Tag Archives: kabita

कविता : सामन्तको झ्यालखानामा

~कृष्णराज पौडेल ‘सञ्जाल’~ फुटशालादेखि बधशालासम्म जनता फसाउने शोषकका नया“ रूपहरू चोर औ“लाले कलमको निब समाउने बेलासम्म लथालिङ्ग हु“दैछन् यत्रतत्र सर्वत्र कति गाहो हुने झुटशालाको दोष पखाल्न भ्रमका राप पर्दाफास गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच्न सिक नेपाली बनी

~निर्मल निशार~ जहाँनिया शासन विस्थापित गर्न छिमेक गुहार्थे राजा पनि प्रजातन्त्र बहाली गर्न उतै धाउथे नेता पनि । जात÷जाति, जनजाति उठाई

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षितिजको रङ्ग 

~सुमन पोखरेल~ हरेक बिहानमाथि केहीबेर उभिएर, प्रत्येक साँझछेउ एकछिन अडिएर आफैँलाई बिर्सी पछ्याइरहेछन् मेरा नजरहरू, उज्यालोसगैँ बढारिरहेछन् मेरा परेलाहरू, क्षितिको अन्तिम किनारमा ठोक्किएर रङ्गिएको आकाशलाई । सोचिरहेछु;

Posted in कविता | Tagged | Leave a comment

कविता : पाठक

~विक्रम सुब्बा~ म पाठक आमा मेरी पहिलो पुस्तक मैले पढेको पहिलो पाठ आमाका झरिला आँखा जहाँबाट हरदम वर्षने करूणा मेरो कलेजो छेउछाउमा पञ्चामृतझैँ पसे र त मेरो छातीमा नेपालको माया ढलोट भयो लाग्छ, जसको छातिमा आमाले रोपेको मुलुक माया गर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्लिनको पर्खाल

~विनय रावल~ ‘पर्खाल लगाएपछि धेरै कुरो बाहिर पर्छ’ र, सबैभन्दा ठूलो कुरो मान्छे— मान्छेको आँखाबाट ओझेल हुन्छ । पर्खाल लगाउनु भनेको नै मान्छेको अपमान गर्नु हो

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनामा

~विष्णु विभु घिमिरे~ सम्झना मैनबत्तीजस्तो मन सम्झनामा बल्दाबल्दै सकिए हुन्थ्यो उफ ! यसरी बारम्बार नआए हुन्थ्यो यसरी घरिघरि नतड्पाए हुन्थ्यो । सम्झना चुहिने गाग्रीजस्तो मन बाटोमै तप्पतप्प चुहिएर रित्तो मन घर पुग्न पाए हुन्थ्यो यसरी घरिघरि झस्काउने झझल्को नआए हुन्थ्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता :ढुंगा र मानिस

~लक्ष्मण नेवटिया~ ढुंगा संधै हाम्रो साथी हामीलाई भर्र्याङ् बनेर पुर्याउँछ माथि माथि । ओछ्यान बन्यो भूंई बनेर छाया बन्यो छत बनेर सुरक्षा गर्यो पर्खाल बनेर।

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्त पीडा

~विमल वैद्य~ चराको पखेटा काटियो र, उसलाई उड्न भनियो मानिसको गोडा गिाडियो र, उसलाई हिँड्न भनियो एउटा विषम विडम्बना आकाशका ताराहरूको एक-एक ज्योति नियाल्दै गुलेली हानियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दुनियाँ

~ज्ञान बहादुर राई~ म मात्रै, मेरै हो, सबै मलाई, यस्तै सोचेर दुनियाँ अरु पनि छन् तीनलाई पनि हो, सम्झेका छन् खोई कहाँ ? माया हो यो जिन्दगी सबको, अजम्मरी छ त्यो कहाँ ? व्यर्थै हुन् जनका लोभ र लालच, बुझेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विसंगति

~प्रवीण राई जुमेली~ पालुवाहरु भएर उम्रिऊँ म उसको वसंतभरि त्यसरी उसले उच्चाएको हुनसक्छ इच्छाका हिमालहरुलाई कुक्कुका रागहरुमा अलापिऊँ म उसको पखेराभरि त्यसरी उसले रोपेकी हुनसक्छ रहरका बिरुवाहरुलाई तर जीवनको कालाहांडीमा नूनको डल्ला बोकेर

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : मेरै गीत गाउँछन् होला

~ललिता कार्की~ डाँडा पाखा छहराले मेरै गीत गाउँछन् होला लेक बेसी भञ्ज्याङले मेरै प्रीत लाउन्छन् होला बन पाखा देउरालीले मलाई कुरी बस्छन् होला साथी सँगी भेट हुँदा मलाई सम्झी रुन्छन् होला

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : सञ्जीवनी बुट्टी

~दीपा राई पुन~ बत्तिको अन्तिम ज्वाला शरदका रंगिन पातहरू यी नै हुन मेरो जीवनलाई झकझकाएर बिउँझाइरहने सञ्जीवनी बुट्टीहरू निभ्दै गरेको शिखाको अनुरोध

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको खबर

~राकेश कार्की~ सर्सर्ती समाचार पढें आज राती कठै मरेछ बिचरा मेरो मिल्ने साथी साह्रै खल्लो लाग्यो शोक मनाएँ जानेको गिन्तीमा फेरी एक बढाएँ । कलेज पढुंन्जेल मित्रता गाढा रह्यो कमाउन परेछी बिस्तारै टाढा भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो प्रेम

~ऋचा तिवारी शिवाकोटी~ सपनामा तिमीसँगको मिलनले भत्भती पोल्छ मेरो मुटुलाई विपनामा तिमीसँगको बिछोडले दनदनी जलाईरहन्छ मेरो आत्मालाई

Posted in कविता | Tagged | Leave a comment

कविता : दूरकी कवितालाई

~तिर्थराज अधिकारी~ १. कविता किन्नरी नौली गला रङ्ग रसाउँछिन् पात बजाउँदै बाजा छन्द बेग्लै पढाउँछिन् पोती मुहारमा माटो, माटो खेल्दै खुसाउँछिन् केलाएर यही माटो प्राणाधार जुटाउँछिन् । २. पर्दा आलस्यको फ्याँकी रात ढल्दा उदाउँछिन् झरी बादलका भित्र श्रमचित्र सजाउँछिन्

Posted in कविता | Tagged | Leave a comment

छोक : मेरो मौलिकता

~कृष्ण वस्ती~ पल्लो चोकमा मोटरले किचेर मान्छे मरेछ , पुलुक्क हेर्नेबाहेक रोकिने फुर्सद कसैलाई भएन । वल्लो चोकमा मोटरले किचेर कुकुर मरेछ ,

Posted in कविता | Tagged | Leave a comment

कविता : अनास्था पहाड़का गीतहरू

~विकास गोतामे~ एउटा नितान्त बुढो सूर्यले छितिजको चेपबाट आफ्ना बुड्योली पहेला हातहरू बिदामा हल्लाएपछि फगत यो पहाड़मा साँझ पर्छ | र त्यो मौन पल्टीरहेको पहाड़को टाउको मास्तिर यौटा ककाकुली सयों वृतहरू कोर्दै जान्छ अनि त्यो रातै उडिरहेको बादलको गर्भमा पानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाली लठ्ठ लोलियो

~बसन्त चौधरी~ यौवन छचल्किन्छ मन मेरो सल्किन्छ तिमीलाई बाहुपाश लिन जीवन ससल्किन्छ तिम्रो धारिलो मुस्कान मुटुमा पहिरो जान्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमतिको चिठी

~मालिकराम ‘वियोगी’~ मेरी श्रीमतिले मलाई चिठी लेखी तिम्रो गोठाला गर्ने वन-पाखामा तिम्रो खेताला जाने खेत-बारीमा सेना र प्रहरीले लाशको परेड खेल्ने गर्छ तिम्रो घाँस-दाउरा गर्ने जंगलमा तिम्रो खेल्ने-लुक्ने गुफा-ओडारमा गुरिल्ला र मिलिसियाले मृत्युको तालिम लिने गर्छ त्यसैले त आजभोलि लाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो सवारी रातोबत्ति र जीवनका झाँकीहरू

~नरेश सुनुवार~ स्नायुहरूले राग उचालेर तन्तुहरू सलबलिदा सनक रन्केर इडिपसग्रन्थि बौलाउँछ मुर्तिलाई पनि मान्छे देख्छ आँखाको भ्रमले होस गुमाउँछ दिमागले र, नाच्दछ जङ्गली नाच आगोको रापहरूमा निर्देशित बौलाहा झोलको फन्दाले नत्र कुण्ठितर् इच्छाका मातहरू अन्त कतै पोखिन्छ शक्ति बनेर/रोग बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : म देख्छु मेरो देश

~उमेश सामिप्य कान्छा~ म देख्छु मेरो देश… एउटा खाडल बाट निस्केर… अर्को खाडलमा फस्दैछ… पहिले खाडल बाट निकाल्ने हरु… कोही थला परेका छन्…

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा देशको खोजमा

~जस योञ्जन ‘प्यासी’~ आफैबाट आफै निष्कासित भएपछि आफैबाट आफै निर्वासित भएपछि एउटा विशाल आकाशको खोजमा अझसम्म कोही–कसैले आविष्कार गर्न नपाएको देशको खोजमा निरुद्देश्य, निरुपाय भएर एक्लै भाग्दै–भाग्दै हिँड्दा निःसहाय, मृतप्रायः भएर एक्लै रुँदै–रुँदै हिँड्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

~पारिजात~ १. जीवनसाथी ! धेरै-धेरै प्यार मलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमा एउटा हृदय उनेर पठाऊँ एउटा हृदय जडेर पठाऊँ एउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँ एकपल्ट दोहोर्‍याऊँ शताब्दीअघिको प्रेमको भावुकता तर आजको सीमारेखा कुन स्वतन्त्र चराले उड्न पायो र ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मुस्कान छर्नेहरु

~पूर्ण ओली~ आफ्नो घाउ जचाउँ, जाउँ म कहाँ ? सोच्दै थिएँ के गरुँ ? देख्नासाथ पसेँ सफेद् महलमा सोच्दै निवेदन् गरुँ देखेँ नाथ त्रिदेव ईशहरुको पूकार गर्नेहरु मागेकै वरदान पाइ क्षणमा आकार फेर्नेहरु । कोठा चिन्न कठीन भयो कुन थिए … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बलात्कारी राज्य होसियार !

~जेविन सर्वहारा~ जब नागरिकताबाट देश हराउँछ, जब अदालतबाट न्याय कैद हुन्छ, जब सुरक्षा दिनेहरु स्वंम सुरक्षा माग्छन, लाग्छ निर्मलाहरुको बलात्कार व्यक्तिले गर्दैन । आमाहरुको विरुद्ध, महिलाहरूको विरुद्ध, निर्मलाहरुको विरुद्ध,

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : वियोग

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी छ आत्मा नेपाली ! रगत छ विदेशी बगरमा प्रिया खोज्छिन् तातो प्रियतम छ “बाँच्ने रहरमा” अँगालोको न्यानो प्रहर नफुली जर्जर भयो चखेबी छे एक्ली फिटफिट चखेबा पर गयो ।। किनाराले थापे सलिलसित बग्थेँ सललल ममा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : एउटा उद्दण्ड मनोवाद

~विवेक घिमिरे~ लगभग आधा उमेर जिन्दगीको खाई भ्याइसक्दै गर्दा आज एउटा उद्दण्ड मनोवाद ढ्याङ्ग्रो पिटेर होहल्ला गर्दै मन अनि मस्तिष्कमा बितण्डा मच्चाउँदै छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : माइत र घर

~लीला उदासी~ १. ऊ बनकी चरीजस्तै थिई भुर्र उडेर रूख–रूख चाहार्थी घरकी बहार थिई किशोरी बितेर युवती हुँदै थिई विचरी ! नारी पनि नबन्दै विवाहित भई र पतिका घरमा समाहित भई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उ कोरियाको माटोमा बिलायो

~सुब्बा डम्बर~ सगरमाथा जस्तो शीर तराइ जस्तो छाती हिम नदी जस्तो सागर भेट्ने रहर बोकेर जुन तारा टिपि लान आएको थियो उ कोरिया । किन यति चाडै उस्को शीर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नवपल्लवी

~रजिन पनेरु~ हिमाल टल्किरहेको बेला अर्धनग्न पहाड आफ्नो वय पोखिरहेको एक दृश्य देखेर डाँफेहरु, मुनालहरु ठूला–साना आकारमा मयुरहरु चियाइरहेका थिए पहाडलाई । ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अब म आफैँ लेख्छु मेरो सहरको कथा

~इश्वर देवकोटा~ अब म आफैँ लेख्छु मेरो सहरको कथा जहाँ, फाटेकै लुगाले भोको पेट ढाकिन्छ, पटुका कसेर पापी रात काटिन्छ निर्दोष हरु नर्कमा जाकिन्छ अपराधका नाइके कुर्चीमा डाकिन्छ……!! अब म आफैँ लेख्छु मेरो सहरको कथा

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रह्माको सय वर्ष

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ नरुनु पैसालाई नधुनु पैसालाई एउटा माध्यम चाहिन्छ इन्द्रियको सत्ता छ मनसँग । घरको लालपूर्जा तपाईंसँग छ तपाईंको लालपूर्जा कोसँग छ ? खोला तपाईंको हो ? र

Posted in कविता | Tagged | Leave a comment