Tag Archives: nepali literature

लघुकथा : भाषण

~सुरेन उप्रेती~ यो भाषण गर्न भन्नु मात्र सजिलो छ । त्यहाँ उभिए पछि थाहा हुन्छ कति गाह्रो छ भन्ने कुरा । सम्मmँदा पनि दिक्क लागेर आँउछ बमबिक्रमले मनमनै भन्यो । फेरी आफूलाई मनमा भित्रै देखि लागेको भन्न पाए पनि लौ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शहीद

~सुषमा मानन्धर~ त्यहाँ एउटा भव्य फोटो प्रदर्शनी भैरहेको थियो । आन्दोलन र शहीदहरुका अप्राप्य र अहिलेसम्म अप्रकाशित फोटोहरु समेत राखिएकोले निकै टाढाबाट पनि त्यो हेर्नलाई मानिसहरु ओइरीएका थिए । अरुभन्दा शहीदहरुका फोटोको सूची अलि पछाडि र निकै लामो पनि थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जून तिमी र म…मेरो अनुभूतिभित्र

~सुषमा मानन्धर~ जीवन न कथा हो न कुनै कविता यो मात्र एउटा भोगाइ हो, आ-आफ्नो । देखे सुनेका त्यही भोगाइलाई मानिसहरुले गीत बनाई गाएका छन् कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बार्गेनिंग

~सुषमा मानन्धर~ “सुन्नुस् न केटाकेटीहरु सडकमा जालान् हेर्नुस् है । म पानी थाप्न हिंडे ।” सुन्तली गाग्री च्यापेर निस्की । पिंढीमा खाल जमाइ रमिरहेका उसका बुढोका आँखा आफ्नो तासका पत्तीबाट हटेका होइनन् । “कति फत्फत् गरिरहन्छे” पत्ती तान्दै उसले सोच्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नेपाल बन्द

~सुषमा मानन्धर~ जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । केही दिन अघि नै उसको पार्टीले चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको छ । त्यसै क्रममा सरकारलाई आफ्ना मागहरू पूरा गराउन दबाब दिनको लागि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : रात रहे… !

~सुषमा मानन्धर~ जागिर खाएको वर्षौं भैसक्यो तर उसको बढुवा भएको छैन । यसबीचमा एक दुई पल्ट बढुवाको लागि पदहरू नखोलिएका पनि हैनन् तर उसले नाम निकाल्न सकेन । अब यसलाई उसको दुर्भाग्य भन्ने हो वा म्यानेजमेन्टले नै नचाहेको, यकीन भन्न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विद्रोह

~सञ्जु नेपाल~ निस्पट्ट अन्धकार छ । पूणिर्माको रात हो तर मडारिँदो बादलको अगाडि चन्द्रमाको केही चलेन । ल्याम्पपोष्ट पनि मधुरा छन् । बाटाहरू धुमिल भएका छन् । बिस्मात् ! आधा रातलाई पनि आँधिबेहरीले भाँजो हालेको छ । अन्तद्वन्द्व चलेको हिजो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब्यक्त आशयहरु

~सन्जु कोइराला~ कहाँबाट थुप्रिएका होलान् यति धेरै मान्छेहरू ! नयाँ सडकको पेटीमा ठेलमठेल गरेर हिँडिरहेका मान्छेहरूका बीच निशा सोच्दै थिई । भीडको फाइदा उठाउँदै अगाडिबाट एक जना भलाद्मीले नजानिँदो पाराले कुहिनाले उसलाई स्पर्श गरेर गए । उसलाई हतार थियो तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी स्वास्नी र त्यो मान्छे

~सञ्जय बिष्ट~ आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई घुमेको अर्कै बाटो घुमाएर घर पुर्याउथ्यो। यस्तो कुनै-कुनै दिन छाड़ेर माथि भनिएकै प्राय: … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो संस्करणको तयारीमा

~सञ्जय बिष्ट~ बिहाचाहिँ गरेको तर गुरु ट्रेनिङ र मेट्रिकचाहिँ नगरेको सुकुटे, निक्कै सुकुटे; साह्रै होइन तर काले नै; हेर्दै चुर्से-चुर्से अठारको नारायण शर्माले पैँसठी सालको मई महिनामा बिनाअन्तर्वार्ता गाउँकै प्राथमिक पाठशालामा शिक्षकको निम्ति हातैमा नियुक्ति-पत्र पाएका हुन्।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनट्रेन्ड ब्युटीसियनहरू

~सञ्जय बिष्ट~ आकाशमा बादलको एउटै टुक्रा पनि थिएन। वारिकाले पारि र पारिकाले वारि टल्केका छानाहरू गनेर छोराहरू छोरादेखि माथि उठेर अझ कतिजना बाबुको घरदेखि छुट्टिएर घरका बाबु भएछन्—थाहा गर्दथे। केही दिनअघिदेखि दसैँको घाम लागेको थियो। केही दिनअघिदेखि नै बाहिरिएकाहरू रौनक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्तमान

~सञ्जय बिष्ट~ बल्ल अनेक शङ्का -उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो। सुतेको थियो एउटा शिशु ईश्वरजस्तै । ईश्वर नै। त्यो आइतबारको घाम लागेको दिन थियो। पन्ध्रको नौ पढ़्ने छोराले दुई दिनअघि नै आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको मृत्यु

~संगीत आयम ~ कुनै कारणबिना नै उसको मृत्यु भयो। मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसँस्कार सकेर म घर फर्किएको छु। खुट्टाहरू फतक्क गलेका छन्। हातहरू मानौं अपाङ्ग भएका छन्। संवाद हराएर ओठहरूमा मात्र मौनता फैलिएको छ। मनहरू लाग्छं … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सहुलियत कार्ड

~सकु थापा~ हरेक दिन झैँ आज पनि म आफ्नो निश्चित समयमै कार्यालय तर्फ लाग्छु । सदा झैँ गाडी खचाखच नै थियो तर पनि समयमै कार्यालय पुग्नु पर्ने भएकोले खचाखच भरिएकै गाडी चढ्छु,, मसंगै अरु पनि चढ्कै हुन्छन् । भनिहालेनि सबैलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कुकुर देखी होसियार

~सकु थापा ~ आज मलाई आफ्नो पुरानो साथीले खाना खान निमन्त्रणा गरेको छ । धेरै समयपछि भेट भएकोले पनि साथी कहां जाने इच्छा जाग्यो । ऊ मेरो स्कूले साथी मात्र नभएर गाउँले साथीपनि थियो । अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको राम्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गान्तोकमा दुइ हलोम्यान

~प्रवीण राई जुमेली~ तिनीहरुको उपस्थितिको पत्तोफाँट कसैलाई थिएन त्यहाँ। कताबाट हो एसटिएनएमको अघिल्तिर फुत्त निस्केर मेट्रोतिर तिनीहरुले पाइला चाल्न सुरु गरिसकेका थिए। गान्तोकका सडक, फुटपाथ र चेपचाप सबै ठाउँहरु रङ्गी-बिरङ्गी मान्छेहरुको सल्बलाहटले सक्सकाइरहेथ्यो। तर सधैँ झैं एमजी मार्गको रौनकता भने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भक्तेले स्कूटर किनेन

~प्रवीण राई जुमेली~ “आसकाल त जोरथाङमा पनि माङ्नेहरू कत्ति धेरै फैलिएछ हौ!’ बजारबाट भर्खरै आएको भक्तेले लुगा फेर्दै गर्दा धनमायालाई भन्यो। “जॉंगर हराएपछि तेसरी नै त पलापिन्छ मान्छे’-प्रत्युत्तरमा चाहिँ त्यसो भनी धनमायाले पनि। तर हतारले गर्दा त्यति कुरा बढ़ाउँनै पाएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्जन

~प्रवीण राई जुमेली~ पहाड़को चेप-चापबाट बादलको सतहबाट सञ्चारित भइरहेछ सारंगीका सेता धूनहरू, अविरल। नदीको स्वरलाई पनि जितेर। म त साह्रै खुशी छु है आज। अचानक नै शहरको कुनै गल्लीबाट एकजना मत्थु मुख्यसड़कमा कलाउनलागेको थियो। तब, वर्षा ऋतुपछि भदाैरे घामले सेकिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिलय

~प्रकाश सायामी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभत्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुजाता,एक पेग कोन्याक र नयाँ बर्ष

~प्रकाश सायामी~ इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो । पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~प्रज्ञा निरौला ~ आजभन्दा केही वर्ष अगाडिको कुरा हो, एकदिन मलाई आˆनी आमासँग रमाउने तीव्र अभिलाषा जागेर आयो । आमाको काखमा घाम तापेर मीठामीठा गफ गर्न र आराम गर्न मन लागेको थियो । आमालाई यसो चियाएर हेर्न खोजेँ, आमा आफ्नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धन मोह

~पदम भण्डारी~ काठमाण्डौंमा टेम्पो चढेर धेरै क्षणहरु बाँचिसकेको छु मैले । हुन त मसंग गियरवाला माउन्टेनबाईक छ, होण्डाको साईन मोटरसाईकल छ, होण्डा ब्रियो कार छ, तापनि मेरो मनको कुन अन्तसकरणले डोऱ्यायो कुन्नी मैले यात्राको क्रममा एकदिन बानेश्वर देखि लगनखेलसम्म टेम्पो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रेड वाइन

~नयनराज पाण्डे~ ‘ओहो ! हजुरले कैले पनि पिइबक्सन्न ? साँच्ची ? हजुरलाई रम, ब्रान्डी, हि्वस्की, वाइन कसैको पनि स्वाद थाहा छैन ? हजुरजस्तो व्यक्तिलाई पाएर हामी धन्य भएका छौँ । खुसी छौँ । साह्रै खुसी छौँ । हजुरको नेतृत्वमा काम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा चियागफ

~नवराज सुब्बा~ ‘हेर्नोस् ! हरेक मानिसका चारओटी श्रीमति हुन्छन् ।’ अग्ला कदका महेन्द्रजी जो कहिलेकाहीँ साथीहरूसँग ठट्यौली गर्ने गर्दथे, साथीहरूको बीचमा चियाको कप समात्दै ठाँटिएर गफ गर्दै थिए । म अलिपर उभिएर चिया पिउँदै थिएँ । दुइतीन मिनेटसम्म पनि उनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्वालामुखी

~नारायण तिवारी~ —“ए विन्देश्वर ! अलिक राम्ररी काट् है । ” —“त्यो पनि भन्नुपर्छ ?” —“नभनेर के गर्नु, अस्तिको पालि तैँले मेरो साइडलक नै बिगार्दिछस् !” —“हे काँ बिगारेको छु त्यस्तो नभन् न ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकता नगर

~कुसुम ज्ञवाली~ ढुङ्गे युगमा पशुपंक्षी, मानव सबैको आपसमा खुबै झगडा परिरहन्थ्यो, एक-अर्कोबीच मारामार परिहन्थ्यो । मान्छेको बस्ती देखेपछि जनावर डराउँथे, बाघहरुको ओडार देखिपछि मान्छे डराउँथे । एक-अर्काबीचमा सधैँ तनाव भइरहन्थ्यो । यसरी एकै जङ्गलमा तनाबीच बाँच्नुपर्दा सबैलाई दिक्क लागेको थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कार्यवाही सिफारिस

~कुसुम ज्ञवाली~ एउटा राष्ट्रिय दैनिकले छापेपछि सुनुवाई भयो, चौथो अंगको दवाव शक्ति वास्तवमै प्रभावशाली हुन्छ। पत्रकारले आफ्नो मतराखे। राजधानीको एउट होटेलमा बसेर भविष्यवाणी गर्ने, सबै खाले रोग निको पार्ने र सम्पूर्ण मनोवैज्ञानि समस्या वा सामाजिक समस्या ग्यारेण्टीकासाथ समाधानको नाममा ठगी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नारी आकर्षण

~कुसुम ज्ञवाली~ “होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अर्को अवतार

~कुसुम ज्ञवाली~ धुपको धुवाँले रंगमगिने थुम्को विस्फोटनको धुवाँले ग्रस्त बनेको छ। युद्धको विभिषिका भित्र पिपलडाँडा व्यारेक आज अन्तिम युद्ध लडिरहेको छ। वादल लागेको थिएन तैपनि सपोर्ट फोर्स लिएर आएको हेलिकप्टर बस्न सकेन डाडाँमा। सुरक्षाकर्मीसँग गोलि सकिएको आभाष पाउनासाथ “लङ रेञ्ज” … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अमूर्त यौन

~कुसुम ज्ञवाली~ “यो त अति भयो, कहिले जिब्रो पड्काउँदै पिछा गर्ने, कहिलै भित्तामा चाहिने लेखेर टाँस्ने अब त हुँदाहुँदा यस्तो सम्म पनि गर्न लाज नमान्ने। यस्ता कुरा सहेर एक बसिँदैन, दुई बसिँदैन, तीन बसिदैँन कन्या क्याम्पसकी युवा नेतृ लिपिष्टिक माथि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कार्यकर्ता

~कुसुम ज्ञवाली~ चारैतिर मध्यरातको अन्धकार व्याप्त थियो। अन्धकारमा अलमलिएको मान्छेको ठूलै झुण्ड पहाडको फेदमा बिचलित मनस्थितिमा देखिन्थे। केही युवाहरुले हतासमा आत्महत्या गर्ने असफल प्रयास पनि गरे अन्धकारमा। मार्गहिन र दिशाहीन मान्छे गन्तव्यको बोध नभए पछि यो हतासा स्वाभाविक पनि लाग्थ्यो। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

शान्ति छाएको गाऊँ

~कुसुम ज्ञवाली~ शान्ति सम्झौता स्वागतमा गरिएका ठूलाठूला झाँकी र जुलुसहरुको क्रम टुङ्गी सकेको थिएन । जताततै उत्साहका वातावरण देखिएको थियो । गाउँजान नपाएका जनता गाउँ र्फकन पाएकोमा आल्हादित थिए । सबै संसदीय पार्टी कार्यकर्ताहरु गाउँ फर्कने क्रममा थिए । सशस्त्र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment