Tag Archives: kabita

कविता : लुकाएर लुकिन्न

~दिव्या बज्राचार्य~ सावनको हरियाली तिम्रो घरको फूलबारी लुकाएर लुकिन्न डाडाको त्यो बन तिम्रो फर्केको यौवन लुकाएर लुकिन्न

Posted in कविता | Tagged | Leave a comment

कविता : अखबारका नीला दागहरु

~खड्ग सेन ओली~ अखबारका पृष्ठहरुमा मौनधारण गारिरहेछन् नीला दागहरु हरेकपल्ट बोधीव्रिक्ष्यको हाँगो भाँचिदा किचिएका

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि एउटा नयाँ सम्बन्धको खोजीमा

~राजु सिटौला~ हो म फेरि एउटा नयाँ सम्बन्धको खोजीमा छु । भर्खर एउटा सम्बन्ध गर्ल्याम्मगुर्लुम्म ढल्यो । एउटा मान्छेसँगको सम्बन्ध, एउटा सपनासँगको सम्बन्ध, एउटा फूल र त्यसभित्र रहेको सुगन्धसँगको सम्बन्ध,

Posted in कविता | Tagged | Leave a comment

कविता : नाच्ने पर्व तीज

~उषा गिरी~ बर्षा ऋतुको बिदाइ र शरद ऋतुको आगमनसंगै थकाईको अनुभूतिलाई बिर्सेंर मदमत्त भएर उर्लने सागर झै

Posted in कविता | Tagged | Leave a comment

कविता : जब तिमीलाई भेटछु

~जसु पुन~ जब तिमीलाई भेटछु.. झुक्छ आँखा,रोकिन्छ सास र पनि, दर्द अधुरै-अपुरै हुन्छ, खुलेर भनौं भन्छु दिल भित्रको कुरा र पनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माफ गर यशोधरा

~हाङयुग अज्ञात~ आज यी शासक र उनीहरूले बनाको नीति नियम ऐन कानुन भन्दा अलिपर कुनै ठाममा गएर बाँच्नु खोज्दैछु यशोधरा ! मलाई माफ गर फेरि एक खेप

Posted in कविता | Tagged | Leave a comment

कविता : म तपाइँको को हुँ ?

~हाङयुग अज्ञात~ म तपाइँको को हुँ ? -लोग्ने ? -प्रेमी ? -बुबा ? -भाइ ? -साथी ? -या मात्र पुरुष ? कृपया भन्नुस् तपाइँ र मेरो बीचको सम्बन्धलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदहरू रून थालेका छन्

~हाङयुग अज्ञात~ ओ ! माओ जे दोङ तिम्रा कविताका हरफहरूमा अचेल शहीदहरू रून थालेका छन् । रगत उमाल्ने तिम्रा विचारहरू बोक्दाबोक्दा बूढो भएको कुनै मजदुरजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : समवेदनाका सन्देशहरू

~कुसुम ज्ञवाली~ हरेक विहान झिसमिसेमा त्रासदीको तुवाँलो वीच थरथर काप्दै मैले खवर कागत पल्टाउँछु र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू म वेदना हीनताको समवेदनाका प्रायोजित शब्दहरूवीच

Posted in कविता | Tagged | Leave a comment

कविता : किन खोजि हिड्छौ मसानमा

~अज्ञात~ किन खोजि हिड्छौ मसानमा म चित्तामा जलेको खरानी होइन आऊ आज मेरो अगेनीमा आगो विना म जलेको हेर खरानी भई बतासमा उडेको हेर

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको परिवर्तन

~आचार्य प्रभा~ बारीको कान्लामा डल्ला फुटाइ सकेर दौराको फेरामा अलौटा र ठेट्ना खाँदै चप्लेटी ढुङ्गामा थकाई मेट्न बस्ने धने र बिरे त आज भोली आधुनिक शहरमा पसी आधुनिक सभ्यताको आनुयायी भएछन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नझरोस् है

~भुमिराज इच्छुक~ फुल जस्तो जोवन तिम्रो ओइलिएर नझरोस् है चोरीलान काँडाबाट आँट कोही नगरोस् है मोहित होलान् भमरा र माहुरीका ताँतीहरु आउँछ कान्छो सपनीमा तगारोमा नपरोस् है

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~सुनिता गिरी~ आमा तिमीलाई सम्झँदा , नयनमा मोती टल्पलाउँछ, गाँठो पर्छ मुटुमा भक्कानीएर, लर्बराउछ पाइला धर्तिमा, हुर्कायौ बढायौ सहेर हजार चोटहरु अनिदो ,छटपटीका रातहरु अनि भोकहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : यति भए पुग्छ

~राजकुमार फुयाल~ मलाई जुनेली रात होइन, सूनौलो विहानी भए पुग्छ, तडकभडक फेशन होइन, एकसरो कपडा बेरे पुग्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्थहिन भएछ

~अरुण “म” मेहता~ अर्थहिन भएछ यो जिन्दगानी शब्दहरु बटुली लेख्दै नँया कहानी । रात मेटाउने खै कहाँ छ त्यो विहानी जिउँदो लाश भयो पुरै यो जवानी ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जय माओवादी

~राकेश कार्की~ असाइलम भन्ने यो दान हो कि वरदान तिम्रै समग्र कारण यो अमेरिकन पहिचान हरियो पत्ताको यो देशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दन्त्य कथा

~विक्रम सुब्बा~ सुनाउँने पालो आयो आमाको र सुनाउँनु थाल्नु भयो दन्त्य कथा – ‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे

Posted in कविता | Tagged | Leave a comment

कविता : गुच्चा खेल्न मन लाग्यो!

~सुशिल ताम्राकार~ आमा! लुच्चा भै गुच्चा खेल्न मन लाग्यो, छुच्ची संग नबोल्ने छुच्चा हुन मन लाग्यो। ह्वाग्रा** खेल्दा खेल्दै बाहुलाले नाक पुछ्नुको आनन्द, पाङ्ग्रा गुडाउदै खस्केको कट्टु तान्नुको आनन्द,

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पत्याउँदा पत्याउँदै

~लक्ष्मण गाम्नागे~ यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने । हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं । हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : गाईजात्राकी मेरी बूढी

~पिँडालु पण्डित~ बूढी मेरी कस्ती कस्ती साँच्चै नेता जस्ती काम पर्दा चिप्लो घस्छे नत्र ढुङ्गो जस्ती ।। जनताको सुशासनी राष्ट्रसेवी जस्ती पैसा पाए जस्तो पनि नत्र कस्ती कस्ती ।।१।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अपराजिता पारिजात

~खगेन्द्र संग्रौला~ उदास जीवनको उजाड बगरमा मुना टुसायो एक दुबोको पारिजात अपराजिता पारिजात

Posted in कविता | Tagged | Leave a comment

कविता : ढोका

~महेश बर्तमान रानामगर~ ढोकै ढोकाको संसार प्रत्येक बस्तु, पल, परिस्थिति बाध्यता, नियति, र स्वार्थका प्रकारान्तरण आ–आफ्नै ढोकाहरु एउटा ढोका उघारेर एउटा मन मस्तिष्क र भौतिक विम्व आयो त्यो म भएछु । अनगिन्ति ढोकाहरु भएको पृष्ठभूमीमा म सलबलाईरहेको छु ढोका खुल्ला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्वभाविक यथार्थ

~गोबिन्दसिहं रावत~ दिनभरीको कार्य थकाईले साँझ सोफामा टुप्लुक्क पल्टे पछि कष्टमय वर्तमानलाई बिर्सन सुखमय भूतको कल्पनामा हराउन खोज्छु अनि अन्धकारमय भविष्यको परिकल्पनामा आफैलाई सान्त्वना दिन थाल्छु न सोचेको अमीलो सत्यतामा

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोद्वेग

~बासु श्रेष्ठ~ मनोद्वेग सुखका हुन सक्छन् मनोद्वेग दःुखका पनि हुन सक्छन् मनोद्वेग आँसुमा बग्न सक्छन् मनोद्वेग हाँसो भैकन पनि फुट्न सक्छन् मनोद्वेग कथा भएर बग्न सक्छ कविता भएर पनि कुद्न सक्छ शायरी या गजलमा लहरिन सक्छ हाईकु या उपन्यासमा भरिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साला उदय

~उदय जीएम~ न काम छ उसको न फुर्सद छ उसको हतार/फुर्सदमै फुर्सद/हतारमै जीवन खेर फालिरहेछ साला उदय जलिरहेछ हजार/लाख चोटहरु हजार/लाख पीडाहरु म्वाई खान्छन् उसलाई रन्थनिएर यताउता अभावको चोकमा हराइरहेछ

Posted in कविता | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य कविता : ‘अम्रिकाने’ माईली !

~शिव प्रकाश~ जीब्राँ’ फूली, नाकाँ’ मुन्द्री ओठाँ’ बुलाकी, नाइटाँ’ ढुङ्ग्री पाखुराँ’ काम्रो, कम्मराँ’ दाम्लो घाटीमा घण्टी, बगलीमा डण्ठी हाम्री माईली कस्ती कस्ती ! झलक्क हेर्दा झाक्रिनी जस्ती !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : हराएको कविता

~आभास~ मलाई सम्झना छन् मृगका जस्ता त्यसका आँखा र तिनबाट मैले चियाएका दृश्य सम्झना छन् त्यसका सुकोमल औँला

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गिन सपनाहरू

~उषा गिरी~ जीवनका रङ्गिन सपनाहरू जङ्गलका कन्दमुल खाएर होस् वा रमाइला क्षेणहरू लुटेर होस् भावुकताको पोखरीमा स्वतन्त्र रुपमा अरुको मन नदुखाई भूगोलको कुनै पनि कुनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज

~उषा गिरी~ बर्षभरिका थकाइहरूलाई पर सारी आसुँ र सुस्केराहरूलाई बढार्दै बिगतका बर्षहरू झैं यो बर्ष पनि दिर्घ विश्वाशका साथ निलो आकाश लिएर, हामी तमाम दिदी बैनीहरूको दैलो र आगनहरूमा सौगात बोकेर शुभत्वको सन्केत दिदै हर्ष र उल्लासका साथ रातो साडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटालाई दु:ख पर्दा

~उषा गिरी~ एउटालाई दु:ख पर्दा मान्छे त्यसै हाँसिदिन्छन ब्यथा पोख्ने ठाउ नै हुन्न भन्यो भने रिसाइदिन्छन सिथिल हुन्छु त्यसै त्यसै नबुझे झै गर्छन् सबै मनको बाँध भत्काइदिन्छन गोधुलिमा बस्छु रुँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~उषा गिरी~ जीवनसँग जुझ्दै हारहरूलाई स्वीकार्दै दृढ अठोट मनभरि पाल्दै बिचलित नभैकन चुला र चौकामा ढिकी र जातोमा विवशतामा रमाइरहेकी प्रफुल्ल मेरी आमा तिमीले आफ्नो पीडाको क्षणलाई

Posted in कविता | Tagged | Leave a comment

कबिता : झ्याङ्गिदैछ तीज

~उषा गिरी~ तिम्रो आगमनमा गोधुलीमा फक्रदै बर्षा ऋतुलाई लखेट्दै सरद ऋतुलाई कोरल्दै सर्बाङ्ग पग्लदै,छछल्किदै उकुसमुकुस आएकी छौ । तीज हामी तमाम नेपाली किशोरीहरुको माझमा

Posted in कविता | Tagged | Leave a comment