राम्ररी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातभर चन्द्रमा खसिरह्यो

~बुद्धिसागर ~ पुराना दिन पुराना लुगा होइनन्, मनलाग्दा टक्टकाउन मिल्ने। पुराना कैयौं दिन यस्ता हुँदारैछन्, जो भित्री दिमागमा चेपिएर बसेका हुन्छन्, कहिलेकाहीँ ती चेप उक्किन्छन्। शिवरात्रिको तयारीसहित पशुपतिका भर्‍याङ, चेप र घुम्तीहरूमा धुवाँ बेस्मरी उड्न थालेपछि, नांगा बाबाहरूले हातमा झाडु समाएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो प्रेम

~बुद्धिसागर~ रातिदेखि नै बेस्मारी हिउँ पर्न थालेको थियो। फुसफुस कपासझैं खसेको हिउँले बिहानसम्म त दोकानअगाडिको सडक सेताम्मे पारेछ। मुखबाट निस्केको तातो बाफलाई परपरसम्म उडाउँदै म टोलाइरहेको थिएँ। अनुहार धुने उत्साह पनि भएन। ज्यान पुरै कठ्याङि्ग्रदै गइरहेको थियो। क्यासेट प्लेयरमा हिन्दी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिलपिल [लाइभ]

~बुद्धिसागर~ सल्लाघारी भुइँकुहिरोले भरियो। रमेश र म चिरानीले सालका रूख चिरेको हेरिरहेका थियौं। पानी दर्किन थालेपछि घरतिर दगुर्‍यौं। आधा घन्टापछि, मान्मबजारको वल्लो किनारमा पुग्यौं। म भित्रसम्म भिजेको थिएँ। घरघरमा ओत लाग्दै हिँडिरहेको थिएँ। उसलाई देखेँ। ऊ एउटा दोकानको कुर्सीमा उपरखुट्टी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

काठमान्डु, म हारेर फर्कन्नँ

~बुद्धिसागर~ अघिल्लो दिन र रात मैले भोकै कटाएको थिएँ। मेरो मनिब्यागमा फुटेको कौडी थिएन, थिए त केवल ठुल्ठुला मान्छेका बिजनेस कार्ड। जसमा म नम्बर डायल गर्न सक्दिनथेँ। आँटै गरेपनि मसँग लोकल कल गर्ने तीन रुपियाँ थिएन। बिहानै पेट कताकता दुखेजस्तो … Continue reading

Posted in नेपाली कथा | Leave a comment

कथा : एक मच्छडको आत्मकथा

~बुद्धिसागर~ अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : जन्डिस

~बुद्धिसागर~ होटेल शंकरमा एउटा साहित्यिक कार्यक्रम थियो। दिउसो ३ः३० बजेतिर, प्रमुख अतिथिको उच्चाटलाग्दो भाषणपछि, एकहुल दर्शक खाजाको लाइनमा लागिसकेका थिए। सभापतिको ‘दुई शब्द’लाई छल्दै, अलिकति निहुरिएर दर्गुदै म पनि खाजाको लाइनमा पुगेँ। म पच्चीस-छब्बीस नम्बरमा परेँ। पुलाऊ-मटन-चिकन र तात्तातो जेरीको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : गैंडा टाइम्स

~बुद्धिसागर~ सिसौको रूखमुन्तिर सुस्ताइरहेको थिएँ। बेलाबेला बाक्लो छाला सुम्सुम्याउन आइपुग्ने चिसो बतास अबेरपछि महसुस हुन्थ्यो। चराहरू चिरबिराइरहेका थिए। सोचिरहेको थिएँ – एकछिन पछि कर्नालीतिर नुहाउन जान्छु। ‘केटा,’ आवाज आयो। मैले आवाज आएतिर नियालेँ। तीनचार जना केटी रैछन्। मैले मधुरोगरी देखेँ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : जमुनाको रूख

~बुद्धिसागर~ डिल्ली र म हाफटाइममा पिसाब फेर्ने बहानाले स्कुलबाहिर निस्कियौं र दगुर्‍यौं । अल्लि पर पुगेपछि हिँडयौं । हामी सकेसम्म ढिलो हिँडेर कटासे पुग्यौं । मैले स्कुलबाट भाग्न थालेदेखि नै यस्तो कला सिकेको हुँ । स्कुलबाट चाँडै भाग्यो, ढिलो हिँडयो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : म मरिहाले सात लाख पाउँछेस्

~बुद्धिसागर~ ०६१ साउन १३ गतेले मेरो जीवन नै फेरिदिएको छ। त्यो दिन सम्भि्कँदा म अझै थर्थरी काँप्छु। एउटा दिनले जीवनमा कति असर गर्छ? त्यो म सुनाउँछु- मेरो नाम हो गोमा कार्की। म अहिले पच्चिस वर्षकी भएँ। मेरो एउटा छोरा छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment