Tag Archives: kabita

व्यङ्ग्य कविता : खडेरी महात्म्य

~राजकुमार बराल~ भुकम्प महात्म्य सुनाइसकेपछि कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनी ! आज म हजूरलाई खडेरी महात्म्य सुनाउन चाहान्छु ध्यानपूर्वक श्रवण गर्नुहोला —

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : जीवन र देश

~विवश पोखरेल~ समयको एउटा अप्ठ्यारो मोडमा उभिएका बेला उसले मसँग सोधी– ‘तिमी जीवनलाई कति माया गर्छौ ?’ मैले भनें– तिमीले जति ! उसले फेरि सोधी– ‘अनि देशलाई ?’ मैले फेरि भनें– तिमीले जति !

Posted in कविता | Tagged | Leave a comment

कविता : आफूलाई खोज्दा हराएकाहरू

~भिम बिराग~ जोगिनु जीवन हो मासिनु मृत्यु जन्म–मृत्युका दुई किनाराबीच जीवन बगिरहेको छ हरेक पलसँग सम्झौता गर्दै परिस्थितिलाई पछार्दै आफू पछारिँदै उठ्दै, खस्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : कुरिरहेछु

~भिमदर्शन रोका~ म पनि सँगसँगै उभेको थिएँ यौटै उत्साह, यौटै उमङ्ग तिएर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हृदयको बालक

~तुलसी दिवस~ समयको गोरो अनुहारमा रातले जब अँध्यारो हाँडीको मोसो पोत्छ, आकाशको नीलो ढक्कीमा जब फूल उठेका ताराहरु सजिन्छन् मेरा थाकेका इन्द्रियहरु आफूलाई हराउँछन् – हराएको तेज खोजेर; तर मेरो हृदयमा सुँकसुँकाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : असहमति

~तिर्थराज अधिकारी~ तिम्राझैँ भ्रमको खेती गर्दै म हिँड्न सक्दिनँ । दम्भले मुठ्ठी उठाउँदै हड्डीका हबेलीमाथि मुस्काउन सक्दिनँ । रगत लत्पतिएका हातहरूले परेवा समाउँदै शान्तिको गीत गाउन सक्दिनँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो मान्छे

~कृष्ण जोशी~ जताततै मान्छेको बाक्लो हूल औँलाझैँ फिँजिएका बाटाहरू, सडकहरू कताबाट पसेथ्यो काठमाडौँको चोक र गल्लीहरूमा अलमलिन्छ कहाँबाट निस्कने हो नाक भरिन्छ अचम्मको मान्छे गन्धले मात्तिन्छ त्यो मान्छे प्रथमपटक रक्सी पिएको मान्छेजस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : कसम मायाको

~दीपा राई पुन~ समयको अन्तरालमा म कतै थामिएको क्षण आफ्नैलाई ग्रहण लागेको बेला नितान्त एक्लो महसुस हुँदा तिमी झल्कियौ मेरो जीवनमा मलाई नि उदाउनु पर्छ भन्दै जीवनलाई रोक्नु हुन्न भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यतिक्रम

~प्रवीण राई जुमेली~ १ ऋतुहरुको बाइपासबाट घुमेर सधैं वसन्त आइदिँदा यौवनको तेज हावासितै एकक्षण बहकिदिने गौंथली आकांक्षाहरु पानी हालिदिने स्नेही हातहरु बिमारी भएपछि यता मुर्झाउन लागेका छन् बगैंचाभरि/गमलाभरि तलतिर रुखो र अनकण्टार देखिने मान्छेको बस्तीतिर बर्षाका केही थोपा बनी पोखिदिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : र

~जोतारे धाईबा~ म… तिमी, यो बीचमा पहाडी इलाकाको लचिलो झोलुङ्गे पुलझैं अथवा राजमार्गको भेलग्रस्त फेदीमा एउटा तुइनसमान अ ल्झिएको छ र ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~केदार श्रेष्ठ~ न घमण्डले मात्तिएर फूलेको हो फूल न रिसले लात्तिएर फुलेको हो फूल न कसैको खिस्सी उडाउन फुल्छ न सुवास छरी लोभ्याउन फक्रिन्छ न सुन्दरता हानी फसाउन फुल्छ होइन अहमताले फक्रेको होइन फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो परिधीमा तिमी

~जंगब चौहान~ घाम लाग्दा तिमीलाई नै सम्झिरहेँ बादल लाग्दा तिमीलाई नै सम्झिरहेँ उजेली र अँधेरी रातहरुमा सन्नाटा ओढेरै भएपनि केवल तिमीलाई नै सम्झिरहेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : जागिरले निलेको मान्छे…..

~नितेश श्रेष्ठ ‘अमात्य’~ अभावको पर्खालले थिचिएर साघुरो जिन्दगीको गल्लीबाट निस्कें- म एउटा सुमधुर यात्राको सफरमा लम्किएँ म आर्जेको ज्ञान, सिप दिनभरिको समय सब साटें- मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~आनन्द पौड्याल~ म सूर्य हुँ रवि, घाम, बेला अनि सुर्जे भन्छन् मलाई मेरा सन्ततिले साष्टाङ्ग डण्डवत् गर्दै नियमित परिक्रमा गरिरहन्छन् मेरो प्रकाशद्वारा अन्धकार चिर्छु मैले सधैँ सधैँ ताप अनि राप दिन्छु मैले निसर्त वात्सल्य प्यार दिन्छु मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्त

~अशोक थापा~ १ आयो दृश्‍य खुली बसन्त सुकिलो गम्के लता-कुञ्जिका तन्के पात मुना बनेर तरुनो छैनन् सुकेका फिका कल्की फूल बुकी गुराँस कलिलो धर्ती नयाँ देखियो चिर्‌विर् चन्चल गीत मस्त लयमा भाका रमेको थियो २ को हो!भन्छ बसेर मुक्त मधुरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना

~श्रीपुरुष ढकाल~ सम्झना छ अझै ताजा वालापनको खेलवाड हाँस्दै खेल्दै मनाएको रमाइलो चाडबाड । काफल टिप्न रूख चढ्थ्यौँ गाई चराउन जाँदा हामी ऐँसेलु टिप्दै खान्थ्यौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा भै चम्कि रहलिन मीरा

~इश्वर देवकोटा~ तारा भै चम्कि रहलिन मीरा सम्झेर हे हरि, उर्लियो आज आशुको नदि सहन्छौ कसरि !! चेतना को दियो सल्काउदै तिमि धर्तीमा ओर्लिदा आशु नि हासो बन्दथ्यो हाम्रो तिमीले बोल्दिदा अनन्त सम्म हिजोको नाता नभुल्नु हे हरि !

Posted in कविता | Tagged | Leave a comment

कविता : खप्परहरू

~रजिन पनेरु~ तिमी ढुक्क छौ अब खप्परहरू बौरिन्नन् ऊ ढुक्क छ अब खप्परहरू भुक्दैनन् हामी ढुक्क छौँ अब खप्परहरू जन्मनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियात्रा

~जीवन शर्मा~ व्यक्तिगत समृद्धिका आकाङ्क्षाभन्दा धेरै पर आफन्तहरूका अपेक्षाभन्दा पनि अझै पर मनभित्रको सुन्दर सपनाको संसार भेट्ने रहर बोकेको अनवरत अविश्रान्त र आनन्दमय मेरो यात्रा रक्तिम यात्रा । बचपनदेखिको एउटा सपना, उदात्त योजना

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्रलाई गरौं संस्थागत

~शिवा गिरी~ नयाँ संविधान बनाउने सवैको चाहाना हरितालिका २०७० को शुभकामना संघीयताको विरोध गर्दै नाचौं हामी अवत दिदिबहिनी सम्पुर्णलाई हाम्रो स्वागत

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध त्यस्तो पनि त हुनसक्छ

~कृष्ण बाउसे~ तिमी मेरो मित्र हुन सकेनौ म कसैलाई शत्रु बनाउने सोचमा छैन कृपया मलाई निरपेक्ष रहन देऊ…..तटस्थ रहन देऊ । मनभरि मुठ्ठीको माखो बनाउने माकुरेजाल बुन्दै मलाई अझ प्रगाढ मित्रता को मन्द विष नपिलाऊ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखाहरू अनि मन

~डा. संगीता स्वेच्छा~ अनिंदो रात बोकेको आँखा अनि, पर्खाइमा थकित मन तर्क र वितर्क बीच भलाकुसारी गर्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मन र देश

~भुपाल गुरागाइ~ टुक्रा टुक्रा भएको दिल आज झसङ्ग भयो जब सुने देश नि खण्ड-खण्ड हुँदै छ र अखबार को पहिलो पाना हेरे बालुवाटार बेचियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भाषण,रासन र शासन

~चन्द्र मेघि गुरुङ्ग~ म तीन शब्द भित्र धेरै कुरा भेट्छु उ भाषण गर्छ रासनको चारो फ्याक्छ सट्टामा हामी शासनको डण्डा सुम्पन्छौं जब हामी रासन माग्दै भाषण गर्छौं

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रकार

~सरोज धिताल~ कोही भन्थे ऊ चित्रकार हो अरु भन्थे बुद्धकै अवतार हो । उही दुई आँखा हो आँफुसँग त तिनैलाई सके सम्म च्यात्दै, घाँटी तन्काउँदै हातमा भएको सानो ठुटो

Posted in कविता | Tagged | Leave a comment

कविता : कोट आधा ओढेर

~मोहन कोइराला~ कारखाना, अनुसन्धानशाला र उत्पादनक्षमताका विम्बमा लक्ष्य गर्दा, ढिलो सुतेको छिटो उठाउँदा मान्दैनन् आज घुइँचो भए पनि बासी गन्ध भेटिन्छ बिहान बस चल्छ, विद्युत खपत बढ्छ कोठा, घर, कार्नेस उज्यालो बन्छ, अरू कुनै हुँदैन खलबल हुन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : लाल सेना

~दिनेश सुवेदी “विकल्प”~ मृत्यु शैयामा लमतन्न एक सिपाही यत्रतत्र छरिएका लासका डङ्गुरहरू बारुदको नाकमा विस्फोटक गन्ध मनमा आक्रोश र बलिदानीको आभास उ कुरूप बनेको छ गोलीका छर्राले

Posted in कविता | Tagged | Leave a comment

कविता : सेल्फिले नखिचेको जिन्दगी

~राजु स्याङतान~ आज देशकै खास मान्छे मरेछ सिङ्गारिएको छ आर्यघाट गरिबको विवाह मण्डपभन्दा धेरै । लाम लागेका छन् मलामीहरू भावविह्वल छन् आफन्तजन साइरन बजाउँदै आइपुग्यो देशकै अर्को ठूलो मान्छे ओढाइदियो झन्डा अग्लो भुँडी छोपिनेगरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जब अन्तहीन आकाशमा मरुभूमि पाउँछु

~सुकान्त राई नामदुंग~ जब अन्तहीन आकाशमा मरुभूमि पाउँछु लाग्छ सयकडौं वर्षको बञ्जर धरतीलाई नयाँ हरियो साडी र कंगन दिइरहेछु जब कालो बादल, घृणाले होइन जीवनको मेघदूत सम्झन्छु फेरि आफैले वर्तमानलाई पराकाष्ठामा पुऱ्याए

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिद्वन्द्वी

~गोवर्धन पूजा~ दूध चुस्ने बालक थिएँ केवल आधा माना दूध भए पुग्थ्यो सैसोला र थुमथुम्याइसँगै बाबुआमाको इच्छामा बढे र आधा माना चामल खान सक्ने भएँ एउटै कोठामा/ एउटै खाटमा सुत्थ्यौँ छुट्टै कोठा छुट्टै खाट माग्ने भएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : गर्मी

~राकेश कार्की~ सूर्य तिम्रो रुप प्रचण्ड नबिराए पनि के को दण्ड उफ् भतभत पोल्ने गर्मी ग्रीष्म ऋतु रहेछ अधर्मी तालु ताती ओठ सुक्छन् योद्धाहरु मुर्छा पर्छन् मीठो जीवन सल्की दन्दन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु सपना

~दीपा राई पुन~ तिमीलाई भनी साँचेर हिँड्दै थिए बाटैमा सकिएछ जीवनको श्वास रहरले भर्न सकिन तिमीलाई भेट्ने चाह थियो त्यही पनि भन्न पाइन कस्तो छटपट्टी थियो मनमा

Posted in कविता | Tagged | Leave a comment