Tag Archives: nepali literature

कथा : चोर

~श्याम साह~ मध्यरातमा वादल जोडले गर्जन थाल्यो । झिलिक्क उज्यालो हुने गरी विजुली पनि चम्के । लगत्तै आकाश नै खस्ने गरी पानी पनि पर्न थाल्यो । बखतबहादुरको त्यो फुसको घरले त्यत्रो पानी थेग्न सकेन । पानीका थोपाहरु ओछ्यानमा पनि चुहिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शासन

~नयनराज पाण्डे~ हाम्रो घर ठूलो थियो । एकदमै ठूलो । दरबार जत्रो । दरबारजस्तो । सेतो । निख्खर सेतो । बलियाबलिया खम्बाहरू । बलियो छत । ठूल्ठूला पर्खालहरू । कसैले बाहिरबाट चियाउने कुनै सम्भावना नै नभएको । त्यति ठूलो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनन्त यात्रा

~सन्तोष खतिवडा~ शरद् ऋतुको आगमनले छर्लङ्ग खुलेको आकाशमा दुई चारवटा चङ्गाहरु यत्रतत्र उडिरहेका थिए । स्कुले ठिटाहरुको स्कुल दशैँको लागि छुट्टी भइसकेको जानकारी दिदैँ थिए ति चङ्गाहरु । मेरो पनि कलेजको अन्तिम दिन, सम्झनाले मात्रै पनि म रोमाञ्चित थिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युको कथा

~श्याम साह~ ऊ असफल कथाकार थियो । उसले अहिले सम्म एउटा पनि सफल कथा लेखेन । लेख्न त सकथ्यो होला, तर उसले लेखेन । त्यसो त ऊ सफल पनि कहिँ थिएन । उसले एउटी केटीलाई तीन बर्ष सम्म एकहोरो प्रेम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनको चरित्र नराम्रो होइन !!!

~गौतम “उदय”~ धेरै बर्षको अन्तरालमा अफ्नो मातृभूमीमा पाइला टेकेको थिएँ मैले । शिशिर ऋतु थियो त्यस बेला । अहिले सम्म पनि त्यति बिघ्न एक एक झिना मसिना सबै कुराहरु याद गर्ने कोशिस गरिराखेको छैन । नयाँ कल्पना, नयाँ आशा, नयाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

त्यो ‘नयाँ अनुहार’

~रेम बिक~ खै कुन्नि किन हो ? उसलाई हिजो त्यो ठाउँमा जान मन लागेकै थिएन । तर साथीभाइको आग्रहपछि उसले जान्न भन्न पनि सकेन । फेवातालको सिरानतिर रात कटाउने गरि जानै लाग्दा समस्या पर्‍यो पैसाको । गोजी छाम्यो, गोजीमा त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दाग

~सरु पोखरेल~ ” ओ हो छपक्कै सेतो आइसकेछ । कपाल पनि सबैतिर सेतो भैसकेछ । सर्न त सर्दैन ” उसलाई देख्ने वित्तिकै आँखीभौं खुम्चयाउँदै मिराले भनी । “सर्दैन सर्ने भए त यसका भाइ बहिनीलाई पनि सर्दो हो नी सँगै खाने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुङ्गेनको रङ्गीन आँगनमा

~मोहन मैनाली~ साउन २२ गते बिहान सबेरै उठेर हामी स्यो गाउँको दाहिने किनारको बाटो लाग्यौँ। एउटा घरमा एकजना मानिस सल्लोको फलेक बसिलाले ताछ्दै थिए। त्यसरी काठ ताछ्दा त्यसको धेरै भाग चोइटा बनेर खेर गएको थियो। उनले आज दिउँसो यस गाउँबाट … Continue reading

Posted in नियात्रा, पुस्तक अंश | Tagged | Leave a comment

लघुकथा : मुस्कान

~डा रवीन्द्र समीर~ बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो । – ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु ! राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : तपाईं कुन पार्टीको ?

~मनोज गजुरेल~ दश बाह्र बर्ष अगाडीसम्म, कुन नेता कुन पार्टीको हो- परैबाट चिनिन्थ्यो । राजाबादीहरु दौरा सुरुवालमा चिटिक्क देखिन्छे, कांग्रेसीहरु टाइसुटमा गमक्क सजिन्थे, कम्युनिष्टहरु सर्ट पाईन्टमा लिख्रिक्क भेटिन्थे । अर्थात्, लवाई खवाईका आधारमा कसले कुन सिद्धान्त बोकेको छ भन्ने कुरा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : म के गरूँ

~इल्या भट्टराई~ जीवनलाई कुनै परिभाषामा कैद गर्न सकिन्न शायद, त्यसैले त जीवन अस्तव्यस्त छ । सोचेजस्तो फ्रेममा जीवनलाई राख्न सके यो एकनासको बाटोमा सोझै हिँड्थ्यो होला । तर जीवन कथाकारले सोचेको प्लट होइन, त्यसैले त यो सरल पनि भएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो अध्याय

~सन्तोष खतिवडा~ मेरो सिरानीसँगै राखेको सामसुङ्गको एस ३ मोवाइलमा छोटो भाइब्रेशन आयो । छोटो भाइब्रेशनको मतलब म्यासेज थियो । मलाई अड्कल गर्न गाह्रो भएन । लोडसेडिङ्गले आक्रान्त पारेको काठमाण्डौँमा बत्ति आउने र नआउने सेडयुल नै हेर्न छाडिसकेको थिएँ । काठमाण्डौँका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यहाँ किन आएको ?

~डा. बेञ्जु शर्मा~ पार्टी अफिसबाट म हान्निएर बस पार्कमा आइपुग्छु । सबै खुद्रा नोटहरू गन्दा बसको लागि टिकट किन्नसम्म पैसा पुगेकोमा खुशी हुन्छु । बाटोमा खानको लागि दुई दुई रुपैयाको दुइटा नोट बचेको हुन्छ । जम्मा चार रुपैयाँ, एक कप … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बिद्रोहीको सपना

~ओमप्रकाश निरौला~ “युद्धबाट र्फकदै गर्दा जङ्गली जनावरको शिकार गर्ने जुक्ति पलायो साथीहरूमा” । केही शिकार पनि गर्‍यौं हामीले । मृग, जरायोहरू मार्न सफल भयौं । अति नै भोग लाग्दा कस्तो हुन्छ भन्ने राम्रो अनुभुति भयो त्यतिबेला । शिकार गरेका मृग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : बाबाजीको सुपरमार्केट

~मनोज गजुरेल~ नयाँ ‘धन्दा’को बारेमा सोच्दै हुनुहन्छ ? सोच्दै हुनुहुन्छ भने सोच्न छोड्नोस्-र, ‘बाबागिरी’ थालिहाल्नोस् । नाम, दाम र सम्मानको सबैभन्दा सजिलो बाटो यही नै हो । ‘खडेबाबा’, ‘लडे बाबा’ ‘फलहारीबाबा’, ‘जलहारीबाबा’, ‘सर्वहारीबाबा’, ‘योगीबाबा’, ‘रोगीबाबा’, ‘भोगीबाबा’, ‘संभोगीबाबा’, ‘उदासीबाबा’, ‘बिन्दासीबाबा’, ‘सोमरसीबाबा’, … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सीमा रेखा

~ गौतम “उदय’~ औधी राम्रो छ पाल्पाको श्रीनगरको डाँडो र यसको सेरो फेरो! हालसालैको एसियन यात्रा सर्भेले नेपालका यात्रागर्न लायक ठाउँ भित्र श्रीनगरको नाम पनि पारेको देखेर मेरो छाती तन्केर बेलुन फुले झैँ भएको छ किनकी म यहीं जन्मेको थिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : चकलेट

~नयनराज पाण्डे~ पजेरोलाई सदरमुकाममै छाडेपछि स्वकीय सचिव र म लखरलखर हिंड्न थाल्यौं । गाउँको बाटो धूलो र माटो डुङडुङ् गनाउने गोबर र गुहु । गाउँ किन यस्तो फोहोर हुँदै गएको ? अहिले म आफ्नो गाउँ जाँदैछु । चुनाव जितेर गएपछि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बले बौलाएछ

~एकराज प्रधान~ गर्मीले ‘सेन्डो’ छिचोलेर सर्ट नै भिजेछ ! डोरीमा टाँगे । मुढामा बसेर जुत्ताका लेस खोल्दै गर्दा बाटोमा देखियो घने, साइकल डोर्‍याउँदै । सुपारीको बोटमा साइकल अड्यायो र कन्चटमा औँला घुमाउँदै भन्यो, ‘थाहा पाइस्, बलेको त खुस्केछ नि !’

Posted in नेपाली कथा | Tagged | 1 Comment

संस्मरण : हरियो घर

~शिवानीसिंह थारु~ सन् १९९३ को कुरा । म कक्षा ९ मा पढ्थेँ र धोबीघाटस्थित छात्रावासमा बस्थेँ । छात्रावासमा एउटै क्लासमा पढ्ने पाँचजनाको समूह थियो हाम्रो । नाम हामीले आफैं जुराएका थियौं- ‘द फेमस फाइभ’ । बेलायती बालसाहित्यकी लेखक एनिड ब्लाइटनको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक अंश : लेख्नकै लागि परिवारको हत्या गरेँ…

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दै सोध्छु । ‘जागिर खाँदै लेख्न सकिँदैन र ?’ अचम्म मान्दै सोध्छु म ।‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ- ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कथा : बस स्टप

~गंगा सुवेदी~ घुमन्ते चियापसले बाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता लठ्ठ परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हेर्‍यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँचबर्ष मात्र टेकेको फुच्चे सानुको काँधहल्लाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्दरिया

~सीता पाण्डे~ रमाइलो कुरा के भइदियो भने दुःखनाले आफ्नी छोरीको नाम सुन्दरिया राखेको थियो । सुन्दरिया नाम किन र कसरी राखियो ? भलै, यसको कारण बिस्तारै आउला । तर अहिलेलाई सुन्दरियाको कथा यसरी नै सुरु हुन्छ । सुन्दरिया सानैमा पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मितभाइ

~रक्ष राई~ म तिम्रो पर्खाइमा थिएँ । तिमी आउँछौ भन्ने मलाई थाहा थियो । कारण तिमी आउनुअघि यहाँ फोन गरेका थियौ । मैले पनि मेरा श्रीमान् आज रातिमा ड्युटी छन् भनेर तिमीलाई जानकारी दिएकी थिएँ । त्यसैले तिमी आयौ, सधैंझैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : सीमान्त विचलन

~माधव सयपत्री~ आजकल मेरो मन अत्यन्त उद्वेलित भैरहन्छ । फर्केर आफ्नै भूमिमा जाउँ जाउँ लाग्छ । केको कमी थियो र हामीलाई त्यहाँ ? सबैथोक पुगेको थियो । हामीले देश छोड्न लागेको बेलामा आफन्तहरू आएर धर्धरी रूँदा पनि श्रीमान मान्नुभएन । … Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : आम्सटर्डमको रातो गल्ली

~महेशविक्रम शाह~ एल्जो टयाक्सी पार्किङमा यात्रुहरुको प्रतीक्षा गरिरहेकी थिई । रात जति गहिरिँदै थियो, रेड लाइट एरियाका राता बत्तीहरुको उज्यालो झन् प्रगाढ हुँदै थियो । रेड लाइटका हरेक गल्लीमा टेक्ने ठाउँ थिएन । धक्कमधक्का गर्दै मान्छेहरु आˆनो बाटो बनाइरहेका थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौता

~विद्या सापकोटा~ प्रेम, सम्बन्ध वा भावीको लेखान्त केलाई मान्नुपर्ने हो मान्छेले ? के प्रेम र सम्बन्ध एकै तत्व हुन् ? एउटा मान्छेले एकै समयमा दुईजनालाई प्रेम गर्नु सम्भव छ ? कि प्रेम शब्द नै भ्रमको अर्को नाम हो ? बारम्बार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोडहरु

~गौतम “उदय”~ एक साँझ संगै खाना खाइराहंदा लिला दाइले ‘तँलाई मिल्ने राम्री केटी छ, हेर्न जाउँ’ भनेको आज तीस बर्ष पछि पनि यी कानमा त्यसै गरी गुन्जिरहन्छ। मेरो बिहेको किन त्यतिबिघ्न चासो परेको होला उनलाई !

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : रेडियो

~कमल खतिवडा~ सवैले गरेको काम हाम्ले चै किन नसक्ने र ? सुरवीरले आफ्नै ठाउँमा रेडियो चलाउन सुर कसे । रहरै  रहरमा कुरो निकै अघि वढ्यो ।  अव नाम पो के राख्ने ? देशका गाउँ गाउँमा खुलेका रेडियोहरुले यति धेरै नाम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बन्दाकोभी

~कृष्ण अविरल~ यतिखेर मेरो हातमा सीता पाण्डेको ‘यौन र अनुभूति’ भन्ने पुस्तक छ । एक दशकअघि नै बजारमा आएको यो पुस्तक यतिखेर दोहोर्‍याएर पढ्दैछु म । मानसपटलमा भने सुशीलाको अनुहार आइरहेको छ । हरेक पानैपिच्छे, सन्दर्भैपिच्छे उनैलाई सम्झिन पुग्छु म

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अवैध गर्भ

~कौशल चेम्जोङ~ -’मैले खाना त खाएँ, तेरो बाउको खाइँन, आफ्नै बाउको खाएँ ।’ -’खायौ आफ्नै बाउको । तर, रक्सी खानु रक्सीले चाहिँ हजुरलाई नखाओस् ।’ -’के रे के ?’

Posted in नेपाली कथा, पुस्तक अंश | Tagged | Leave a comment

निवन्ध : म एक्लो र उदास उस्तै

~गीता त्रिपाठी~ छुट्याउनै सक्दिन- एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, कति विरानो । अनगिन्ती आकांक्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका छन् यहीँ । जित्न नजान्नेहरू जितेरै निरीह छन् यहीँ । अभिसापजस्तो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक अंश : ऊ असुरक्षा मान्छे

~अमर न्यौपाने~ बाल्यकाल बिर्सनकै लागि हो । तर, जुन कुरा बिर्सन सकिँदैन, त्यो मर्ने बेलासम्म पनि झन् सम्झिरहिन्छ जस्तो भइरहेछ । घाम उदाउनै लागेको पूर्वको रातो आकाश हेरेर आफू जन्मेको सम्भिmन खोजी । सम्झिन नसकेर आमाको मुखबाट सुनेकै भरमा सम्झी … Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment