Tag Archives: kabita

व्यङ्ग्य कविता : कुर्सी मोह भाग- २

~ठाकुर मान लामा~ मोह त्यो प्यारो कुर्सी अति नै राष्ट्रपति खाउँ कि प्रधानमन्त्रीको एउटा बनुँ बन्छु देशको सर्बोच्च नै अर्को झन् छैन कम्तीको चानचुनको प्रथम राष्ट्रपति हुन मलाई पनि मन छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमीले छोयौ चोखिएँ

~डा. वानीरा गिरी~ तिमीले छोयौ चोखिएँ यो चोखिनु – बाह्र वर्षो बाक्लो न्रि्रापछि ब्यूँझेर सुनकेशरी रानी शीतल, सुगन्धित सरोवरमा नुहाउनु हो अनुभूतिका असंख्य असंख्य असर्फीलाई मुटुको कन्तुरमा खुत्रुक खुत्रुक खसाल्नु हो

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुहारका भावहरू…

~बसन्त चौधरी~ तिम्रो अनुहारका भावहरूमा मेरो जीवनको यात्रा निर्धारित छ तिम्रा नयनका ती अव्यक्त भाका पढेर कहिले म प्रफुल्ल हुन्छु कहिले विषारक्त हुन्छु तिम्रो अनुहार मेरो लागि आकाश हो

Posted in कविता | Tagged | Leave a comment

कविता : पदपूर्ति

~चोमु शेर्पा “खुशी”~ तिमी मेरो र म तिम्रो हुनुमा कति गर्व थियो हाम्रो सम्बन्ध नदी किनारमा लगाएको पक्की बाँध भन्दा बलियो लाग्थ्यो जसलाई न त बाढीले बगाउन सक्छ न आँधीले भत्काउन तर म गलत रहेछु न बर्षाको बाढी चाहियो

Posted in कविता | Tagged | Leave a comment

कविता : सहारा

~निलिमा पुन~ ए घाम तँ निष्ठुर नबनी दे म त तेरो तापले बाँचेको छु तँ मलिन भैदिँदा मेरो शरीर काँप्छ मेरा दाँतहरू ठोक्किन थाल्छन् रात त यसै गुज्रिरहेको छ चकमन्न अँध्यारोमा कसले देख्छ र ? काँपेको

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लोपन !!

~इश्वर देवकोटा~ सुने पनि नसुने झैँ नाटक बहिरो पनको गर्छन तिम्रै आफ्नाहरु स्वार्थी सारा मनको सागर भर आशुले नै पिडा बगाई मनको तिम्रो दुख तिमि संग सधै एक्लो पनको स्वार्थी संसार मूल्य छैन मानबता र गुनको

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो आकाश छोप्न दिने छैन

~गिरिप्रसाद बुढा~ निलो र खुल्ला आकाशमुनि पहारिलो घाम लाग्ने ठाउँमा मेरो सानो घर थियो मेरो घरको मैराबाटै ऊ पारीको मगर गाउँ क्या मिलेको देखिन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : के कविता सुनाउ ?

~सुरेन्द्र जोशी~ भन के कविता सुनाउ ? सुन्ने का लागि सुनाउ या गुन्नेका लागि सुनाउ प्रेम वियोगी कविता, प्रेम भोगी कविता सुनाउ ? हजार चोट का लाख पिडा छन

Posted in कविता | Tagged | Leave a comment

कविता : नेतृ जन्माउने रहर

~मनु वि.क.~ आजभोलि म देख्छु डाँडा, पाखापखेराहरू हराभरा हुन खोज्दैछन् पालुवाहरू हुर्कनलाई हावाहुरी र असिनाको चुटाइसँग पौँठेजोरी खेल्दैछन् सुतिरहेका नानीहरू मिर्मिरेको आभासँग उठ्दैछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सडक

~गोविन्द प्रसाद आचार्य~ सडकमाथि पानी हैन पानी माथि सडक बग्यो । पानीमाथि बग्दा सडक देशको बजेट पनि लग्यो ।। बजेट संगै देशमा बस्ने मानिसको जीवन लग्यो । बजेटले बनाएको विकासको सडक बग्यो ।। सडकमा मनपरीको तन्त्र नाँचेको छ । सडकको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश जोगाउने आन्दोलन

~पवित्रा बुढामगर~ उठ्नुपर्छ अब हामी एक हुँदै देशको निम्ति लड्नैपर्छ अब हामी योद्दा बनि देशको निम्ति जुट्नैपर्छ अब हामी कुशासनको सत्ता फाल्न थाल्नुपर्छ यो देशमा उज्यालोको ज्योति बाल्न भनिराछन् जवरजस्ती संघीय व्यवस्थामा जान

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो

~नेत्र बहादुर शाही मौशम~ उ– त्यहाँ बसेको त्यो मान्छे त्यसले परिवर्तनको नाममा धेरै पार्टी बदली सक्यो अवसरवादका सिद्धान्तले सारा समकक्षी धकेली सक्यो हत्या र मित्थ्या भाषण गरेर ठूलै नेता बनिसक्यो अब यो राष्ट्र नै समर्पण गरौं पनि भनिसक्यो तर यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ६०१ टाउकाहरु

~राजन कोइराला~ संविधान लेख भन्दा पढ्याछैन भन्छन म्याद थपेनि तलवचाहिँ बढ्याछैन भन्छन भत्ता पनि खाछ्न, लत्ता पनि पाछन देशको चिन्ता गरिबस्दा निन्द्रा चढ्याछैन भन्छन मै खाऊ मै लाऊ, सुखसयलको जीवन जिउछन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बारम्बार म एकबाट छुट्टिएर गइरहेछन्

~वासु शशी~ बारम्बार म एकबाट छुट्टिएर गइरहेछन् अनेक कुराहरु— हातबाट औँलाहरु आँखाबाट निकटता खुट्टाबाट पुग्नुहरु ! म एउटा गाँठो, फुस्किँदै गइरहेछु

Posted in कविता | Tagged | Leave a comment

छोक : रुख र हामी

~महेश पौड्याल~ पहाडजस्तै पुरानो त्यो रुख र हामी सगैँ लडेका हौँ, जमिनमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्यार्थी

~आर.सि.पौडेल~ विद्यार्थी हुनमा छ गौरव जहाँ कर्तव्य पूरा गरे विद्या हो मनको सफा र हलुका ऐश्वर्य मिल्ने भरे । जोगाई अधिकार वैभव सदा हिँड्नेछ बाटो भरी बढ्नेछन् जगमा नवीन पथमा उड्ने छ चङ्गा सरी ।। उड्नेछन् पुतली सरी गगनमा कर्तव्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वियोग

~निरज भट्टराई ‘मनोरोगी’ ~ सुन्दर थियो बढ्दो उमेर त्यो घट्दै गरेको तिहुलोक त्यो , आकर्षण सब आहुति चढाई दिन हीनता उपमा बढाई । अन्धकारले सब ढाकेर त्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : नबुझेकै बुझ्छन् मान्छे

~साधना शर्मा~ गल्ती मेरै खोजी हुन्छ ममाथिनै अति हुँदा लान्छन लाग्छन् म नै माथि मेरैमात्र खति हुँदा त्यहाँ मेरै स्वरुपकी दुर्गा किन पुज्छन मान्छे बुझेर नि बुझ्या’छैनन्, नबुझेकै बुझ्छन् मान्छे “खराब आमा” नाम दिन्छन्, मैले अघि बढ्न खोजे

Posted in कविता | Tagged | Leave a comment

कविता : जहाज भित्रको म

~आनन्द पौड्याल~ मेरो शुभ यात्राको दिन हो यो, कहीँबाट कहीँ हुँदै कहीँ जाँदै छु म, अरु यात्री सहित अजङ्ख जहाजमा, यात्राको क्षण कस्तो रमाईलो, मज्जा मान्दै रमाउँदै उड्दै छु म यहाँ, जहाजमा वसी अन्तरिक्षमा उड्दा उड्दै, झल्यास्स केही सोच्न पुग्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घुरेन

~रमेश भट्टराई ‘सहृदयी’~ पिँढी बढारेर मेरी आमाले घुरेनमा मात्र कसिङ्गर फाल्नुहुन्थ्यो हिउँदमा बारीले मुला मौलाउँथ्यो मल बोकेका दिन ननुहाए अपवित्र हुने कुरा थाहा छ म गुम्छु आज प्याच्च थुकिएको घुरेनझैं

Posted in कविता | Tagged | Leave a comment

कविता : जिवनको यात्रा अनि लक्ष्य

~बिपना ढुङ्गाना~ केही भिन्न बन्दै गयो उसको जीवनको यात्रा, कलिला औँला दाँतले टोक्दै हाँसिने लजालु त्यो मुस्कान देखि, यथार्थ छल्किने वास्तविकताको हाँसोसम्म। केही भिन्न बन्दै गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : सुखी जिन्दगीको एक भ्रम

~लक्ष्मी बिष्ट~ कस्तो अनौठो भयो सपना त्यो बोकी हिड्ने मान्छे म तितो यथार्थ जिन्दगी झेल्न खोज्ने मान्छे म एक पल भएपनि खुसीमा जिउने रहर मेरो भयो चैते खडेरीले गलाएको महसुस गर्ने मान्छे म

Posted in कविता | Tagged | Leave a comment

कविता : कुर्सी मोह

~ठाकुर मान लामा~ हैन यो कुर्सीको मोह पनि कस्तो कस्तो जहा गए पनि छोड्न मन नलाग्ने के भा यस्तो पहिले पहिले भुइमा पलेटी मारेर बस्दा पनि हुने अहिले एक छिन बस्न नपाउदा ढाड दुखेर आउने भोज भतेर सेमिनार जहा पनि … Continue reading

Posted in कविता | Tagged , | Leave a comment

कविता : खोइ किन ?

~बसन्त चौधरी~ तिम्रो मायाको शीतल छहारी मुनि शितलता पाउने आसमा बसी रहेँ खोइ किन, तिमी उजाड हौ वा म आफै राप मेरो ताप कम हुन सकेन तिम्रो हाँसोको हलुको मुस्कानमा खुसी पाउने इच्छा व्यक्त गरेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : स्थिति

~नव सापकोटा~ तिमी गएदेखि— सहरका बत्तीहरू धमिलिएर निभ्दै बल्ने गर्छन्, बतासका झोक्काहरू मेरा कानमा एउटा अस्पष्ट भाषामा के–के साउती गर्छन् मदेखि धेरै माथि अग्लिएको आकाशको आयतनभित्र जून अल्लरी–अल्लरी टहल्ने गर्छ; म कल्पनामा आफ्ना दुवैहत्केलाले

Posted in कविता | Tagged | Leave a comment

कविता : कर

~पुरुषोत्तम ढुङ्गेल~ म र म जस्तै भेडाहरुको बथानले नाराहरुको , घोषणापत्रहरुको , आश्वासनहरुको मोहनिमन्त्र् ले तानेर

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतीक्षारत

~प्रवीण राई जुमेली~ सहरले केही दिन पाहुना डाक्यो। सायद त्यसैले हलोजुवा थन्काएर एकातिर सबै समाजिक अवमूल्यनहरु पनि पलायन भए सहरतिरै समृद्धि कमाउन बुढी गाउँ मात्र हर्दम एकली सधैं हरेक प्रहर सहर खोज्न हिंडेका छोरो धनसिङहरु र

Posted in कविता | Tagged | Leave a comment

कविता : बधाई गणतन्त्र

~आर.सि.पौडेल~ यो गणतन्त्र जोगाऊँ भन्ने सबैको इच्छा हो । विश्वमा कीर्ति फैलियोस् भन्ने लिउँन शिक्षा यो ।। नेपाल भूमि शान्ति च भनी सुवास चलोस् । अस्तित्व हाम्रो शिखर चुमी धपक्क बलोस् ।। स्वतन्त्र बाँच्न उठौँ न सबै निर्भीक भएर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविलाई प्रश्न

~जीवनस्पर्शी~ ओ कवि ! भिग मागिरहेछन अवला नारिहरु लुटिइएका अस्मिताको तिमी किन मस्त छौ बयान गर्न ओठमा लगाइएको लालीको बुढी आमा अझै एक मुठी सास रोकेर बाचिरहेछ पर्खाइमा बेपत्ता छोराको

Posted in कविता | Tagged | Leave a comment

कविता : हलाहल मदिरा महल

~कालूसिंह रनपहेंली~ मदिराका प्यालाहरू छचल्किरहेका मेनुकाहरूले आँखा बन्द गरिदिन्छन् सज्जनहरूको! तै पनि त्यो डोरीमा सेरिएर मर्न तयार छन् ती लतका गुलामहरू। कति कति गिलासहरू झरेर फुट्छन् हातबाट टेबलमा कति कति मदिराहरू नग्न पोखिन्छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश वन्दना

~शरद् छेत्री~ निरन्तर छ फन्क्याइमाझ विचित्रको अजिरा लट्टू एउटा प्रत्येक हत्केलोमा। कुनै स्वार्थको डोरीले सङ्कीर्णता कसेपछि वेगसित हुत्याएर

Posted in कविता | Tagged | Leave a comment

कविता : यो के?

~गोपालप्रसाद रिमाल~ मेरी रानी, साँचो बोल, यो लागूजस्तो न्यानोपन जे म तिम्रो काखमा पाउँछु, यो सपना जो तिम्रो आँखामा म देख्दछु, यो के? तिमीनिर आइपुग्दा यो सन्चो लागेजस्तो अथवा रगतमा बाढी आएजस्तो मलाई जे हुन्छ, यो के?

Posted in कविता | Tagged | Leave a comment